Your Ad Here
Showing posts with label f2fnepal. Show all posts
Showing posts with label f2fnepal. Show all posts

समिक्षा : बाटो मुनिको फुल्

विष्णु शर्मा,

review_home_400सिनेमा : बाटो मुनिको फुल
निर्देशक : सुरज सुब्बा 'नाल्बो'
प्रस्तुतकर्ता : यशकुमार
कलाकार : यशकुमार, रेखा थापा, बाबु बोगटी, नन्दिता केसी, हेमन्त बुढाथोकी, शुभद्रा अधिकारी, गणेश उप्रेती
निर्माण संस्था : रिदम फिल्म्स प्राली
निर्माता : अच्युत श्रेष्ठ, वीरेन्द्र यादव र राजेश घतानी
कथा/संगीत/गीत : यशकुमार
छायांकन : सञ्जय लामा
कोरियोग्राफी : गोविन्द प्रभात/अराज केशव
सेन्सर सर्टिफिकेट : पी/जी
श्रेणी : सोसल ड्रामा
बजेट : साठी लाख
अवधि : २ घण्टा १५ मिनेट

राष्ट्रिय योजना आयोगको अध्ययनले भन्छ : मुलुकका ४८ लाख दलितहरु अझैपनि जातिय उत्पीडनमा बाँचिरहेका छन् । प्रमुख दलका घोषणापत्रहरु भन्छन -दलित मुक्तिका लागि जातिय आन्दोलन अपरिहार्य छ । यसबीच दलित र गैरदलितबीच प्रेम र विवाह भए जुन सम्बन्धमा अहिलेपनि समाज बाधक बनिरहेको छ । चलचित्र 'बाटो मुनिको फुल'ले यसै भन्छ । सुरज सुब्बाले निर्देशन गरेको चलचित्रले दलित मुक्तिको वकालत गरेको छ ।

निर्देशकका रुपमा देखापरेका सुब्बाले जातिय भेदभावको विषयवस्तुलाई उठान त गरेका छन् तर प्रस्तुतिकरणले दर्शकलाई बैचारिक आडम्बरबाहेक केही दिँदैन । विषयवस्तुको गहिराइमा पुगेर फिल्म मेकिङ गर्न निर्देशकले मष्तिष्कको कसरत गरेका छैनन् । चलचित्रभित्र कथाको परिवेश, भौतिक स्वरुप, मनोदशा, पात्र र वर्तमानमा नेपाली समाजको जातिय छुवाछुतको यथार्थताबीच धेरै ठूलो अन्तर छ । उत्तराद्र्धमा दलित समुदायमा पैदा भएको जागरण, राजनीतिक परिवर्तन, दलित जातिमा उघि्रएको ज्ञानको क्षितिजलाई कथा र निर्देशकले पूर्णरुपमा नजरअन्दाज गरेका छन् । चलचित्र 'बाटो मुनिको फूल' नेपाली समाजको दलित आन्दोलनबाट पूर्णतः विमुख छ । आदर्श र यथार्थबीचको दुरीलाई आत्मसात गर्न लेखक यशकुमार चुकेका छन् ।

कथा : पहाडिया दलित परिवारको छोरो सुरेश (यशकुमार) र पहाडे खस बाहुनकी छोरी गुराँस (रेखा थापा) बालसखी हुन् । सानैदेखि उनीहरु एकअर्कालाई मनपराउँछन् । सुरेशका भाई (बाबु बोगटी) र विश्वकर्मा थरकी युवती तुलसी (नन्दिता केसी) पनि एकअर्कालाई मनपराउँछन् । यी जोडीहरुको प्रेममा परिवार र समाज बाधक बन्छन् । एकअर्कासँग विहे गर्ने चाहना भएपनि जातिय कट्टरताको परिवारले त्यसो हुन दिँदैन । यसबीचमा चलचित्रका अन्य पात्रहरुले जातिय विभेद खप्न नसकेर आत्महत्या पनि गरेका हुन्छन् । आवरणमा दलित एनजिओ खोलेर बसेका गुराँसका बाबुले आफ्नै छोरीलाई भगाएर सहर लैजान खोज्छन् जतिबेला सुरेशसँग द्धन्द्ध हुन्छ । उक्त द्धन्द्धमा गुराँसको मृत्यु हुन्छ । उसको हत्या खलनायकले गरेपनि दोष भने सुरेशलाई लगाएर जेलमा थुनिन्छ । प्रहरी अधिकारी राजेश हमालले गाइनेमार्फत यथार्थ बुझिसकेपछि सुरेशलाई निर्दोष बताउँछन् । गुराँसका पिताले प्रहरीसँग माफी माग्छन् । प्रेमवियोग खेपेको सुरेश जेलबाट छुट्छ र जातिय मुक्तिको न्याय पाउँछ ।

निर्देशन : सुरज सुब्बा 'नाल्बो' नाम चलेका स्क्रिप्ट राइटर हुन् । उनको निर्देशनमा 'हाइ एस्पेक्टेसन' थियो । तर चलचित्रमा 'कन्फ्लिक्ट'को परिभाषा दिन निर्देशक सक्षम देखिएका छ्रैनन् । पैंचालिस मिनेटसम्म पनि कथा 'फ्रीज' बन्दा दर्शकले मनोरन्जनको मूल्य पाएको अनुभूति गर्न सक्दैनन् । पात्रहरुको थुप्रोलाई ह्याण्डल गर्न केही हदसम्म निर्देशक सबल भएका छन् । यति भएर पनि दलित मुक्तिजस्तो गहन कथालाई निर्देशक सुब्बाले 'रियालिस्टिक' तुल्याउन सकेका छैनन् । कथावस्तुको कमजोरीलाई ढाकछोप गर्न संगीत र प्रेमको सहारा लिइएको छ । निर्देशनमा 'हाइ एस्पेक्टेसन' भएर पनि होला उनी सामान्य प्रकृति निर्देशनबाट उठन नसकेको जस्तो लाग्छ ।

अभिनय : यशकुमार चलचित्रका केन्द्रिय पात्र हुन् तर कथालाई लिड गर्न उनलाई हम्मे परेको छ । डेब्यु अभिनेताका रुपमा यशकुमार सन्तोषजनक छन् । रेखा थापा र बाबु बोगटी भने आफ्नो भूमिकामा 'लाउड' छन् । रेखाको अभिनय चलचित्रको दर्शनीय पक्ष हो । रेखा र बाबुको अभिनयलाई हटाइदिने हो भने चलचित्र बिरुप भन्छ । नन्दिताले छोटो भूमिकामा न्याय गरेकी छिन् । राजेश हमालको अतिथि भूमिका प्रशंसनिय छ । सिनेम्याट्रोग्राफीमा सञ्जय लामाले राम्रो मिहेनत गरेका छन् । फोटोग्राफी 'सार्प' र 'एमोच्युर' छ ।

संगीत : चलचित्रको राम्रो पक्ष हो संगीत । यसअगावै चलचित्रका दुई गीत 'तुलसी आँगनमा रोपौंला…' र 'कुनै पल…' दर्शकको मुखैमा झुन्डिएका छन् । चलचित्रको प्रमोसनल सङ 'कुनै पल…'ले त दर्शकको भावनासँग सुख साट्छ । यशकुमार, बाबु बोगटी, प्रकृति गिरी र प्राश्ना शाक्यको स्वर प्रशंसनिय छ । यशकुमार आफ्नो मूल पेशा संगीतमा भने अब्बल छन् । उनको हिट गीत 'मैले छोएको पानी चल्दैन…'लाई पनि फिल्ममा स्थान दिइएको छ । गोपाल रसाइलीको ब्याकग्राउन्ड म्युजिक कथानक अनुसार राम्रो छ ।

ब्यापार : यो चलचित्रले औषत ब्यापार गर्छ । ओपनिङमा जति कलेक्सन गर्‍यो उतिमै सीमित रहनेछ यसको ब्यापार । मल्टिस्टारर चलचित्र भएकाले केही प्रतिशत दर्शक आकर्षित हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ।
from merocinema

इरफान खानलाई नेपालीहरू आकर्षक लाग्यो





दीपेन्द्र लामा, काठमाडौं, कात्तिक २९- इरफान खानले खेलेका दुई नयाँ फिल्म 'नक आउट' र 'हिस्स्' रिलिज नभएर के भो त, उनी आफै प्रकट भएका छन् काठमाडौंमा। आरोहणले गर्न लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन उनले मुम्बईको गर्मी छलेका हुन्। शनिबार काठमाडौं ओर्लिएका उनी एक हप्ता नेपालमा रहनेछन्। यो छोटो छुट्टीको क्रममा सोमबारदेखि दुई दिन पोखरामा बिताउने उनको योजना छ। शाहरुख खानको फिल्म 'बिल्लु'मा 'बिल्लु भयंकर' बनेका इरफान आइतबार साँझ गुरुकुल नाटकघरमा भेटिँदा भने 'सिम्पल' थिए। पहिलोपटक नेपाल आएका उनै 'बिल्लु'सँग गरिएको अन्तरंगः
कस्तो लाग्यो काठमाडौं?
काठमाडौं जति सुन्दर छ, ट्राफिक सिस्टम त्यति नै खराब रहेछ।
खराब भन्नाले?
सडक साँघुरो छ, गाडी धेरै। कुनै नियमबिना गाडी गुडिरहेको लाग्छ। ध्वनि र वायु प्रदुषण पनि धेरै छ।
यहाँको अस्तव्यस्त सडक देखेर मुम्बई सम्भि्कनुभो?
जेहोस् तुलना गर्न सकिन्छ। यहाँ आउनुअघि मुम्बईको ट्राफिक सबैभन्दा अव्यवस्थित लाग्थ्यो। तर, मुम्बईको जस्तै समस्या यहाँ पनि रहेछ।
नेपाल भ्रमण कसरी जुर्‍यो?
सुनील पोखरेलको निम्तो पाएर। सन् १९८४ देखि ८७ सम्म नयाँ दिल्लीको 'नेसनल स्कुल अफ ड्रामा'मा सुनील र म क्लासमेट थियौं। उनी निर्देशनका विद्यार्थी थिएँ भने म अभिनयको।
तपाईको पहिलो नेपाली साथी सुनील नै हुन्?
हो। दिल्लीमा पढ्दा नेपालबाट सुनील, सिक्किम र मणिपुरका अर्का दुई विद्यार्थी मेरो केही फरक साथी थिए।
सुनीललाई तपाईले कस्तो व्यक्तिको रूपमा चिन्नुभएको छ?
सरल आत्मा भएको एउटा संवेदनशील र मिलनसार मान्छे।
पढाइ सिद्धिएपछि तपाईहरूबीच सम्पर्क हुन्थ्यो?
खासै भएन। म मुम्बई गएँ। उनी नेपाल आए। पछि मैले कसैसँग नम्बर लिएर उनलाई फोन गरेँ। दिल्लीमा उनी नाटक देखाउन आउँदा एकचोटी भेट भएको थियो।
(फोटोग्राफर विजय राईले खिचेका फोटो जाँच्न थाले उनी। पटकपटक लाइट नपुग्ने हो कि भन्दै फोटोको चिन्ता गर्दैथिए।)
दुई दिनको अनुभवमा तपाईलाई नेपालको केले आकर्षित गर्‍यो?
यहाँका मान्छेहरूले। एकदम नम्र स्वभावका छन् नेपाली। अनुहार पनि राम्रा छन्। नेपालीहरू यति आकर्षक होलान् भन्ने मैले अनुमान गरेको थिइन।
आइतबार कहाँ घुम्नुभयो?
स्वयम्भु गएँ। तर, बुद्धको पोखरीमा सिक्का फ्याक्ने ठाउँभन्दा माथि गइन। मान्छेहरूको घेराउमा परेँ। फोटो खिच्न र अटो लिन धेरै भीड लागेपछि म गाडीमा फर्किएँ। मेरी श्रीमतीमात्रै उक्लिइन् माथि। गाडीभित्र बस्नु परे पनि बाहिर बाँदरको चर्तिकलाले रमाइलो बनायो।
तपाईले पढ्नुभएको दिल्लीमा पनि बाँदरको यस्तै आतंक छ नि?
दिल्लीमात्र होइन मेरो जन्मसहर जयपुरमा पनि छ। घरबाहिर राखेको जुत्ता लिएर बिजुलीको खम्बामा चढ्थे बाँदरहरू। त्यस्तो बेला बाँदरलाई केरा दिएर जुत्ता फिर्ता लिनुपर्थ्यो।
जयपुर र मुम्बईबीच के अन्तर छ?
जयपुर धेरै सानो सहर हो। एकपटक मुम्बईबाट फर्किंदा झन् सानो लाग्यो। जयपुरमा मेरो अस्तित्व सिद्धिएपछि म मुम्बई गएको हुँ। मान्छे उही, घटना उही, ठाउँ उही, सबथोक दोहोरिन थालेपछि मैले जयपुर छाडेँ। जयपुरमा म 'स्याचुरेट' भइसकेको थिएँ।
मुम्बईमा पनि कुनै दिन 'स्याचुरेट' हुने त होइन?
मुम्बई धेरै ठूलो सहर हो। त्यहाँ मान्छेहरू सधैं व्यस्त हुन्छन्। केही काम नगर्दासमेत मानसिक रूपमा भए पनि मान्छेहरू व्यस्त हुन्छन्। मुम्बईमा गरिने काममा दिनहुँ नयाँनयाँ चुनौती थपिन्छन्। त्यसैले जयपुरको जस्तो अवस्था आउँदैन होला। तर भविष्यमा रिटायर्ड बस्नुपर्‍यो भने चाहिँ अर्कै सहर रोज्नेछु।
कस्तो सहर?
कुनै सानो सहर अथवा ठूलै भए पनि बैंगलोर, न्युयोर्क र कहिलेकाहीँ कोलकाता मलाई मन पर्छ।
मुम्बईमा त्यस्तो के छैन?
मुम्बई सहरमा 'प्लानिङ' छैन। सहरको आकार बढिरहेको छ तर व्यवस्थापन सुधि्रएको छैन। अमानवीकरण दिनप्रतिदिन बढ्दै छ। यो पछि असफल सहरमा परिणत हुन सक्छ।
एउटा सहर सफल हुन के चाहिन्छ?
मुख्य कुरो 'प्लानिङ' नै हो। पैसा आएर मात्र हुँदैन। त्यसअनुसारको सिस्टम पनि हुनुपर्छ। काठमाडौंले पनि यसबारे सोच्नुपर्छ।
पोखरा घुम्न जाँदैहुनुहुन्छ रे। किन छान्नुभयो?
मैले छानेको होइन। सुनीलजीहरूले नै छानेका हुन्। म त चितवनको जंगल घुम्न चाहन्थेँ। तर, भारत र चितवनको जंगलबीच खासै भिन्नता नभएको बताउँदै मलाई पोखरा पठाउन लागेका हुन्। ताल र हिमालले गर्दा पोखरा रमाइलो हुन्छ भनिएको छ।
(कुराकानी चल्दैगर्दा उनले थुप्रै बेरुवा चुरोट पिए। एकपटक लाइटर भुइँमा झर्दा उनी लाइटरको छरपष्टिएका पार्टपूर्जा बटुल्न थाले।)
तपाईले नेपाली चुरोट पिउनुभयो त?
पिएँ। त्यो...। अँ सूर्य हो क्यारे।
नेपाली फिल्म हेर्नुभयो?
कुन हेरौं? तपाई नै सुझाव दिनुस्। नेपाली फिल्म मध्यमवर्गीय र सहरी युवावर्गले त्यति हेर्दैनन् भन्ने सुनेको छु।
नेपाली फिल्मले बलिउडको 'कपी' गरेर यस्तो भएको हो कि?
कपी त बलिउडले पनि हलिउडको गर्छ।
कपी गर्नु ठीक हो त?
सकेसम्म मौलिक नै बनाउनु राम्रो। तर, मैले इरान र अरू केही ठाउँमा बाहेक मौलिक फिल्म बनेको पाएको छैन।
बलिउडले आफ्नो बजार बिस्तारै बढाउँदैछ। यसलाई सांस्कृतिक साम्राज्यवादी भन्न मिल्दैन?
सांस्कृतिक साम्राज्यवादी त बलिउड होइन हलिउड हो। संसारका सबै मान्छेले अंग्रेजी भाषा बोलून् र हलिउडको फिल्म हेरून् भन्ने अभियानमा उनीहरू लागेका छन्। हलिउड भारतमा समेत झांगिइसकेको छ।
(त्यसपछि उनी नागरिक प्रतिनिधिसँग फोटो खिचाउँदै बेरुवा चुरोट सल्काएर हलबाहिर निस्किए।)

