Your Ad Here
Showing posts with label saharukh khan. Show all posts
Showing posts with label saharukh khan. Show all posts

२ अर्ब ९ करोड कमाइसकेको 'माइ नेम इज खान' अझै कमाउँदै



मुम्बई, भदौ १३ - गत फेब्रुअरीमा रिलिज भएको फिल्म माइ नेम इज खानले भारतमा १ सय १० करोड र विदेशमा ९९ करोड रुपैयाँ कमाएको छ। फिल्मको यो कमाई अझै थपिँदैछ। ४ युरोपेली भाषाहरु स्पेनिस, जर्मनी, रसियन र इटालियन भाषामा समेत रिलिज भएको यो सिनेमाको ४ सय २४ प्रिन्ट युरोपमा मात्र वितरण भएको थियो। यो संख्या हलिउडको युरोपमा रिलिज हुने कुनै पनि फिल्म भन्दा बढी भएको बताइन्छ।


फक्स स्टार स्टुडियोको आधिकारिक वक्तव्य अनुसार अमेरिका, बेलायत, मध्यपूर्व र अष्ट्रेलियामा फिल्म सर्वाधिक सफल भएको छ। युरोपमा मात्र फिल्मले ५६ लाख डलर कमाएको छ। माइ नेम इज खान अहिले पनि जर्मनीका हलहरुमा प्रदर्शन भइरहेको छ। यो फिल्म सेप्टेम्बरमा रसियामा र नोभेम्बरमा इटालीमा रिलिज हुँदैछ। यी दुई देशमा १०० भन्दा बढी प्रिन्ट पठाइने बताइएको छ।

फक्स स्टार स्टुडियोले नयाँ बजारको सम्भावना देखाउन सकेको छ, फिल्मबाट। मध्यपूर्व, पाकिस्तान, श्रीलंका, इन्डोनेसिया, सिंगापुर, मलेसिया, इजिप्ट, लेवनन, जोर्डन, सिरिया, दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकमा बलिउडको सबैभन्दा कमाउने फिल्म बनेको छ, माइ नेम इज खान। प्योट्रोरिको, सिरिया, लेबनान, जोर्डन, इजिप्ट, ताइवान, इटाली, स्पेन र रसियाजस्ता मुलुकमा यो भारतको पहिलो रिलिज पनि बन्न सफल भएको छ। -एजेन्सी