Your Ad Here

आजदेखि 'कोही मेरो'



काठमाडौं, भदौ ११ (नागरिक) - निर्देशक आलोक नेमवाङले आफ्नो फिल्म 'कोही मेरो' ड्रामा र कोलाहलबाट मुक्त रहेको बताएका छन्। 'अहिलेका नेपाली फिल्ममा जस्तो एक्सन र लाउडनेस यो फिल्ममा छैन, राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने। फिल्मलाई सरल र रमाइलो बनाउने प्रयास गरेको उनले जानकारी दिए।
शुक्रबारदेखि देशभर रिलिज हुने 'कोही मेरो'को पत्रकार सम्मेलनमा हिरो आर्यन सिग्देलले निकै आशा गरेको फिल्मको रुपमा यसको चर्चा गरे। 'फिल्म युनिटका सबै हसिला थिए। त्यो फ्रेसनेस फिल्ममा पनि देखिनेछ,' उनले भने,'यो फिल्म रिलिज हुनै लाग्दा उमंग, उत्साह र डर तीनै थोक उब्जिएको छ।'
  ६ वर्षपछि अभिनय गर्नुपर्दा धेरै नर्भस भएको सुनाइन् हिरोइन झरना बज्राचार्यले। उनले यो फिल्मको सुटिङमा पहिलो फिल्म खेल्दा जस्तो अनुभव गरेको उल्लेख गरिन्। 'यो फिल्मको चर्चासँगै अफर बढ्न थालेको छ। तर, म छानेर मात्र फिल्म खेल्ने पक्षमा छु' उनले भनिन्।
मुभिज डटकमको प्रस्तुतिमा निर्मण भएको यो फिल्ममा संचिता लुइँटेल र सुभास थापाको समेत अभिनय रहेको हो। यसमा प्रविण अधिकारीको स्क्रिप्ट र राजु थापाको छायांकन रहेको छ।
source: nagariknews.com