Your Ad Here
Showing posts with label raj ballav koirala. Show all posts
Showing posts with label raj ballav koirala. Show all posts

'हाँसि देऊ एक फेर' को गीत वर्ल्ड प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन ३, आईतवार

प्रदर्शनको पालो पर्खेर बसेको चलचित्र 'हाँसि देऊ  एक फेर'  को गीत आईतबार फिल्मीखबर डटकम मार्फत वर्ल्ड प्रिमियर गरिएको छ ।

प्रिमियर गरिएको 'माया संसार हो' बोलको गीतलाई बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले गाएका हुन् भने अभिनय पनि उनीहरूले नै गरेका छन् । सुरेश अधिकारीको संगीत रहेको सो गीतको रचना डा कृष्णहरी बरालले  गरेका हुन् ।


शिब रेग्मीले निर्देशन गरेको सो चलचित्रलाई रमेश त्वायना र राजेश कुमार स्वंगमिखाले निर्माण गरेका हुन् । मंसिर महिनामा प्रदर्शन हुन लागेको चलचित्र 'हाँसि देउ एक फेर' मा मह जोडीको साथमा राजबल्लभ कोईराला, स्वेता खड्का, शुसिल क्षेत्री, शुसिल पोखरेल, किरण केसी, मिथिला शर्मा, राजाराम पौडेल, केशब भट्टराई, बिष्णु सापकोटा, सिरू बिष्ट, रबि गिरी, पल्पसा डंगोल, उत्तम केसीलगायतका ६८ जना कलाकारले अभिनय गरेका छन् जसमा करिब १८ जना हाँस्यकलाकार छन् ।

बिकाश आचार्य, शिब रेग्मी र रमेश त्वायनाको कथा रहेको सो चलचित्रमा शम्भु सापकोटाको छायाँकन, बसन्त श्रेष्ठको नृत्यनिर्देशन, हिमाल केसीको द्वन्दनिर्देशन रहेको छ । चलचित्रमा पाँच गीत समावेश गरिएको छ जसमा मह जोडी, उदितनारायण झा, मोहितवंश आचार्य र सोनु कक्कडले स्वर दिएका छन् ।

झोलुंगे पुल बन्यो सुटिङ स्पट


विमल खतिवडा
पर्वत, भाद्र २१ - साताअघि सिनेमा स्कोपको चलचित्र 'किन लाग्छमाया' सुटिङका क्रममा आएका नायक राजबल्लभ कोइराला अग्लो झोलुंगे पुलमा उभिएर केही बेर टोलाए । नायिका गरिमा पन्त भने अग्लो र लामो पुलमा पहिलो पटक नृत्य गर्न पाउँदा दंग देखिन्थिन् ।
दुवैले पहिलो पटक मुलुकुकै अग्लो पुलमा अभिनय गर्ने अवसर पाएका हुन् । र, यसको चाँजोपाँजो निर्देशक गोपालचन्द्र लामिछानेले गरेका हुन्, जो पर्वतकै हुन् ।
प्रेमकथामा आधारित 'किन लाग्छ माया' मा धौलागिरि अञ्चलको कथावस्तु छ । पपुलर मल्टी मिडियाद्वारा निर्मित चलचित्रको एउटा गीतको छायांकन अग्लो पुलमा गरिएको हो । दुई दिनसम्म लगाएर छायांकन गरिएको चलचित्रमा पाँच प्रतिशत कुश्मा बजार आसपास र पुलको दृश्य कैद गरिएको छ । अविनाश श्रेष्ठको कथा रहेको चलचित्रमा निखिल उप्रेती, झरना थापा पनि मुख्य भूमिकामा छन् ।
फिल्ममा शंकर लामिछाने नवनायकको रूपमा देखा परेका छन् । माया भन्ने कुरो प्रेमीले प्रेमिकालाई मात्र नभएर आमाले छोरालाई दिदीले भाइलाई पनि गर्छन् भन्ने सन्देश दिन
खोजिएको छ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व र लक्ष्मण शेषकले संगीत दिएका हुन् ।
शिव रेग्मीका चेला रहेका निर्देशक लामिछानेले रेग्मीद्वारा निर्देशित चलचित्र 'सुखदुःख' र 'ए मेरो हजुर' मा सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् । 'बोक्सी' जस्तो चलचित्रको निर्देशन गरिसकेका लामिछानेले निर्देशन गरेको यो पाचौं मूलधारको चलचित्र हो । माघे संक्रान्तिको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रका छायाँकार दीपक बज्राचार्य हुन् । पात्रका आधारमा कथा तयार पारिएकाले चलचित्रलाई दर्शकले रुचाउनेमा निर्देशक लामिछाने ढुक्क छन् ।  
पाँचवटा गीत समाविष्ट चलचित्रका रचनाकार प्रमेाद ढुंगाना हुन् । 'अधिकांश निर्देशकहरू सुटिङका लागि नाम चलेका सहरमा जाने गर्छन्,' लामिछानेले भने, 'तर चलचित्र सुटिङका लागि पर्वत भर्जिन लोकेसन रहेछ ।' उनले चलचित्र सुटिङ गरेर फर्किएपछि दर्जन बढी निर्माता र निर्देशकले पुलमा सुटिङ गर्न समस्या झेल्नुपर्ने/नपर्ने भन्दै सोध्ने गरेको बताए । उनले सबैलाई सुटिङका लागि पुल आपसपासको क्षेत्र उपयुक्त भएकाले जान सुझाव दिएको बताए ।   
मोदीखोलामा निर्मित १ सय ३५ मिटर अग्लो र ३ सय ४४ मिटर लामो उक्त पुल सञ्चालनमा आएको वर्ष दिन नबित्दै आधा दर्जन म्युजिक भिडियो, साना र ठूला चलचित्रहरू सुटिङ भइसकेका छन् । पोखरा नगरीलाई चलचित्र सुटिङको केन्द्र बनाउँदै आएका निर्माता/निर्देशक समेत अग्लो पुललाई सुटिङ स्पर्ट बनाउने ध्याउन्नमा लागेका छन् । पप, आधुनिक, दोहोरी गीतको भिडियो र चलचित्र सुटिङका लागि निर्माताहरूले बारम्बार फोन गरेर लोकेसन सोध्ने गरेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव शर्मा पौडेलले बताए ।
source: ekantipur.com