Your Ad Here
Showing posts with label rajesh hamal. Show all posts
Showing posts with label rajesh hamal. Show all posts

समिक्षा : देश

मेरोसिनेमा १४ असोज २०६७,
desh_in1_400चलचित्र : देश
निर्देशक/लेखक/गीतकार : तुलसी घिमिरे
स्टारर : राजेश हमाल, निरुता सिंह, निखिल उप्रेती, मिथिला शर्मा, श्रवण घिमिरे, मुकुन्द श्रेष्ठ, बीएस राणा, हेमन्त बुढाथोकी, नर्वदा घिमिरे, केके लोहार, दीवाकर पाण्डे
निर्माता : श्रवण घिमिरे
संगीत : शम्भुजित बाँस्कोटा
छायांकन : राजु थापा
द्वन्द्व : राजेन्द्र खड्गी
ब्यानर : अजम्बरी फिल्म्स प्राली
बजेट : ४७ लाख
अवधि : २ घण्टा २५ मिनेट
रिलिज : असोज १५ उपत्यका, असोज २९ मोफसल

यथार्थ, गम्भिर र जागरणमुलक चलचित्र निर्देशकका रुपमा पहिचान बटुलेका छन् तुलसी घिमिरेले । 'देश' उनको यस्तै पछिल्लो प्रोजेक्ट हो जुन देशप्रेम र राष्ट्रियताको भावनाले ओतप्रोत छ । सिनेमामा मनोरन्जन भएर पुग्दैन विचार पनि हुनुपर्छ भन्ने उनको मान्यतासँग मेल खान्छ 'देश'ले । जुन कुरा विहिबार आयोजित प्रीमियर सोका क्रममा निर्देशक घिमिरे सबैलाई बताउँदै थिए । लाहुरे, दक्षिणा, देउताजस्ता लोकप्रीय चलचित्र निर्देशन गरिसकेका तुलसीले 'देश'लाई पनि त्यस्तै जागरणमूलक तुल्याउन खोजेका छन् । कथामा नयाँपन नभएपनि राष्ट्रियताको मुद्दा, भ्रष्टाचार, गरिबीका कारण खाडीमा श्रम बेचिरहेका युवाहरुको दुर्दान्त अवस्था, जातिय र उपभोक्तावादी राजनीति गर्ने नेताहरु निश्पक्ष र निडर पत्रकारिता युवाहरुको सपनालाई पर्दामा उतारेका छन् निर्देशकले । २०३० को अन्त्यताका भएको सुखानी विद्रोह, भारतीय सेनामा लड्दै गर्दा मृत्युवरण गर्ने नेपाली र आमनागरिकको शान्तिको चाहना वरिपरी 'देश'ले फन्को मारेको छ ।

होमप्रोडक्सनको चलचित्र 'देश'मा तुलसीले राजेश हमालसँग 'देउता'पछि दोस्रोपटक सँगै काम गरेका छन् । एक्सन हिरो निखिल उप्रेतीसँग उनको पहिलो प्रोजेक्ट हो । निरुता उनको होमप्रोडक्सनकी हिरोइन नै हुन् । आफ्ना ससुरा रन्जित गजमेरलाई रिप्लेस गरेर संगीतकारका रुपमा शम्भुजित बाँस्कोटालाई लिएका छन् तुलसीले । समग्रमा तुलसी निर्देशित 'देश'ले ती आयामलाई छोएको छ जतिबेला नेपाल देशले उस्तै समस्या भोगिरहेको छ ।

कथा : सुखानी विद्रोह र उग्रवादीहरुसँग लड्दा वीरगति प्राप्त गरेको भारतीय सैनिकको कथाबाट फिल्म सुरु हुन्छ । युद्धमा ज्यान दिने सैनिकको नाबालक टुहुरो छोरा भाष्कर (राजेश हमाल)को हेरचाहको जिम्मा बूढीआमा (नर्वदा घिमिरे) माथि आइपर्छ । उक्त बालकमा सानैदेखि राष्ट्रियताको छाप परिरहन्छ । बूढीआमाबाट पाएको कलमको मूल्य स्थापित गर्न उसले निश्पक्ष र निडर पत्रकारिता गरिरहन्छ । भ्रष्टाचार, अराजकता र कर्तुतहरुको पर्दाफास गर्छ उसले । भाष्कर एक साहसी पत्रकार हो । रजनी (निरुता सिंह) मन्त्रीकी छोरी हुन्छिन् र विद्यार्थी नेतृ पनि । रवि (निखिल उप्रेती) पनि विद्यार्थी नेता हो जो गिरिश (मुकुन्द श्रेष्ठ)को पार्टीको युवा नेता पनि । तर, पछिल्लो समय गिरिशको कर्तुत थाहा पाएपछि ऊ पनि गिरिशविरुद्ध लाग्छ । भ्रष्टाचार, अन्याय र अराजकताविरुद्ध एकभएर लड्न उनीहरुले 'जननी' नामक पार्टी खोल्छन् र मिडियामार्फत भ्रष्टाचारीको उछितो काढ्छन् । एकपल्ट खुलामन्चमा आयोजित पार्टीको भेलामा भाष्करको हत्या गिरिशद्धारा परिचालित गिरोहबाट हुन्छ । राष्ट्रियताको पक्षमा लड्ने भाष्करको हत्या गरिन्छ । यद्यपी उसको हत्यापछि पनि राष्ट्रिय मुक्तिको यात्रा रोकिदैंन नयाँ क्रान्तिका लागि रजनी र रविको नेतृत्वमा लड्न चाहनेको लस्कर लागिरहन्छ ।