कलेक्सन करोड नाघ्यो


मेरोसिनेमा २९ कात्तिक,

gorkhapaltan_in_400_01लाहुरेको कथामा आधारित चलचित्र 'गोर्खापल्टन'ले डिजिटल सिनेमा नेपालको बक्सअफिसमा आइतबार कलेक्सन एक करोड नघाएको छ । दोस्रो साता पनि राम्रो पिकअप गरिरहेको नारायण रायमाझी निर्देशित चलचित्रले दोस्रो साताको तेस्रो दिनसम्म आफ्नो ग्रस रिभेन्यू १ करोड १५ लाख कायम गर्‍यो । खासगरी मोफसलका सिङ्गल थिएटरमा 'गोर्खापल्टन'को पिकअप अझै उत्साहजनक छ । सप्ताहन्तको ओपनिङमा 'गोर्खापल्टन' ७६ लाखमा अनमार्क थियो ।

अहिले देशभरका डिसिएन सर्भर जडित ४४ थिएटरमा 'गोर्खापल्टन' स्क्रिनिङ भैरहेको छ । डीसीएन वितरण इन्चार्ज दीपक दंगालले पोखरा, बुटवल, धरान, नेपालगन्ज लगायतका लाहुरे र जनजाति बहुल स्थानका सिनेमा घरमा चलचित्रले कलेक्सनलाई गति दिइरहेको बताए । 'उपत्यकाभन्दा पनि मोफसलका प्रमुख सहरमा फिल्मको चर्चा र चासो दुवै छ' दंगालले भने 'मौलिक कथा र प्रशान्त तामाङको लोकप्रियताले पनि फिल्मलाई ऊर्जा दिएको छ ।'

आफ्नो अघिल्लो फ्लप चलचित्र 'कोही…मेरो'को रिभ्यूबाट निराश बनेका निर्माता वंशल दाजुभाईलाई पछिल्लो प्रोजेक्टले उत्साह दिइरहेको छ । निर्मातामात्र होइन डेब्यु निर्देशक नारायण रायमाझीलाई पनि नेपाली सिनेमामा स्थापित हुने मार्गप्रशस्त गरिदिएको छ 'गोर्खापल्टन'ले । हिरो प्रशान्त तामाङ पनि रिभ्यूबाट निकै उत्साहित छन् ।

कलेक्सनको दौडमा 'फस्टलभ'लाई पछ्याइरहेको 'गोर्खापल्टन'को पिकअपले कस्तो मोड लिन्छ शुक्रवारसम्म कुर्नुपर्ने हुन्छ । यदि तेस्रो सातासम्म पनि पिकअप जारी राख्यो भने 'गोर्खापल्टन'ले 'फस्टलभ'को कलेक्सनलाई पनि उछिन्ने आधार निर्माण हुन्छ ।

पोखरा पुगे इरफान

मेरोसिनेमा २८ कात्तिक,

irphan_khan_in_400_01अन्तराष्ट्रिय नाट्य महोत्सवमा सहभागि हुन सपत्नी नेपाल आएका बलिउड अभिनेता इरफान खान र संगीतकार अभिषेकले आइतबार तालनगरी घुमेका छन् । पत्नी सुतापासहित इरफान बिहान पर्यटकीय नगरी पोखरा उडेका थिए । केही दिन पोखरामा बिताउने बताइएका इरफानले मनोरम फेवाताल, सराङकोट, डेभिडफल्स र अन्नपूर्ण संरक्षण क्षेत्रमा पुग्नेछन् । इरफान जोमसोमको मुक्तिनाथ पनि पुग्न चाहन्छन् तर मौसम प्रतिकुल हुनसक्छ ।

मंसिर १ बाट सुरु हुने अन्तराष्ट्रिय नाट्य महोत्सवमा भाग लिन आरोहण गुरुकुलको निम्तोमा उनी नेपाल आएका हुन् । कुनै नाटक प्रस्तुत गर्ने नभई इरफानलाई अतिथिका रुपमा मात्र निम्ताइएको नाटक निर्देशक सुनिल पोखरेलले बताए । दिल्लीको राष्ट्रिय नाट्य स्कुलमा खान दम्पतिका सहपाठी थिए सुनिल । संयोगवश अर्का अभिनेता अनुप बराल पनि उक्त स्कुलका विद्यार्थी र इरफानका सहपाठी हुन् । इरफान स्वयम नाटकका विद्यार्थी भएपनि उनको रुचि पर्दामा छ ।

खानले 'सलाम बाम्बे', 'कसुर', 'मकबुल', 'मेट्रो', 'न्यूयोर्क', 'द माइटी हार्ट', 'स्लमडग मिलेनियर', 'द नेमसेक' लगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् । 'स्लमडग मिलेनियर'ले त केही विधामा प्रतिष्ठित एकेडेमी अवार्ड जितेको थियो ।

तिहारमा तीन फिल्म


लाहुरे कथा
तेस्रो इन्डियन आइडल प्रशान्त तामाङले अभिनय गरेको फिल्म 'गोर्खा पल्टन' शुक्रबार नेपालभर रिलिज हुने भएको छ। गोपाल भुटानी, सुनिल थापा, कविता आले, रञ्जिता गुरुङ लगायतले अभिनय गरेको यो फिल्म नारायण रायमाझीले निर्देशन गरेका हुन्।
कार्यक्रमको सिलसिलामा अमेरिका रहेका प्रशान्त फिल्मको प्रचार प्रसार गर्न काठमाडौं आएको निर्माता राजेश वंशलले जानकारी दिए। करिब ६० वटा हलमा फिल्म रिलिज हुने उनले बताए। फिल्ममा लाहुरे जीवन चित्रण गरिएको बंशलको भनाइ छ। 
सस्पेन्स लभस्टोरी
काठमाडौंका हलहरूबाट फिल्म 'गुरु दक्षिणा' उत्रिएको एक सातामै यसका निर्देशक रामराजा दाहालको अर्को फिल्म 'बसमा छैन यो मन' रिलिज हुने भएको छ। यसमा करिश्मा मानन्धर, विराज भट्ट, राजवल्लभ कोइराला, नन्दिता केसीलगायतले अभिनय गरेका छन्। निर्देशक दाहालले फिल्मलाई 'सस्पेन्स लभस्टोरी' बनाउन खोजेको जानकारी दिए।
दुई दिन अघिमात्र फिल्म रिलिज हुन लागेको जानकारी पाएकाले आवश्यक प्रचार गर्न नपाएको गुनासो गरे उनले। 'यहाँ फिल्म कहिले चल्छ र उत्रिन्छ भन्ने नै थाहा हुँदैन। हामीलाई पब्लिसिटीको मौका समेत दिँदैनन्,' दाहालले भने।
निर्देशकको लगानी
निर्देशक मदन घिमिरेको लगानी समेत गरेको फिल्म 'स्वाभिमान' शुक्रबार राजधानी बाहिरका प्रमुख सहरमा रिलिज हुने भएको छ। पोखरा, धनगढी, नारायणघाट, बुटवल लगायतका स्थानमा फिल्म रिलिज हुने घिमिरेले बताए। राजेश हमाल, सुमन सिंह, झरना थापा र सौजन्य सुब्बाले यसमा अभिनय गरेका छन्।
फिल्मको प्रवर्द्धनका लागि पोखरा पुगेका निर्देशकले भने, 'एक्सन र सेन्टिमेन्टलाई जोड दिएका छौं फिल्ममा। आफैंले निर्माण समेत गरेको हुनाले फिल्मको नतिजाबारे धेरै चासो छ।'
from nagariknews online

'कार दुघर्टनाले झस्काइरहन्छ'



दिलिप रायमाझी, अभिनेता १. ल्हासामा सुन छ कान मेरो बुच्चै
किशोर कुमारको गीत 'सागर कितना मेरे पास है, मेरे जीवनमे फिर भी प्यास है'मा भनेझैं कहिलेकाहीँ आवश्यक परेको कुरा पाउन क्षमताले नभ्याउँदो रहेछ।
२. अगुल्टोले हिर्काएको कुकुर बिजुली देखी तर्सिन्छ
पाँच वर्षअघि कोरियामा मेरो कार दुघर्टना भएको थियो। त्यसैले कहिलेकाहीँ मलाई गाडी कुदाउँदा त्यो घटना याद आइहाल्छ। मलाई त्यस घटनापछि गाडी चलाउँदा डर लाग्छ। मानिसलाई पनि पुराना कुराले भयभित बनाउँछ।३. अकबरी सुनलाई कसी लाउनु पर्दैन
मानिसमा भएको क्षमतालाई लुकाउन सकिन्न। जोसँग क्षमता छैन, उसले धेरै नखरा गर्छ। जबकि राम्रो कुरालाई जति नराम्रो देखाउने प्रयास गरे पनि सम्भव हुँदैन। ४. अजिंगरको आहारा दैवले जुराउँछ
मानिसको आहारा पनि भगवानले पुर्‍याइदिन्छ। संसारको सृष्टि भएपछि विभिन्न जीवको रहनसहनको व्यवस्था ईश्वरले गरिदिएका छन्। हामीले कसरी बाँच्ने भन्नेमा चाहिँ अन्तर हुनसक्छ।
५. आगो ताप्नु मुढाको कुरा सुन्नु बूढाको
जाडोमा मुढाको जस्तो ताप अरू पातपतिङ्गरले दिन सक्दैन्। त्यस्तै बूढाखाडाको भनाइ पनि सही हुन्छ। उनीहरूले भनेका कुरा जहिले पनि मिलेकै हुन्छ। भनिन्छ, ओल्ड इज गोल्ड।
६. कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर
कहिलेकाहीँ मान्छेलाई आफूले गर्नु पर्ने वास्तविक काम थाहा हुँदैन। जीवनको गन्तव्य थाहा नपाउन्जेल मान्छे अलमलिन्छन् भने गन्तव्य थाहा पाउँदासम्म ढिलो भइसकेको हुन्छ। त्यसैले बैलैमा आफ्नो गन्तव्य ठम्याउन सके पछुताउनु पर्दैन।

