Your Ad Here
Showing posts with label kollywood news. Show all posts
Showing posts with label kollywood news. Show all posts

'सुष्मितासँग छुट्टिएको सात महिना भयो'


सन्तोष रिमाल, काठमाडौँ, असोज १७- कलाकार भुवन केसीको दाम्पत्य जीवन फेरि चर्चामा आएको छ। उनीहरूको सम्बन्धविच्छेद भएको खबर सञ्चारमाध्यममा आउन थालेको छ। त्यसो त सात वर्षअघि पनि उनीहरूको डिभोर्स भएको हल्ला चलेको थियो। नयाँ फिल्म 'साथी म तिम्रो'मा १६ वर्षे छोरा अनमोललाई हिरो बनाउन लागिपरेका भुवन र सुष्मिताको यो सम्बन्धविच्छेदको हल्ला फिल्म चलाउने रणनीति हो कि? भुवनसँगको कुराकानी : 
  फेरि डिभोर्सको चर्चा छ नि?
डिभोर्स अहिले होइन सात वर्षअघि नै भएको हो। बीचमा सँगै थियौं। फेरि कुरा मिलेन अलग्गियौं। सात महिनादेखि हामी अलग छौं। फेरि डिभोर्स गर्नु परेन, पहिलेकोले नै काम गर्‍यो। १८ वर्ष लामो दाम्पत्य जीवनमा किन संकट आयो?
सँगै जीवन बिताउन कि धेरै चिज मिल्नुपर्छ कि सम्झौता गर्नुपर्छ। अहिले सम्झौता गर्न नसकेर छुट्टिएका हौं। एकअर्काको मुखै नहेर्ने कसम खाएका छैनौं।
सार्वजनिक समारोहमा सँगै देखिनुहुन्छ। फिल्म सँगै खेल्नुहुन्छ। डिभोर्स भएको श्रीमतीसँग यस्तो सम्बन्ध कसरी भयो?
कार्यक्रममा सँगै बोलाइन्थ्यो, हामी जान्थ्यौं। छोरालाई भेट्न उनी बारम्बार आउँथिन्। दुवैले जानेको काम फिल्म निर्माण थियो, सँगै गर्‍यौं। उनी अहिले पनि मेरी असल साथी हुन्। मिलेर काम गरेमा अचम्म मान्नु पर्दैन। तर, उनी जीवनसाथी भने रहिनन्।
तपाईंको यो भनाइ स्क्यान्डलमात्र त होइन?
आफ्नो पारिवारिक जीवनलाई कसैले स्क्यान्डल बनाउँछ? मैले कहिल्यै यस्तो नियतले काम गरेको छैन। भएको कुरा लुकाउँदिन। त्यसैलाई स्क्यान्डल बनाइन्छ। सुष्मिताको खबर सोध्नेलाई मैले सत्य कुरा बताउँदा यो डिभोर्सको कुरा बाहिर आएको हो।
सफल कलाकारको पारिवारिक जीवन कसरी असफल भयो?
श्रीमतीसँग राम्रो नहुँदैमा पारिवारिक जीवन असफल भन्न मिल्दैन। मेरो छोराछोरीलगायत पारिवारका अन्य सदस्यसँग निकै राम्रो सम्बन्ध छ। छोरा अनमोल मसँगै बस्छ। जेठी श्रीमतीपट्टिका छोरा विवेक र छोरी काजोल दशैंमा मलाई भेट्न अमेरिकादेखि आउँदैछन्।
तपाइँको आउँदो फिल्म 'साथी म तिम्रो'मा त सुष्मिताजी निकै सक्रिय हुनुहुन्थ्यो नि?
त्यसमा हाम्रो छोरा अनमोलको पनि अभिनय रहेकोले उनी आएकी हुन्। छोराको करिअरसँग जोडिएको कुरा थियो। फेरि डिभोर्स भएको मान्छेसँग कामै गर्न नहुने भन्ने त छैन नि। परेको बेला म उनलाई जस्तो सुकै सहयोग गर्न तयार छु। आशा छ उनीबाट पनि त्यो पाउँछु।
from...nagariknew online

'हाँसि देऊ एक फेर' को गीत वर्ल्ड प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन ३, आईतवार

प्रदर्शनको पालो पर्खेर बसेको चलचित्र 'हाँसि देऊ  एक फेर'  को गीत आईतबार फिल्मीखबर डटकम मार्फत वर्ल्ड प्रिमियर गरिएको छ ।

