Your Ad Here
Showing posts with label nepali movie news. Show all posts
Showing posts with label nepali movie news. Show all posts

'कार दुघर्टनाले झस्काइरहन्छ'



दिलिप रायमाझी, अभिनेता १. ल्हासामा सुन छ कान मेरो बुच्चै
किशोर कुमारको गीत 'सागर कितना मेरे पास है, मेरे जीवनमे फिर भी प्यास है'मा भनेझैं कहिलेकाहीँ आवश्यक परेको कुरा पाउन क्षमताले नभ्याउँदो रहेछ।
२. अगुल्टोले हिर्काएको कुकुर बिजुली देखी तर्सिन्छ
पाँच वर्षअघि कोरियामा मेरो कार दुघर्टना भएको थियो। त्यसैले कहिलेकाहीँ मलाई गाडी कुदाउँदा त्यो घटना याद आइहाल्छ। मलाई त्यस घटनापछि गाडी चलाउँदा डर लाग्छ। मानिसलाई पनि पुराना कुराले भयभित बनाउँछ।३. अकबरी सुनलाई कसी लाउनु पर्दैन
मानिसमा भएको क्षमतालाई लुकाउन सकिन्न। जोसँग क्षमता छैन, उसले धेरै नखरा गर्छ। जबकि राम्रो कुरालाई जति नराम्रो देखाउने प्रयास गरे पनि सम्भव हुँदैन। ४. अजिंगरको आहारा दैवले जुराउँछ
मानिसको आहारा पनि भगवानले पुर्‍याइदिन्छ। संसारको सृष्टि भएपछि विभिन्न जीवको रहनसहनको व्यवस्था ईश्वरले गरिदिएका छन्। हामीले कसरी बाँच्ने भन्नेमा चाहिँ अन्तर हुनसक्छ।
५. आगो ताप्नु मुढाको कुरा सुन्नु बूढाको
जाडोमा मुढाको जस्तो ताप अरू पातपतिङ्गरले दिन सक्दैन्। त्यस्तै बूढाखाडाको भनाइ पनि सही हुन्छ। उनीहरूले भनेका कुरा जहिले पनि मिलेकै हुन्छ। भनिन्छ, ओल्ड इज गोल्ड।
६. कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर
कहिलेकाहीँ मान्छेलाई आफूले गर्नु पर्ने वास्तविक काम थाहा हुँदैन। जीवनको गन्तव्य थाहा नपाउन्जेल मान्छे अलमलिन्छन् भने गन्तव्य थाहा पाउँदासम्म ढिलो भइसकेको हुन्छ। त्यसैले बैलैमा आफ्नो गन्तव्य ठम्याउन सके पछुताउनु पर्दैन।

७. जब राती बूढी ताती
यो उखान मेरो वास्तविक जीवनमा पनि मेल खान्छ। सुरूमा काम गर्न अल्छी लाग्छ। अन्तिम अवस्थामा सबैतिर चटारो पर्छ। के गर्ने भनेर अत्तिनु पर्ने हुन्छ। त्यसबेला अरूको सानो सहयोगले ठूलो अर्थ राख्छ। कतिपटक त कामहरू बिग्रिएका पनि छन्।
८. खाने मुखलाई जुँगाले छेक्दैन
पसिनामा तागत हुन्छ। त्यसैले जो मान्छे मिहेनत गर्छ, उसले अवश्य सफलता पाउँछ। आफूमाथि विश्वास लिएर काम गरे संसार जित्न सकिन्छ।
९. हात्ती छिर्‍यो पुच्छर अड्कियो
मैले भर्खर गरिरहेको 'मिस यु' फिल्मको सुटिङसँग यो उखान मेल खान्छ। अन्तिम अवस्थामा फिल्म सिध्याउन समस्या भइरहेको छ। सबैको समस्याले गर्दा फिल्मको काम अड्किएको छ।
१०. घाँटी हेरी हाड निल्नू
घाँटी नहेरी हाड निल्ने मान्छे फिल्म क्षेत्रमा धेरै छन्। कति लगानी गर्दा आफूलाई फाइदा हुन्छ? सोच्दै नसोची लगानी गर्छन् र पैसा नउठेपछि फिल्म क्षेत्र नै नराम्रो भन्न थाल्छन्।
from nagariknews online