७. जब राती बूढी ताती
यो उखान मेरो वास्तविक जीवनमा पनि मेल खान्छ। सुरूमा काम गर्न अल्छी लाग्छ। अन्तिम अवस्थामा सबैतिर चटारो पर्छ। के गर्ने भनेर अत्तिनु पर्ने हुन्छ। त्यसबेला अरूको सानो सहयोगले ठूलो अर्थ राख्छ। कतिपटक त कामहरू बिग्रिएका पनि छन्।
८. खाने मुखलाई जुँगाले छेक्दैन
पसिनामा तागत हुन्छ। त्यसैले जो मान्छे मिहेनत गर्छ, उसले अवश्य सफलता पाउँछ। आफूमाथि विश्वास लिएर काम गरे संसार जित्न सकिन्छ।
९. हात्ती छिर्‍यो पुच्छर अड्कियो
मैले भर्खर गरिरहेको 'मिस यु' फिल्मको सुटिङसँग यो उखान मेल खान्छ। अन्तिम अवस्थामा फिल्म सिध्याउन समस्या भइरहेको छ। सबैको समस्याले गर्दा फिल्मको काम अड्किएको छ।
१०. घाँटी हेरी हाड निल्नू
घाँटी नहेरी हाड निल्ने मान्छे फिल्म क्षेत्रमा धेरै छन्। कति लगानी गर्दा आफूलाई फाइदा हुन्छ? सोच्दै नसोची लगानी गर्छन् र पैसा नउठेपछि फिल्म क्षेत्र नै नराम्रो भन्न थाल्छन्।
from nagariknews online

झुमे नेपालीहरु म्युजिकल नाइटमा




प्रकाश ढकाल, कोपनहेगन असोज २१ - नेपाली कलाकारहरुको समूहले डेनमार्कको राजधानी शहर कोपनहेगनमा पनि आफ्नो कार्यक्रम प्रस्तुत गरेका छन्। यहाँ अध्ययनरत नेपाली विधार्थीहरुको संस्था 'नेपलिस् स्टुडेन्ट नेटर्वकिङ फोरुम (एन.एस.एन.एफ.) ले उक्त कार्यक्रमको आयोजना गरेको हो।
कोपनहेगन स्थित क्रोग्रस हाउसमा आयोजित उक्त सांगितिक कार्यक्रममा मुक्ति एण्ड रिभाइभल समुहका गायक मुत्ति श्रेष्ठ, हांस्यकलाकार तथा 'मुन्द्रे' का नामले परिचित जितु नेपाल ले नेपालीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। प्रवासमा रहेर यस्तो कार्यक्रम हेर्न पाएकोमा नेपाली हरु दंग थिए भने गायक मुक्ति श्रेष्ठले स्टेजमा गित गाइरहंदा शरिर र कम्मर हल्लाउने हरुको कमि थिएन।

हांस्य कलाकार जितु नेपालले दर्शकहरुलाइ पटे मिचिमिचि हंसाए। महान चाड दशैं को अवसर परेकोले पनि प्रवासी नेपाली कलाकारहरुको प्रश्तुतीले निकै मनोरञ्जन प्रदान गरेको थियो। सांझ सात बजेबाट शुरु भएको कार्यक्रम रातको दुई बजेसम्म चलेको थियो। कार्यक्रममा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो। हल पूर्णरुपमा भरिएको थियो भने नेपालीहरु मात्र नभई स्थानिय डेनिस नागरीकहरुको पनि कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो। यहां रहेका नेपाली विधार्थीहरुले पनि आफ्नो तर्फबाट गित, नृत्य तथा अन्या मनोरञ्नात्मक कार्यक्रम प्रश्तुत गरेका थिए
कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदुत विजयकान्त लाल कर्णले डेनमार्कबासी नेपालीहरुलाई दशैं तथा तिहारको शुभकामना दिएका थिए। सांगितिक कार्यक्रममा नेपाल भ्रमण वर्ष २०११ को प्रचार प्रसार समेत गरिएको थियो।
सिमित नेपालीहरुको संख्या भएको डेनमार्कको कोपनहेगन मा यस्तो कार्यक्रम गर्नु चुनौतीपुर्ण भएपनि नेपालीहरुलाई समय समयमा मनोरन्जन प्रदान गर्ने उद्धेश्यका साथ यस्तो सांगितिक तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिएको नेपलिस् स्टुडेन्ट नेटर्वकिङ फोरुम का पदाधिकारीहरु नविन पौडेल तथा रन्जन ओझा बताए। कार्यक्रम सफल र आफूहरुले सोचेजस्तो भएको पनि उनीहरुले दाबी गरे।
प्रवासमा रहेर पनि आफनो कला र संस्कृतिलाइ यति धेरै माया गर्ने नेपालीहरु देखि आफुहरुलाई धेरै खुशि लागेको मुत्ति एण्ड रिभाइभलका मुख्य गायक मुत्ति श्रेष्ठले बताए भने यहांका नेपालीहरुमा सहयोगको भावना आफुले पाएकोेहांस्यकलाकार जितु नेपालले बताए। गायक मुत्ति श्रेष्ठ एवं जितु नेपालको अर्को कार्यक्रम आगामि हप्ता नर्वेमा हुने बताइएको छ। उत्त सांगितिक कार्यक्रम को मेडिया सहयात्री नागरीक दैनिक रहेको छ।
from: kantipur online

बेलायतमा रामरमाइलो

नवीन पोखरेल

 
लन्डन, आश्विन २० - नायिका ऋचा घिमिरेलाई बिहेको ९ महिनापछि बल्ल हनिमुन अवसर जुरेको छ । त्यो पनि चानचुने ठाउँ होइन, बेलायतमा । नेपाल छउन्जेल रात-दिन कामकै चटारो भएपछि 'ब्ल्याक ब्युटी' ऋचाले यसअघि हनिमुनको आभास नै गर्न पाइनन् । हनिमुनबिनाको लभ म्यारिज कस्तो रह्यो होला ? 'सार्‍है खल्लो नि, अहिले बल्ल इन्जोई गर्दै छु,' ऋचा भन्दै थिइन् । सुटिङका बेला फेवाताल, चोभार, नगरकोट वा धुलिखेलको कुनै ढिस्कोसँग सामीप्यता गाँसेकी ऋचालाई युकेको लोभलाग्दा 'लोकेसन' सुटिङ होइन हनिमुनका लागि सदुपयोग भइरहेको छ ।  
काम थोरै, खानपान ज्यादाले उनको तौल अहिले ५३ बाट ६३ केजी पुगेछ । 'म मोटाएर कतिले त 'पि्रग्नेन्ट' भइछसमेत भने । तर, अझै ५ वर्ष बेबी बनाउने सोचेकी छैन्,' उनले प्रस्ट्याइन् ।   
निर्देशक श्रीमान् शंकर घिमिरेद्वारा निर्देशित फिल्म 'वीरताको चिनो' लिएर सेप्टेम्बर २ मा लन्डन उत्रेपछि उनी हनिमुन प्लस् फिल्म शोमा रमाइरहेकी छन् ।
ऋचा सेन्ट्रल लन्डनस्थित पर्यटकीय क्षेत्र टावर बि्रज, लन्डन आई, बकिङ्हम प्यालेस -महारानीको दरबार) पुगिन् । घुम्दै जाँदा उनले बकिङ्हम प्यालेसअगाडि हलिउड फिल्म 'जोनी इंग्लिस-२' को छायांकन हेर्ने अवसरसमेत पाइन् । 'एक सटका लागि दिनभर लिँइदो रहेछ, एकैचोटि सातवटा क्यामेरा प्रयोग, तीनवटा त मेकअप सामान बोक्ने भ्यान मात्र देखें । फेरि कस्तो सुरक्षा व्यवस्था,' उनले जिब्रो टोक्दै प्रश्न गरिन्, 'हलिउड सिनेमाको एक दिन हुने सुटिङ खर्चले त नेपाली फिल्म नै सकिन्छ । हाम्रो त देशै गरिब, नेतै बिग्रेका, गलत मानसिकता । अनि कसरी सुध्रने उद्योग ?'
दिनभर मिस्टर बिनको सट हेर्दा म्याडम टुसाड -विश्व प्रसिद्ध व्यक्तित्वहरूको आकृति संग्रहालय) जाने उनको योजना भने पूरा हुन पाएन । बेलायत छँदै म्याडम टुसाड जाने र डिस्को गएर बूढाबूढी मज्जाले नाच्ने धोको उनले साँचेकी छिन् । 'नेपालमा सार्वजनिक स्थानमा हिँड्न अलिक अप्ठेरो हुन्छ, त्यसैले यहीँ रमाइलो गर्ने योजना बनाएका छौं,' ऋचाले सुनाइन्, 'आधा दसैंयता, आधा नेपालमा मनाउने कार्यक्रम छ ।'  
'वीरताको चिनो' देखाउने सिलसिलामा उनी ह्यारो, फार्नबरो, अल्डरसट, वकिङ, प्लमस्टिड, स्कटल्यान्डलगायत सहर पुगिन् । त्यहाँ सिनेमा हेर्न रुचि राख्ने दर्शक त उनले भेट्टाइनन् तर बेलायत र नेपाली समुदायलाई बुझ्ने राम्रो मौका भने पाइन् ।   
'यहाँको सिस्टमचाहिँ मानें,' पहिलोपटक युके आएकी उनले भनिन्, 'जब म हिथ्रो एयरपोर्ट ओर्लें, मलाई लिन आउनेले पनि युकेको सिस्टम नै बताए । हरेक नेपाली भेट हुँदा सिस्टमकै कुरा गर्छन् । नागरिक कति अनुशासित र कानुनले उनीहरूलाई कसरी बाँधेको रै'छ भन्ने थाहा पाउँदा अचम्म साथै खुसी लाग्यो ।'
उनको खुसी धेरैबेर टिक्न पाएन, नेपाल सम्झनासाथ । 'तर, जब म त्रिभुवन विमानस्थल ओर्लन्छु, तब तनाव सुरु हुन्छ, सुरुमै लगेज लिन प्रहरी र ट्याक्सी चढेपछि ड्राइभरसँग ठाकठुक गर्नुपर्छ । ल एन्ड अर्डर नै छैन् त्यहाँ ।'
युकेको सिनेमा हलमा ८ सय पाउन्ड तिरेर पहिलोपटक नेपाली फिल्म देखाउँदासमेत नेपालीको उत्साहजनक सहभागिता नभेटेपछि ऋचा कता-कता दुःखीसमेत छन् । आफ्नो फिल्म ७५ प्रतिशत नेपालीलाई देखाउने सुरमा युके आएकी थिइन् ऋचा तर वास्तविकता त्यस्तो रहेन । लन्डन ह्यारोस्थित सफारी सिनेमा हलमा फिल्म पि्रमियर शो भइरहँदा उनले भनिन्, 'दुःख लाग्दो कुरा त युके बस्ने नेपालीमा समेत हलिउड/ बलिउडको प्रभाव रहेछ । फिल्मप्रति मोह नभए पनि आफ्नो कला, संस्कृतिमा भने नेपाली सचेत रहेको उनको अनुभव छ । बिहेपछिको पहिलो तीज युकेमै मान्दा उनलाई त्यस्तो लाग्यो । 'तीजमा महिलाहरू रातो सारी-ब्लाउज र पोतेमा सजिएर दिनभर व्रत बसी नाचगान गरेको देख्दा मलाई त नेपालमै कतै रहेजस्तो भयो,' उनले सुनाइन् ।
हालसम्म २० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी ऋचा बिहेपछि झन् तनमनले यस क्षेत्रमा समर्पित हुने बताउँछिन् । 'अब सिंगल ऋचाले साइन गरेजस्तो जे पायो त्यही रोल नगर्ने अडान मेरो छ,' बिहेपछि आफूमा झन् परिपक्वता आएको महसुस गर्ने ऋचाले भनिन् ।
from kantipur online

सेलिना मिस ग्लोबल

   
 
काठमाडौ, आश्विन १९ - नयाँ बानेश्वरकी सेलिना मोक्तानले मिस ग्लोबल-२०१० को ताज पहिरेकी छन् । सोमबार सम्पन्न प्रतियोगितामा उनले २७ प्रतिस्पर्धीलाई उछिनेकी हुन् । मिस ग्लोबलको उपाधिसहित उनले अन्ना लिफान स्कुटर, छात्रवृत्ति र २० हजार रुपैयाँ नगद उपहार हात पारेकी छन् । योसँगै चीनमा हुने मिस ग्लोबल क्विन इन्टरनेसनलमा उनले नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने ढोका पनि खुलेकी छन् ।
राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगितामा नवलपरासीकी रुश्मा पोखरेल फस्ट रनरअप र बानेश्वरकै बिक्की गड्तौला सेकेन्ड रनरअप भएकी छन् । रुश्माले ल्यापटप र छात्रवृत्तिसँगै १५ हजार रुपैयाँ नगद र बिक्कीले डेस्कटप कम्प्युटर, छात्रवृत्तिसँगै १० हजार रुपैयाँ नगद हात पारेकी छन् । पूर्वमिस नेपाल सुगरिका केसी, सञ्चारकर्मी सुवास ढकाल, मोडल कला सुब्बा, कोरियोग्राफर सिर्जनासिंह योञ्जन, आरके श्रेष्ठ, शिवा राणा, मुकेश संघाई र शान्तिराम राईको निणर्ायकमण्डलले विजेता छानेका हुन् । 
kantipur online

'सुष्मितासँग छुट्टिएको सात महिना भयो'


