साथै रक्सी सेवन सुरु गर्ने मानिसको संख्या पनि दिनानुदिन बढिरहेको छ । रक्सी उत्पादक कम्पनीहरुले युवा पुस्तालाई लक्ष्य गरी आक्रामक बजार पर््रवर्द्धन गर्नाले युवा पुस्ताहरु धेरै नै भ्रमित भएर जोखिमपूर्ण रक्सी सेवनतिर होमिदै छन् । यसले उनीहरुको शारीरिक, मानसिक विकास, व्यक्तित्व विकासमा अवरोध त पुगिरहेको छ, साथै विभिन्न दर्ीघरोगको सिकार भएर परिवार र समाजमा नै बोझ बन्दै छन् । मानिसहरुका निम्ति सेवनकै लागि उत्पादन गरिएको र मानिसलाई सबैभन्दा धेरै हानि पुर्याउने वस्तुमध्येमा रक्सी सम्भवतः एक नम्बरमै आउँछ ।
रक्सीलाई राज्यले राजस्वको एउटा प्रमुख स्रोतका रुपमा लिएको छ तर रक्सीको राजस्वबाट जति रकम प्राप्त हुन्छ, त्योभन्दा कैयौं गुणा बढी रकम रक्सी सेवन गर्ने मानिसको उपचारका लागि राज्यले व्यहोर्नुपरेको हुन्छ । यस कारणले पनि रक्सी प्रोत्साहन गर्नुपर्ने उत्पादनभन्दा नियन्त्रण गर्नुपर्ने वस्तुका रुपमा रहेको छ । किनभने रक्सीले शरीरको कुनै पनि अंगलाई रोगी बनाउनबाट छोड्दैन, साथै यसले व्यक्तित्वमा गडबडी ल्याउने, पारिवारिक र सामाजिक जीवनसमेत तहसनहस पार्ने गर्छ ।
आमाको गर्भदेखि नै रक्सीबाट पीडा
आधुनिक महिलाहरुमा रक्सी सेवन गर्ने बढ्दो प्रवृत्तिले गर्दा आजको पुस्ता गर्भको भ्रूण अवस्थादेखि नै रक्सीको असरबाट मुक्त छैन । गर्भवती आमाले रक्सी सेवन गर्दा आमालाई मात्र होइन गर्भको भ्रूणलाई पनि विभिन्न असर गरिरहेको हुन्छ ।
वरिष्ठ बालरोग विशेषज्ञ डा. विष्णु पण्डित भन्नुहुन्छ- र्ँगर्भवती महिलाले अधिक रक्सी सेवन गरेमा बच्चा विकला· हुने सम्भावना ५० प्रतिशतसम्म हुन्छ । बच्चा खुँडे हुने, नाक थेप्चिएको हुने, माथिल्लो ओठ पातलो हुने, नबढ्ने, दुब्लो-पातलो हुने, सुस्त मनस्थितिको हुने, बामपुड्के हुने, आँखा, मिर्गौला, गुप्ता·को विकृति भएको हुन सक्छ । साथै बच्चाको पाचन प्रणाली कमजोर भएको र कलेजोको समस्या
-जलग्रह) भएको बच्चा जन्मिन सक्छ ।’
यसका साथै बच्चाको तौल कम हुन सक्छ, महिना नपुगी जन्मिने हुन्छ । रक्सीले भू्रणको ज्ञानेन्द्रिय प्रणालीमा असर पर्ने, जन्मिइसकेपछि लामो समय जन्डिस हुने समस्या पनि हुन सक्छ । बच्चाको मुटु र जननेन्द्रियमा पनि असर पर्न सक्छ ।
डा. पण्डितका अनुसार शिशुलाई दूध खुवाउने आमाले रक्सी खाएमा दूध कम आउने समस्या हुन्छ । साथै किशोरावस्थामा केटाकेटीले रक्सी खान थालेमा उनीहरुको शारीरिक एवम् मानसिक विकासमा अवरोध पुग्छ, बुद्धि तीक्ष्ण हुँदैन । आईक्यू (IQ) कमजोर हुने, स्मरणशक्ति कमजोर हुने, तुरुन्तै बिर्सनेजस्ता समस्याहरु देखिन्छन् ।
