Your Ad Here
Showing posts with label singer. Show all posts
Showing posts with label singer. Show all posts

तीन वर्ष मै गीत गाउने बालिका (गीतको अडियोसहित)

 




रुबी रौनियार, काठमाडौं, साउन ३- उज्यालो स्टेजमा तीन वर्षकी अतिथि गौतम केसीले जब माइक समातेर गाउन थालिन्, उपस्थित सबै दर्शक चकित परे।
अतिथिले राष्ट्रगानलाई लय र स्वर मिलाएर आइतबार नेपाल पर्यटन बोर्डमा गाइरहँदा नेपाल संगीतनाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङ समेत मन्त्रमुग्ध बनेका थिए।
अतिथिले दोस्रो गीत ‘जस्तो बसायो उस्तै बस्छ मानिसको बानी, बानी भित्र बसेको हुन्छ सुख र दुःखको खानी' गाउँदा हल दर्शकको थपडीले गुन्जियो।
उनको उमेरका अन्य बच्चाले राम्ररी बोल्नसम्म सक्दैनन्, तर अतिथिले स्टेजमा लगातार तीनवटा गीत प्रत्यक्ष संगीतमा गाउँदा उपस्थित दर्शक भावुक बनेका थिए। दर्शकका आँखामा खुशीको आँसुसमेत देखियो। गीत सक्नासाथ अम्बर गुरुङले अतिथिलाई काखमा उचालेका थिए। गुरुङले अतिथि विश्वकै कान्छी गायिका बन्नसक्ने आधार बलियो भएको गर्वसाथ भने।
‘मेरो संगीत क्षेत्रमा ६० वर्षको लामो यात्रामा सबैभन्दा आश्चर्य र गर्व लागेको क्षण यही हो,' गुरुङले भने, ‘नयाँ पुस्ता र पुरानो पुस्ताको मिलनको दिन पनि आजै साबित भएको छ।' अतिथिले ईश्वरप्रद्धत तरिकाबाट गीत गाएको उनको धारणा छ।
कार्यक्रममा अम्बरले अतिथिको गीति एल्बम ‘अतिथि' पनि विमोचन गरिदिए। दुई वर्षको सानै उमेरदेखि गीत गाउन थालेकी अतिथिले तीन वर्षकै उमेरमा गीति एल्बम निकालेपछि संसारकै कान्छी गायिकाको उपाधि पाउने सम्भावना बढेको हो ।
अक्षर राम्ररी चिन्न नसक्ने अतिथिले गीतका शब्दहरू स्मरण गरेर गाउने गरेकी छिन्। उनको यही कला देखेपछि अन्तर्राष्ट्रिय स्तरमा यस्तो अदभूत बालिकाको क्षमता चिनाउन अर्बिट पब्लिसरले पहल गरेको छ।
अर्बिट पब्लिसरको सक्रियतामा तयार पारिएको ‘अतिथि' एल्बममा नौवटा गीत समावेश छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि अतिथिका सबै कागजपत्र र प्रक्रिया अगाडि बढाइसकेको अतिथिका बुबा उद्धव केसीले जानकारी दिए।
विश्वको रेकर्ड हेर्दा हालसम्म रोमानियाकी चार वर्षीया बालिका क्लियोपेट्राले गीत गाएको फेला परेको छ। ठूलो संख्यामा दर्शकहरु सामु लाइभ दुई घण्टा गीत गाउने, बढी कमाउने कम उमेरकी कलाकार र सानो उमेरमा एमटिभी अवार्ड पाउने अनि रोमानियामा नम्बर १ हिट गीत बन्न सफल सानो उमेरकी गायिकाको कीर्तिमान उनको नाममा छ। सन् २००२ मा जन्मिएकी उनले चार वर्षको उमेरमा La vârsta de trei ani ("तीन वर्षको उमेरमा") शीर्षकको गीति एल्बम निकालेकी थिइन्। हालसम्म उनले तीन वटा एल्बम निकालिसकेकी छिन्।
nagariknews.com