Your Ad Here
Showing posts with label rabi basnet. Show all posts
Showing posts with label rabi basnet. Show all posts

शरीर जोडिएका हिरो!




काठमाडौं, असोज १ (नागरिक)- जुम्ल्याहा दाजुभाइको कथामा थुप्रै फिल्म बनिसकेको छ। तर, शुक्रबार सुटिङ सुरु हुने एउटा फिल्ममा भने शरीर जोडिएका जुम्ल्याहाको कथा रहनेछ। किशोर ढकालको निर्देशनमा बन्न लागेको फिल्म 'हर पल साथ'का दुई नायक छन्, अरुण र उदय। सबै अंग भिन्नाभिन्नै भए पनि उनीहरू ढाडमा जोडिएका हुन्छन्। यो जुम्ल्याहाको भूमिकामा रवि बस्नेतले अभिनय गर्दैछन्।
 जन्मदेखि वयष्क उमेरसम्म ढाड जोडिएर हुर्किएका उनीहरूबीच युवतीको कारणले फुट आउने र शल्यक्रिया गरेर छुट्टिने कथा फिल्मले देखाउनेछ। 'छुट्टिएपछि उनीहरूमा झन् असन्तुष्टि पलाउँछ,' लेखक समेत रहेका किशोरले भने, 'त्यसपछि उनीहरूलाई अलग्गिने निर्णय लिएकोमा पछुतो लाग्नथाल्छ।'
शरीर जोडिएको जुम्ल्याहा पात्रको कथा कागजमा लेख्न उनलाई खासै गाह्रो भएन। बरु, फिल्ममा कसरी खिच्ने भन्ने चिन्ता चाहिँ रहयो। 'यसमा धेरै ग्राफिक्स खेल्नेछौं,' उनले भने। फिल्मको छायांकन पनि उनी आफै गर्दैछन्। फिल्म निर्देशनमा आउनुअघि उनी छायाँकार नै थिए।
सेलुल्वाइडमा खिचिने फिल्मलाई रिभर्स टेलिसिने गरेर ग्राफिक्स गर्ने योजना उनको छ। फिल्ममा शरीर जोडिएको २१ दृश्य समावेश छन्। अभिनेता रविले पनि यो भूमिकालाई चुनौतीका रूपमा लिएका छन्।
राजु शाहको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, दिनेश सुनामको संगीत रहने फिल्ममा बिराज भट्ट, कल्पना शाही, सन्ध्या ढकाल र तृप्ती नाड्करले पनि अभिनय गर्दैछन्। फिल्मको सुटिङ नगरकोटबाट थालिने छ।
फिल्म 'हर पल साथ'को बुधबार सम्पन्न शुभ मुहूर्तमा यही टोलीको अघिल्लो फिल्म 'अल्झेछ क्यारे पछ्यौरी'को छायांकन सकिएको जानकारी पनि गराइयो।