निर्देशन : प्रारम्भको ३० मिनेटसम्म निर्देशकले दर्शकलाई पूर्णरुपमा आफूमा बाँधेर राखेका छन् । कथाको सुरुआती पटकथालाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ जसका कारण दर्शकहरु पात्रहरुप्रति 'सिम्प्याथी' पोख्न बाध्य हुन्छन् । त्यतिबेलासम्म पटकथाको प्रस्तुतिकरण अवरोध बिना प्रवाहित छ । उक्त समयपछि पटकथा कमजोर बन्दै जान्छ र मध्यान्तरपछि चलचित्र 'अफट्रयाक'मा बगेको छ । राष्ट्रियताको मुद्दा कथाको मुख्य सार भएपनि विकृतिका धेरै पक्षलाई एकैसाथ प्रस्तुत गर्न खोज्दा कथा कमजोर बन्न पुगेको छ । निर्देशक स्वयम पटकथाको प्रस्तुतिकरणमा अल्झिएका छन् । फिल्ममा प्रेमको पक्ष घुसाइएको त छ तर कथा अघि बढ्दै जाँदा प्रेमलाई राजनीतिक कथाले ओझेलमा पारिदिन्छ । सुरुमा प्रेमको भावना दर्शाउने पात्रहरु क्लाइमेक्समा पुग्दा विद्रोही र क्रान्तिकारी बन्न पुग्छन् । हाफटाइमपछि त फिल्मले लगभग दर्शकको सिम्प्याथी गुमाउँछ । सुरुआती तीस मिनेटसम्मको सहानुभूतिलाई निर्देशकले बाँध्न सकेका छैनन् । निर्देशकले पात्रहरुको गतिशिलताभन्दा उनीहरुको संवादलाई निकै जोड दिएका छन् । जसका कारण चलचित्र 'रेडियो ड्रामा' जस्तो बनेको छ जुन बुझ्न आँखा चाहिँदैन कान भएमात्र पुग्छ ।

अभिनय : पात्रहरुको अभिनयमा 'मुभमेन्ट' छैन । पात्रहरुले अभिनय र भावमा भन्दा संवाद र गन्थनमन्थनमा जोड दिएका छन् । अधिकांश पात्रहरुको अभिनयमा कृत्रिमता पोतिएको पाइन्छ । राजेश हमाल निडर पत्रकारको रुपमा राम्रैरुपमा प्रस्तुत भएका छन् तर राजेशले संवादमै भर गरेका छन् । क्लाइमेक्सको उनको अभिनयमा प्राकृतिकता छैन । निरुता सिँहको अभिनयमा नयाँपन छैन । निखिल उप्रेती विद्यार्थी नेताका रुपमा ठीकै छन् । मुकुन्द श्रेष्ठ र बीएस राणा खलपात्रका रुपमा दर्शनिय छन् । निर्देशककी आमा नर्वदा घिमिरेको अभिनय कास्टिङ डिरेक्टिङको रुपमा फिट छ । मिथिलाको भूमिका छोटो छ मीठो छ । हेमन्त बुढाथोकीको अभिनय मन्त्रीका रुपमा राम्रो छ । सिनेम्याट्रोग्राफरले दृश्यमा एङ्गल नाप्न सकेका छैनन् ।

