Your Ad Here

हलमा लाग्नुअघि नै पिपली लाइभको लगानी उठ्यो



मुम्बई, साउन २६ -न कुनै ठूला कलाकार, न त ठूलो लगानी नै। आउँदो शुक्रबार रिलिज हुने बलिउडको पिप्ली लाइभले सिनेमाघरमा दर्शक छिर्नु अघि नै लगानी उठाइसकेको छ। आमिर खानले निर्माण गरेको यो फिल्म 'आमिर खान ब्रान्ड'का कारण चर्चामा छ भने लगानी उठिसकेपछि अब जति टिकेट काटिन्छ उति फिल्मको कमाई! बलिउड हङ्गामाले त उनको कमाइलाई त 'उपरवाला जव देता हे तो छप्पर फाडके' समेत भनेको छ। तर फिल्मको लगानी कति र कति रकम उठेको भन्ने समाचारमा खुलाइएको छैन।

पिपली लाइभको जोडतोडले प्रवर्द्धन गरिरहेका आमिरले यो सिनेमामा कुनै सिनेमामा नदेखिएका पात्रलाई 'हिरो' बनाएका छन्। स्याटेलाइट अधिकार बिक्री तथा ओभरसिज आम्दानी तथा म्युजिकको कमाइले यो फिल्म बनाउन लागेको खर्च उठेको छ। अबको आम्दानी भने उनको नाफामात्र रहनेछ। 
nagariknews.com