Your Ad Here
Showing posts with label gorkha paltan. Show all posts
Showing posts with label gorkha paltan. Show all posts

कलेक्सन करोड नाघ्यो


मेरोसिनेमा २९ कात्तिक,

gorkhapaltan_in_400_01लाहुरेको कथामा आधारित चलचित्र 'गोर्खापल्टन'ले डिजिटल सिनेमा नेपालको बक्सअफिसमा आइतबार कलेक्सन एक करोड नघाएको छ । दोस्रो साता पनि राम्रो पिकअप गरिरहेको नारायण रायमाझी निर्देशित चलचित्रले दोस्रो साताको तेस्रो दिनसम्म आफ्नो ग्रस रिभेन्यू १ करोड १५ लाख कायम गर्‍यो । खासगरी मोफसलका सिङ्गल थिएटरमा 'गोर्खापल्टन'को पिकअप अझै उत्साहजनक छ । सप्ताहन्तको ओपनिङमा 'गोर्खापल्टन' ७६ लाखमा अनमार्क थियो ।

अहिले देशभरका डिसिएन सर्भर जडित ४४ थिएटरमा 'गोर्खापल्टन' स्क्रिनिङ भैरहेको छ । डीसीएन वितरण इन्चार्ज दीपक दंगालले पोखरा, बुटवल, धरान, नेपालगन्ज लगायतका लाहुरे र जनजाति बहुल स्थानका सिनेमा घरमा चलचित्रले कलेक्सनलाई गति दिइरहेको बताए । 'उपत्यकाभन्दा पनि मोफसलका प्रमुख सहरमा फिल्मको चर्चा र चासो दुवै छ' दंगालले भने 'मौलिक कथा र प्रशान्त तामाङको लोकप्रियताले पनि फिल्मलाई ऊर्जा दिएको छ ।'

आफ्नो अघिल्लो फ्लप चलचित्र 'कोही…मेरो'को रिभ्यूबाट निराश बनेका निर्माता वंशल दाजुभाईलाई पछिल्लो प्रोजेक्टले उत्साह दिइरहेको छ । निर्मातामात्र होइन डेब्यु निर्देशक नारायण रायमाझीलाई पनि नेपाली सिनेमामा स्थापित हुने मार्गप्रशस्त गरिदिएको छ 'गोर्खापल्टन'ले । हिरो प्रशान्त तामाङ पनि रिभ्यूबाट निकै उत्साहित छन् ।

कलेक्सनको दौडमा 'फस्टलभ'लाई पछ्याइरहेको 'गोर्खापल्टन'को पिकअपले कस्तो मोड लिन्छ शुक्रवारसम्म कुर्नुपर्ने हुन्छ । यदि तेस्रो सातासम्म पनि पिकअप जारी राख्यो भने 'गोर्खापल्टन'ले 'फस्टलभ'को कलेक्सनलाई पनि उछिन्ने आधार निर्माण हुन्छ ।

७६ लाखमा गोर्खापल्टन

मेरोसिनेमा २६ कात्तिक,

प्रशान्त तामाङ स्टारर 'गोर्खापल्टन'ले ७६ लाख ग्रस कलेक्सन गर्दै सप्ताहन्तमा राम्रो पिकअप लिएको छ । क्यूबका तीन थिएटर बाहेक डीसीएन सर्भरका बाँकी ४८ मा 'गोर्खापल्टन'ले दोस्रो साताका लागि होल्डओभर कायम गर्‍यो । हल संचालकहरुका अनुसार बुधबारसम्म 'गोर्खापल्टन' हाउसफूल प्रदर्शन भैरहेको थियो । डिजिटल सिनेमा नेपालको विवरण अनुसार लाहुरे र जनजाति बहुल स्थानका सिनेमा घरमा यो चलचित्रले राम्रो कलेक्सन गरिरहेको छ ।

लाहुरे संस्कृतिमा आधारित यो चलचित्रले लाहुरेका सहरहरु पोखरा, धरान, बुटवल, पाल्पा, बागलुङ लगायत स्थानहरुमा ब्यापारलाई बलियो तुल्याएको छ । निर्माता वंशल दाजुभाई पनि 'कोही…मेरो'को घाटालाई 'गोर्खापल्टन'ले उठाउने विश्वासमा छन् । उनीहरुको त्यो विश्वासमा पहिलो साताको ब्यापारले बल पुर्‍याएको छ । मल्टिप्लेक्स र सिङ्गल थिएटर दुवैमा 'गोर्खापल्टन' जबर्जस्त छ । भ्यालीभन्दा पनि मोफसलमा यसको ब्यापार खास छ ।