बेलायतमा रामरमाइलो

नवीन पोखरेल

 
लन्डन, आश्विन २० - नायिका ऋचा घिमिरेलाई बिहेको ९ महिनापछि बल्ल हनिमुन अवसर जुरेको छ । त्यो पनि चानचुने ठाउँ होइन, बेलायतमा । नेपाल छउन्जेल रात-दिन कामकै चटारो भएपछि 'ब्ल्याक ब्युटी' ऋचाले यसअघि हनिमुनको आभास नै गर्न पाइनन् । हनिमुनबिनाको लभ म्यारिज कस्तो रह्यो होला ? 'सार्‍है खल्लो नि, अहिले बल्ल इन्जोई गर्दै छु,' ऋचा भन्दै थिइन् । सुटिङका बेला फेवाताल, चोभार, नगरकोट वा धुलिखेलको कुनै ढिस्कोसँग सामीप्यता गाँसेकी ऋचालाई युकेको लोभलाग्दा 'लोकेसन' सुटिङ होइन हनिमुनका लागि सदुपयोग भइरहेको छ ।  
काम थोरै, खानपान ज्यादाले उनको तौल अहिले ५३ बाट ६३ केजी पुगेछ । 'म मोटाएर कतिले त 'पि्रग्नेन्ट' भइछसमेत भने । तर, अझै ५ वर्ष बेबी बनाउने सोचेकी छैन्,' उनले प्रस्ट्याइन् ।   
निर्देशक श्रीमान् शंकर घिमिरेद्वारा निर्देशित फिल्म 'वीरताको चिनो' लिएर सेप्टेम्बर २ मा लन्डन उत्रेपछि उनी हनिमुन प्लस् फिल्म शोमा रमाइरहेकी छन् ।
ऋचा सेन्ट्रल लन्डनस्थित पर्यटकीय क्षेत्र टावर बि्रज, लन्डन आई, बकिङ्हम प्यालेस -महारानीको दरबार) पुगिन् । घुम्दै जाँदा उनले बकिङ्हम प्यालेसअगाडि हलिउड फिल्म 'जोनी इंग्लिस-२' को छायांकन हेर्ने अवसरसमेत पाइन् । 'एक सटका लागि दिनभर लिँइदो रहेछ, एकैचोटि सातवटा क्यामेरा प्रयोग, तीनवटा त मेकअप सामान बोक्ने भ्यान मात्र देखें । फेरि कस्तो सुरक्षा व्यवस्था,' उनले जिब्रो टोक्दै प्रश्न गरिन्, 'हलिउड सिनेमाको एक दिन हुने सुटिङ खर्चले त नेपाली फिल्म नै सकिन्छ । हाम्रो त देशै गरिब, नेतै बिग्रेका, गलत मानसिकता । अनि कसरी सुध्रने उद्योग ?'
दिनभर मिस्टर बिनको सट हेर्दा म्याडम टुसाड -विश्व प्रसिद्ध व्यक्तित्वहरूको आकृति संग्रहालय) जाने उनको योजना भने पूरा हुन पाएन । बेलायत छँदै म्याडम टुसाड जाने र डिस्को गएर बूढाबूढी मज्जाले नाच्ने धोको उनले साँचेकी छिन् । 'नेपालमा सार्वजनिक स्थानमा हिँड्न अलिक अप्ठेरो हुन्छ, त्यसैले यहीँ रमाइलो गर्ने योजना बनाएका छौं,' ऋचाले सुनाइन्, 'आधा दसैंयता, आधा नेपालमा मनाउने कार्यक्रम छ ।'  
'वीरताको चिनो' देखाउने सिलसिलामा उनी ह्यारो, फार्नबरो, अल्डरसट, वकिङ, प्लमस्टिड, स्कटल्यान्डलगायत सहर पुगिन् । त्यहाँ सिनेमा हेर्न रुचि राख्ने दर्शक त उनले भेट्टाइनन् तर बेलायत र नेपाली समुदायलाई बुझ्ने राम्रो मौका भने पाइन् ।   
'यहाँको सिस्टमचाहिँ मानें,' पहिलोपटक युके आएकी उनले भनिन्, 'जब म हिथ्रो एयरपोर्ट ओर्लें, मलाई लिन आउनेले पनि युकेको सिस्टम नै बताए । हरेक नेपाली भेट हुँदा सिस्टमकै कुरा गर्छन् । नागरिक कति अनुशासित र कानुनले उनीहरूलाई कसरी बाँधेको रै'छ भन्ने थाहा पाउँदा अचम्म साथै खुसी लाग्यो ।'
उनको खुसी धेरैबेर टिक्न पाएन, नेपाल सम्झनासाथ । 'तर, जब म त्रिभुवन विमानस्थल ओर्लन्छु, तब तनाव सुरु हुन्छ, सुरुमै लगेज लिन प्रहरी र ट्याक्सी चढेपछि ड्राइभरसँग ठाकठुक गर्नुपर्छ । ल एन्ड अर्डर नै छैन् त्यहाँ ।'
युकेको सिनेमा हलमा ८ सय पाउन्ड तिरेर पहिलोपटक नेपाली फिल्म देखाउँदासमेत नेपालीको उत्साहजनक सहभागिता नभेटेपछि ऋचा कता-कता दुःखीसमेत छन् । आफ्नो फिल्म ७५ प्रतिशत नेपालीलाई देखाउने सुरमा युके आएकी थिइन् ऋचा तर वास्तविकता त्यस्तो रहेन । लन्डन ह्यारोस्थित सफारी सिनेमा हलमा फिल्म पि्रमियर शो भइरहँदा उनले भनिन्, 'दुःख लाग्दो कुरा त युके बस्ने नेपालीमा समेत हलिउड/ बलिउडको प्रभाव रहेछ । फिल्मप्रति मोह नभए पनि आफ्नो कला, संस्कृतिमा भने नेपाली सचेत रहेको उनको अनुभव छ । बिहेपछिको पहिलो तीज युकेमै मान्दा उनलाई त्यस्तो लाग्यो । 'तीजमा महिलाहरू रातो सारी-ब्लाउज र पोतेमा सजिएर दिनभर व्रत बसी नाचगान गरेको देख्दा मलाई त नेपालमै कतै रहेजस्तो भयो,' उनले सुनाइन् ।
हालसम्म २० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी ऋचा बिहेपछि झन् तनमनले यस क्षेत्रमा समर्पित हुने बताउँछिन् । 'अब सिंगल ऋचाले साइन गरेजस्तो जे पायो त्यही रोल नगर्ने अडान मेरो छ,' बिहेपछि आफूमा झन् परिपक्वता आएको महसुस गर्ने ऋचाले भनिन् ।
from kantipur online