सन्तोष रिमाल, काठमाडौँ, असोज १७- कलाकार भुवन केसीको दाम्पत्य जीवन फेरि चर्चामा आएको छ। उनीहरूको सम्बन्धविच्छेद भएको खबर सञ्चारमाध्यममा आउन थालेको छ। त्यसो त सात वर्षअघि पनि उनीहरूको डिभोर्स भएको हल्ला चलेको थियो। नयाँ फिल्म 'साथी म तिम्रो'मा १६ वर्षे छोरा अनमोललाई हिरो बनाउन लागिपरेका भुवन र सुष्मिताको यो सम्बन्धविच्छेदको हल्ला फिल्म चलाउने रणनीति हो कि? भुवनसँगको कुराकानी : 
  फेरि डिभोर्सको चर्चा छ नि?
डिभोर्स अहिले होइन सात वर्षअघि नै भएको हो। बीचमा सँगै थियौं। फेरि कुरा मिलेन अलग्गियौं। सात महिनादेखि हामी अलग छौं। फेरि डिभोर्स गर्नु परेन, पहिलेकोले नै काम गर्‍यो। १८ वर्ष लामो दाम्पत्य जीवनमा किन संकट आयो?
सँगै जीवन बिताउन कि धेरै चिज मिल्नुपर्छ कि सम्झौता गर्नुपर्छ। अहिले सम्झौता गर्न नसकेर छुट्टिएका हौं। एकअर्काको मुखै नहेर्ने कसम खाएका छैनौं।
सार्वजनिक समारोहमा सँगै देखिनुहुन्छ। फिल्म सँगै खेल्नुहुन्छ। डिभोर्स भएको श्रीमतीसँग यस्तो सम्बन्ध कसरी भयो?
कार्यक्रममा सँगै बोलाइन्थ्यो, हामी जान्थ्यौं। छोरालाई भेट्न उनी बारम्बार आउँथिन्। दुवैले जानेको काम फिल्म निर्माण थियो, सँगै गर्‍यौं। उनी अहिले पनि मेरी असल साथी हुन्। मिलेर काम गरेमा अचम्म मान्नु पर्दैन। तर, उनी जीवनसाथी भने रहिनन्।
तपाईंको यो भनाइ स्क्यान्डलमात्र त होइन?
आफ्नो पारिवारिक जीवनलाई कसैले स्क्यान्डल बनाउँछ? मैले कहिल्यै यस्तो नियतले काम गरेको छैन। भएको कुरा लुकाउँदिन। त्यसैलाई स्क्यान्डल बनाइन्छ। सुष्मिताको खबर सोध्नेलाई मैले सत्य कुरा बताउँदा यो डिभोर्सको कुरा बाहिर आएको हो।
सफल कलाकारको पारिवारिक जीवन कसरी असफल भयो?
श्रीमतीसँग राम्रो नहुँदैमा पारिवारिक जीवन असफल भन्न मिल्दैन। मेरो छोराछोरीलगायत पारिवारका अन्य सदस्यसँग निकै राम्रो सम्बन्ध छ। छोरा अनमोल मसँगै बस्छ। जेठी श्रीमतीपट्टिका छोरा विवेक र छोरी काजोल दशैंमा मलाई भेट्न अमेरिकादेखि आउँदैछन्।
तपाइँको आउँदो फिल्म 'साथी म तिम्रो'मा त सुष्मिताजी निकै सक्रिय हुनुहुन्थ्यो नि?
त्यसमा हाम्रो छोरा अनमोलको पनि अभिनय रहेकोले उनी आएकी हुन्। छोराको करिअरसँग जोडिएको कुरा थियो। फेरि डिभोर्स भएको मान्छेसँग कामै गर्न नहुने भन्ने त छैन नि। परेको बेला म उनलाई जस्तो सुकै सहयोग गर्न तयार छु। आशा छ उनीबाट पनि त्यो पाउँछु।
from...nagariknew online

इन्टरनेटमा हिरो !

