Your Ad Here
Showing posts with label kareena kapoor. Show all posts
Showing posts with label kareena kapoor. Show all posts

वी आर फेमिली

बलिउडमा यो साता एउटा मात्र चलचित्र 'वी आर फेमिली' प्रदर्शन हुँदैछ । पारिवारिक तथा रोमान्टिक कथा समेटिएको यो चलचित्रमा अर्जुन रामपाल, काजोल, करिना कपूर, आँचल मुञ्जाल, नोमिनाथ गिन्बर्ग, दिया सोनेचा आदि  कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । अधिकांश दृश्य अस्ट्रेलियामा छायांकन गरिएको यो चलचित्रको निर्देश्ान सिद्धार्थ पी मल्होत्राले गरेका हुन् भने करण जौहर यसका निर्माता हुन् । शंकर अहसान लोयद्वारा संगीतबद्ध चलचित्रका  गीतहरू राहत फतेह अलि खान, श्रेया घोषाल, शंकर महादेवन, सोनु निगम आदिले गाएका छन् । यो चलचित्रको कथा विदेशी कथाकारको उपन्यास स्टेप मममा आधारित छ ।

चलचित्रको कथाअनुसार माया -काजोल) का लागि आफ्ना तीन सन्तान आलिया, अंकुल तथा अञ्जलीभन्दा ठूलो कुरा केही छैन । उनको सम्पूर्ण ध्यान छोरा-छोरी हुर्काउनमै केन्दि्रत छ । मायाले आफ्ना श्रीमान् अमन -अर्जुन रामपाल) सँग  सम्बन्धविच्छेद गरिसकेकी छिन् । सम्बन्धविच्छेद गरे पनि उनी अमन तथा उनका छोराछोरीको जीवन सहज ढंगले बितोस् भन्ने चाहन्छिन् । अमनले एक दिन आफ्नी प्रेमिका श्रेया -करिना कपुर) लाई मायासँग चिनजान गराउँछन् । श्रे याका लागि उनको करियर महत्त्वपूर्ण छ । परिवार तथा बालबालिकाप्रति उनी अनभिज्ञ छिन् । चलचित्रको कथाअघि बढ्दै जाँदा दुवै महिला एउटै घरमा बस्नुपर्ने बाध्यता आइपर्छ । दुवैबीच विकट परिस्थिति सिर्जना हुन्छ । यसक्रममा  मायाले केही कुराको त्यागसमेत गर्नुपर्ने हुन्छ, किनभने भने उनी 'वी आर फेमिली' भन्ने कुरा गर्वका साथ भन्न रुचाउँछिन् ।
source: ekantipur.com/saptahik