दासढुंगा देखि दबगंसम्म

सचिन घिमिरे, काठमाण्डौ, २०६७ आश्विन ११, सोमवार

 'दासढुंगा' ले आलोचना सहीतको प्रसंशा पाएको छ भन्दै निर्माताहरु अपिल विष्ट र मनोज आरसी कुमारी हलको दैलोमा उभिएर गन्थन गर्दे थिए । एकजना सम्भ्रान्त परिवारकी महिला पजेरोवाट ओर्लिएर हामी तीर आइन । खान्दानीया लवजमा उनले कुन चलचित्र चलेको छ यहाँ भन्दै संयोगले  निर्माता  विष्टलाइ नै यो प्रश्न सोध्न पुगिन । अपीलले दासढुंगा भनेर उच्चारण मात्र के गरेका थिए । तिनी महिलाले नेपाली चलचित्र भनेर यसरी मुख विगारेर भनिन कि मानौ नेपाली फिल्म एउटा अपमान र घृणाको विम्व हो र कथीत ठुलावडाको लागी उच्चारण गर्न पनि लाज लाग्ने विषयवस्तु हो । धन्य तिनी कमसेकम दासढुंगा शव्दको पछि ढुंगा सुनेपछि नेपाली चलचित्र भन्ने त ठम्याइन ।
 