सुजित महत

 
आश्विन १६ - कांग्रेस केन्द्रीय सदस् य चुनावमा गगन थापाले अग्रता लिएको समाचार अनलाइनमा आएपछि उनको समर्थनमा टिप्पणी गर्नेको संख्या उनले पाएको भोटभन्दा कम्ती थिएन। मतगणनाको सुरुवातमै बधाई दिँदै उनलाई पार्टीको भावी अध्यक्ष र मुलुकको प्रधानमन्त्री बन्न कामना गरिएको टिप्पणीले अनलाइनका पेजहरू भरसिकेका थिए।
'गगन दाइ बधाई छ अब नेपाल बनाउने जिम्मा तपाईंको काँधमा'  लमजुङका बर्किस घिमिरेले टिप्पणी गरेका थिए। 'उदीयमान तारा गगनजस्ताको उपस्थितिले हामी मातृभूमिको राजनीतिक भविष्यमा आशावादी छौं,' त्यही जिल्लाका उत्तम पौडेलले लेखेका थिए।
कसैले नजित्ने प्रधानमन्त्री निर्वाचनको दौर चलिरहेका बेला साउन ९ गते सहमतीय सरकार बने बाबुराम भट्टराई मुलुकलाई नेतृत्व दिन तयार रहेको समाचार आएपछि अनलाइनमा टिप्पणी लेख्नेहरूले समर्थनमा ओर्लिन ढिला गरेनन्। केपी, दिल्लीले लेखे, 'बाबुराम समान योग्य कोही नभएकाले उनलाई प्रधानमन्त्री बनाउन प्रयास गर्नुपर्छ।' 
'एमालेमा आवद्ध भए पनि म बाबुरामलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्छु,' नुवाकोटका श्रीकृष्ण खनालले लेखेका थिए, 'अर्थमन्त्रीको रूपमा छोटै समयमा उनले राम्रो गरेर देखाए। '
स्वदेशमा भए पनि विदेशमा भए पनि प्रायः पाठकको ध्यान राजनीतिका समाचारले धेरै तान्छ। समाचारमा आउने धेरैजसो प्रतिक्रिया निराशाका र नकारात्मक हुन्छन्। तर, गगन र बाबुरामजस्तै प्रहरी उपरीक्षक (एसपी) रमेश खरेल पनि धेरैजसो पाठकका सकारात्मक टिप्पणी पाउनेमा पर्छन्।
वैशाखको दोस्रो साता कास्कीबाट काठमाडौंको प्रहरी प्रमुखमा सरुवा भएको एउटा छोटो समाचारमा पाठकहरूद्वारा व्यक्त प्रतिक्रिया अलोकपि्रय प्रहरी रहेको ठाउँका लागि आश्चर्यजनक थियो। 'खरेल देश र जनतामा समर्पित थोरै पुलिसमा पर्छन्,' पोखराका किशोर शर्माको टिप्पणी थियो, 'लागूऔषध, गुण्डागर्दी र वेश्यावृत्तिबाट पोखरालाई मुक्त गराउने इमानदार र दरिलो पुलिस अधिकृतले राजधानीमा त्यस्तै काम दोहोर्‍याउने अपेक्षा छ।'
अनलाइनमार्फत गरिएका टिप्पणीलाई आधार मान्ने हो भने गगन, बाबुराम र रमेश राजनीतिज्ञ र नेता घृणाको पात्र बनेको मुलुकमा अपवाद हुन्। यिनले लेखेका लामा लेख मात्र होइन यीसम्बद्ध छोटो समाचारमा पनि टिप्पणी गर्नेको तँछाडमछाड हुन्छ। 'यी तीन जनाको प्रशंसामा हजारौं टिप्पणी लेखिन्छन्,' इकान्तिपुरका उपसम्पादक राजेश मिश्र भन्छन्, 'तीमध्ये केहीलाई मात्र ठाउँ दिनसक्छौं, सबै प्रकाशित गर्न सम्भव हुँदैन।'
अनलाइनका पाठकले अरू नेता, कलाकार र खेलाडीका समाचारमा पनि प्रतिक्रिया गरेका छन्। तर, प्रायः ती प्रतिक्रिया मिश्रित हुन्छन्। पक्ष र विपक्षमा बाँडिएका हुन्छन्। माओवादी अध्यक्ष प्रचण्ड यस्तै नेता हुन्। केहीले उनको उग्र समर्थन त केहीले उग्र विरोधमा प्रतिक्रिया लेखेका छन्। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ अर्का बढी प्रतिक्रिया पाउने नेता हुन्। उनीसम्बद्ध समाचारमा उनको समर्थनमा थुप्रै टिप्पणी आएका छन्। कांग्रेस महामन्त्रीमा पराजित भए पनि नरहरि आचार्य समाचारका पाठकका मनमा भने लोकपि्रय छन्। उनका लेखहरूमा समर्थन व्यक्त गर्न पाठकले कञ्जुसी गरेका छैनन्।
सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया जोड्ने हो भने पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारसले पनि पाठकको ध्यान तान्न थालेका छन्। देशमा कामचलाउ सरकार रहेका बेला यी बाबुछोराले सक्रियता बढाउन थालेदेखि नै यिनका विषयमा टिप्पणी गर्न थुप्रैले जाँगर चलाएका छन्।
मानवशास्त्री सुरेश ढकाल सञ्चारमाध्यमले एउटा छवि निर्माण गरिदिएका कारण गगन, बाबुराम र रमेशको लोकपि्रयता चुलिएको बताउँछन्। 'त्यसैले त गगन गैरकांग्रेसी, बाबुराम गैरमाओवादी र रमेश गैरप्रहरीमा बढी मन पराइएका छन्,' उनको भनाइ छ।
कोहीलाई धेरैले मन पराएपछि आफू पनि मन पराउनेको हूलमा मिसिने मानवीय प्रवृत्ति अनलाइन टिप्पणीमा प्रकट भएको उनको ठम्याइ छ। तर केही खुबीकै कारण सञ्चारमाध्यमले उनीहरूलाई मन पराएको चाहिँ उनी स्विकार्छन्। 'तर तिनमा मिडिया ह्यान्डल गर्ने कुशलता रहेको कुरा बिर्सन मिल्दैन,' उनले थपे।
छवि निर्माणमा सञ्चारमाध्यमले सघाएको भन्ने भनाइ रमेश खरेलसँग ठ्याक्कै मिल्छ। दुई दशकअघि सेवा प्रवेश गरेका उनी आमसमुदायमा चिनिएको दुई वर्ष पनि भएको छैन। दक्ष प्रहरी अधिकृतको रूपमा प्रहरीभित्र निकै लोकपि्रय भए पनि डीआईजी कुवेरसिंह राना आमजनतामा चिनिएका छैनन्। बरु  मानवअधिकार उल्लंघनको विवादमा पारेर उनलाई प्रहरी महानिरीक्षक बन्न नदिन उनका प्रतिस्पर्धीले सञ्चारमाध्यम प्रयोग गर्न खोजेका छन्।
२०४६ सालको आन्दोलनका बेला गगन ९ कक्षामा पढ्थे। तर, २०६२/६३ को आन्दोलनले उनलाई गणतन्त्रवादी युवा नेताका रूपमा चिनायो। त्रिचन्द्र क्याम्पस र नेविसंघ केन्द्रीय समिति हुँदै ३४ वर्षको उमेरमा गगन कांग्रेसको १२औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याउने केन्द्रीय सदस्य बने।
पछिल्लो समय गगनको लोकपि्रयता यति चुलिइसकेको छ कि टिप्पणीकर्ताहरूले उनलाई भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष् देख्न थालिसकेका छन्। 'रामचन्द्रजी छाड्नुस् एक्लै दौडने खेल,' मतगणनाको समाचारमा बबरमहलका नवीन खत्रीले लेखेका छन्, 'बरु गगनलाई प्रधानमन्त्री बनाउँदा कसो होला।'
सबैभन्दा बढी भोट पाएर जितेका समाचार पढेपछि प्रसन्न पाठकहरू थप हौसिएका थिए। पाठकहरूले टिप्पणीमार्फत उनीप्रति ठूलो भरोसा गरेका छन्। 'गगन थापा हामी नेपालीले धेरै आशा र विश्वास गरेका एक मात्र राजनीतिज्ञ हुन्,' बागलुङका राम खत्रीको लेखाइ छ। उनीजस्तै बर्दियाका गोपाल गिरी, शंकर जोशी, झापाकी मुनाले पनि उनलाई बधाई दिए। 
पाठकहरूको यस्तो अपेक्षाले आफूमाथि चुनौती थपिएको उनको अनुभव छ। 'तर बढी हौसिने र डराउनेवाला छैनन्,' उनी भन्छन्, 'खरो उत्रिन इमानदार प्रयास हुनेछ।'   
इजरायलको हिब्रू विश्वविद्यालयमा अध्ययनरत भोजराजले कांग्रेसको मतगणना सुरु भएपछि गगनको विविध पक्षमा नजिकबाट अध्ययन गरेको उल्लेख गर्दै कम्तीमा २ वर्ष विश्वको उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न सुझाव दिएका छन्। उनको तर्क छ, 'यसबाट उनको सोचाइको क्षितिज फराकिलो हुनुका साथै नेतृत्व क्षमता पनि बढ्ने छ। गगन स्वयम् पनि केही समय ब्रेक लिएर अध्ययन गर्न मन लागेको सुनाउँछन्। 'मैले गत वर्ष पनि हावर्ड विश्वविद्यालयमा अप्लाई गरेको थिएँ,' उनले भने, 'यसपालि पनि 'ट्राई' गर्छु।' अमेरिकाबाट सुन्दर श्रेष्ठले आशंका गरेका छन्, 'कुर्सीमा पुगेपछि पनि गगन पनि उही ड्याङका मूला त हुन्।'
'प्रहरीका रूपमा उहिले र अहिले मेरो कार्यशैली उही हो,' रमेश भन्छन्, 'तर त्यतिबेला अहिलेजस्तो सशक्त मिडिया थिएन।' उनी एउटा घटना सम्झन्छन्, ललितपुरमा प्रहरी निरीक्षक हुँदा एक जना धनाढ्य डेनिस राजदूतावासकी सेक्रेटरीसँग गाडीमै यौनक्रीडा गररिहेको अवस्थामा प्रहरीको फेला परे। तत्कालीन एक जना अतिरत्तिm महानिरीक्षकका साथी ती पुरुषले उल्टै प्रहरीमाथि हातपात गरेको सुनेपछि रमेशले घेराबन्दी गरेर तिनलाई थुने। 'भोलिपल्ट मेरो सरुवा भयो,' उनले थपे, 'आज यस्तो घटना दोहोरयिो भने गुपचुप रहन सक्तैन।'
निर्भीक र सक्षम अधिकृतको रूपमा नेपाल प्रहरीभित्र सीमित छवि सिरहाका प्रहरी प्रमुखको रूपमा उनले काम गरेपछि विस्तारति भएको थियो। हत्या र अपहरणका घटना सामान्य भइसकेको सिरहामा अपराध नियन्त्रणमा उनले गरेको प्रयास सञ्चारमाध्यमको नजरमा परेपछि उनी चिनिए। पोखरामा उनले क्यासिनो, यौन व्यवसाय र गुन्डागर्दीमा कडाइ गरेको समाचारले सञ्चार माध्यममा ठाउँ पाए। पोखराबाट सरुवा भएपछि उनी सञ्चारमाध्यममा सकारात्मक चर्चा पाइरहने पात्र बनेका छन्।
खबर पढेकै आधारमा हुनुपर्छ काठमाडौंमा सरुवा भएको समाचारपछि  लन्डनबाट लक्ष्मणले लेखेका थिए, 'गुड न्युज अब गुन्डाहरू समाप्त हुनेछन्।'  'एलजीका गुन्डाहरू फेर िपोखरा आउने भए। बागलुङ बसपार्कका कोठीहरू पनि खुल्ने भए,' नेपाली, इंगल्यान्ड। 'उहाँ पोखरा हुँदा धेरै राम्रो काम भाथ्यो,' दोहाबाट समनले लेखे, 'अब काठमाडौंमा परविर्तन गर्नुपर्छ।'
पोखरामा उनको कार्यशैली देखिसकेकाहरूले त उनको तारिफमा कुनै कञ्जुस्याइँ गर्ने कुरै थिएन। पोखराकै हाकिम गुरुङले लेखेका थिए, 'पोखराका अपराधीका लागि खुसीको खबर अनि काठमाडौंका अपराधीका लागि दुःखको खबर।'
हनुमानढोकास्थित कार्यालयमा हाजिर भएपछि उनले आफूअन्तर्गतका इकाईका प्रमुखहरूलाई जम्मा पारेर घूस नखाई कर्तव्य पालन गर्ने सेवा प्रवेश गर्दाको कसम पुनः खुवाएका थिए। उनले पत्रकार सम्मेलन गरी समस्याको जड प्रहरीभित्रै रहेको स्विकार्दै पहिले प्रहरी सुधारेर अपराधीमाथि नियन्त्रण कायम गर्ने योजना सुनाएको समाचार पढे छि हजारौं पाठकले टिप्पणी लेखे।
'मुलुकलाई अहिले सच्चा पुलिस चाहिएको छ,' राजदूत मधुवन पौडेलले कुवेतबाट लेखे, 'प्रतिबद्धता पूरा होस् भन्ने कामना छ।' यस्ता टिप्पणी र प्रतिक्रियाको ओइरोले संकेत गर्ने कुरा पनि स्पष्ट छ, आशा जगाउने व्यक्तिको देशमा खाँचो छ। यसैले त काठमाडौंका रोशन प्रधानले लेखे, 'थुप्रैथुप्रै खरेल जन्माइदिन पशुपतिनाथसँग कामना गर्छु।' 
सबै टिप्पणी पक्षमै मात्र पनि आउँदैनन्। टिपिकल नेपाली, लन्डनको नाममा आएको प्रतिक्रियाचाहिँ अलि बेग्लै थियो, 'हाहा, पुलिस, आर्मीमा पनि नेताजस्तो भाषण दिने प्रवृत्ति सुरु भयो। बोल्नु र गर्नुमा धेरै फरक छ। सोझो जनतालाई लाटो बनाउने सजिलो आइडिया।'
रमेशलाई भदौ ३१ गते चेन अफ कमान्ड उल्लंघन गरेको भन्दै महानगरीय प्रहरी आयुक्त मदन खड्काले लिखित चेतावनी दिएको समाचार आएपछि पाठकहरू आक्रोश छताछुल्ल भएको थियो। 'राम्रो काम गर्दा हाकिमबाट डराउनु पर्दैन,' आङछिरङि शेर्पा -अमेरकिा) ले लेखेका छन्, 'अघि बढ जनता तिम्रा साथ छन्।' 'एसपी खरेललाई म सलाम गर्छु,' काठमाडौंका रूपकले हौस्याएका छन्, 'तपाई कति पनि विचलित नभई अघि बढ्नोस् हामी तपाईको साथ छौं।' गणेश पौडेलले थपेका छन्, 'रमेश खरेल रक्स, हामीलाई यस्तै पुलिस चाहिया छ।'
धनुषाका कृष घिमिरले व्यङ्ग्यको शैलीमा अरूलाई आरोप लगाएका छन्, 'के गर्नु एसपीसाब डान्सबारको आम्दानी सुकाइदिनुभो। तपाईं पो लिनु हुन्न ठूलालाई त चाहिन्छ नि। तलबले मात्र माथिकाको ठाँटबाँट कहाँ चल्छ ? कुरा नबुझेर व्यर्थमा फसादमा पर्नु भएन ?' कतारबाट राजुको आक्रोश थियो, 'नेपाली जनताले चाहेको जोसिलो इमानदार पुलिस अफिसरमाथि भ्रष्टहरूले गरेको घात हो।' 
'राम्रो काम गर्नेलाई कसैले देखी सहँदैन। बिचरा रमेशजी पोखराबाट पनि लखेटिनुभयो। यहाँ पनि लखेट्ने ? आफ्नै जन्मथलो पुर्‍याउने विचार छ कि क्या हो। चिन्ता नलिनुस् आफ्नै जन्मथलो बनाउनुपर्छ। काभ्रेमा तपाईंलाई स्वागत छ,' राजाराम श्रेष्ठ, भकुन्डे।
अनलाइनमा टिप्पणी गर्नेमा नेपालभित्रका पाठको तुलनामा बिदेसिएका बढी छन्। उग्र समर्थन र उग्र विरोध दुवै खेमामा बाहिरएिका पाठक अगाडि छन्। देशभित्रका धेरैजसो पाठकको टिप्पणी सन्तुलित र 'तटस्थ' हुने गरेको छ। वास्तविक नामबाट भन्दा धेरै बढी प्रतिक्रिया 'निक नाम'बाट आउने गरेका छन्। कसैकसैले चाहिँ आरोपित गर्न पनि यस्ता नाम प्रयोग गर्छन्। धेरैजसोले चाहिँ अरू नै नामबाट लेख्दा मनका कुरा लेख्न सकिने भएकाले यस्तो गर्छन्। 
माक्र्स भुसाल, इंगल्यान्ड यस्तै निक नाम हो। 'पीएचडी गरेपछि क्रान्तिमा होमिएको अरू कुनै नेता छैनन्, मुलुकमा। यो नै देश र जनताप्रति प्रेमको प्रमाण हो। अरू नेताको उनीसँग तुलना हुन सक्तैन,' उनले बाबुरामका विषयमा टिप्पणी गरेका छन्।
पार्टीमा कमजोर भए पनि अनलाइन पाठकहरूबीच बाबुरामले अध्यक्ष प्रचण्डलगायतका सबै नेतालाई उछिनेका छन्। कक्षामा सधैं पहिलो हुँदै एसएलसीमा बोर्ड फस्ट भई पीएचडी गरेका उनी बुद्धिजीवीहरूको रोजाइमा पर्ने हुन्। अर्थमन्त्रीको रूपमा नौ महिना काम गर्दा उनको लोकपि्रयताको ग्राफले उचाइ लियो। भन्सारबाट 'महिनावारी'को अपेक्षा गरिने मन्त्रालयमा उनको स्वच्छ छविको पहिचान कायम भयो। गत पुस महिनामा खन्ना गार्मेन्टमा प्रचण्डले प्रधानमन्त्री बनाउन भारतले दबाब दिएको भन्दै बाबुरामलाई भारतपरस्तको आरोप गढेको समाचार पढेपछि बाबुरामको समर्थनमा अनलाइनमा धेरैले शब्द खर्चेका थिए। 'योभन्दा राजनीतिक बेइमानीको उदाहरण कांग्रेस र एमालेमा पनि छैन,' रूपेश बस्यालले साइप्रसबाट लेखे। 'बाबुराम भिजन भएका इमानदार नेता हुन्,' सिड्नीबाट सुमनले लेखे, 'भारत समर्थक भए दक्ष इन्जिनियर उनले मुलुकका लागि ज्यान जोखिममा पार्ने थिएनन्।'
उनले 'सहमति भए प्रधानमन्त्री बन्न तयार छु,' भनेपछि पाठकहरू उनको समर्थन गर्न पछि परेनन्। उनीबाट धेरै आस गर्दै टिप्पणी लेखियो। 'सक्षम नेता बाबुरामलाई एकपल्ट प्रधानमन्त्री बनाउनुपर्छ,' सोह्रखुट्टेका विकास राउतले टिप्पणी गरेका थिए, 'उनले मुलुकलाई सही दिशामा लैजान सक्छन्।' 
'पार्टी होइन मुलुकको पक्षमा निर्णय लिन सक्ने सक्षम नेतृत्वको खाँचो छ,' कीर्तिपुरका सुरेन्द्र महर्जनले लेखेका छन्, 'बाबुराममा त्यस्तो क्षमता भएकाले उनको समर्थन गर्छु।' अस्टे्रलियाका दीपक राईले लेखेका छन्, 'नेपालको विकासका लागि भिजन भएका बाबुरामलाई हामीले नेपालको उत्कृष्ट राजनेताको रूपमा मानेका छौं।'
पूर्वप्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाको मृत्युलगत्तै बाबुरामले राष्ट्रिय सहमतिका लागि एउटा खाकासहितको लेख प्रकाशित गरेपछि उनको तारपिm गर्नेको ओइरो लागेको थियो। झापाका एलिस पनेरूले लेखेका थिए, 'अरू नेताहरूको सोच पनि बाबुरामको जस्तो भइदिए मुलुकले निकास पाइसक्ने थियो।' सिन्धुपाल्चोकका रामबाबु नेपालले बाबुरामलाई मुलुकका चम्किला गहना मानेका छन्। 
'तपाई साँच्चिकै संकटमोचक हुनुहुन्छ। मुलुकलाई अघि बढाउने त तपाईंको दिएको सुझाव एक मात्र उपाय हो। तर तपाईंको पार्टीले यो सुझाव मान्ने कुरामा दुविधा छ,' शेखर न्यौपानेले क्यानाडाबाट लेखे।
लामो समयको द्वन्द्वबाट मुक्त भएलगत्तै ठूलो राजनीतिक आन्दोलन बेहोरेको मुलुकलाई उन्नतिको बाटोमा डोर्‍याउने 'नेता'को आवश्यकता भएको पाठकहरूका प्रतिक्रियाबाट बुझिन्छ। इकान्तिपुरमा प्रकाशित यिनै प्रतिक्रियाबाट नै सम्पूर्ण सत्य थाहा पाउन सकिँदैन होला। तर, यसैलाई आधार मान्ने हो भनेचाहिँ धेरैले गगन थापा, बाबुराम भट्टराई र रमेश खरेलमा त्यो आशाको किरण भेट्टाएका छन्। कोही यिनलाई माथ गर्ने गरी राम्रो काम र छवि लिएर आउँछ भने इन्टरेनटको संसारले तिनको पनि भव्य स्वागत गर्नेछ !
from..kantipur online

निखिल बोल्दैनन् कसममा


काठमाडौं/ नयाँ फिल्म कसमका निर्देशक लक्ष्मण रिजाल हतारिएका छन् । अभिनेता निखिल उप्रेतीका कारण बीचमै रोकिएको कसमको सुटिङ दुई महिनाअघि मात्रै पूरा भएको थियो । हाल डबिङको सुरसारमा लागेको यस फिल्मको रिलिज डेट भने घोषणा भइसकेको छ । 'मेरो फिल्म १९ कात्तिकदेखि 'एनिहाउ' अल नेपाल एकैचोटि रिजिल हुन्छ,' निर्देशक लक्ष्मणको दाबी छ, 'मेरो फिल्म भनेकै डेटमा रिलिज हुन्छ । कुनै शक्तिले पनि रोक्न सक्दैन । सबै चाँजोपाँजो मिलिसकेको छ ।'
अभिनेता निखिल अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो बिहे गरी मुम्बईमा बस्न थालेपछि कसम युनिट र निखिलबीच लामो समय सम्पर्क हुन सकेन । फिल्मको मुख्य पात्र नै सम्पर्कविहीन भएपछि कसम युनिट के गरौँ, कसो गराँमा परेको थियो । जसकारण केही महिना सुटिङ रोकिन पुग्यो । अनेक उपाय लगाउँदा बल्लतल्ल निखिल सम्पर्कमा आए । तर, काठमाडांै आएर सुटिङ गर्न मानेनन् । उनी सिक्किममा आउन भने तयार भए । निखिलकै सर्तअनुसार उनलाई मुम्बईबाट सिक्किम ल्याई सुटिङ गरियो ।
निखिललाई लिन कहिले मुम्बई त कहिले दिल्ली पुगेको यो युनिट अब डबिङका लागि भने उनको पछि नलाग्ने भएको छ । 'सम्झौता गरिसकेका निखिललाई ल्याएर सुटिङ सिध्याउन त निकै दौडधुप गर्नुपर्‍यो भने अब डबिङका लागि फेरि उनको पछि लाग्ने समय छैन हामीसँग,' लक्ष्मण भन्छन्, 'रिलिज डेट तय गरिसकेकाले हामीसँग समय कम छ । निखिललाई नै डबिङ गराउने योजना त थियो, तर अब उनको डबिङ अरू कसैबाट गराउँछौँ ।'
निखिल काठमाडौं आउन नमान्ने अनि उनको डबिङ गराउन मुम्बई नै पुग्नुपर्ने भएकाले कसमका निर्माता रामप्रसाद रिजाल पनि उनको डबिङ अरूबाट गराउने योजनामा छन् । यसअघि मन परेपछि फिल्मले पनि निखिलको डबिङ अन्य कलाकारबाट गराएको थियो ।
form..nayapatrika online