हटाउन नसकिने समस्या
सामान्यतया वयष्क मानिसहरुले कहिलेकाहीँ अलिकति रक्सी खानुलाई त्यति हानिकारक मानिएको छैन । तर नियमित खाने, कहिलेकाहीँ खाँदा पनि अत्यधिक खाने गर्नाले शरीरमा प्रत्यक्ष हानि पुर्याउँछ । रक्सी सेवनको लत लागेर दर्ुर्व्यसन नै भएपछि यसले व्यवहारमा नै परिवर्तन ल्याउँछ र यो दर्ीघ समस्याका रुपमा रहन्छ । यसलाई हत्पती हटाउन सकिन्न । यसले मानिसको कार्यक्षमता घटाउने, आम्दानी घटाउने, खर्च बढाउने र विभिन्न किसिमका शारीरिक-मानसिक रोग बढाउने हुन्छ ।
स्नायु प्रणालीमा गम्भीर असर
रक्सीको सबैभन्दा बढी असर स्नायु प्रणालीमा पर्छ । रगतमार्फ दिमागमा पुगेर रक्सीले मानिसको व्यवहार, विवेक र समन्वयलाई असन्तुलित बनाउँछ । बराबर रक्सी खाइरहँदा दिमागलाई क्षति पुर्याउँछ । नसाहरु झमझम हुने, कमजोरी हुने र नसाले भर नपाउने हुन्छ । धेरै रक्सी लागेका बेला मानिसले भनेको कुरा बिर्सन्छ, कहिलेकाहीँ पुरानो कुरा सम्झन्छ, होस आएपछि त्यो अवस्थाका धेरै कुरा सम्भँmदैन । रक्सीले बेहोस हुने, छारेरोगजस्तो हुने हुन्छ र रक्सी छाडेपछि पनि कतिलाई बेहोस हुने समस्या हुन्छ ।
मुटुरोगीले रक्सी खानु कति उचित ?
स्नायु प्रणालीपछि रक्सीले सबैभन्दा बढी असर पार्ने मुटुलाई हो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्नुहुन्छ- ँस्वस्थ मानिसले अलिकति रक्सी खाएमा रक्तचाप घटाउँछ, मुटुको धड्कन बढाउँछ, खुशी अनुभव गराउँछ र दिमाग शान्त पार्छ । तर रक्सीको मात्रा बढ्दै गएपछि रक्तचाप बढ्न थाल्छ, मुटुको धड्कन पनि बढ्न थाल्छ र धड्कनमा गडबडी आउँछ ।
उहाँका अनुसार रक्सी बारम्बार खाइरहँदा यसका दर्ीघकालीन असरहरु देखिन थाल्छन् । रक्सीले मुटुको मांसपेशीलाई कमजोर पार्न थाल्छ र क्रमशः मुटु सुन्निन थाल्छ । मुटुको पम्प गर्ने क्षमतामा ह्रास आउँछ र हार्टफेल हुने सम्भावना हुन्छ । यसलाई अल्कोहलिक कार्डियो मायोप्याथी भनिन्छ । निरन्तर रक्सी खाइरहँदा कोलेस्ट्रोलको एउटा भाग -ट्राइग्लाइसेराइड) बढाउँछ । यो बढ्दा हृदयघात हुने सम्भावना बढ्छ ।’
डा. रेग्मी भन्नुहुन्छ- ँरक्तचाप भइरहेको र हृदयघातको सम्भावना भएको मानिसले कहिलेकाहीँ अलिकति रक्सी खाएमा हानि हुँदैन भनिएको छ तर मात्रा बढाउँदै लगेमा हानि पुग्छ । रक्तचाप धेरै भएको मानिसले रक्सी धेरै खाएमा मस्तिष्कघात हुन सक्छ ।’
