Your Ad Here
Showing posts with label new books. Show all posts
Showing posts with label new books. Show all posts

बुद्धिसागरको 'कर्नाली ब्लुज' भदौ २८ देखि


बुद्धिसागरको 'कर्नाली ब्लुज' भदौ २८ देखि
काठमाडौं, भदौ २३ (नागरिक)- 'हज्जारौं पृथ्वी, हज्जारौं आकाश' कविता संग्रहबाट साहित्यमा पाइला राखेका बुद्धिसागर 'कर्नाली ब्लुज' उपन्यास लिएर प्रस्तुत हुँदैछन्। 'कर्नाली ब्लुज' अनलाइनबाट मात्रै तीन दिनमा ३ हजार ९ सय अमेरिकी डलरको अग्रिम बुकिङ भएको छ।

२८ भदौमा सार्वजनिक हुने बुद्धिसागरको उपन्यास छोराको कोणबाट भनिएको बाउको कथा हो। 'कर्नाली ब्लुज'मा बुवा हर्षबहादुर र म पात्र मुख्य भूमिकामा छन्। अमेर परिवर्तनसँगै छोराको मनमा बुवाप्रतिको दृष्टिकोण कसरी फेरिन्छ भन्ने मानवीय स्वभावलाई कर्नाली ब्लुजमा सरल र स्वभाविक ढंगले चित्रण गरिएको छ।

'कर्नाली ब्लुज तीन वर्षको परिश्रम हो' लेखक बुद्धिसागरले भने- 'पाठकको रेस्पोन्सले यति उत्साही पारिरहेको छ कि अर्को पुस्तक कहिलैदेखि लेख्न थालुँ जस्तो भा'को छ।'
रुम टु रिडका संस्थापक जोन उडको विश्व विख्यात पुस्तक 'लिभिङ माइक्रोसफ्ट चेञ्ज टु द वर्ल्ड'लाई नेपाली भाषामा 'माइक्रोसफ्टदेखि बाहुन डाँडासम्म' शीर्षक दिएर प्रकाशित गरेको फाइन प्रिन्ट 'कर्नाली ब्लुज'को प्रकाशक हो।

अनलाइन अग्रिम बुकिङमार्फत् 'कर्नाली ब्लुज'ले नेपाली साहित्यि प्रकाशनको इतिहासमा नयाँ इतिहास रचेको फाइन प्रिन्टको विश्वास छ। माइसन्सार डट कमको सहकार्यमा आइतबारदेखि अनलाइनबुकिङ खुला गरिएको कर्नाली ब्लुजको दैनिक सरदर अनलाइनअर्डर एक सयप्रति छ। प्रकाशकका अनुसार मंगलबारसम्म अनलाइनबाट मात्रै ३ हजार ९ सय अमेरिकी डलरको पुस्तक अर्डर भएको छ। यो बाहेक टोल फ्रि नम्बर तथा पुस्तक मेलाबाट पनि अग्रिम बुकिङ भएको छ।

‘पाठककले अग्रिम बुकिङ गरेर हामीलाई छिटो पुस्तक निकाल्न उत्साहजनक दबाव दिइरहे', फाइन प्रिन्टका निरज भारीले भने- 'अब प्रतीक्षाको घडि समाप्त हुँदैछ। २८ भदौमा 'कर्नाली ब्लुज' सबै बुक स्टोरमा उपलब्ध हुनेछ।'

अनलाइन अर्डर गरेका संसारका जुनसुकै मुलुकका पाठकले १३ सेप्टेम्बरमा पुस्तक आएपछि बढीमा २० दिनमा 'कर्नाली ब्लुज' पाउन सक्ने व्यवस्था मिलाइएको निरजले बताए। ३ सय ८४ पृष्ठको उपन्यास ‘कर्नाली ब्लुज'को मूल्य नेपालभित्र ३ सय ५० रूपैयाँ छ। नेपाल बाहिर भने ढुवानी खर्चका कारण पुस्तक मूल्य फरक रहने फाइन प्रिन्टले जनाएको छ।
source: nagariknews.com