रोबोटको क्लिन बोल्ड


मेरोसिनेमा १७ असोज २०६७,
रजनीकान्तको रोबोटले बलिउड स्टास्रलाई क्लिन बोल्ड गरिदिएको छ । जसले रोबोट हेरेको छ उसले खुलेर चलचित्रको प्रशंसा गरेको छ भने नहेरेकाले हेर्नका लागि अधैर्य गरिरहेका छन् ।

बलिउडका 'पर्फेक्टनिस्ट' आमिर खान पनि दक्षिणका सुपरस्टार रजनीकान्तको फिल्म रोबोट हेरेर चकित भएका छन् । आमिरले सोसल नेटवर्किङ साइट फेसबुकमा लेखेका छन् कि -म रोबोट हेर्न चाहन्छु किनभने रजनी सरले कमालको अभिनय गरेका छन् ।

ऐश्वर्या राय र रजनीकान्तको रोबोट तामिल भाषामा 'एन्धीरन'को नामबाट रिलिज भएको छ । यो शुक्रवार रिलिज भएको उक्त फिल्मले दक्षिणका दर्शकलाई पागल तुल्याइदिएको छ । रजनीकान्तका फ्यानहरु बिहान सबेरै पाँचबजे उठेर टिकट लिन सिनेमा घर धाउन थालेका छन् ।

१७५ करोडमा निर्माण भएको रोबोटलाई बलिउडमा अहिलेसम्मकै महंगो फिल्म मानिएको छ । अहिलेसम्म जुन कलाकारले यो फिल्म हेरेका छन् उनीहरुलाई रोबोटलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् । रितेश देशमुखले पनि रोबोटको प्रशंसा गर्दै ट्वीटरमा लेखेका छन् -रजनीकान्त सुपरस्टार हुन् । उनले सबैलाई लोभ्याइदिएका छन् । रजनीको फ्यानलाई रोबोट निकै मनपर्नेछ । जानुस फिल्म हेर्नुस । तर केही लामो छ भरपुर मनोरन्जन लिनुहुनेछ ।

तुषार कपुर भन्छन् कि फिल्म केही लामो छ तर भरपुर मज्जाको छ । यो उमेरमा पनि रजनीकान्त किनै योङ देखिएका छन् । उनी सुपरस्टार भएकोमा कुनै शंका छैन । समीरा रेड्डीले पनि रजनीकान्तको प्रशंसा गर्दै आफू रजनीको नम्बर वान फ्यान भएको बताएकी छिन् । बाक्स अफिसमा उनले यस्तो धमाल मच्चाएका देख्दा

'लैजा रे'लाई चार अवार्ड


स्मृति ढुंगाना, काठमाडौं, असोज १७- गायक हेमन्त रानाको 'लैजा रे' एल्बमले यस वर्षको इमेज अवार्डमा चारवटा उपाधि जितेको छ। आर्मी अफिसर्स् क्लबमा शनिबार आयोजित समारोहमा एल्बमले उत्कृष्ट गीत, पप गायक, म्युजिक भिडियो निर्देशन र पपुलर भोटिङको अवार्ड जित्यो। एल्बम सात विधामा मनोनित थियो।
त्यस्तै स्वरूपराज आचार्यले पुरुष गायन र अञ्जु पन्तले महिला गायनमा अवार्ड हात पारेका छन्। उत्कृष्ट एल्बमको अवार्ड भने योगेन्द्रमणि दाहालको 'यात्रा' ठहरियो।
भुपेन्द्र खड्काको 'तिमीलाई'ले उत्कृष्ट गीत रचनाको अवार्ड पाएको छ। कम्पोजिसनमा चाहिँ 'जहाँ तिमी'का बिबि अनुराग, पप गायिकामा आस्था बी, सामूहिक गायनमा 'माया'का सिने गुरूङ र सविन राई उत्कृष्ट साबित भए।
उत्कृष्ट लोकगीतको अवार्ड 'फुलेरै'का लागि गणेश न्यौपाने, ज्ञानु ग्याल्मी मगर र रिमा होडा गुरूङले संयुक्त र दोहोरी 'तिती कलेरी'का लागि राजु गुरूङ र मुना थापाले जिते। नेपाली फिल्मी गीतको अवार्ड भने द युग देखि युगसम्मको 'न कुनै बन्धन'का संगीतकार राजु सिंहले जिते।
म्युजिक एरेन्जर 'दर्शन नमस्ते'बाट महाराज थापा, रेकर्डिस्ट श्यामश्वेत रसाइली र नव कलाकार युग राई आफ्ना विधामा अब्बल ठहरिए भने राष्ट्रिय भावका गीत 'मेची महाकाली'का दुर्गा खरेल, अमित रेग्मी र अर्जुन पोखरेलले अवार्ड पाए।
युगेन्द्रमणि दाहालको म्युजिक भिडियो 'आगँनैभरि', म्युजिक भिडियो 'हल्ला नगर'का क्यामराम्यान हरि हुमागाईं, 'मलाई अँगाली देऊ'का सम्पादक प्रवीण श्रेष्ठ र 'एक्का ट्रायल'का स्पेसल इफेक्ट्स आर्टिस्ट किशोर महर्जन र प्रकाश श्रेष्ठले अवार्ड हात पारे।
स्थापनाको १५औं वर्षमा रहेको इमेज च्यानलले १२ वर्षदेखि इमेज अवार्ड आयोजना गर्दै आएको छ। यसपालिको लाइफटाइभ अचिभमेन्टको अवार्ड दुर्गालाल श्रेष्ठलाई प्रदान गरियो।
इन्डियन आइडल प्रशान्त तामाङको संागीतिक प्रस्तुतिले कार्यक्रममा आकर्षण थपेको थियो। नेपाल पर्यटन वर्ष २०११ का सद्भावना दूत बनेका प्रशान्त दौरा सुरुवालमा देखिएका थिए। उनले 'रातो रानी फुले झैं' र आफ्नो फिल्म 'गोर्खा पल्टन'को गीत सुनाए।
प्रशान्तको गीतमा साथ दिने कलाकारहरूलाई अर्का प्रशान्त तामाङले कोरियोग्राफी सिकाएका थिए। कार्यक्रमको सुरुवात गायक सविन राईको 'मलाई अँगालिदेऊ' बोलको गीतबाट गरियो। कार्यक्रमभरि चर्चा कमाएको हेमन्त रानाले पनि स्टेज तताए।
व्यक्तिगत तीनवटा अवार्ड हात पार्दा हेमन्तले आँसु थाम्न सकेका थिएनन्। शिव परियारको गायन पनि प्रभावशाली थियो। अञ्जु पन्त, मल्लिका कार्की, आस्था बी र आगन्तुक खरेलले पनि गीत प्रस्तुत गरे।

सुन्दरीहरु कस्तो कार चढ्छन?



तारा चाम्लिङ, काठमाडौं, असोज १६ - मिस नेपाल सदिक्षा श्रेष्ठ केही साताअघिसम्म माइक्रो र टेम्पो चढ्थिन्। सार्वजनिक सवारीको धक्काधक्की खाँदै र धुलोधुवाँमा नाक छोप्दै हिँड्नु उनको दिनचर्या थियो। मध्यमवर्गीय परिवारकी सदिक्षा भाग्यमानी ठहरिइन्। १९ वर्षको उमेरमा नेपाल सुन्दरीको ताजसँगै 'चेरी क्यु थ्री' कार हात पर्‍यो। कार उपहार पाउने उनी पहिलो मिस नेपाल हुन्। यसअघिका मिस नेपालहरू ताज पहिरेपछि बढीमा स्कुटरसम्म चढ्थे। 'अब सदिक्षाले सानसँग ताज सम्हाल्नेछिन्,' पूर्व मिस नेपाल माल्भिका सुब्बा भन्छिन्, 'सुरक्षा र आर्थिक हिसाबले पनि उनका लागि राम्रो हो।'
सदिक्षाले गाडी पाएपछि पहिलेका मिस नेपालहरूले सन्तुष्टि व्यक्त गरेका छन्।
माल्भिका सुब्बा
सन् २००२ मा ताज पहिरेर सेलेब्रिटी भइसकेपछि माल्भिकाले निजी सवारी साधनको आवश्यकता देखिन्। बस र ट्याम्पोमा सफर गर्नु अब उनका लागि नसुहाउने कुरा भयो। व्यक्तिगत हिसाबले भन्दा पनि ताजकै इज्जतका लागि। महंगीमा दिनहुँ ट्याक्सी चढ्नु सम्भव थिएन। त्यसैले, उनले होन्डा कम्पनीको 'डियो' स्कुटर किनिन्। जसको किस्ता निखन्न २-३ वर्ष लाग्यो।
उनी केही वर्ष स्कुटरमै कुदिन्। डाकेको ठाउँमा छिटो पुगिने, जाममा धेरै बेर नफसिने र ट्याक्सी जत्तिको पैसा खर्च नहुने हुँदा उनलाई सजिलो पनि भयो। तर, अचेल उनी स्कुटर छोडेर ट्याक्सी चढ्न थालेकी छन्।
किन त?
'हेल्मेटले कपाल बिग्रिन थाल्यो,' सांग्रिला हाउजिङमा कार्यरत माल्भिका भन्छिन्, 'रुघाखोकीले सताइरह्यो। अहिले गाडी किन्ने अवस्था छैन। त्यसैले, महंगै भए पनि ट्याक्सी चढ्छु।'
मिस नेपाल बन्नुभन्दा त्यो सार्वजनिक सम्मान 'साख' जोगाउन गाह्रो परेको उनको अनुभव छ।
जेनिसा मोक्तान
सवारीका मामिलामा सन् २००९ की ताजविजेता जेनिसा मोक्तान अरूभन्दा निकै भाग्यमानी छिन्। कहाँ कसरी पुग्ने भनेर उनले कहिल्यै सुर्ता लिनुपरेन।
व्यापारी बाबुकी छोरी जेनिसाले मिस नेपाल बन्नुअघि नै दुइटा गाडी फेरिसकेकी थिइन्। १८ वर्ष टेक्नासाथ उनले बुबाबाट 'रियो' कार उपहार पाइन्। अचेल स्याङयङको 'काइरन' चलाउँछिन्। कलेज, मिटिङ, सपिङ जहाँ जाँदा पनि उनलाई आफ्नै गाडी सजिलो लाग्छ।
'सार्वजनिक सवारी त सुरक्षितै लाग्दैन,' उनी भन्छिन्, 'ट्याक्सी चढुँ भने पनि सबै चालक राम्रो नियतका हुन्छन् भन्ने छैन।'
गाडी सर्भिसिङमा दिएका बेला भने उनी रातो पल्सर बाइक हाँक्छिन्। 'ए' लेभल पढ्दा उनी यही बाइक चलाउँथिन्। 'कलेजमा एउटा केटाले च्यालेन्ज गरेपछि उसलाई जवाफ दिन पल्सर चलाएँ,' उनी भन्छिन्, 'तर, त्योभन्दा अघि नै मलाई बाइक चलाउने सोख थियो।'
मुड चल्दा स्कुटर लिएर घुम्न निस्कनु उनको अर्को सोख हो।
रुबी राणा
पहिलो मिस नेपाल रुबी राणाको कथा जेनिसासँग मिल्दोजुल्दो छ।
वीरगन्जमा सात कक्षा पढ्दै रुबीले गाडी चलाउन सिकेकी हुन्। १६ पुग्नासाथ लाइसेन्स बनाइन् र निर्धक्क गाडी हाँक्न थालिन्। त्यसयता उनले थुप्रै गाडी फेरिसकिन्। अचेल 'निसान' चलाउने रुबी कहिलेकाहीँ आवश्यकता हेरेर ट्याक्सी र स्कुटर चढ्न पनि धकाउँदिनन्। माइक्रो चढ्नेचाहिँ आफ्नो ब्युटीपार्लरमा सिक्न आउने विद्यार्थीलाई फिल्डमा लैजाँदामात्र हो, त्यो पनि रिजर्भ गरेर।
'मिस नेपाल भइसकेपछि टेम्पो र माइक्रोमा हिँड्न अलि मिल्दैन,' रुबी भन्छिन्, 'आफ्नो स्ट्याटस पनि मेन्टेन गर्नुपर्‍यो नि।'
यी प्रथम नेपाल सुन्दरीसँग 'आपाचे' बाइक पनि छ। उनी कहिलेकाहीँ मुड चल्दा त्यही बाइक लिएर निस्कन्छिन्। कतिले त बाइक चलाएको देखाएर सोधेका पनि छन्, 'तपाईं मिस नेपाल होइन?'
'म हो भन्छु,' उनले भन्छिन्, 'उनीहरू झन् चित् खान्छन्।'
आफूले यातायातको समस्या भोग्नु नपरे पनि हरेक मिस नेपाललाई गाडी दिने व्यवस्था गरे राम्रो हुने उनको भनाइ छ। त्यसैले, यसपालि सदिक्षाले गाडी पाउँदा उनी दंग छिन्।
'कम्तिमा मिस नेपाल भएपछि गाडी त चढ्नैपर्छ,' उनी भन्छिन्, 'त्यसको अर्कै सान हुन्छ।'
उषा खड्गी
उषा खड्गीलाई भने बाइकै प्रिय लाग्छ। 'हतारमा बाइकजत्तिको सजिलो केही हुन्न,' उनी भन्छिन्, 'काठमाडौंको जाममा दिउसो गाडीमा हिँड्नु जत्तिको झन्झटिलो अरू केही हुन्न।'
सन् २००० मा मिस नेपाल जित्दा पाएको पैसाले उनले काइनेटिकको 'स्ट्रिट' बाइक किनेकी थिइन्। अचेल भने गाडी नै हाँक्छिन्, तर साँझका पार्टी वा अन्य समारोहमा जानुपर्दा मात्र।
अफिस र बुटिक दुवै भ्याउनुपर्ने भएकाले गाडीमा समय खेर जान्छ भन्ने उनलाई लाग्थ्यो। छोरी जन्मेपछि भने बर्खा र जाडोमा बाइकमा पछाडि बस्न अप्ठेरो भयो। उनले 'एउटा गाडी त चाहिने रहेछ' भन्ने महसुस गरिन्।
'सेकेन्ड ह्यान्ड भए पनि काम चल्छ, कम्तिमा चिसो, धुलोधुवाँ र पानी त छेकिन्छ,' उनी भन्छिन्। दुई वर्षअघि मात्र श्रीमानसँग मिलेर उनले 'सेन्ट्रो' कार किनेकी छन्।
गाडीको विषयमा उषा आफूलाई 'बिन्दास' ठान्छिन्। 'मिस नेपाल भएकीले गाडी चढ्नुपर्छ भन्ने कहिल्यै सोचिनँ,' उनी भन्छिन्, 'म बिन्दास छु। बाइकमा पनि मास्क नलगाई हिँड्छु। कतिपयले मिस नेपाल भएर पनि बाइक चढेको भनेर गिज्याउँछन्। मलाई फरक पर्दैन। वास्तविकतासँग चल्नु नै व्यावहारिकता हो।'
श्रीमानसँग हिँडडुल गर्दा बाइकमै रोमान्टिक लाग्ने उषाको अनुभव छ। 'गाडीमा सँगै बस्न मिल्दैन। साह्रै फर्मल लाग्छ,' उनी भन्छिन्।
धेरैले मिस नेपाल भएपछि गाडी चढ्नैपर्ने आस राखे पनि नेपालमा सम्भव नभएको उनको तर्क छ। 'कमाइ नै कम हुन्छ। हलिउड, बलिउडका सेलेब्रिटीसँग हामीलाई दाँज्न मिल्दैन,' उनी भन्छिन्।
झरना बज्राचार्य
झरना बज्राचार्य भने गाडी छोडेर स्कुटरतिर लागेकी छन्।
उनी 'कोरोला' गाडी हाँक्थिन्। अहिले 'प्लेजर' स्कुटर कुदाउँछिन्। स्कुटरमा भए कसैले नचिन्ने र जस्तो बनेर पनि हिँड्न सकिने उनको अनुभव छ। त्योभन्दा राम्रो, भनेको ठाउँमा गाडीभन्दा छिट्टै पुगिन्छ।
सुरुसुरुमा उनलाई पनि गाडी चलाउनैपर्छ भन्ने नलागेको होइन। १३ वर्षअघिकी मिस नेपाल झरना भन्छिन्, 'अचेल कसरी जानेभन्दा पुग्न पाए हुन्छ। कुनैबेला त माइक्रो र टेम्पोसमेत चढिदिन्छु।'
समयसँगै बिस्तारै सबै कुरा परिवर्तन हुँदै जाने र त्यही परिपक्वताअनुसार मान्छेले आफूलाई बदल्नुपर्ने उनको राय छ। 'स्कुटर चढ्दा एकदमै स्वतन्त्र अनुभव गर्छु,' उनी भन्छिन्, 'गाडीमा त्यो अनुभूति हुँदैन।'
'पार्टीमा सजिएर जाँदा भने आफ्नै गाडी ठिक।'
सुगरिका केसी
सन् २००५ की मिस नेपाल सुगरिका केसी प्रायः स्कुटरमै हुन्छिन्।
बजारमा धेरैथरिका स्कुटर भए पनि उसबेला आयोजकले दिएको काइनेटिक नोभा उनलाई मनपर्छ। अघिल्लो सालमात्र उनले गाडी लिएकी छन्, 'आई टेन'। तर, पार्टी या कुनै समारोहमा जानुपरे मात्र गाडी चलाउन रुचाउँछिन्।
'गाडीमा चढ्दा बढी जाममा फसिन्छ,' उनी भन्छिन्, 'त्यसैले, स्कुटरै ठिक लाग्छ। मुख्य कुरा त गाडीभन्दा स्कुटर किफायती पनि छ।'
धेरैले मिस नेपाल भएपछि गाडी चढोस् भन्ने चाहना राखे पनि मध्यमवर्गीय परिवारबाट आएकाहरूले पुरा गर्न नसक्ने उनी बताउँछिन्।
'यसपालि सदिक्षाले गाडी पाइन्, धेरै खुसी लाग्यो,' उनी भन्छिन्, 'कम्तिमा यसले उनलाई मिस नेपालको इज्जत धान्न सजिलो हुनेछ।'
from nagariknews online