संगीत : शम्भुजित बाँस्कोटाको संगीत प्रशंसनिय छ । फिल्मको बलियो पक्ष भनेको संगीत हो । फिल्ममा तीन गीत छन् तर दुई गीतलाई संगीतकारले कर्णप्रिय तुल्याएका छन् । 'भुइँको फूल टिपेर… र सपनाहरु सजाउँदै…'ले रिलिज अगावै चर्चा बटुलिसकेका थिए । 'एउटा नेपाली दुःखमा…' देशप्रेमले ओतप्रोत गीत त हो तर यो गीतमा उति दम् छैन । उदितनारायाण झा, दीपानारायाण झा, इन्द्रजित मिजार, अन्जु पन्त, दीपक लिम्बु, चाँद गजमेर, नरेन्द्र प्यासी, श्रवण घिमिरेको पाश्र्वगायन कर्णप्रिय छ । पटकथाअनुसार संगीत फिट छ । पटकथाको सेतुको रुपमा संगीत छ ।

ब्यापार : अफसिजनमा चलचित्र रिलिज गरेका छन् घिमिरेले । यो समयमा चलचित्रको कलेक्सन राम्रो हुन निकै गाह्रो पर्ने देखिन्छ । सबै वर्गका दर्शकका लागि फिल्म उपयुक्त छ तर आजको पुस्ताले चाहने फास्ट स्क्रिनप्ले, छोटा डायलग, इन्टरटेन स्टोरी फिल्ममा छैन । मनोरन्जन चाहनेलाई फिल्मले निराश तुल्याउन सक्छ । किनभने आजको पुस्ता थिएटरमा पसेपछि इन्टरटेनमेन्ट चाहन्छ, मष्तिष्कको थकान होइन । मल्टिप्लेक्स र सिङ्गल स्क्रिन दुवैमा चलचित्रको व्यापार कठिन पर्ने देखिन्छ । किनभने दसैंको उत्साहको बेला निर्देशकले 'गम्भीर' कथा लिएर आएका छन् ।
from: merocinema online

मनिषाले भनिन् 'नेपाली फिल्म बनाउँदै छु'



Tuesday, 21 September 2010 08:56 नागरिक
काठमाडौं, असोज ५ (नागरिक) - बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपाली फिल्म निर्माण गर्ने बताएकी छिन्। आफू स्कृप्टको काममा व्यस्त रहेको उनले नागरिकलाई जानकारी दिइन्। 'हातमा तीन स्कृप्ट छन्। कुन विषयमा बनाउने भन्ने निर्णय गरेकी छैन। 'अध्ययनको क्रममा छु,' उनले भनिन्। पहाड र तराईमा बस्ने नेपालीको नेपालीको कथामा फिल्म बनाउन उनी ईच्छुक छिन्। 'यस्तो विषयको फिल्म अन्तर्राष्ट्रिय फेष्टिभलमा जान सक्छ,' उनलाई विस्वास छ।
उनको अभिनय रहेको फिल्म 'आइ एम' रिलिजको तयारीमा छ। २० बर्षपछि नेपाली फिल्म 'धर्मा'मा देखिन लागेकी मनिषा यो फिल्मप्रति आशावादी छिन्। 'यो फिल्म धेरै युवाको सहभागिता छ। कार्यशैली हेर्देमा मलाई फिल्म राम्रो हुन्छ भन्ने लागेको छ,' उनले भनिन्।


अभिनेता राजेश हमाल र अभिनेत्री मनिषा कोइरालाको सहकार्यका कारण चर्चित फिल्म 'धर्मा'को गीत सार्बजनिक गरिएको छ। राजधानीमा सोमबार आयोजित कार्यक्रममा यो फिल्मका तीन गीत देखाइएको थियो।

यसअघि 'द युगदेखि युगसम्म' निर्देशन गरेका दिपेन्द्र के खनालले 'धर्मा' चर्चित कलाकारसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरे। 'राजेश र मनिषा जस्ता कलाकारलाई सँगै पर्दामा उतार्न पाउनु मेरो सौभाग्य हो,' कार्यक्रममा उनले भने।

फिल्मका निर्माता दुर्गा पोखरेलले नेपाली फिल्म क्षेत्र रमाइलो लागेको बताइन्। 'राजनीतिमा त झगडा मात्रै हुनथ्यो। फिल्ममा मेलमिलापमा काम हुँदो रहेछ,' उनले भनिन्,'अहिले मलाई यो क्षेत्रमा ढिलो प्रवेस गरें भन्ने लागिरहेको छ।' फिल्म 'धर्मा'लाई एक्सन प्रधान बनाउने जमर्को गरेको उनले बताइन्। 'एउटी हाउस वाईफ जागेपछि कतिसम्म उग्र हुन्छिन्, फिल्ममा देख्न पाईनेछ,' उनले भनिन्।