एक अध्ययनअनुसार ३० प्रतिशत रक्तचाप रक्सी सेवनका कारण हुन्छ र रक्सी खान छोडेपछि सामान्य अवस्थामा आउन सक्छ । नियमित मात्रामा रक्सी खाइरहने हो भने उच्च रक्तचापको औषधि खाएर पनि काम लाग्दैन । धेरै रक्सीबाजहरुको मृत्यु अत्यधिक रक्सीको सेवनबाट उत्पन्न हुने विषाक्तताबाट हुने गर्छ । रक्सी सेवन नगर्ने मानिसभन्दा जँड्याहाहरुको हृदयघातको सम्भावना तीन दोब्बर बढी हुन्छ । मुटुमा बोसो जम्ने, रगतको ढिक्का भएर मुटुमा प्रहार हुन्छ ।
कलेजो र मिर्गौलामा असर
स्नायु प्रणाली र मुटुपछि रक्सीले कलेजोलाई असर गर्छ । यसको दर्ीघकालीन असर निकै घातक हुन्छ । मिर्गौलालाई चाहिँ यसले अप्रत्यक्ष असर गरे पनि प्रत्यक्ष असरचाहिँ नगर्ने वरिष्ठ फिजिसियन तथा मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउनुहुन्छ ।
डा. काफ्ले भन्नुहुन्छ- ँरक्सी बराबर खाने मानिसको रोग-प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । पोषणको कमी हुने, संक्रमण हुने हुन्छ र मिर्गौला रोग लाग्ने सम्भावना बढ्छ । यदि दूषित रक्सी खाएको छ भनेचाहिँ सीधै असर गर्छ ।’
मिर्गौला प्रत्यारोपण गरेका र डायलासिस गरिरहेका व्यक्तिले चाहिँ मदिरा सेवन गर्न नहुने डा. काफ्लेको सुझाव छ । उहाँ भन्नुहुन्छ- ँमिर्गौला प्रत्यारोपण गरेको व्यक्तिको शरीर त्यसै पनि कमजोर भएको हुन्छ । त्यसमा पनि मिर्गौला प्रत्यारोपणपछि उच्च मात्रामा औषधि खाने हुनाले कलेजोलाई असर पारिरहेको हुन्छ । रक्सी खाएमा कलेजो र मिर्गौला दुवैलाई झन असर गर्छ ।’
डा. काफ्लेका अनुसार रक्सी खाइरहँदा कलेजोलाई प्रत्यक्ष असर पर्छ र जन्डिस -अल्कोहलिक हेपाटाइटिस) हुन्छ ।
रक्सी निरन्तर खाइरहेमा कलेजो फेल भएर मृत्यु हुन सक्छ । नियमित रक्सी खाइरहँदा कलेजोका कोषहरु क्षति हुन्छन् । यसैबीच रक्सी खान छोडेमा कलेजोका कोषहरु वृद्धि भई मानिस स्वस्थ हुन सक्छ, तर निरन्तर रक्सी खाएमा धेरै कोषहरु नोक्सान भएर कलेजोले काम गर्न छोड्छ । कलेजो प्रत्यारोपण गर्नुपरेमा भारतमा गर्दा ३०/४० लाख रुपियाँ लाग्न सक्छ । त्यसैले रक्सी सेवनबाट अलग रहनु नै उचित हुन्छ ।
पाचन प्रणाली कमजोर हुन्छ