मिस यु फर्कियो





दिलीप रायमाझीले निर्माण गरिरहेको चलचित्र 'मिस यु'को छायांकन समूह मलेसियामा छायांकन सकेर स्वदेश फर्किएको छ । सुरेशदर्पण पोखरेलले निर्देशन गरिरहेको यो चलचित्रमा रायमाझीका अतिरिक्त नम्रता श्रेष्ठ तथा वरुण राणाले  अभिनय गरेका छन् । मिस यूमा चलचित्रका संगीतकार बाबु बोगटीले पनि एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

आफ्नै डिजाइनमा ऐश्वर्या


स्टाइल र फेसनका मामिलामा पूर्वविश्वसुन्दरी एवं बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई आफ्नो स्टाइल आइकन मान्नेहरू धेरै भेटिन्छन् । स्टाइलिस अभिनेत्री ऐश्वर्याले आफू अभिनीत तामिल भाषाको  चलचित्र  'इन्दिरन' अर्थात् रोबोटमा आफ्नो पहिरनको कन्सेप्ट र डिजाइनमा आफैंले काम गरेकी छिन् । दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनीकान्तको प्रेमिकाको चरित्र निर्वाह गरेकी ऐश्वर्याको यो  चलचित्र हालसम्मकै महागो भारतीय चलचित्र भएको बताइन्छ । स्रोतका अनुसार सेप्टेम्बर महिनामा प्रदर्शनमा आउने यो चलचित्र १ सय ९० करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको छ ।

साना सिनेकर्मीका ठूला सपना

 
काठमाडौ, आश्विन १४ - 'म त एकदम चकित, हाम्रो फिल्मले अवार्ड पाउँदा सक नै भएँ नि ।' हुन त उनी उक्त फिल्मकी पात्र मात्रै हुन् ।

भर्खरै मात्र सम्पन्न बड्स फिल्म फियस्टामा छोटो फिल्म 'लस्ट' ले उत्कृष्ट फिल्मको अवार्ड पाउँदै प्रतिस्पर्धी अन्य ४३ छोटा फिल्मलाई उछिनेपछि यसकी मुख्य पात्र मनीषा विष्ट खुसी भएकी हुन् । 'मेनस्टि्रमका अनुभवी कलाकारले अभिनय गरेको फिल्मलाई समेत उछिन्यो भनेको सुन्दा छक्क परें,' २२ वर्षीया फुरुंग परिन् ।  
पुरानो बानेश्वरस्थित गुरुकुल थिएटरमा मंगलबार साँझ सम्पन्न उक्त महोत्सव लम्बिन थालेपछि घर जान हतारिएकी मनीषाले आफू अभिनीत फिल्मले उत्कृष्ट फिल्मको अवार्ड जितेको घर नपुग्दै फोनमार्फत् सुनेकी थिइन् ।
सुरुमा साथीभाइलाई देखाउने अभिप्रायले बनाइएको उक्त फिल्मले अवार्ड नै पाएपछि यसका निर्देशक राजन कठैत पनि दंग छन् । 'सिक्नका लागि साथीभाइ मिलेर बनाएका थियौं, पहिलो फिल्मले नै अवार्ड दिलायो,' २२ वर्षेले भने । राजनले फिल्मको सम्पादनक्रममा बड्स फियस्टाका बारेमा थाहा पाएको र पछि छनोटमा समेत परेको सुनाए ।
महिलाको दृष्टिकोणबाट तयार पारिएको २३ मिनेट लामो फिल्म 'लस्ट' गर्दाको अप्ठ्यारो राजनसँग ताजै रहेछ । 'सानो ह्यान्डीक्यामले खिचिएको फिल्मको डबिङ नगरी स्पटमै छुट्टै रेकर्डर राखेका थियौं,' उनले भने, 'एयरपोर्ट क्षेत्रमा सुटिङ गरिएकाले धेरैपटक प्लेनको आवाजले टेक खानुपर्‍यो ।'
प्लेनले गर्दा टेक खाए पनि कलाकारले भने जीवन्त अभिनय गरेको राजन सुनाउँछन् । काठमाडौं विश्वविद्यालय (केयू)की बायो-टेकमा स्नातक उत्तीर्ण मनीषा अभिनयको अनुभव लिएकी नभए पनि पहिलो फिल्ममा काम गर्दा खासै गाह्रो नभएको सुनाउँछिन् । भन्छिन्, 'डायलग घोक्नुभन्दा पनि त्यसको सारअनुरूप चरित्रमा भिजेर अभिनय गर्ने प्रयास गरें, सजिलै भयो ।'
'बरु लोडसेडिङको समस्याले गर्दा कतिपटक मध्यरातसम्म पनि बत्ती कुरेर बस्नुपर्‍यो,' फिल्म सुटिङ गर्दाको क्षण सम्झँदै मनीषाले पछि लोडसेडिङ छल्न कहिले कुनै साथीको त कहिले कुनैकोमा गरिसकेको अनुभव बाँडिन् । पहिलो छोटो फिल्मको अभिनय अनुभवले उत्साहित मनीषा मौका पाएमा मूलधारका फिल्ममा समेत काम गर्न इच्छुक रहेको बताइन् । थपिन्, 'मलाई मिडिया र कलामा विशेष रुचि छ ।'
केयूमै मिडिया स्टडिजमा स्नातक गरिरहेका राजनले भविष्यमा फिल्म निर्माणसम्बन्धी कोर्स गरेर फिल्मकर्मी बन्ने सोच राखेका छन् । छिट्टै अर्को छोटो फिल्मको तयारीमा जुटेका राजनले पहिलो फिल्मको अनुभवले धेरै कमी कमजोरी चिन्ने मौका पाएको मान्छन् ।
स्त्रिmप्टमा आवश्यक अध्ययन नगरीकन बनाइएकाले कथावस्तु जीवन्त हुन नसकेको, हिरोलाई हेरेर कथा लेखिने परिपाटी र कलाकारले भूमिकाअनुरूपको चरित्र निर्वाह गर्न नसक्दाको कमजोरीले गर्दा नेपाली फिल्म राम्रा बन्न नसकेको ठान्ने राजन नेपाली फिल्मको भविष्य भने उज्ज्वल देख्छन् । 'स्वदेशमै फिल्मसम्बन्धी पढाइ हुन थालेपछि शिक्षित फिल्मकर्मी आउन थालेका छन्,' उनी भन्छन्, 'राम्रा विदेशी फिल्म हेर्न अभ्यस्त युवापुस्ता पनि फिल्म मेकिङमा विस्तारै तानिँदै छन् ।'
बड्स फियस्टामा आफ्नो फिल्म पनि प्रदर्शन हुने भएपछि दंगदास परेका 'लस्ट' निर्देशक राजन सेन्सर बोर्डले फिल्म जाँचपास नगराई देखाउन नपाउने भनेर रोकिदिएपछि चिन्तित भएको सुनाए । उनी ६/७ हजार रुपैयाँमा तयार 'लस्ट' जस्तै छोटा फिल्मलाई त्यतिकै मात्रामा पैसा तिरेर सेन्सर गर्नुपर्ने भएमा डकुमेन्ट्री वा सर्टफिल्म पुनः युट्युब वा कम्प्युटरको डेस्कटपमा मात्रै सीमित हुने आशंका गर्छन् ।
तर मनीषा भने सेन्सर गर्ने भन्दैमा नराम्रो मानिहाल्न नहुने तर्क गर्दै बरु त्यसलाई पनि कसरी फिल्मको विकासका लागि प्रयोग गर्न सकिन्छ भनेर सोच्नुपर्ने ठान्छिन् । भन्छिन्, 'सेन्सरलाई गे्रडिङको रूपमा विकास गरे राम्रो हुन्थ्यो कि ।'
from: kantipur online

समिक्षा : देश

मेरोसिनेमा १४ असोज २०६७,
desh_in1_400चलचित्र : देश
निर्देशक/लेखक/गीतकार : तुलसी घिमिरे
स्टारर : राजेश हमाल, निरुता सिंह, निखिल उप्रेती, मिथिला शर्मा, श्रवण घिमिरे, मुकुन्द श्रेष्ठ, बीएस राणा, हेमन्त बुढाथोकी, नर्वदा घिमिरे, केके लोहार, दीवाकर पाण्डे
निर्माता : श्रवण घिमिरे
संगीत : शम्भुजित बाँस्कोटा
छायांकन : राजु थापा
द्वन्द्व : राजेन्द्र खड्गी
ब्यानर : अजम्बरी फिल्म्स प्राली
बजेट : ४७ लाख
अवधि : २ घण्टा २५ मिनेट
रिलिज : असोज १५ उपत्यका, असोज २९ मोफसल

