Your Ad Here

'श्रीमतीसँग दुईपटक कुरा हुन्छ'



'जाला उडेर मेरो जाली रुमाल..' गीतका गायक हेमन्त शर्मासितको कुराकानी-

१. टिभी कार्यक्रम कुन मन पर्छ?
इन्डियन आइडल। एक त आफ्नो क्षेत्रसँग सम्वन्धित भयो, अर्को यसको ग्ल्यामरको छुट्टै आकर्षण छ।


२. अहिले फोनमा सबैभन्दा बढी कोसँग कुराकानी हुन्छ?
मेरी श्रीमती रितु सँग। कम्तीमा पनि दिनमा २ पटक कुरा हुन्छ।
३. अरूलाई नेपालको कुन ठाउँ घुम्ने सल्लाह दिनुहुन्छ?
नवलपरासीको त्रिवेणी। यो प्राचीन धार्मिक स्थल हो। जहाँ वाल्मीकि ऋषिको आश्रम छ। त्यहाँ निर्दोष गाउँले बस्छन्। चाक्लो नारायणी नदी रोमाञ्चक देखिन्छ। शहरी परिवेसले नछोएको सुन्दर धार्मिक पर्यटकीय स्थल हो यो।

४. जीवनमा सबैभन्दा बढी खेल्नुभएको खेल कुन हो?
क्रिकेट नै होला। कलेज पढ्दा सम्म निरन्तर खेलियो। काठमाडौं आएपछि भने हेर्नमा मात्र सीमित भएको छ। अहिले पनि अरुले खेलको देख्दा खेलौं खेलौं लाग्छ।


५. सबैभन्दा मन पर्ने परिकार?
पालक चम्सुरको साग सहित खशीको मासु र भात।

६. अहिले कुन गीतले तपाईको मनलाई आनन्द दिन्छ?
प्रविण गुरुङ र विमाकुमारी दुराको आवाज रहेको 'यो बहिनीको सुरिलो भाकाले' भन्ने गीत। यो गीतले साह्रै आनन्द दिन्छ। मेरो मोवाइलमा आफ्नो वाहेक यही एउटा गीत छ। टेन्सन हुँदा यही गीत सुन्छु।

७. शरीरलाई शीतल बनाउन के पिउनुहुन्छ?
सफा पानी। बाह्रै महिना तातो पानी पिउने बानी छ मेरो।

८. धेरैजसो कुन वेबसाइट हेर्नुहुन्छ?
फेसबुक नै धेरै चलाउँछु। नयाँ पुराना सबै साथी भेटिन्छ यो साइटमा। त्यसैले यसमै धेरै समय बित्छ।

९. तपाई प्रायः कुन रङको लुगा लगाउनुहुन्छ?
कलेजी र नीलो रंगको। खै किन हो पसलमा जान्छु, धेरै थरीको लुगा हेर्छु। अन्तमा यस्तै रंगको किन्छु। सुहाएको प्रतिक्रिया पनि पाउँछु। त्यसैले अरु रंगमा त्यति आँखा जाँदैन।

१०. काठमाडौंमा बस्नलाई कुन एरिया ठीक हो?
नारायणस्थान भन्दा माथि। शिवपुरी क्षेत्रमा अझै पनि हरियाली छ। प्रदुषण पनि छैन। त्यहाँबाट पुरा काठमाडौं देखिने हुँदा रमाइलो पनि छ।

११. तपाई काठमाडौंमा कुन सवारीसाधनमा यात्रा गर्नुहुन्छ?
कालो रंगको होण्डा साइन। काठमाडौंको जाममा सजिलो छ र गच्छे अनुसारको पनि। कार चढ्ने रहर त हो तर गच्छेले भ्याएको छैन।

१२. छुट्टीको दिन कसरी बिताउनुहुन्छ?
धेरै जसो कार्यक्रम पर्छ। अरु दिन अफिस जानुपर्ने हुँदा विदा त सांगीतक जमघट मै बित्छ।
source: nagarikews.com