 
अपीलको मुखवाट दासढुंगा सुनेपछि उनी पजेरोतिर फर्कन चार पाइलो अघि वढाइसकेकि थिइन । उनले फेरि फर्केर सोधीन दबगं चलेको छैन ? अपील त चुप लागीहाले तर मनोज आरसीले शालीन भएर  चलेको छ हजुर उ त्यहाँ टिकट लिनुहोला भन्न छुटाएनन । तिनी महिलाले आफनो श्रीमानलाइ पजेरो पार्क गर्न निर्देशन दिइन । आफनो चलचित्र हलमा चलिरहेको वेला कुनै तृतीय श्रेणीको हिन्दी चलचीत्रको नाम लिएपछि मात्र एक जोडी  दर्शकलाइ हलमा रोक्न सफल हुँदा निर्माताहरु अपील विष्ट र मनोज आरसीले मनमनै कति अमिलो महशुश गरे होलान त्यस्को पिडा त उनीहरुले नै अवगत होला ।
 
दासढुंगा भनेपछि  अनुहार खुम्चाउने अनि दबगं भनेपछि अनुहार फुकाउने यस्ता कुलीन पात्रहरुलाइ आफनो घर अगाडी वम पडकेर मान्छेको मृत्यु भयो भने उनीहरुलाइ कुनै मानविय सम्वेदनाले छुँदैन । वरु हिन्दी सिरीयलका कुनै पात्रको कृतिम मृत्यु भयो भने यिनीहरु तकिया भिज्ने गरि रुन्छन, छाक छोडछन अनि नुन पनि दुइ चार दिन छोडीहाल्न वेर लगाउँदैनन ।
 
 
दिल्लीको रेडियो मिर्चीका एक कार्यक्रम संचालिकाले सल्मान खानको चलचत्रि दबगंको वारे भन्दै थिइन 'यस चलचित्र हेर्दा तपाँइ शुरु देखि  अन्तसम्म जुन वेला पनि सल्मानको स्टायल हेरेर ताली वजाउनु सक्नु हुनेछ, सिठी फुक्न सक्नुहुनेछ र असीको दशकमा फर्केर  हिन्दी चलचत्रि हेरेको  स्वाद पाउन सक्नुहुनेछ ।' यसरी तिस वर्ष पुरानो अतीतमा फर्काइदिने त्यस चलचित्रको वारेमा ती संचालिकाले दर्शकहरुलाइ एउटै कुरामा  पटकपटक खवरदारी गराउँदै थिइन 'कृपया दबगं हेर्दा दिमाग नलगाउनु होला नत्र चलचित्र हेर्दाको असली आनन्द गुमाउनु हुनेछ ।' उनले एकै वाक्यमा दबगं कुन हैसियतको चलचित्र हो भन्ने छर्लगँ पारीदिइन । यस्तै  एक साथीले दबगं हेरेपछि हतार हतार फेसवुकमा गर्वका साथ लेखे । दुइ चार जनाले उनको स्टाटस मन पनि  पराइदिइ हाले ।
 
 
त्यती नै वेला उनलाइ अनलाइनमा देखेर दासढुंगा हेरेनौ त भनेर सॊधीहालें । उनले हेरे र चलचीत्र एकदमै राम्रो लाग्यो पनि भने । अनि केहि प्रतिकृया जनाएनौ त भनेर  भन्दा नेपाली फिल्म को  हेर्न जाला र भनेर नलेखेको भनेर जवाफ मिल्यो । शायद उनलाइ पनि माथिका घटनामा भेटिएका पात्रहरु जस्तै नेपाली फिल्म हेरेको भनेर फेसवुकमा लेख्न लाज लाग्यो होला । हिन्दी चलचित्र  हेरेपछि गर्वका साथ फेसवुकमा लेख्ने यस्ता पात्रहरु नेपालमा भारत विरोधी प्रदर्शन भयो भने आफनो देशको टुडीखेलको रेलीगँ भाँच्ने काममा यिनीहरु नै अग्रपंक्तीमा देखिन्छन । यो विचित्रको राष्ट्रीयताको मोडल शायद नेपालमा मात्र भेटिन्छ ।
 
