Your Ad Here
Showing posts with label nepali khabar. Show all posts
Showing posts with label nepali khabar. Show all posts

फाइट खेल्न मुस्ताङ




काठमाडौं, साउन १२ (नागरिक)- मुस्ताङमा पुगेर मोटरसाइकल स्टन्टको सुटिङ गर्नु सजिलो काम होइन। तर, एउटा नेपाली फिल्मले यो झन्झट उठाएको छ। श्याम भट्टराईद्वारा निर्देशित 'च्यालेन्ज'मा हिरोहिरोइनले मुस्ताङमा मोटरसाइकल स्टन्ट देखाएको दृश्य समेटिएको छ।
गत असारको तेस्रो हप्ता मुस्ताङमा सात दिन लगाएर यो दृश्य खिचिएको थियो, जसमा प्रयोग भएका यामाहा ब्रान्डका चारवटा मोटरसाइकल स्टन्टम्यानले हाँकेर लगेका थिए। रेखा थापा, रेश मरहट्ठा, आयुष रिजाल र खुश्बु न्यौपानेलाई मुस्ताङमा बाइकको 'एक्सन' देखाउन द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीलाई जिम्मेवारी दिइएको थियो। 
'फिल्मको सुरुवात र अन्त्य मुस्ताङको बाइक स्टन्टबाटै हुन्छ,' निर्देशक भट्टराईले भने, 'फिल्ममा पाँच-सात मिनेटमात्र हेर्न पाइने यो दृश्य लागि हामीले मुस्ताङ आउन अल्छी गरेनौं।'
फाइट भन्ने बित्तिकै रानीबारीको जंगल वा चोभारको डाँडा पुग्ने चलनचल्तीलाई तोड्न पनि मुस्ताङ गएको निर्माता रेशले बताए। बाइकको दृश्य स्तरीय देखाउन फिल्ममा व्यावसायिक स्टन्टम्यानहरूको पनि सहयोग लिइएको छ।
प्रदीप भारद्वाजले लेखेको 'च्यालेन्ज'मा सिमोष सुनुवारले ग्राफिक्स र एनिमेसन गर्नेछन्। फिल्ममा बेलायती कलाकारहरू रोज च्याडवर्क, मोली क्लार्कब्यारल र बेन अर्युसले पनि महत्त्वपूर्ण भूमिकामा अभिनय गरेका छन्। भर्खरै सुटिङ सिद्धिएको यो फिल्मका छायाकार विष्णु कल्पित हुन्।
nagariknews.com

नेपालको समकालिन राजनीतिका शिखर पुरुष नेपाली कांग्रेसका सभापति एबं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दुःखद निधन भएको छ । कोइरालाको देहाबसान आज अपरान्ह १२ बजेर १० मिनेट जाँदा भएको नेपाली कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाले बताउनुभएको छ । हिजो रातीदेखिनै अचेत हुनुभएका पूर्व प्रधानमन्त्री कोइरालालाई आज अपरान्हसम्म पनि होसमा ल्याउनका लागि चिकित्सकहरुले भरमग्दूर प्रयत्न गरेका थिए । तर ८८ वषिर्य पूर्व प्रधानमन्त्री अचेत अवस्थामै आज अपरान्ह लाखौं करोडौं नेपाली जनतालाई रुवाउँदै यस संसारबाट बिदा हुनुभयो ।


कोइरालालाई आज मण्डिखाटारस्थित निवासमै राखिने र भोलि विहान आठ बजे श्रद्धान्जलीका लागि दशरथ रंगशालामा लगिने कांग्रेसको आकस्मिक बैठकले निर्ण्र्ाागरेको छ । उहाँको शवयात्रा भोलि अपरान्ह २ बजे रंगशालाबाटै गरिने भएको छ । कोइरालाको निधन भएको खबर आउनुअघिनै मण्डिखाटार क्षेत्रमा हजारौं र्सवसाधारण र कांग्रेस कार्यकर्ताहरुको भीड लागेको थियो । भिड छिचोलेर निवासमा जान उपराष्ट्रपति, प्रधानमन्त्री लगायत बरिष्ठ व्यक्तित्वहरुलाई पनि हम्मे हम्मे परेको थियो । अपरान्ह १ बजे मण्डिखाटारमै बसेका कांग्रेसको आकस्मिक बैठकले डाक्टरहरुको सिफारिस अनुसार कोइरालाको देहाबसानको औपचारिक घोषणा गरेको थियो ।