यथार्थ, गम्भिर र जागरणमुलक चलचित्र निर्देशकका रुपमा पहिचान बटुलेका छन् तुलसी घिमिरेले । 'देश' उनको यस्तै पछिल्लो प्रोजेक्ट हो जुन देशप्रेम र राष्ट्रियताको भावनाले ओतप्रोत छ । सिनेमामा मनोरन्जन भएर पुग्दैन विचार पनि हुनुपर्छ भन्ने उनको मान्यतासँग मेल खान्छ 'देश'ले । जुन कुरा विहिबार आयोजित प्रीमियर सोका क्रममा निर्देशक घिमिरे सबैलाई बताउँदै थिए । लाहुरे, दक्षिणा, देउताजस्ता लोकप्रीय चलचित्र निर्देशन गरिसकेका तुलसीले 'देश'लाई पनि त्यस्तै जागरणमूलक तुल्याउन खोजेका छन् । कथामा नयाँपन नभएपनि राष्ट्रियताको मुद्दा, भ्रष्टाचार, गरिबीका कारण खाडीमा श्रम बेचिरहेका युवाहरुको दुर्दान्त अवस्था, जातिय र उपभोक्तावादी राजनीति गर्ने नेताहरु निश्पक्ष र निडर पत्रकारिता युवाहरुको सपनालाई पर्दामा उतारेका छन् निर्देशकले । २०३० को अन्त्यताका भएको सुखानी विद्रोह, भारतीय सेनामा लड्दै गर्दा मृत्युवरण गर्ने नेपाली र आमनागरिकको शान्तिको चाहना वरिपरी 'देश'ले फन्को मारेको छ ।

होमप्रोडक्सनको चलचित्र 'देश'मा तुलसीले राजेश हमालसँग 'देउता'पछि दोस्रोपटक सँगै काम गरेका छन् । एक्सन हिरो निखिल उप्रेतीसँग उनको पहिलो प्रोजेक्ट हो । निरुता उनको होमप्रोडक्सनकी हिरोइन नै हुन् । आफ्ना ससुरा रन्जित गजमेरलाई रिप्लेस गरेर संगीतकारका रुपमा शम्भुजित बाँस्कोटालाई लिएका छन् तुलसीले । समग्रमा तुलसी निर्देशित 'देश'ले ती आयामलाई छोएको छ जतिबेला नेपाल देशले उस्तै समस्या भोगिरहेको छ ।

कथा : सुखानी विद्रोह र उग्रवादीहरुसँग लड्दा वीरगति प्राप्त गरेको भारतीय सैनिकको कथाबाट फिल्म सुरु हुन्छ । युद्धमा ज्यान दिने सैनिकको नाबालक टुहुरो छोरा भाष्कर (राजेश हमाल)को हेरचाहको जिम्मा बूढीआमा (नर्वदा घिमिरे) माथि आइपर्छ । उक्त बालकमा सानैदेखि राष्ट्रियताको छाप परिरहन्छ । बूढीआमाबाट पाएको कलमको मूल्य स्थापित गर्न उसले निश्पक्ष र निडर पत्रकारिता गरिरहन्छ । भ्रष्टाचार, अराजकता र कर्तुतहरुको पर्दाफास गर्छ उसले । भाष्कर एक साहसी पत्रकार हो । रजनी (निरुता सिंह) मन्त्रीकी छोरी हुन्छिन् र विद्यार्थी नेतृ पनि । रवि (निखिल उप्रेती) पनि विद्यार्थी नेता हो जो गिरिश (मुकुन्द श्रेष्ठ)को पार्टीको युवा नेता पनि । तर, पछिल्लो समय गिरिशको कर्तुत थाहा पाएपछि ऊ पनि गिरिशविरुद्ध लाग्छ । भ्रष्टाचार, अन्याय र अराजकताविरुद्ध एकभएर लड्न उनीहरुले 'जननी' नामक पार्टी खोल्छन् र मिडियामार्फत भ्रष्टाचारीको उछितो काढ्छन् । एकपल्ट खुलामन्चमा आयोजित पार्टीको भेलामा भाष्करको हत्या गिरिशद्धारा परिचालित गिरोहबाट हुन्छ । राष्ट्रियताको पक्षमा लड्ने भाष्करको हत्या गरिन्छ । यद्यपी उसको हत्यापछि पनि राष्ट्रिय मुक्तिको यात्रा रोकिदैंन नयाँ क्रान्तिका लागि रजनी र रविको नेतृत्वमा लड्न चाहनेको लस्कर लागिरहन्छ ।

निर्देशन : प्रारम्भको ३० मिनेटसम्म निर्देशकले दर्शकलाई पूर्णरुपमा आफूमा बाँधेर राखेका छन् । कथाको सुरुआती पटकथालाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ जसका कारण दर्शकहरु पात्रहरुप्रति 'सिम्प्याथी' पोख्न बाध्य हुन्छन् । त्यतिबेलासम्म पटकथाको प्रस्तुतिकरण अवरोध बिना प्रवाहित छ । उक्त समयपछि पटकथा कमजोर बन्दै जान्छ र मध्यान्तरपछि चलचित्र 'अफट्रयाक'मा बगेको छ । राष्ट्रियताको मुद्दा कथाको मुख्य सार भएपनि विकृतिका धेरै पक्षलाई एकैसाथ प्रस्तुत गर्न खोज्दा कथा कमजोर बन्न पुगेको छ । निर्देशक स्वयम पटकथाको प्रस्तुतिकरणमा अल्झिएका छन् । फिल्ममा प्रेमको पक्ष घुसाइएको त छ तर कथा अघि बढ्दै जाँदा प्रेमलाई राजनीतिक कथाले ओझेलमा पारिदिन्छ । सुरुमा प्रेमको भावना दर्शाउने पात्रहरु क्लाइमेक्समा पुग्दा विद्रोही र क्रान्तिकारी बन्न पुग्छन् । हाफटाइमपछि त फिल्मले लगभग दर्शकको सिम्प्याथी गुमाउँछ । सुरुआती तीस मिनेटसम्मको सहानुभूतिलाई निर्देशकले बाँध्न सकेका छैनन् । निर्देशकले पात्रहरुको गतिशिलताभन्दा उनीहरुको संवादलाई निकै जोड दिएका छन् । जसका कारण चलचित्र 'रेडियो ड्रामा' जस्तो बनेको छ जुन बुझ्न आँखा चाहिँदैन कान भएमात्र पुग्छ ।

अभिनय : पात्रहरुको अभिनयमा 'मुभमेन्ट' छैन । पात्रहरुले अभिनय र भावमा भन्दा संवाद र गन्थनमन्थनमा जोड दिएका छन् । अधिकांश पात्रहरुको अभिनयमा कृत्रिमता पोतिएको पाइन्छ । राजेश हमाल निडर पत्रकारको रुपमा राम्रैरुपमा प्रस्तुत भएका छन् तर राजेशले संवादमै भर गरेका छन् । क्लाइमेक्सको उनको अभिनयमा प्राकृतिकता छैन । निरुता सिँहको अभिनयमा नयाँपन छैन । निखिल उप्रेती विद्यार्थी नेताका रुपमा ठीकै छन् । मुकुन्द श्रेष्ठ र बीएस राणा खलपात्रका रुपमा दर्शनिय छन् । निर्देशककी आमा नर्वदा घिमिरेको अभिनय कास्टिङ डिरेक्टिङको रुपमा फिट छ । मिथिलाको भूमिका छोटो छ मीठो छ । हेमन्त बुढाथोकीको अभिनय मन्त्रीका रुपमा राम्रो छ । सिनेम्याट्रोग्राफरले दृश्यमा एङ्गल नाप्न सकेका छैनन् ।

संगीत : शम्भुजित बाँस्कोटाको संगीत प्रशंसनिय छ । फिल्मको बलियो पक्ष भनेको संगीत हो । फिल्ममा तीन गीत छन् तर दुई गीतलाई संगीतकारले कर्णप्रिय तुल्याएका छन् । 'भुइँको फूल टिपेर… र सपनाहरु सजाउँदै…'ले रिलिज अगावै चर्चा बटुलिसकेका थिए । 'एउटा नेपाली दुःखमा…' देशप्रेमले ओतप्रोत गीत त हो तर यो गीतमा उति दम् छैन । उदितनारायाण झा, दीपानारायाण झा, इन्द्रजित मिजार, अन्जु पन्त, दीपक लिम्बु, चाँद गजमेर, नरेन्द्र प्यासी, श्रवण घिमिरेको पाश्र्वगायन कर्णप्रिय छ । पटकथाअनुसार संगीत फिट छ । पटकथाको सेतुको रुपमा संगीत छ ।

ब्यापार : अफसिजनमा चलचित्र रिलिज गरेका छन् घिमिरेले । यो समयमा चलचित्रको कलेक्सन राम्रो हुन निकै गाह्रो पर्ने देखिन्छ । सबै वर्गका दर्शकका लागि फिल्म उपयुक्त छ तर आजको पुस्ताले चाहने फास्ट स्क्रिनप्ले, छोटा डायलग, इन्टरटेन स्टोरी फिल्ममा छैन । मनोरन्जन चाहनेलाई फिल्मले निराश तुल्याउन सक्छ । किनभने आजको पुस्ता थिएटरमा पसेपछि इन्टरटेनमेन्ट चाहन्छ, मष्तिष्कको थकान होइन । मल्टिप्लेक्स र सिङ्गल स्क्रिन दुवैमा चलचित्रको व्यापार कठिन पर्ने देखिन्छ । किनभने दसैंको उत्साहको बेला निर्देशकले 'गम्भीर' कथा लिएर आएका छन् ।
from: merocinema online

हलिउड स्टारले किने नेपाली सामान




श्याम भट्ट, काठमाडौं, असोज १४- हलिउड स्टार लियोनार्दो डिक्याप्रियो र विल स्मिथले नेपालमा बनेको टपरी रुचाए। अभिनेत्री निकोल किड्म्यानले नेपालमा बनेको पर्स रुचाइन्। काठमाडौंमा फ्याँकिएका प्लास्टिक जम्मा गरेर स्पाइरल फाउन्डेसनले बनाउने यस्ता टपरी, पर्स र अन्य थुप्रै सामग्री हलिउडका निर्देशक, अभिनेता, र निर्माताले पनि किन्दा रहेछन्।  फाउन्डेसनकी उपाध्यक्ष मेरिकिया सिम्सिकका पति जेम्स सिम्सिक हलिउडमा साउन्ड इन्जिनियर भएकाले नेपालको फोहोरबाट बनेका सामान त्यहाँका स्टारसम्म पुगेको हो। लस एन्जलसस्थित सिम्सिकको घरमै यस्तो सामग्री बेच्ने पसल खोलिएको छ। इटालीस्थित उनीहरूको घरमा पनि यस्तो सामान बेच्ने पसल खोलिएको छ।

नेपालमै संकलन गरिएका फोहोरबाट नेपालमै बनाइने यस्ता सामग्री बेच्ने पसल अब लस एन्जलस र इटालीमा मात्र छैनन्, काठमाडौंकै ठमेलमा पनि खुलेको छ। पसलको नाम छ-'रिसाइक्लिङ फर गुडनेस।'
फाउन्डेसनको स्पाइरल क्राफ्ट फर वुमन कार्यक्रमअन्तर्गत सहरका होटल र सिनेमाहलबाट जम्मा गरिएका प्लास्टिकबाट यस्ता सामान बनाइन्छन्। योबाहेक फाउन्डेसनले धादिङका विकट गाउँ तिप्लिङ, सेर्थुङ र लापाका स्थानीयबाट बनाइएका ह्यान्डीक्राफ्टका सामान पनि बेचिरहेको छ। फाउन्डेसनले यो काममा २ सय द्वन्द्वविस्थापित महिला परिवारलाई संलग्न गराएको छ। सामानको बिक्रीबाट आएको रकम फाउन्डेसनले स्वास्थ्य र शिक्षामा खर्च गर्दै आएको छ। नेपाल र भियतनामका गरिबसँग काम गर्दै आएको फाउन्डेसनकी सिम्सिकले बुधबार ठमेलमा पसल उद्घाटन गरिन्।
कला र इतिहासमा विद्यावारिधि गरेकी सिम्सिकले उद्घाटनमा भनिन्, 'इटली र अमेरिकामा त यस्ता सामान बेच्थ्यौं, नेपालमा बेच्न थालेका छौं। प्लास्टिक सामग्री बनाउने धादिङ तिप्लिङका कर्ल तामाङले विदेशबाट यस्ता सामग्रीको प्रसस्त अर्डर आउने गरे पनि अहिले घटेको बताए।
पसलमा बोराको सुतलीले बनेका झोला, पेन्सिलहोल्डर, फ्रेन्डसिप ब्यान्डसँगै प्लास्टिकले बनेका टपरी, झोलालगायतका सजावटका सामान राखिएका छन्। अहिले हजार जना भियतनामी र नेपाली फाउन्डेसनमा आवद्ध छन्।
फाउन्डेसनसँग काम गर्दै आएको हिमालयन हेल्थ केयरकी कार्यकारी अधिकृत सोनी केसी पराजुलीका अनुसार इलामको मेघबहादुर पराजुली सामुदायिक अस्पताल र धादिङको विकट गाउँका हेल्थपोस्ट सञ्चालनमा उसले सघाइरहेको छ।