प्रिमियर गरिएको 'माया संसार हो' बोलको गीतलाई बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले गाएका हुन् भने अभिनय पनि उनीहरूले नै गरेका छन् । सुरेश अधिकारीको संगीत रहेको सो गीतको रचना डा कृष्णहरी बरालले  गरेका हुन् ।


शिब रेग्मीले निर्देशन गरेको सो चलचित्रलाई रमेश त्वायना र राजेश कुमार स्वंगमिखाले निर्माण गरेका हुन् । मंसिर महिनामा प्रदर्शन हुन लागेको चलचित्र 'हाँसि देउ एक फेर' मा मह जोडीको साथमा राजबल्लभ कोईराला, स्वेता खड्का, शुसिल क्षेत्री, शुसिल पोखरेल, किरण केसी, मिथिला शर्मा, राजाराम पौडेल, केशब भट्टराई, बिष्णु सापकोटा, सिरू बिष्ट, रबि गिरी, पल्पसा डंगोल, उत्तम केसीलगायतका ६८ जना कलाकारले अभिनय गरेका छन् जसमा करिब १८ जना हाँस्यकलाकार छन् ।

बिकाश आचार्य, शिब रेग्मी र रमेश त्वायनाको कथा रहेको सो चलचित्रमा शम्भु सापकोटाको छायाँकन, बसन्त श्रेष्ठको नृत्यनिर्देशन, हिमाल केसीको द्वन्दनिर्देशन रहेको छ । चलचित्रमा पाँच गीत समावेश गरिएको छ जसमा मह जोडी, उदितनारायण झा, मोहितवंश आचार्य र सोनु कक्कडले स्वर दिएका छन् ।

निर्देशक श्यामको बिचल्ली

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र ३०, बुधवार

 निर्देशक श्याम भट्टराई अलि-अलि दुब्लाएका पनि छन्, केहीले त उनलाई धेरै दुब्लाईस भन्न पनि छाडेका छैनन् । आजकाल, न त  उनी राम्रोसंग खाना खान्छन् न त समयमानै सुत्छन् । झण्डै चार महिना भयो दैनिक  उनी रातको १ बजे  सुत्न थालेको । सायद श्रीमतीसंग छुट्टिनु परेको पिडाले होला उनीमा त्यस्तो नैराश्यता देखिएको  ।

नायिका रञ्जना शर्मासंग चार बर्षअघि बिवाह बन्धनमा बाधिएका निर्देशक भट्टराई फेरी वियोगमा परेका छन् । सामान्य भनाभनमा एक बर्ष छुट्टिएर  पुन मिलन भएको उनीहरूको जीवन फेरी एक्लो भएको छ । अनामनगरमा बस्दै आएका भट्टराईको कोठा पनि  निकै सुनसान हुन्छ आजकाल ।


 मिडिया सम्बन्धी तालिमको लागि सात समुद्रपारी अमेरिका गएकी  नायिका शर्मा र निर्देशक भट्टराई एक अर्कालाई धेरै मिस पनि गर्छन अरे । 'जव खाना खान लाग्छु उनलाई म धेरै मिस गर्छु ।'  भट्टराईले भने । यस अघि सानो विवादमा छुट्टिएका उनीहरू यो पटक भने सहमतिमा छुट्टिएका हुन,  मात्र केही महिनाका लागि ।


निर्देशक श्यामले बताए अनुसार मिडिया सम्बन्धी एक तालिमका लागि रञ्जना अमेरिका गएकी हुन र दसै लगत्तै उनी र्फकदैछिन् । सिन्को समेत न भाच्ने श्याम बिहान बेलुकाको खान बनाउनु, घर सफा  गर्नुले उनी आफु पनि ब्यवहारिक भएको बताउछन् । यध्पी कामको बोझ र कोठाको  विचल्लीलाई थेग्न नसक्दना सोमबारबाट उनले एक जना सहयोगी आफन्त महिलालाई नियुक्ति समेत गरेका छन् ।


टेलिभिजनको पर्दामा गहना र जानकी जस्ता टेलिसिरियल अनि मर्यादा र मौसम चलचित्रमा आफ्नो निर्देशन कला देखाएका यि फुच्चे निर्देशक हाल तेस्रो चलचित्र च्यालेन्जको इडिटिङमा ब्यस्त छन् ।

'उमेर मिल्ने केटी पाइएन'



