िसर्जना दुवाल श्रेष्७
कहिलेकाहीँ सुषमा राणालाई आफू गीत गाउनै जन्मिएकी हुँ कि जस्तो लाग्छ । उनलाई गीत गाउँदा जस्तो रमाइलो केही लाग्दैन । सानैदेखि घरमा रेडियो बोकेर गीत सुन्ने सुषमाले १०-११ वर्षकै उमेरदेखि गाउन थालिन् । लता मङेसकर, तारादेवी एवं अरुणा लामाका गीत गुनगुनाउने सुषमा साथीभाइ एवं दिदी-बहिनीहरूले तिम्रो स्वर राम्रो छ, तिमीले गाउनुपर्छ भनेकाले आफूले संगीत छोड्न नसकेको बताउँछिन् । रोमान्टिक एवं सेन्टिमेन्टल गीत गाउन र सुन्न रुचाउने सुषमालाई ँतिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें गीत निकै मनपर्छ ।
सुषमाको विवाह कलेज पढ्दापढ्दै भयो । विवाह गरेको एक वर्षभित्रै छोरा जन्मिएकाले उनले संगीत यात्रालाई चाहेर पनि निरन्तरता दिन सकिनन् । यद्यपि उनी घरको क्याराओकेमा भने जमिरहिन् । सुषमाले घरमा गाएको सुन्ने क्रममै श्रीमान् विकास राणालाई उनको स्वर बाहिर ल्याउनुपर्छ भन्ने महसुस भयो । श्रीमान्को प्रेरणा पाएपछि उनी संगीत सिक्न चन्दन श्रेष्ठकहाँ पुगिन् । गुरुले पनि स्वर एवं सुर राम्रो छ भनेपछि उनले आधा दर्जन नेवारी र आधा दर्जन नेपाली गीत रेकर्ड गराइन् । उनका नेवारी गीत प्रायः छंगु पो यव् धाय्गु र स्वयम्भुया भगवान् बुद्धया चर्चामा रहे जुन गीत विहारहरूमा खुबै बज्छन् । यद्यपि घरपरिवारका कारण उनले त्यतिबेला संगीतलाई निरन्तरता दिन सकिनन् ।
सुषमाले अहिले १० वर्षे विश्रामको अन्त्य गर्दै श्रीमान्सँग मिलेर ँलुकेर लाएको माया’ एल्बम बजारमा ल्याएकी छिन् । आलोकश्रीको संगीत रहेको उक्त एल्बम गत वर्षको हिट एल्बम साबित भएको छ । नयाँ गीतको कम्पोजिसन भैरहेको र छिट्टै नयाँ एल्बम निकाल्ने तयारीमा रहेको उनले बताइन् । सुषमा हरेक प्रकारको गीत गाउन सके पनि आधुनिक गायनमा रमाउने बताउँछिन् । बिहान नियमित हार्मोनियममा रियाज गर्ने सुषमा हरेक साँझ परिवारको जमघटमा जम्छिन् । उनी आधुनिक गायनमा छुट्टै पहिचान बनाउने चाहना बोकेर संगीत साधनामा लागेकी छिन् ।