स्मृति ढुंगाना-स्टाइल र फेसनको समायोजन मानिने 'नागरिक स्टाइल कार्निभल' यसवर्ष पनि आयोजना गरियो।
गत वर्ष भन्दा फरक र स्टाइलिष्ट कलेक्सन समावेश गरिएको कार्निभलको सुरूको सेसनमा ४ सिक्वेन्स राखिएको थियो। जिन्स र ढाकाको समायोजन रहेको 'फ्युजन फेन्टासी'को कलेक्सनहरू उत्कृष्ठ रहेका थिए। पूर्वी र पश्चिमी शैलीको संयोजन रहेको फ्युजन फेन्टासीमा ढाका गुन्योलाई पश्चिमा टाउन गर्ल लुक्समा प्रस्तुत गरियो।
'नेपाली कपडा ढाकाको बजार बढाउन यसले सहयोग गर्ने छ,' कार्यक्रमकी संयोजक रितु श्रेष्ठले भनिन्। 'स्मुथ र्याम्पिङ्' मा भने स्टाइलिस्ट गाउनहरू समेटिएको थियो। सिफन र फाइवर प्रयोग गरिएको गाउनको सजावट उत्कृष्ट थियो। फूलको बुट्टालाई धेरै प्रयोग गरिएको थियो। 'इन्सिपरेसन' कलेक्सन र कन्सेप्टमा उत्कृष्ठ ठहरियो। पहिलोपटक र्यापमा हिडेका ह्वेलचियर मोडलहरू कसैको खुट्टा कामिरहेको थियो। कोही अरूका लागि हौसलाका पात्र बनिरहेका थिए। डे्रस कलेक्सनको हिसावमा पनि यो कन्सेप्ट उत्कृष्ट रह्यो। औपचारिक ड्रेसलाई यो सिक्वेन्स अन्तरगत प्रस्तुत गरियो। 'इलुजन विथ ब्ल्याक एण्ड ह्वाइट'मा चियरको फोटोसट पोज राम्रो रह्यो।
नमुना कलेज अफ फेसन टेक्नोलोजीका छैठौ व्याचका २२ विद्यार्थीले दोस्रो सेसनमा आफूले तयार गरेका डिजाइन प्रस्तुत गरे। कटन, सिफन, नेपाली कागज, जर्जेट, क्रेप र फ्रेब्रिककाबाट तयार गरिएका २२ वटा कलेक्सन कार्यक्रममा प्रस्तुत गरियो। कार्यक्रममा इन्सिपरेसन, गाउन, अप्टिकल इलुजन, फ्युजन र क्रियटिभ लगायत पहिरन प्रस्तुत गरियो। कार्यक्रममा पिंक, सेतो, कालो र निलो रंग धेरै प्रयोगमा ल्याइएको थियो।
'रंगको प्रयोगले पहिरनलाई आकर्षक बनाउँछ,' रितुले भनिन्। कार्यक्रममा अनु केसीको 'मेजरमेन्ट', बिनु श्रेष्ठको 'ड्रिम अफ ग्राडेन', कुसुम थापाको 'एन्जल भर्सेस डेभिल, 'सृष्टि सिल्पकारको 'सेलिब्रेटिङ सिजन अफ लाइट', इन्द्रलक्ष्मी आचार्यको 'एब्ट्रयाक्ट लाइफ', अमितेश कर्णको 'सेभ आवर क्रियचर' अनुशा श्रेष्ठ, बबिता लामाको 'वोसियन लाइफ', बिनु प्रजापतिको 'आँखीझ्याल', छोटी शेर्पाको 'भिक्ट्री', दीपा पाण्डेको 'लाइ इन्लाइटमेन्ट', ज्वाला राईको 'गर्ड अफ डेट' कुसुम तकदार, कुसुम लिम्बुको 'ह्युमन बन्डिङ', मैना राईको 'सेलिब्रेटीङ् होप', नबिना महर्जनको 'वान वर्ल्ड वान क्रियचर', नबिना रानाको 'इन्ट्यांगल इन नम्स', रितु श्रेष्ठको 'फेम अफ गड', समता धाख्वाको 'सिम्वोल अफ प्युरिटी', सुभेक्षा थापाको 'क्वुन', प्रिती खड्काको 'लाइफ' र नमिता घिमिरको 'इन्यान्डेट बाइ म्युजिक' प्रस्तुत गरियो।
