Your Ad Here
Showing posts with label pipli live. Show all posts
Showing posts with label pipli live. Show all posts

पिप्ली लाइभ ओस्कारमा



नयाँ दिल्ली, असोज १० (एजेन्सी)- यो वर्ष ओस्कार अवार्डमा फिल्म 'पिप्ली लाइभ'ले भारतको प्रतिनिधित्व गर्ने भएको छ। आमिर खानद्वारा निर्मित र अनुषा रिज्वीद्वारा निर्देशित 'पिप्ली लाइभ'ले उत्कृष्ट विदेशी भाषाको फिल्मतर्फ भिड्नेछ। फिल्म फेडेरेसन अफ इन्डिया(एफएफआई)ले यो वर्ष ओस्कारमा पठाउनका लागि २७ फिल्मको अन्तिम सूची निकालेको थियो। तामिल ब्लकबस्टर 'अंगाडी थेरु' र मलयालम फिल्म 'कुट्टी स्रान्क' लगायत फिल्मलाई उछिन्दै 'पिप्ली लाइभ'ले ओस्कारको प्रवेश पाएको हो।'कुट्टी स्रान्क' भर्खरै भारतको राष्ट्रिय फिल्म अवार्डबाट पुरस्कृत फिल्म हो।
  छनोट समितिका संयोजक केएस सेथुमाधवनले शुक्रबार पत्रकार सम्मलेनमा 'पिप्ली लाइभ'को नाम घोषणा गरेका हुन्। 'भारतको संस्कृति र दर्शनलाई यसले प्रतिविम्बित गर्छ र यसले किसानको आत्महत्या समस्यालाई उजागर गरिदिएको छ,' सेथुमाधवनले भने।
भारतीय किसानको स्थिति र मिडियाको अतिरञ्जनालाई राम्रोसँग प्रस्तुत गरिएकोले 'पिप्ली लाइभ' छानिएको एफएफआईका अध्यक्ष एल सुरेशले बताए। यो फिल्मले सनडान्स र टोरन्टो जस्ता फिल्म महोत्सवमा भाग लिइसकेको छ।आमिर खान आवद्ध भएको 'लगान', 'रंग दे वसन्ती' र 'तारे जमीन पर'ले यसअघि ओस्कारमा भारतको प्रतिनिधित्व गरिसकेका छन्।
आठ करोड भारुमा निर्मित 'पिप्ली लाइभ'ले अहिलेसम्म ५० करोडको कारोवार गरिसकेको छ।
'यो समाचार सुनेर म एकदम खुसी भएँ, देशको प्रतिनिधित्व गर्न पाउनु विशेष गौरवको कुरा हो, एफएफआईले हामीलाई लायकको सम्झिकोमा आभार व्यक्त गर्न चाहन्छु,' निर्माता आमिरले भने, 'निर्देशक अनुषा र समस्त टिमलाई मेरो बधाई छ।'

हलमा लाग्नुअघि नै पिपली लाइभको लगानी उठ्यो



मुम्बई, साउन २६ -न कुनै ठूला कलाकार, न त ठूलो लगानी नै। आउँदो शुक्रबार रिलिज हुने बलिउडको पिप्ली लाइभले सिनेमाघरमा दर्शक छिर्नु अघि नै लगानी उठाइसकेको छ। आमिर खानले निर्माण गरेको यो फिल्म 'आमिर खान ब्रान्ड'का कारण चर्चामा छ भने लगानी उठिसकेपछि अब जति टिकेट काटिन्छ उति फिल्मको कमाई! बलिउड हङ्गामाले त उनको कमाइलाई त 'उपरवाला जव देता हे तो छप्पर फाडके' समेत भनेको छ। तर फिल्मको लगानी कति र कति रकम उठेको भन्ने समाचारमा खुलाइएको छैन।

पिपली लाइभको जोडतोडले प्रवर्द्धन गरिरहेका आमिरले यो सिनेमामा कुनै सिनेमामा नदेखिएका पात्रलाई 'हिरो' बनाएका छन्। स्याटेलाइट अधिकार बिक्री तथा ओभरसिज आम्दानी तथा म्युजिकको कमाइले यो फिल्म बनाउन लागेको खर्च उठेको छ। अबको आम्दानी भने उनको नाफामात्र रहनेछ। 
nagariknews.com