हरि लम्सालको संगीत रहेको यो फिल्लमा राजेशपायल राई र शोभा बञ्जाराको स्वर रहेको छ। यसमा निखिल उप्रेती, रेजिना उप्रेती, संयोग पखरेल र अनु शाहको समेत अभिनय रहेको छ। संञ्जय थापा, निर्माता पोखरेलले फिल्मको गीत लेखेका छन्।

इकु र गुरु हमाल


एकादेशमा राजेश हमाल भन्ने गुरु थिए । उनी जंगलमा तपस्या गरी बसेका थिए । जंगलको बीचोबीच उनको कुटी थियो । जीवनलाई बुझेर बुद्धत्व प्राप्त गर्न जंगल पसेका सहरका हमाललाई जंगली मानिस 'इकु'ले भेट्छ । 'इकु'सँग हमालको मित्रता हुन्छ ।  सञ्चिता लुइँटेलको प्रेममा निराश रमित ढुंगाना पनि जंगल छिर्छन् । उनले हमाललाई गुरु थाप्छन् । जब गुरु हमाललाई समस्या पर्छ, रमित र इकुले सघाउँछन् । रमितको प्रेमको समस्यामा पनि गुरु हमालको जुक्ति काम लाग्छ । गुरुका अर्का चेला राजबल्लभ  पनि छन् । उनी भने सुष्मा कार्कीको प्रेमजालमा परेर सहरमै बस्छन् । चलचित्रको अन्त्यमा सबै चेला एकजुट भएर गुरु हमाललाई गुरुदक्षिणा दिन्छन् । यो नै चलचित्र 'गुरुदक्षिणा'को कथासार होइन, तर चलचित्रको वेबसाइटमा भएको कथासार नपढी पोस्टर  हेरेको भरमा यसको कथा यस्तै हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ । चलचित्रको कथा जे-जस्तो भए पनि यसमा बालबालिकाका पि्रय चरित्र इकु अर्थात् सुलेमान शंकरलाई राजेश हमालसँग अभिनय गराइएको छ, त्यो पनि इकुकै भेषमा । 'इकुको चर्चित  चरित्रलाई दुरुस्तै उतारेर 'क्यास' गर्न खोजिएको हो ?' निर्माता प्रकाश पौडेल भन्छन्- 'जे भने पनि हुन्छ । हाम्रो कथामा एउटा जंगली मान्छेको भूमिका थियो । त्यसैले सुलेमानलाई खेलायौं ।'
source: saptahik

'उमेर मिल्ने केटी पाइएन'