 
दासढुंगाकै निर्देशक मनोज पण्डित मनाङको लामो यात्रा पछि पाकेको आखाँ लिएर पंक्तीकारसँग भेट भयो । हतार हतार उनको आँखा जचाउन तिलगंगा आँखा अस्पताल पुगियो । सँयोगले निर्देशक पण्डीतले आफनो स्कुले जिवनको साथीलाइ सोही अस्पतालमा चिकीत्सकको रुपमा भेटे । उनले स्कुले साथीलाइ आफुले वनाएको दासढुंगा हेर्न अनुरोध गरे । तर ति चिकीत्सकले मनोजको अनुरोध र चलचित्रको वारेमा साधारण प्रतिकृया पनि देखाएनन ।  नेपाली चलचित्र  हेर्नको लागी प्रतिबद्वता गर्नु भनेको चरम लाज र अपमान व्यहोर्न तयार छु भन्नु परेको जस्तो भाव देखाए । चलचित्रको वारेमा थाहा पाउनै पर्दछ भन्ने जरुरत नभएपनि दासढुंगाको हत्याकाण्डको वारेमा पनि पुर्णरुपमा अनभिज्ञता प्रस्तुत गरे ।
 
 
निर्देशक पण्डीतको पटक पटकको अनुरोधमा उनले चलचित्र हेर्छु भनेर मौखीक प्रतिवद्दता पनि जनाएनन । आफनो स्कुले मित्रको यो प्रतिकृयावाट निर्देशक पण्डीतको मन कस्तो महशुश भयो यस्को वारेमा उनी नै वताउन सक्छन । नेपाल र नेपालीसँग पैसा कमाउने मात्र साइनो जोडीएका यस्ता पात्रहरु वास्तविकताको धरातल भन्दा धेरै टाढा वसेर 'नेपाल खत्तम भयो' भनेर विदेशी रक्सी खाएर चिन्ता गर्छन । नेताहरुलाइ अहोरात्र गाली गर्छन अनि नेपालीत्व वचाउन फेसवुक अभियान चलाउँछन । तर नेपालीत्व कला सिर्जनामा पनि लुकेको हुन्छ र त्यसको प्रवर्दनमा प्रत्येक नागरिकको अहम भुमिका हुन्छ भन्नेतर्फ कुनै चासो राख्दैनन । यस्ता पात्रहरुलाइ नेपाली चलचित्र माया गर्नु त परको कुरा हलको ठेगाना पनि थाहा हुदैन ।
 
 
निर्देशक मनोज पण्डित

 
अर्को घटना  नेपाल पर्यटन वोर्डमा चलेको मानवअधिकार फिल्म महोत्सव सकिएपछि प्रर्दशनी मार्गको एक पसलमा चिया खाँदै गर्दा निर्देशक पण्डीतले नजिकको मित्रलाइ दासढुंगा हेरियो त भनेर प्रश्न सोधे । उनले हेर्न भ्याएको छैन भनिन । ति महिला नेपालकी एक नाम चलेकी पत्रकार हुन । उनी इरानीयन,  कोरीयन, इजरायली,  इटालीयन र अन्य ओस्कर जितेको चलचित्र निकै शोखका साथ हेर्न मन पराउँछिन भन्ने  पंक्तीकारलाइ राम्रो अवगत छ । उनले नेपालमा किन राम्रा चलचीत्र वन्दैन भनेर चिया पसलमा घण्टौ छलफल गरेकी छिन । निमार्ताहरुलाइ गाली गर्न पनि भ्याएकी छिन अनि गर्वका साथ इरानियन चलचित्रहरुले देखाउने मानविय संवेदनाको प्रसंशा पनि गरेकी छिन । तर दासढुंगा जस्ता वैकल्पीक धारमा वनेका चलचीत्रहरुले हलमा तेश्रो हप्ता सम्म कुन दु:खले आफुलाइ टिकाइराख्न सक्छन भन्ने तर्फ उनले कुनै चासो राखिनन ।
 
 
निर्देशक पण्डीतले आफने साथीहरुले नै मेरो चलचीत्र नहेरेपछि कस्ले हेर्छ भनेर चित्त दुखाएपछि वल्ल वल्ल उनी भोलीपल्ट साथीहरुसँग चलचीत्र हेर्न जान राजी भइन । निर्देशकले व्यक्तीगत गुनासो गरेपछि मात्र हल टेक्न राजी हुने तिनी पत्रकार पनि माथिल्ला घटनामा भेट भएका पात्रहरु जस्ते अर्की एक पात्र हुन । यस्ता पात्रहरु घाम चर्को लागेको दिन पनि चलचीत्र हेर्न जान मन गर्दैनन् अनि पानी परेपछि पनि जाँगर चल्दैन । तर चिया पसलमा वसेर अँग्रेजी चलचीत्रहरको वारेमा विश्लेषण गर्न भने प्रशष्त समय निकाल्छन ।
 