कोइरालाको निधनको खवर सुनेपछि मण्डिखाटनरस्थित छोरी सुजाताको निवासमा भीड बढ्न थालेको छ । काँग्रेस नेताहरु आइपुगीसकेका छन् । सञ्चारकर्मीहरुको पनि उल्लेख्य भीड छ । मन्त्रीहरु आकस्मिक मन्त्रिपरिषद्को बैठकका लागि प्रधानमन्त्री कार्यालयतर्फ लागेका छन् । मन्त्रिपरिषद्ल् कही छिनमा कोइरालालाई दिइने सम्मानका सम्बन्धमा निर्णय गर्ने छ ।
उपस्थित भीडको अनुहार मलिन देखिन्छ । सबै जनाको मुखमा अव मुलुकको राजनीतिक कसरी अघि बढ्छ भन्ने प्रश्न छाएको देखिन्छ । संविधान जारी गर्ने मिति नजिकिंदै गर्दा र शान्ति प्रकृयामा अवरोध भइरहेको बेलामा यसका प्रमुख अभियन्त कोइरालाको निधनमा यो प्रश्न आउनु स्वभाविकै हो । 
यसअघि बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई स्वास्थस्थिति बुझेर फर्केका थिए । राष्ट्रपति र  प्रधानमन्त्री कोइरालाको अन्तिम् दर्शनका लागि आउने कार्यक्रम छ । उपराष्ट्रपति परमानन्द झा कोइराला निवास आइपुगेका छन् ।
यस्तो थियो कोइरालाको स्वास्थ्य:
'मैले कहिल्यै उहाँलाई यस्तो गलेको देखेको थिइनँ,' कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार साँझ मन्डिखाटार भेट्न पुगेका प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिक्रिया दिँदै भने, 'पहिलोपटक मैले उहाँ (कोइराला) थकित र गलेको देखें । नत्र बिरामी अवस्थामा पनि उहाँको अनुहारमा चमक पाउँथें ।'
बिहीबार राति एकाएक पखाला चलेपछि कोइरालाको स्वास्थ्यमा समस्या बढेको छ । अस्पताल नलगी चिकित्सकहरूले मन्डिखाटारस्थित निवासमै विशेष सुविधासहित उपचार गरेका छन् । प्रधानमन्त्री नेपाल मन्त्रिपरिषदका २३  सदस्यहरूसहित साँझ साढे ५ बजे कोइरालालाई भेट्न पुगेका थिए । प्रधानमन्त्रीले छोटो कुराकानी गरे पनि अन्य मन्त्रीहरू कोइरालालाई हेरेर मात्रै फर्किए ।
'प्रधानमन्त्री जाँदा गिरिजाबाबु सुतिरहनुभएको थियो । स्वास्थ्य अवस्थाबारे चिकित्सक अर्जुन कार्कीले 'बि्रफिङ' गर्नुभयो,' प्रधानमन्त्रीका प्रेस सल्लाहार विष्णु रिजालले भने, 'करिब पन्ध्र मिनेट बसाइमा गिरिजाबाबुले धेरै बोल्ने प्रयत्न गर्नुभयो तर सक्नु भएन । र्फकने बेलामा दुई वाक्य मात्रै बोल्नु भयो । उनका अनुसार गिरिजाबाबुले प्रधानमन्त्रीलाई 'राष्ट्र हितमा काम गर्नुहोस्, राष्ट्रको समस्या सहमतिका साथ अघि बढाउनुहोस्' भन्ने सुझाव दिएका थिए । दुई दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई
पनि कोइरालाले 'तपाईं जिम्मेवार भएर स्थितिलाई सम्हालेर लैजानु होस् । तपाईंमा जिम्मेवारी छ' भनेका थिए ।८७ वर्षीय कोइरालाले बुधबार सहिद गंगालाल हृदय केन्द्रको शय्याबाट समेत शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अघि नबढेकोप्रति चिन्ता व्यक्त गरेका थिए । 