Your Ad Here
Showing posts with label miss universe. Show all posts
Showing posts with label miss universe. Show all posts

मेक्सिकन सुन्दरी बनिन् मिस युनिभर्स





लस भेगास- २२ वर्षकी जिमेना नाभारेट्टे सोमबार राति भएको प्रतियोगिता जितेर मिस युनिभर्स बनेकी छिन्। ८३ देशका सुन्दरीहरुलाई पछि पार्ने जिमेना मेक्सिकोकी हुन्।
            निगरानी नगरिएको इन्टरनेट प्रयोगबारे उनको विचार सोध्दा उनले इन्टरनेट महत्त्वपूर्ण भए पनि अभिभावकहरुले ध्यान दिनु पर्ने र आफ्ना बालबालिकाहरुको निगरानी गर्नुपर्ने जवाफ दिएकी थिइन्।

उनले आफूले प्रतियोगिता जित्‍ने आशा नगरेको बताइन्।

प्रतियोगितामा मिस जमैका यन्डी फिलिप्स फर्स्ट रनरअप र मिस अस्ट्रेलिया जेसिन्टा क्याम्पवेल सेकेन्ड रनर अप बनिन्।

प्रतियोगिता जितेको खबर आउने बित्तिकै मेक्सिकोका राष्ट्रपति फेलिप क्यालडेरोन र उनकी पत्‍नी मार्गरिटा जाभालाले ट्विटरबाट जिमेनालाई बधाई दिएका थिए।

मिस युनिभर्स इभनिङ गाउन राउन्डमा।

 
source: nagariknews.com