नेपाल रिपब्लिक मिडियाका निर्देशक शोभा ज्ञवाली, निलिम फेसनकी प्रोपराइटर निलिमा शर्मा, किरणप्रकाश साख, छोटेलाल रौनियार, फेबुलस बुटिककी अनु श्रेष्ठ र फ्रान्सेली सांस्कृतिक केन्द्रकी एलिज तासा जज प्यानलमा रहेका थिए। कार्यक्रमको क्रोरियोग्राफी रोजिन शाक्यले गरेका थिए। यो 'जर्नी अफ फेसनको दोस्रो संस्करण हो।

एउटा फरक प्रस्तुति
फेसन प्रदर्शनका लागि मोडलहरू टकटक र्याम्पमा हिडेको देखिँएकै हो। सोल्टी होटलमा आयोजित 'नागरिक स्टाइल कार्निभल २०१०'मा भने ह्वीलचेयरमा भिन्न शारीरिक क्षमताका मोडलहरूले आकर्षक पोशाक प्रदर्शन गरे।
धन्य, स्पाइनल इन्जुरी सुधार केन्द्रका आठजना मोडलहरू। उनीहरूले फेसन पारखीहरूको मन जीते। रंगीचङ्गी पोशाक र प्रकाशबीच प्रस्तुत यी मोडलहरूको सम्मानमा दर्शक तथा जजहरूले उठेर उनीहरूलाई सम्मान दिएका थिए। यो बेला उनीहरूको अनुहार सन्तुष्टी र सम्मानले उज्यालिएको थियो।
२९ वर्षीय नवराज भण्डारा र्याम्पमा पहिलो पटक हिड्दै थिए। 'मेरो लागि यो नौलो अनुभव हो,' उनले भने, 'यसले मलाई आइपरेको शारीरिक अपांगतासँग लड्न हौसला दिएको छ।'
पेशाले ड्राइभर भण्डाराले छ महिनाअघि भएको बस दुर्घटना आफ्ना खुट्टा गुमाएपछि डेढ महिनादेखि केन्द्रमा आवद्ध भएका हुन्। 'जिन्दगीमा अरूलाई हौसला दिन जति सहज हुन्छ,' उनले आफ्नो अतित सम्झँदै भने, 'त्यतिनै कठिन उसको जीवन बाच्नु पर्दा हुँदो रहेछ।'
अर्की मोडल अमृता ज्ञवालीका निम्ति यो पहिलो अनुभव होइन्। 'मोडल हुन क्याटवाक गर्नै पर्दैन रहेछ,' पहिलोपटक फोटो सेसन गर्दाको अनुभव स्मरण गर्दै उनले भनिन्। 'आटँ र आफूमा भरोषा भए जीवनको अफ्ठ्यारोसँग सहजै जीत हात पार्न सकिन्छ,' मोडल गीता लिम्बुले भनिन्।
गीता लिम्बु, छिरी शेर्पा, लक्ष्मी कुँबर, सरिता कोइराला, नवराज भण्डारा, गणेश अवस्थी, यमी मगर र अमृता ज्ञवाली गरी ८ स्पाइनल इन्जुरी भएका मोडलहरूले र्याम्पमा झण्डै १० मिनेट बिताए। उनीहरूले र्याम्पमा ह्वीलचेयर घुमाइरहेका बेला नेपाली लोकप्रिय धुनले माहौललाई भावपूर्ण बनाएको थियो। कार्यक्रमको 'इन्स्पीरेसन' सिक्वेन्स अन्तरगत उनीहरूलाई नमुना कलेज अफ फेसन टेक्नोलोजिले र्याम्पमा हिँडाएको थियो। गणेश अवस्थीले र्याम्पमा ह्वेलचियरमार्फत स्टन्ट समेत गर्न भ्याए। 'खासै डर लागेन्,' उनले भने, 'प्रायः म यो स्टन्टको अभ्यास गरिरहन्थे।'