नियमित रक्सी खाने मानिसको पाचन प्रणाली निकै कमजोर हुन्छ । यदि कुनै व्यक्तिले १ सय मिल्रि्राम रक्सी खाएमा उसको पाचन प्रणाली ठीक हुन एक हप्ता लाग्छ । तर सधैँ खाइरहेमा ठीक हुनुको सट्टा ब्रि्रँदै जान्छ । रक्सी नियमित खाने वा बढी खाने मानिसलाई वाकवाकी लाग्ने, उल्टी हुने, पेट फुल्ने, पेटको माथिल्लो भाग दुख्ने, डकार आउने, दिसाबाट रगत आउने -अल्सरका लक्षण) हुन्छ र यसले ग्यास्ट्राइटिसलाई उत्तेजित पार्छ । रक्सीले अमलपित्त हुने र भएकालाई बढ्ने, दर्ीघ अमलपित्त भई अल्सर हुन सक्छ । बढी रक्सी खानेलाई पाचन प्रणालीको जुनसुकै ठाउँमा क्यान्सर हुन सक्छ ।
मानिसले खाएको खानाको सम्पूर्ण अन्तरदहन प्रक्रिया कलेजोबाट सुरु हुन्छ । रक्सीको सेवनले कलेजोमा बोसोका तन्तुहरु थुप्रिने हुन्छ, पेटको दाहिने भागमा दुख्ने, भोक नलाग्ने हुन्छ । रक्सीको नियमित सेवनले जन्डिस भएमा धेरै कमजोर हुने, खाना नपच्ने, भोक नलाग्ने हुन्छ । कलेजोको दर्ुबलताबाट मानिसलाई १० देखि ३० प्रतिशतसम्म रोग लाग्न सक्छ । धेरै रक्सी खानेलाई जन्डिस, जलग्रह, सिरोसिस वा क्यान्सरमध्ये कुनै न कुनै रोग भएको पाइन्छ ।
रक्सीले बाथरोग पनि बढाउँछ
रक्सीको सेवनले बाथरोग पनि बढाउँछ । सुसुप्त अवस्थामा रहेको बाथरोग पनि रक्सीले ब्यूँताइदिन्छ । हाडभित्रको तन्तु ९द्ययलभ ःबचचयध० लाई पनि क्षति पुर्याउँछ ।
Clarksburg seeks consumer awareness: inland winegrowers discuss marketing, costs and contracts.(GRAPE GROWING): An article from: Wines & Vines
वरिष्ठ हाड-जोर्नी रोग विशेषज्ञ डा. सरोजकृष्ण श्रेष्ठ भन्नुहुन्छ- ँरक्सीले नसा कमजोर पार्छ, ढाड दुख्ने, खुट्टा दुख्ने, जोर्नीहरु दुख्ने, हात-खुट्टाका औंलाहरु दुख्नेजस्ता समस्याहरु हुन्छन् । यसैका कारण हड्डी कमजोर हुने, हड्डी मकाउने -अस्टियोपोरोसिस), हाड खिइने र शरीरमा करेन्ट लागेजस्तो हुन्छ ।’
डा. श्रेष्ठका अनुसार युरिक एसिड भएको मानिसले बराबर रक्सी खाएमा युरिक एसिड बढाउँछ । खासगरी वाइन र बियरले युरिक एसिड बढाउँछ र अन्य प्रकारका रक्सीले पनि युरिक एसिड बढाउँछ ।
अत्यधिक मदिरापानले शरीरमा चिनीको मात्रा कम हुनुका साथै शरीरमा बन्ने चिनी पनि कम हुन्छ । अनुहार रातो हुने, पसिना आउने, नाडी छिटो-छिटो चल्ने, खुट्टा लर्बराउने, छटपटी हुने र बेहोस हुने हुन्छ । यस्तो अवस्थामा १० प्रतिशत बिरामीको चिनीको कमीबाट मृत्यु हुन सक्छ ।
यौन दर्ुबलता र आँखाको कमजोरी