डीसीएन वितरण प्रमुख दीपक दंगालले पनि 'गोर्खापल्टन'को ओपनिङले आफूहरुलाई उत्साही तुल्याएको बताए । 'फस्टलभ'पछि 'गोर्खापल्टन'मात्रै त्यस्तो फिल्म हो जसले जबर्जस्त कलेक्सन गरिरहेको छ' दंगालले भने 'मौलिक नेपाली चलचित्र भएकाले पनि रेमिट्यान्समा धानिएका दर्शकको दिल मन र मष्तिष्क छोएको छ फिल्मले ।' दोस्रो साता पनि फिल्मले पिकअप लिने विश्वास उनले गरे । डीसीएनको ताजा आंकडा अनुसार 'गोर्खापल्टन'ले 'फस्टलभ'लाई पछ्याइरहेको छ । 'गोर्खापल्टन'को ओपनिङ कलेक्सन 'फस्टलभ'को तुलनामा नौ लाख कम हो । पहिलो सातामै खुम्चिएको छवि ओझाको फिल्म 'कसले चोर्‍यो मेरो मन'को ओपनिङ ६५ लाख थियो ।

वितरक संस्था डीसीएनका प्रबन्ध निर्देशक अशोक शर्मा मंसिरदेखि सिनेमा बजारले गति लिने विश्वास गर्छन् । 'पर्वले सबैलाई अफसिजन गराइदिएको थियो' उनले भने 'मंसिरदेखि गतिला चलचित्रहरुको भीडन्त सुरु हुनेछ ।' गोर्खापल्टनले राम्रो कलेक्सन गर्नुमा मौलिक नेपाली कथा र प्रशान्त तामाङको स्टारडम प्रमुख रहेको उनको ठम्याइ थियो ।

गोर्खापल्टनसँगै रिलिज भएको मदन घिमिरेको चलचित्र 'स्वाभिमान' कमजोर रह्यो । १६ लाख बटुलेको यो चलचित्रले सप्ताहन्तसम्म १० थिएटरमा मात्र समेटिएको थियो । घिमिरेका अनुसार अझै ३५ भन्दा बढी थिएटर सिनेमा चल्न बाँकी छ । गोर्खापल्टनको चपेटामा परेको स्वाभिमानले ओपनिङ पनि राम्रो गर्न सकेको थिएन ।

तिहारमा तीन फिल्म


लाहुरे कथा
तेस्रो इन्डियन आइडल प्रशान्त तामाङले अभिनय गरेको फिल्म 'गोर्खा पल्टन' शुक्रबार नेपालभर रिलिज हुने भएको छ। गोपाल भुटानी, सुनिल थापा, कविता आले, रञ्जिता गुरुङ लगायतले अभिनय गरेको यो फिल्म नारायण रायमाझीले निर्देशन गरेका हुन्।
कार्यक्रमको सिलसिलामा अमेरिका रहेका प्रशान्त फिल्मको प्रचार प्रसार गर्न काठमाडौं आएको निर्माता राजेश वंशलले जानकारी दिए। करिब ६० वटा हलमा फिल्म रिलिज हुने उनले बताए। फिल्ममा लाहुरे जीवन चित्रण गरिएको बंशलको भनाइ छ। 
सस्पेन्स लभस्टोरी
काठमाडौंका हलहरूबाट फिल्म 'गुरु दक्षिणा' उत्रिएको एक सातामै यसका निर्देशक रामराजा दाहालको अर्को फिल्म 'बसमा छैन यो मन' रिलिज हुने भएको छ। यसमा करिश्मा मानन्धर, विराज भट्ट, राजवल्लभ कोइराला, नन्दिता केसीलगायतले अभिनय गरेका छन्। निर्देशक दाहालले फिल्मलाई 'सस्पेन्स लभस्टोरी' बनाउन खोजेको जानकारी दिए।
दुई दिन अघिमात्र फिल्म रिलिज हुन लागेको जानकारी पाएकाले आवश्यक प्रचार गर्न नपाएको गुनासो गरे उनले। 'यहाँ फिल्म कहिले चल्छ र उत्रिन्छ भन्ने नै थाहा हुँदैन। हामीलाई पब्लिसिटीको मौका समेत दिँदैनन्,' दाहालले भने।
निर्देशकको लगानी
निर्देशक मदन घिमिरेको लगानी समेत गरेको फिल्म 'स्वाभिमान' शुक्रबार राजधानी बाहिरका प्रमुख सहरमा रिलिज हुने भएको छ। पोखरा, धनगढी, नारायणघाट, बुटवल लगायतका स्थानमा फिल्म रिलिज हुने घिमिरेले बताए। राजेश हमाल, सुमन सिंह, झरना थापा र सौजन्य सुब्बाले यसमा अभिनय गरेका छन्।
फिल्मको प्रवर्द्धनका लागि पोखरा पुगेका निर्देशकले भने, 'एक्सन र सेन्टिमेन्टलाई जोड दिएका छौं फिल्ममा। आफैंले निर्माण समेत गरेको हुनाले फिल्मको नतिजाबारे धेरै चासो छ।'
from nagariknews online