मेरो सिनेमा ५ असोज २०६७,
'हामी नयाँ व्यवस्थापनका साथ आउँदैछौं' च्यानलका प्रमुख कार्यकारी निर्माता सुमितप्रताप जबराले मेरो सिनेमासँग भने 'मेरो नेतृत्वमा च्यानल नेपाललाई नयाँ शिराबाट प्रसारण गर्न लागेका हौं ।' हरेक टेलिभिजनलाई पुरानो पुस्ताले मात्र अगुवाइ गरेकाले भिन्न सन्देश दिन च्यानललाई आफूले लिड गरेको सुमित बताउँछन् । १२ जना नयाँ भिजे, एङ्कर र प्रोड्यसरहरु च्यानललाई पुनः नेपाली आकाशमा लैजान तम्तयार छन् ।
प्रारम्भमा च्यानललाई मनोरन्जनमैत्री तुल्याइने भएको छ । 'सुरुका दिनमा मनोरन्जन हाम्रो प्राथमिकता हो' सुमितले भने 'क्रमशः समाचार र अन्य विधाका प्रोग्राम पस्कँदै लैजानेछौं ।' कुनैबेला नेपाली टेलिभिजनपटमा भिन्न पहिचान बनाइसकेको च्यानललाई 'कमब्याक' गराउन पाउँदा भिजेहरु पनि खुशि छन् । 'निकै उत्साहित छु' हट्पप कार्यक्रम भिजे युपी पौडेलले भनिन् 'च्यानललाई नम्बर वान बनाउने हाम्रो संकल्प हो ।'