'मुखले मात्रै होइन, उहाँको आँखा र अनुहारले समेत शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने हो कि होइन, संविधान बन्ने हो कि होइन भन्ने चिन्ता व्यक्त गरेको म अनुभव गर्छु,' कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौलाले भने । बिहीबार राति १२ बजे कोइरालालाई अचानक पखाला चल्न थालेको थियो । पखालाले च्यापेपछि शिथिल कोइरालालाई १ बजे श्वासप्रश्वासको समस्या पनि थपियो । चिकित्सकले त्यतिबेला उनको स्वास्थ्य जोखिममा रहेको बताएका थिए । पखालाले शुक्रबार दिउँसोसम्म सताएको थियो । अस्पताल लाने छलफल भए पनि कोइरालाकै इच्छामा निवासमै विशेष सुविधासहित उपचार थालिएको छ । स्लाइनबाट एन्टिबायोटिक दिइएको छ भने अक्सिजने मात्रा बढाइएको छ । प्रतिमिनेट दुई लिटर अक्सिजन दिइँदै आएकामा शुक्रबार चार लिटर पुर्‍याइएको छ । कोइरालाको स्वास्थ्यमा निरन्तर उतारचढाब आउन थालेपछि चिकित्सकले 'पूर्ण जोखिमको अवस्थामा पनि नरहेको र बुढौली उमेरका कारण जोखिममुक्त पनि नरहेको' बताएका छन् ।
उपचारमा चिकित्सकहरु जगदीश अग्रवाल, मनबहादुर केसी, अर्जुन कार्की,  आनन्द शर्मा र जेजुनाथको टोली संलग्न छ । चिकित्सकले छाती, आँखा, मस्तिष्क र होमोग्लोबिन परीक्षण गरेका थिए । अग्रवालका अनुसार कोइरालामा रक्तअल्पता देखिएको छैन र रगतमा पनि कुनै खराबी छैन । उनको स्वास्थ्य अवस्था बुझ्न दिउँसैदेखि बाहिर प्रतीक्षारत सञ्चारकर्मीलाई साँझ मात्रै अग्रवालले जानकारी गराएका थिए । 'पखाला नियन्त्रणमा आएको छ, स्वास्थ्य स्थिर छ,' उनले भने, 'रक्तअल्पताको समस्या भने देखिएकोछैन ।' कोइरालालाई गत आइतबार रक्तअल्पता (होमोग्लोबिन) देखिएका कारण सहिद गंगालाल हृदय केन्द्रमा चार दिन भर्ना गरिएको थियो । चिकित्सकहरूले बुढौली उमेरमा रगत दिएका कारण पनि शिथिलता बढेको हुन सक्ने बताएका छन् । 'बुढौली उमेरका कारण जोखिममुक्त भनेर भन्न सकिँदैन तर उच्च जोखिममा पनि छैन,' अग्रवालले भने ।
जुनसुकै बेला पनि उच्च जोखिम आउन सक्ने भन्दै कोइरालालाई कडा निगरानीमा राखिएको छ । सहयोगीका अनुसार दुई/तीन जनाको टोली चौबीसै घन्टा निगरानीमा बस्न थालेको छ । पछिल्लो समय छोरी सुजाताको मन्डिखाटारस्थित निवासमा बस्दै आएका कोइरालाको स्वास्थ्य बुझ्न कार्यकर्ता र सञ्चारकर्मीको भीड छ । संविधानसभा निर्वाचन र शान्ति प्रक्रियाको नेतृत्व लिएका कोइराला पछिल्लोपटक राजनीतिक अभिभावकको भूमिकामा छन् । उनले सबै दलका नेताहरूलाई सहमति, सहकार्य र एकताको बाटोबाट अघि बढ्न आग्रह गर्दै आएका छन् ।
कोइरालाको उपचारमा संलग्न डा. अर्जुनबहादुर कार्कीका अनुसार कोइराला बिहान पाँच बजेदेखि अचेत अबस्थामा पुगेका हुन् । त्यसपछि उनको प्रत्रिक्रिया छैन । अचेतअबस्थाबकाट फर्काउनका लागि डाक्टरहरुले प्रयास जारी राखेको उनले बताए । तर, परिवार र कोइरालाकै आग्रह अनुसार अस्पताल नलगिएको पनि उनले बताए ।
Note: - this news is from the source of www.nepalitv.com and www.aveneus.tv