
इक्वेल्सले शनिबार फन पार्कमा आफ्नो लाइभ कार्यक्रम प्रस्तुत गर्यो, जसलाई मुक्ति एन्ड रिभाइभल्स र १९७४ एडीले साथ दिए। यसअघि ब्यान्डको छनोट गर्ने जिम्मा पाएको, हाउस अफ इनोभेन्टले। नेपाल म्युजिक सेन्टरमा भएको प्रतिस्पर्धामा फाइनल पुगेका पाँच समूहबाट इक्वेल्सलाई छानेको थियो। उनीहरूले प्रतिस्पर्धामा अंग्रेजी गीत प्रस्तुत गर्दैछन्।
रक ब्यान्ड इक्वेल्ससँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अर्जेन्टिना, जर्मनी, हंगेरी, क्यानाडा, अमेरिका र भेनेज्युएला लगायत २० देशका उत्कृष्ट ब्यान्ड भिड्दैछन्। प्रतिस्पर्धाको फाइनल मंगलबार हुनेछ। विजयी समूहले १ लाख डलर र विश्व भ्रमणको अवसर पाउनेछ।
source: nagariknews.com