Your Ad Here

डाक्टर मह




रुबी रौनियार, काठमाडौं, असोज १२ - 'डा. हरिबंश आचार्य!' कार्यक्रम संचालकको संवोधनले कलाकार हरिबंश आचार्यलाई एकछिन अकमक्क बनायो। 'ओहो बहिनी मलाई जिन्दगीमा प्रथम पटक डक्टर भनेर बोलाएकोमा धन्यबाद,' हास्दै हरिवंसले भने 'सुटिङमा मात्र डाक्टर बनेको थिएँ। आज पनि कता कता सुटिङ जस्तै लाग्यो।'
 
रातो गाउन र टोपीमा देखिएका आचार्यले आफूलाई पुजारी जस्तो लागेको बताए। 'यो लुगामा त मलाई दशैंको पुजारी जस्तो पो लाग्यो,' उपाधी पाए लगत्तै उनले भने, 'बाउले पढेर डक्टर बन भन्थे। यो सोह्र श्राद्धको समयमा छोरो डक्टर भएको थाह पाएर बुवा स्वर्गमा दंग परे होलान्।'
कार्यक्रममा उनले आफ्नो छोराले ग्रेजुएट गर्दाको मेहनत सम्झिए। 'उसले अमेरिकामा कति मिहिनेत गरेर पढ्दा बल्ल ग्रेजुएट भयो। म भने लन्ठ्याङ लुन्ठ्याङ गर्दै डक्टर भएँ। अब फेसबुकमा फोटो राखेर छोरोलाई पठाउँछु।'

अर्का कलाकार मदनकृष्ण श्रेष्ठले पढेर भन्दा परेर विद्यावरिधी हासिल गर्न मुस्किल परेको सुनाए। 'सरसती पढेर दुइ चार वर्षमै पाउने उपाधि पाउन हामीलाई ४० वर्ष लाग्यो,' श्रेष्ठले भने 'शिक्षा , स्वास्थ्य र प्रजातन्त्र क्षेत्रमा हामीले पुर्याएको योगदानलाई कदर गर्दै विदेशी विश्विद्यायले पहिलो पल्ट प्रदान गरेको यो उपाधिलाई कोठामा सजाएर राख्ने छु।'
ग्रिनफोर्ड विश्वविद्यालयले कलाकारिता मार्फत समाजिक कार्यमा योगदान पुर्‍याए वापत मह जोडीलाई विद्यावारिधी प्रदान गरेको हो। राजधानीमा सोमबार आयोजित कार्यक्रममा सेन्ट्रल अमेरिका स्थित यो विश्वविद्यालयले राजनिती , समाजिक, आर्थिक र कला क्षेत्रमा योगदान पुर्‍याउनेलाई उपाधी व्रदान गरेको थियो।
उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम ( लोकतान्त्रिकका ) का अध्यक्ष विजय कुमार गच्छदार, एमाले नेता केपी शर्मा ओली, श्रीलंकाका सभासद टीएमए उलुमुदेन ( अनवर ) र भारतका एमएम विश्वविद्यालयका कुलपती तारसेन कुमार गार्ग, सिङगापुरका भिटी थियागा राजन र मलेसियाका सिलिकन कलेज अफ टेक्नोलोजीका निर्देशक कुमार घोसलाई उद्योग विद्यावारिधीको उपाधी प्रदान गरिएको थियो।
from: nagariknewsonline