 
एकथरी छन गहन सामाजिक मुदामा चलचित्र वनेन भनेर गुनासो त गर्छन तर निर्माण भएका चलचित्र हेर्न हलसम्म जाने पाउकष्ट  गर्देनन । यती वर्ष भयो नेपाली फिल्म नहेरेको भनेर लाजमर्दो अभिव्यक्ती पटक पटक दोहोर्‍याई रहन मन पराउने यो तप्का सवैभन्दा वढि दोषी तप्का हो । अर्को थरी दर्शक छन चलचित्रमा नृत्य र द्दन्द भएन भने नुन नभएको तरकारी  जस्तो सम्झन्छन् । लामो कपाल भएका नायक नभएको चलचीत्र र काटमार नभएको चलचीत्रमा यी दर्शकहरु झुक्किएर हल भित्र प्रवेश गरिहाले भनेपनि दश मिनेटमा निस्कीएर हिडछन । कथित मुलधारे चलिचत्रका सदावाहार तार्गेट ग्रुपसँग पंक्तीकारको त्यती ठुलो गुनासो पनि छैन । किनकि यी दर्शकहरु चलचित्र भनेको त्यस्तै हुन्छ भनेर वुझाइएको छ  उनीहरु नेपाली कथित मुलधारे चलचित्रका मौन प्रसंशक र नियमित आधारहरु हुन ।
 
 
केहि प्रतिनिधी पात्रहरुको प्रवृती विश्लेषण गरेर नेपाली चलचीत्रका दर्शकहरु यस्तै हुन भनेर सामान्यीकीकरण गर्नु न्यायसँगत नभएपनि यी प्रतिनीधी पात्रहरुले आम दर्शकको मनोविज्ञानको प्रतिनिधीत्व भने अवश्य नै गर्दछ । यदपी  दासढुंगा अत्यन्त त्रुटी रहित चलचीत्र हो र यो यस्तो पारसमणी हो की यो चलचीत्र नहेरेसम्म दर्शकले मोक्ष प्राप्त गर्ने छैनन भन्न खोजेको कदापी होइन । चलचित्रको विषयवस्तु र प्राविधीक  पाटाहरुमा केहि कमजोरी भएता पनि समग्रमा निर्माण पक्षले अत्यन्त मिहेनत गरेको स्पष्टै महशुश हुन्छ ।  यदपी नुमाफुङ हेर्दा पाँच जना, वसन्ती हेर्दा पन्ध्र जना, अनि दासढुंगा हेर्दा कमसेकम पचास जना सँगै वसेर चलचीत्र हेर्न पाउनु भनेको वैकल्पीक धारका चलचीत्रहरुले पनि दर्शक भेटन थाले भन्ने एउटा झिनो आशा पलाएको छ ।
 
 
फरक धारमा वनेका चलचीत्रहरुलाइ माया गरेर परिवार तथा साथीभाइहरुलाइ लिएर जाने अनि अरुहरुलाइ पनि चलचीत्र हेर्न अनुरोध गर्ने ठुलै जमात पनि देखा परेको छ । तर यो संख्या राम्रा चलचीत्र निर्माणको लागी उच्च प्रेरणादायी हुने तहमा भने अवश्य पुगेको छैन । हामी नेपालीहरु नै नेपालीत्व बुझ्दैनौं भने हाम्रो नेपालीत्व कस्ले जर्गेना गरिदिन्छ ? साँच्चै नेपाली चलचीत्र कला सिर्जनाको अभागी विदा हो त ? भन्ने प्रश्न सधै तेर्सीरहेको छ । यस प्रश्नको उत्तर दर्शकले नेपाली चलचित्रसँग कस्तो साइनो लगाउँछन भन्नेसँग नै जोडिएको छ ।
source: filmykhabar.com
 
 
 
 
 


Sachin Ghimire
Phd candidate , Medical Anthropology
Centre for Social Medicine and Community health
School of Social Science
Jawah