अत्यधिक रक्सी सेवन गर्ने मानिसमा यौनचाहना कम हुने, यौन शिथिलता हुने, चिसोपन हुने हुन्छ । यस्ता मानिसहरु निःसन्तान हुने सम्भावना हुन्छ । लोग्ने मानिसको स्तन बढ्ने, आइमाईको स्तन सानो हुने पनि हुन्छ । मादक पदार्थ सेवन गरेका बेला विवेक गुमाउने भएकाले बलात्कार, यौनहिंसा, अनैतिक यौनसम्बन्धका घटना बढी हुने गर्छन् ।
मादक पदार्थको नियमित सेवनले आँखा कमजोर हुने, चश्मा लगाउने मानिसको चश्माको पावर घट्दै जाने, आँखा धमिलो हुने र आँखाले वरिपरि देख्ने क्षेत्र पनि घट्दै जाने हुन्छ । छाला खस्रो हुनु, सुन्निनु, दाँतबाट रगत आउनु पनि रक्सी सेवनका परिणाम नै हुन् ।
मानसिक समस्या
रक्सीकै कारण कतिपय मानसिक तथा बौद्धिक समस्याहरु पनि देखिन्छन् । यसले थरथर काम्ने, कानमा के-के आवाज आएको जस्तो हुने, टोलाइरहने हुन्छ । रक्सी खाने मानिसले एक्कासि रक्सी छोडेमा यस्ता लक्षण देखिन्छन् । यस्ता मानिसको मति भ्रम तथा कानमा अनावश्यक हल्ला भइरहेको भान हुन्छ । मादक पदार्थको बढी सेवन गर्ने मानिसमा नैराश्यता बढी हुन्छ । यसै कारणले पनि अन्य मानिसले भन्दा रक्सी खाने मानिसले ५० प्रतिशत बढी संख्यामा आत्महत्या गरेको पाइन्छ ।
रक्सी खाने मानिसमा सुरुमा चिन्ता घटेको अनुमान हुन्छ तर पछि गएर यसैका कारण चिन्ता बढ्छ । धेरै रक्सी खाने मानिस अनावश्यक अरुको इष्र्या गर्ने, स्त्रीमाथि शंका गर्ने, अरुले काम गरेको पनि देखी नसहने, घमण्डी हुने हुन्छ । यस्ता मानिसको रिस बढ्दै जाने भएकाले समाजमा सफलता पाउन पनि कठिन हुन्छ । अहिले ५० प्रतिशत दर्ुघटनाको कारण पनि मादक पदार्थ नै भइरहेको छ ।
सामान्य रक्सी लागेमा केही समयपछि आफैं हराएर जान्छ । असर छिटो छुटाउन चिसो पानीले नुहाउने, कडा कफी खाने, जबरजस्ती काम गर्ने, उल्टी गर्ने गर्दा फाइदा पुग्छ । तर रगतमा पुगिसकेको रक्सीको मात्रा केही गरी पनि कम गर्न सकिन्न । कागती-पानी, दही, अचारले भोलिपल्ट हुने रक्सीको ह्याङओभर हटाउन मद्दत गर्छ ।
रक्सीको दर्ुर्व्यसन भएकालाई लामो उपचारबाट छुटाउन सकिन्छ । मानसिक रोग विशेषज्ञले यसमा मद्दत गर्न सक्छन् ।
स्वस्थ मानिसले कहिलेकाहीँ अलि-अलि रक्सी खाँदा रमाइलो अनुभव गराउने र खासै हानि नगर्ने भएकाले यसबाट धेरै डराउन जरुरी छैन । तर यो लतका रुपमा भयो, दर्ुर्व्यसनी नै बन्न पुग्यो भने यो खतरनाक स्थिति हो । एकै पटक धेरै रक्सी पिउनु तथा नियमित रक्सी पिउनु पनि हानिकारक नै हो। यस्ता मानिसले रक्सी खान छोडेमा पनि धेरै फाइदा पुग्छ । रक्सी खान सुरु गरेपछि बानी पर्दै जाने र मात्रा बढ्दै जाने हुन्छ । यसले शरीरका सम्पूर्ण अंग र सामाजिक-पारिवारिक सम्बन्धमा असर पार्ने तथा व्यक्तित्वमा नै ह्रास आउन सक्ने हुन्छ । रक्सीले रमाइलोभन्दा बढी बिस्मात नै गराउने भएकाले सकेसम्म यो नखानु नै राम्रो होइन र -