सन्तोष पोखरेल, पोखरा, भदौ ९ - अढाइ सयको हाराहारीमा फिल्म खेलिसकेका अभिनेता राजेश हमाललाई पहिलोचोटि भेट्ने सबैले सोध्छन्, 'बिहे कहिले गर्ने? हमालको जवाफ पनि सहज आउँछ, 'बिहे गर्न भनेजस्तो केटी नै पाइएन।' पोखरामा भेटिएका हमालका लागि सञ्चारकर्मीको पहिलो प्रश्न पनि बिहेकै थियो। चर्चामा आउन उमेर घर्किसक्दा पनि बिहे नगरेको भन्ने चाहिँ उनी स्विकार्दैनन्। उनको एउटै गुनासो छ, 'केटीले पत्याएनन्।' 'बिहे गर्न कमसेकम एक जना केटीले त पत्याउनु पर्‍यो नि,' राजेश भन्छन्, 'उमेर मिल्ने केटी नै पाइएन।' केटीहरू १८ वर्ष हुनासाथ बिहे गर्ने भएकोले उनले रोजेको केटी नपाएको बताए।
उनले ४८ कटाइसकेका छन्। तर, आफू २१ औं शताब्दीको ४८ भए पनि २० औं शताब्दीको भने २८ वर्ष नै रहेको ठट्टा गर्छन्। 'मेरो बिहे गर्ने उमेर ढल्केको छैन,' उनी भन्छन्, '२१ औं शताब्दीको ४८ वर्षको भए पनि २० औं शताब्दीको त बल्ल २८ वर्षको भएँ, त्यसैले हतार छैन।'
उनले यसअघि पटकपटक वर्ष दिनभित्र बिहे हुनसक्छ भन्दै आएका थिए। त्यो बोली पूरा नहुनुमा केटीलाई नै दोष दिन्छन् उनी।
'केटीहरू माछा समाएसमाए जस्तै गर्दा फुत्किने रहेछन्, त्यसैले अहिलेसम्म पाएको छैन,' राजेशले भने, 'यसो केटी पाइन्छ कि भन्ने आशा भइरहँदा कुरा बिग्रिहाल्छ र फुत्किहाल्छ।'
बिहे गर्न खास उमेर नतोकिएकोले आफ्नो बिहे नभएको उनको अनुमान छ। 'विवाह यति नै उमेरमा गर्नु पर्छ भन्ने कुनै ग्रन्थमा लेखिएको छैन, त्यसैले गरौला नि कुनै दिन भने जस्तो हुन्छ,' राजेशले भने।
तपाईको विवाह गरिदिन विदेशी शक्ति नै चाहिएको हो? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले विदेशी शक्तिलाई अस्वीकार गरे। स्वदेशी शक्ति नै आफ्नो लागि भरिपूर्ण रहेको बताउँदै भने, 'मलाई त स्वदेशीमा विश्वास लाग्छ, स्वदेशी शक्ति नै बलियो हुन्छ।'
वासुदेव पोखरेलद्वारा निर्देशित फिल्म 'पल्टन' को सुटिङ गर्न पोखरा आएका राजेशले आफ्नो बिहेको पीडासँगै देशको राजनीतिक अवस्था पनि खोतल्न भ्याए। राजनीतिक अस्थिरताले नेपाली फिल्म क्षेत्र संकटमा परेको गुनासो उनले गरे। 'लालटिन लिएर प्रधानमन्त्री खोज्न जानु पर्ने समय देशमा आएको छ,' राजेशको गुनासो थियो, 'राजनीतिक अस्थिरताले देश संकटमा परिसक्यो।'
राजनीति सुचारु नहुँदाको मारमा आफुसमेत परेको उनले बताए। 'राजनीतिक स्थिरता हुने हो भने सिनेमाको प्रगति आफै हुन्छ, राज्यले केही गर्नुपर्दैन,' राजेशले भने, 'राजनीति डामाडोल हुँदा सबैको चासो त्यतैतिर गएको हो।'
प्रसंग फेरि राजनीतिबाट बिहेमा फर्कियो। यथार्थमा दुलही नभेटिए पनि फिल्ममा भने धेरै हिरोइनहरू उनका दुलही बनिसकेका छन्। उनको फिल्मी बिहे थुप्रैपटक भइसकेको छ।
अभिनयका क्रममा उनले गरेको बिहेको लेखाजोखा नै छैन। 'फिल्ममा त बिहे कति गरियो गरियो,' उनले भने, 'साँच्चैको बिहेमात्र पो नजुरेको हो।'
फिल्ममा हिरोइनसँग थुप्रैपटक बिहे गरेको अनुभव उनीसँग छ। 'दुईपटक त तृप्तीजी सँग पनि बिहे भइसक्यो क्यार, छेउमै रहेकी अभिनेत्री तृप्ती नाडकरलाई देखाउँदै उनले भने, अरू हिरोइनसँग पनि थुपै्रपटक बिहे गरिसके।'
source:nagariknews.com