
भर्खर अष्ट्रेलियाको हर्सवेलमा ४ दिनसम्म 'कहाँ भेटिएला' को शो सिध्याएर नेपाल फर्केकी श्वेता अन्तराष्ट्रिय व्यापारिक संस्था एमआरएसमा कार्यरत समेत रहेकी छिन्। आफ्नै लगानीमा स्थापना गरिएको एमआरएस् स्थापना गनु अघि उनी अन्तराष्ट्रिय निमार्ण सम्बन्धी सामान सप्लाई गर्ने कम्पनीमा ६ वर्ष बिताइसकेकी छन्। 'हाम्रो कम्पनीले नेपाली बजारमा जर्मनी कम्पनीको निमार्णको सामान बिक्री गर्छ। ' व्यापारिक रूपमा उनले भनिन्। उनको काम भनेको चाँही सर्व कन्ट्रयाक्टर जस्तै रहेछ। 'क्याइन्ट डिलिङ' उनको जिम्मेवारी रहेछ। 'ग्राहकलाई सहजै मनाउन ग्राहो छ। 'उनी दावी गर्छिन,यस क्षेत्रमा कम महिलाहरू देखिएका छन्। जटिल काम र अफ्ठ्यारो स्थितिमा पनि काम गनुपर्ने भएकोले त्यति महिलाहरू यस क्षेत्रमा नआएका होलान्। सानैदेखि व्यापारमा इच्छा भएको हुनाले यसमै लागेकी छन्।
उनको पछिल्लो फिल्म 'हाँसी देऊ एकफेर' रिलिज हुने क्रममा रहेको छ। 'दोस्रो वर्षमा अध्ययन गर्दा खेर यस फिल्म खेलेकी हुँ। त्योपनि प्रोटक्सनले करै लगाएपछि।' तपाई नेपाली फिल्म नखेल्ने मानसिकतामा हो भनि गरेको प्रश्नमा उनले भनिन्, पढाइ र काममा व्यस्त छुँ। फुर्सद मिलेकै छैन्। सानैमा पनि धेरै नेपाली फिल्म हेर्ने श्वेता, आफ्ना ढाडको समस्या लिइए एरोबिक सिक्न जादाँ फिल्म खेल्ने अवसर पाएको उनले बताइन्। व्यापारमा मलाई व्यापारीको रूपमा चिन्छन्।
फिल्ममा सबै दर्शकले अभिनेत्रीको रूपमा चिन्छन्। आफ्नो अनुभव सुनाउदै उनले भनिन्, दुवै मेरा लागि महत्वपूर्ण छन्। व्यापारले मलाई प्रोफेसन लाइफमा खुसी पार्छ, फिल्मले मेरो पर्शनल लाइफलाई खुसी बनाउछ। 'बरू दुवैलाई मिलाएर लान्छु होला।' दशै लगत्तै उनी अर्को फिल्म खेल्ने कन्ट्रयाक गरिसकेकी छिन्।