पाँच मिनेटमै रगतमा पुग्छ
जब मानिसले रक्सी पिउँछ, यो पेट र सानो आन्द्रामा केही पनि नबदलिईकन जस्ताको तस्तै शोषित हुन्छ । खाएको पाँच मिनेटमै रक्सी रगतमा पुग्छ । दूध र चिल्लो पदार्थ खाएको छ भने यसले रक्सीको शोषण कम गराउँछ । तर पेटको अप्रेसन गरेको मानिसमा रक्सी तुरुन्तै शोषित हुन्छ ।
रगतको प्रवाहमा पुगेपछि रक्सी पिसाब, फोक्सोको सूक्ष्म नलीमा पुग्छ र यो धेरैजस्तो कार्बनडाइअक्साइडमा परिवर्तन भएर निस्कन्छ । १० प्रतिशतभन्दा कमचाहिँ पिसाब, पसिना र सासबाट निस्कन्छ । १ ग्राम रक्सीबाट करिब ७ क्यालोरी शक्ति प्राप्त हुन्छ ।
शरीरमा ३० मिल्रि्राम रक्सी -अल्कोहल) भएमा मानिस अलि-अलि खुशी हुन्छ । ५० मिल्रि्राम भएमा हिँड्डुलमा सामान्य गडबडी हुन्छ । १ सय मिल्रि्राम भएमा देख्ने गरी खुट्टा लटपटिने हुन्छ भने २ सय मिल्रि्राम भएमा मानिस झुम्म पर्ने र बिर्सने हुन्छ । ३ सय मिल्रि्राम रक्सी शरीरमा भएमा पूरै ढल्ने अवस्थामा पुग्छ । ४ सय मिल्रि्रामले मानिस गहिरो न्रि्रामा पर्छ र मृत्युसमेत हुन सक्छ । तर सधैँ धेरै रक्सी खाइरहनेलाई यस किसिमको असर नहुन सक्छ । बिस्तारै खाई रगतमा रक्सीको मात्रा बढ्दै गएमा पनि यसको असर त्यति धेरै देखिंंदैन तर शरीरका विभिन्न अंगमा यसले घातक असरचाहिँ पारिरहेको हुन्छ ।
रक्सीले उत्तेजना बढाउने होइन, घटाउने गर्छ
रक्सीले हृदयको मांसपेशी खुम्चिन र उत्तेजित हुनमा सीधै असर गर्छ । विषाक्तताको मात्राको आधारमा मुटुको गति पनि बढ्छ र यसका मांसपेशीका इन्जाइमहरुले उत्पादन घटाउँछ । रक्सीले स्वादका अंगहरुलाई उत्तेजित पार्ने भएकाले रक्सी खाएपछि भोक बढ्छ । यसले मस्तिष्कमा असर गर्ने भएकाले थकाइ मेटिएको अनुभव हुन्छ ।
रक्सी खाएपछि कहिलेकाहीँ मानिस कराउने, उत्तेजित हुने, बढी चल्ने हुँदा रक्सीले उत्तेजना बढाएजस्तो लाग्छ तर यसले उत्तेजना बढाउने नभई दबाउने गर्छ ।
रक्सीले विशेषगरी मानिसको चालक कार्य (Motor Function) मा बढी असर गर्छ, ध्यान तथा एकाग्रता घटाउँछ । विचार गर्ने क्षमता, बुद्धि लगाउने क्षमता पनि घटाउँछ ।
लक्ष्मण अधिकारी
Adhikari2007@yahoo.com
source: newsofnepal.com












