Your Ad Here

अर्जेन्टिना र दक्षिण कोरिया दोस्रो चरणमा


 
बुधबार बिहान सकिएको खेलको परिणामसँगै अर्जेन्टिना र दक्षिण कोरिया विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ। अर्जेन्टिनाले ग्रीसलाई २-० ले पराजित गरेको थियो। अर्को खेलमा दक्षिण कोरिया र नाइजेरियाले २-२ गोलको बराबरी खेलेको थियो।
अर्जेन्टिनाले समूह चरणमा तीन वटै खेल जितेर नौ अंकका साथ समूह बी प्रथम भएर दोस्रो चरणमा प्रवेश गरेको छ भने दक्षिण कोरिया तीन खेलमा एकमा विजयी, एकमा बराबरी र एक पराजय गरी ४ अंकका साथ समूह दोस्रो भई दोस्रो चरणमा पुगेको हो। दोस्रो चरणको खेलमा अर्जेन्टिनाले मेक्सिकोसँग आगामी सोमबार खेल्नेछ भने दक्षिण कोरिया र उरुग्वेबीच शनिबार खेल हुँदैछ।
यसअघि मंगलबार राति भएको खेलमा फ्रान्सलाई २-१ ले पराजित गरे पनि त्यो आयोजक दक्षिण अफ्रिकालाई दोस्रो चरणमा पुर्‍याउन पर्याप्त हुन सकेन। अर्को खेलमा उरुग्वेले मेक्सिकोलाई १-० ले पराजित गरे पछि विश्वकप २०१० मा आयोजक राष्ट्र पहिलो चरणबाटै आउट भएको पहिलो रेकर्ड बस्न पुगेको छ।
समूह एमा प्रथम भएर उरुग्वे र दोस्रो भएर मेक्सिको दोस्रो चरणमा प्रवेश गरेको छ। यो समूहमा दक्षिण अफ्रिका र फ्रान्स बाहिरिएका छन्।