Your Ad Here
Showing posts with label Madan Krishna Shrestha. Show all posts
Showing posts with label Madan Krishna Shrestha. Show all posts

डाक्टर मह




रुबी रौनियार, काठमाडौं, असोज १२ - 'डा. हरिबंश आचार्य!' कार्यक्रम संचालकको संवोधनले कलाकार हरिबंश आचार्यलाई एकछिन अकमक्क बनायो। 'ओहो बहिनी मलाई जिन्दगीमा प्रथम पटक डक्टर भनेर बोलाएकोमा धन्यबाद,' हास्दै हरिवंसले भने 'सुटिङमा मात्र डाक्टर बनेको थिएँ। आज पनि कता कता सुटिङ जस्तै लाग्यो।'
 
रातो गाउन र टोपीमा देखिएका आचार्यले आफूलाई पुजारी जस्तो लागेको बताए। 'यो लुगामा त मलाई दशैंको पुजारी जस्तो पो लाग्यो,' उपाधी पाए लगत्तै उनले भने, 'बाउले पढेर डक्टर बन भन्थे। यो सोह्र श्राद्धको समयमा छोरो डक्टर भएको थाह पाएर बुवा स्वर्गमा दंग परे होलान्।'
कार्यक्रममा उनले आफ्नो छोराले ग्रेजुएट गर्दाको मेहनत सम्झिए। 'उसले अमेरिकामा कति मिहिनेत गरेर पढ्दा बल्ल ग्रेजुएट भयो। म भने लन्ठ्याङ लुन्ठ्याङ गर्दै डक्टर भएँ। अब फेसबुकमा फोटो राखेर छोरोलाई पठाउँछु।'

अर्का कलाकार मदनकृष्ण श्रेष्ठले पढेर भन्दा परेर विद्यावरिधी हासिल गर्न मुस्किल परेको सुनाए। 'सरसती पढेर दुइ चार वर्षमै पाउने उपाधि पाउन हामीलाई ४० वर्ष लाग्यो,' श्रेष्ठले भने 'शिक्षा , स्वास्थ्य र प्रजातन्त्र क्षेत्रमा हामीले पुर्याएको योगदानलाई कदर गर्दै विदेशी विश्विद्यायले पहिलो पल्ट प्रदान गरेको यो उपाधिलाई कोठामा सजाएर राख्ने छु।'
ग्रिनफोर्ड विश्वविद्यालयले कलाकारिता मार्फत समाजिक कार्यमा योगदान पुर्‍याए वापत मह जोडीलाई विद्यावारिधी प्रदान गरेको हो। राजधानीमा सोमबार आयोजित कार्यक्रममा सेन्ट्रल अमेरिका स्थित यो विश्वविद्यालयले राजनिती , समाजिक, आर्थिक र कला क्षेत्रमा योगदान पुर्‍याउनेलाई उपाधी व्रदान गरेको थियो।
उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम ( लोकतान्त्रिकका ) का अध्यक्ष विजय कुमार गच्छदार, एमाले नेता केपी शर्मा ओली, श्रीलंकाका सभासद टीएमए उलुमुदेन ( अनवर ) र भारतका एमएम विश्वविद्यालयका कुलपती तारसेन कुमार गार्ग, सिङगापुरका भिटी थियागा राजन र मलेसियाका सिलिकन कलेज अफ टेक्नोलोजीका निर्देशक कुमार घोसलाई उद्योग विद्यावारिधीको उपाधी प्रदान गरिएको थियो।
from: nagariknewsonline

'हाँसि देऊ एक फेर' को गीत वर्ल्ड प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन ३, आईतवार

प्रदर्शनको पालो पर्खेर बसेको चलचित्र 'हाँसि देऊ  एक फेर'  को गीत आईतबार फिल्मीखबर डटकम मार्फत वर्ल्ड प्रिमियर गरिएको छ ।

प्रिमियर गरिएको 'माया संसार हो' बोलको गीतलाई बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले गाएका हुन् भने अभिनय पनि उनीहरूले नै गरेका छन् । सुरेश अधिकारीको संगीत रहेको सो गीतको रचना डा कृष्णहरी बरालले  गरेका हुन् ।


शिब रेग्मीले निर्देशन गरेको सो चलचित्रलाई रमेश त्वायना र राजेश कुमार स्वंगमिखाले निर्माण गरेका हुन् । मंसिर महिनामा प्रदर्शन हुन लागेको चलचित्र 'हाँसि देउ एक फेर' मा मह जोडीको साथमा राजबल्लभ कोईराला, स्वेता खड्का, शुसिल क्षेत्री, शुसिल पोखरेल, किरण केसी, मिथिला शर्मा, राजाराम पौडेल, केशब भट्टराई, बिष्णु सापकोटा, सिरू बिष्ट, रबि गिरी, पल्पसा डंगोल, उत्तम केसीलगायतका ६८ जना कलाकारले अभिनय गरेका छन् जसमा करिब १८ जना हाँस्यकलाकार छन् ।

बिकाश आचार्य, शिब रेग्मी र रमेश त्वायनाको कथा रहेको सो चलचित्रमा शम्भु सापकोटाको छायाँकन, बसन्त श्रेष्ठको नृत्यनिर्देशन, हिमाल केसीको द्वन्दनिर्देशन रहेको छ । चलचित्रमा पाँच गीत समावेश गरिएको छ जसमा मह जोडी, उदितनारायण झा, मोहितवंश आचार्य र सोनु कक्कडले स्वर दिएका छन् ।

'नेताले रिबन काट्दा नाक काटे जस्तो लाग्छ'

मह जोडीलाई १ लाखको पुरस्कार





काठमाडौं, साउन १९ (नागरिक)- नेपाली हाँस्यब्यंग्य क्षेत्रका सदाबाहार बादशाह मह जोडीलाई यो वर्षका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँको बासुदेव लुइँटेल पुरस्कार दिइने भएको छ। पुरस्कार प्रत्येक वर्ष क्रमशः साहित्य, रंगमञ्च र कार्टुन कलामा योगदान पुर्‍याउने व्यक्तित्व एवं संस्थालाई दिइन्छ। यो वर्षमा रंगमञ्चमा हाँस्यब्यग्य विधा अन्तर्गत मह जोडीलाई पुरस्का दिने निर्णय गरिएको हो। वासुदेव लुइँटेलको जन्मदिनको दिन भदौ २३ गते महलाई पुरस्कार प्रदान गरिनेछ।
nagariknews.com