नयाँ दिल्ली, भदौ २७ - बलिउडको सर्वाधिक सफल फिल्म थ्री इडियटले बनाएको रेकर्डलाई सलमान खानको दवङ्ले उछिनेको छ। 'मसला मुभी' दवङले सुरुको दिन नै भारतीय सिनेमा हलहरुबाट १४ करोड रुपैयाँ कमाउन सक्यो। ब्लकवस्टर थ्री इडियटको पहिलो दिनको कमाई १३ करोड रुपैयाँ थियो। पहिलो दिन यो फिल्म सिंगल स्क्रिन तथा मल्टप्लेक्समा 'हाउसफूल' थियो। बलिउड हङ्गामाले त सिनेमा हलमा सिठी र तालीको वर्षा वारम्वार भइरहेको समेत जनाएको छ। यो सिनेमाले भारतका १ हजार ५ सय ८४ हलहरुमा कब्जा जमाएको छ। यो भारतमा अहिलेसम्मकै ठूलो रिलज हो। फिल्ममा सलमान खानको जोडीका रुपमा सत्रुध्न सिन्हाकी छोरी सोनाक्षीलाई देख्न पाइनेछ।
२०१० मा अहिलेसम्म अर्जुन रामपालको वी आर फेमिलीले सबैभन्दा ठूलो कारोबार गरेको थियो। उक्त फिल्मलाई समीक्षकहरुले औषत बताएपनि रिलिजको पहिलो दिन १० करोड ५० लाख रुपैयाँ संकलन गर्न सकेको थियो।
२०१० मा अहिलेसम्म अर्जुन रामपालको वी आर फेमिलीले सबैभन्दा ठूलो कारोबार गरेको थियो। उक्त फिल्मलाई समीक्षकहरुले औषत बताएपनि रिलिजको पहिलो दिन १० करोड ५० लाख रुपैयाँ संकलन गर्न सकेको थियो।
source:nagariknews.com