सन्तोष पोखरेल, पोखरा, भदौ ९ - अढाइ सयको हाराहारीमा फिल्म खेलिसकेका अभिनेता राजेश हमाललाई पहिलोचोटि भेट्ने सबैले सोध्छन्, 'बिहे कहिले गर्ने? हमालको जवाफ पनि सहज आउँछ, 'बिहे गर्न भनेजस्तो केटी नै पाइएन।' पोखरामा भेटिएका हमालका लागि सञ्चारकर्मीको पहिलो प्रश्न पनि बिहेकै थियो। चर्चामा आउन उमेर घर्किसक्दा पनि बिहे नगरेको भन्ने चाहिँ उनी स्विकार्दैनन्। उनको एउटै गुनासो छ, 'केटीले पत्याएनन्।' 'बिहे गर्न कमसेकम एक जना केटीले त पत्याउनु पर्‍यो नि,' राजेश भन्छन्, 'उमेर मिल्ने केटी नै पाइएन।' केटीहरू १८ वर्ष हुनासाथ बिहे गर्ने भएकोले उनले रोजेको केटी नपाएको बताए।
उनले ४८ कटाइसकेका छन्। तर, आफू २१ औं शताब्दीको ४८ भए पनि २० औं शताब्दीको भने २८ वर्ष नै रहेको ठट्टा गर्छन्। 'मेरो बिहे गर्ने उमेर ढल्केको छैन,' उनी भन्छन्, '२१ औं शताब्दीको ४८ वर्षको भए पनि २० औं शताब्दीको त बल्ल २८ वर्षको भएँ, त्यसैले हतार छैन।'
उनले यसअघि पटकपटक वर्ष दिनभित्र बिहे हुनसक्छ भन्दै आएका थिए। त्यो बोली पूरा नहुनुमा केटीलाई नै दोष दिन्छन् उनी।
'केटीहरू माछा समाएसमाए जस्तै गर्दा फुत्किने रहेछन्, त्यसैले अहिलेसम्म पाएको छैन,' राजेशले भने, 'यसो केटी पाइन्छ कि भन्ने आशा भइरहँदा कुरा बिग्रिहाल्छ र फुत्किहाल्छ।'
बिहे गर्न खास उमेर नतोकिएकोले आफ्नो बिहे नभएको उनको अनुमान छ। 'विवाह यति नै उमेरमा गर्नु पर्छ भन्ने कुनै ग्रन्थमा लेखिएको छैन, त्यसैले गरौला नि कुनै दिन भने जस्तो हुन्छ,' राजेशले भने।
तपाईको विवाह गरिदिन विदेशी शक्ति नै चाहिएको हो? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले विदेशी शक्तिलाई अस्वीकार गरे। स्वदेशी शक्ति नै आफ्नो लागि भरिपूर्ण रहेको बताउँदै भने, 'मलाई त स्वदेशीमा विश्वास लाग्छ, स्वदेशी शक्ति नै बलियो हुन्छ।'
वासुदेव पोखरेलद्वारा निर्देशित फिल्म 'पल्टन' को सुटिङ गर्न पोखरा आएका राजेशले आफ्नो बिहेको पीडासँगै देशको राजनीतिक अवस्था पनि खोतल्न भ्याए। राजनीतिक अस्थिरताले नेपाली फिल्म क्षेत्र संकटमा परेको गुनासो उनले गरे। 'लालटिन लिएर प्रधानमन्त्री खोज्न जानु पर्ने समय देशमा आएको छ,' राजेशको गुनासो थियो, 'राजनीतिक अस्थिरताले देश संकटमा परिसक्यो।'
राजनीति सुचारु नहुँदाको मारमा आफुसमेत परेको उनले बताए। 'राजनीतिक स्थिरता हुने हो भने सिनेमाको प्रगति आफै हुन्छ, राज्यले केही गर्नुपर्दैन,' राजेशले भने, 'राजनीति डामाडोल हुँदा सबैको चासो त्यतैतिर गएको हो।'
प्रसंग फेरि राजनीतिबाट बिहेमा फर्कियो। यथार्थमा दुलही नभेटिए पनि फिल्ममा भने धेरै हिरोइनहरू उनका दुलही बनिसकेका छन्। उनको फिल्मी बिहे थुप्रैपटक भइसकेको छ।
अभिनयका क्रममा उनले गरेको बिहेको लेखाजोखा नै छैन। 'फिल्ममा त बिहे कति गरियो गरियो,' उनले भने, 'साँच्चैको बिहेमात्र पो नजुरेको हो।'
फिल्ममा हिरोइनसँग थुप्रैपटक बिहे गरेको अनुभव उनीसँग छ। 'दुईपटक त तृप्तीजी सँग पनि बिहे भइसक्यो क्यार, छेउमै रहेकी अभिनेत्री तृप्ती नाडकरलाई देखाउँदै उनले भने, अरू हिरोइनसँग पनि थुपै्रपटक बिहे गरिसके।'
source:nagariknews.com

ताइची गुरु हमाल


ज्याकी च्याङका पुराना चलचित्रमा झैं देखिएका छन्— राजेश हमाल । चाइनिज कुङ्फुका गुरुको अनौठो गेटअपमा राजेश हमाललाई झट्ट चिनिँदैनन् । चलचित्रका निर्माता तथा नायक भोजबहादुर गुरुङको भनाइमा राजेश हमाल चलचित्र साहसीका नायक होइनन्, महानायक हुन् । उनी कसरी महानायक भए भन्ने कुरा सार्वजनिक हुने तरखरमा रहेको चलचित्र हेरेपछि प्रस्ट हुने गुरुङ बताउँछन् । भोजबहादुर आफैं पनि मार्शल आर्टका खेलाडी हुन् । चलचित्रका खलनायक ज्याक गुरु मार्शल आर्टको एउटा विधा ताइचीका प्रशिक्षक भएकाले हमाललाई उनले नै खेलको काता सिकाएका छन् अनि त्यसलाई फिल्मी स्टाइल दिएका छन्— द्वन्द्वनिर्देशक योगेन्द्र श्रेष्ठले । गुरुङका अनुसार हमालले चलचित्रको छायांकनमा कमाल गरेछन् । उनले दत्तचित्त भएर ताइचीको काता सिकेछन् । राजेशले चलचित्रका द्वन्द्व दृश्यमा देखाएको काता ताइची खेलाडीले देखाएजत्तिकै स्पष्ट भएको दाबी गुरुङको छ । साँच्चै नै हमालले कमाल गरेछन् कि क्या हो ?
 
-ekantipur.com/saptahik