
मनीषा कोइराला र सम्राट दाहाल।
सम्राट नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) ब्याङ्कको केन्द्रीय कार्यालय बागबजारमा कार्यरत छन्।
आज प्रकाशित दि हिमालयन टाइम्सले जनाएअनुसार, बिहेको छिनोफानो सोमबार भएको हो। पुरोहितहरुले असार ३ गते स्वयंवर, ४ गते मेहन्दी र १९ गते विवाहको साइत जुराएका छन्। यद्यपि, पत्रिकाका अनुसार यसको औपचारिक घोषणा भने भएको छैन।
मनीषा र सम्राटको अफेयर धेरै वर्षअघिदेखि चलेको भए पनि तीन हप्ताअघि मात्रै मनीषाले सम्राटसितै जीवन बिताउने निधो गरेकी थिइन्। मनीषाका पितालाई उद्धृत गर्दै टाइम्सले लेखेको छ- उनी सुशिक्षित छन् र राम्रो पारिवारिक पृष्ठभूमिका हुन्, म उनलाई मन पराउँछु र छोरीको निर्णयको सम्मान गर्छु'

फेसबुकमा मनीषा-सम्राट
मनीषाको फिल्म क्षेत्रमा प्रवेश नेपाली चलचित्र फेरि भेटौँलाबाट भएको थियो। त्यसपछि उनले सौदागरमार्फत् बलिउडमा ब्रेक पाइन्। विधुविनोद चोपडाको निर्देशनमा बनेको १९४२: अ लभ स्टोरीले उनको अभिनय करिअरलाई अझ उठाएको थियो। पछिल्ला दिनमा भने उनको खासै चर्चा बलिउडमा छैन।
source: www.nagariknews.com