Your Ad Here
Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

रंगमञ्चमा डार्बिन

नेत्र तामाङ, काठमाडौं, असार ११- मानव कंकलसहित सानो प्रयोगशाला। ल्यापटप सहितको अत्याधुनिक कोठामा डाक्टर मास्केका सहयोगी बाँदर छन्। बोल्न सक्ने बाँदर नाटकमा देखिएकोले सबै दर्शक अचम्म मान्दै हेर्छन। विहिबार राष्ट्रिय नाचघरमा मञ्चन गरिएको कृष्ण शाह यात्रीको नाटक 'आवरण-अनावरण'को शुरुवात हो यो। 'चटक देखाउँदै गर्दा म लडेर बेहोस भएको थिए,' दर्शकको शंका चिर्दै बाँदर बोल्छन, 'डाक्टर मास्केले मलाई बोल्ने बनाए।' बुद्ध र हिटलर यस प्रयोगशालामा घुम्न आईपुग्ने खबर गरिसक्दा झ्यापुल्ले दाडीवाल मानिस आइपुग्छन मञ्चमा।Burn the Floor: The New Show 'Floor Play' / Jason Gilkison
'डार्विन तिमी यहाँबाट गइहाल्,' चिनजान पछि बाँदर झोक्किन्छन, 'तिमीले स्वार्थी र कपटी मानिस जातिसँग हाम्रो बंशको नाम जोडेर घोर अपमान गरेका छौं।' प्रयोगशालाबाट डार्विन बाहिरिन्छन। विज्ञानको विकासले विभिन्न सपनालाई पनि साकार पार्न चाहने मानिस प्रशस्त भएको सन्देश नाटकले दिएको छ। नाटककी पात्र 'मिस् युनिभर्स' मान्यता पुरुष बन्न चाहन्छिन। उनको यो चाहना डाक्टरले पुरा गर्न सक्दैनन। यता बाँदर प्रयोगशालामा बन्दी जीवन नविताउने घोषणा गर्छन। आफ्नो परिश्रम खेर जाने देखेपछि डाक्टर रिसाउँछन।Role Play

नाटकको अन्तिममा बाँदरले मानिसको प्राण लिन्छ र उ आफु पनि बोल्न सक्दैन। बोल्न नसक्ने दर्शकलाई समेत लक्षित गरी मञ्चन गरिएको नाटकमा संकेतिक भाषा पनि प्रयोग गरेका थिए। यो वर्ष संकेतिक नाटक वर्ष भएको जानकारी गराउदै निर्देशक एवं लेखक यात्रीले प्रत्येक महिनाको अन्तिम साता यस्तै नाटक मञ्चन गर्ने बताए। नाटक ज्योतिपुञ्ज थिएटर र संस्कृतिक संस्थानको संयुक्त प्रयासमा मञ्चन गरिएको थियो।
Source: nagariknews.com

अर्जेन्टिना र दक्षिण कोरिया दोस्रो चरणमा


 
बुधबार बिहान सकिएको खेलको परिणामसँगै अर्जेन्टिना र दक्षिण कोरिया विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ। अर्जेन्टिनाले ग्रीसलाई २-० ले पराजित गरेको थियो। अर्को खेलमा दक्षिण कोरिया र नाइजेरियाले २-२ गोलको बराबरी खेलेको थियो।
अर्जेन्टिनाले समूह चरणमा तीन वटै खेल जितेर नौ अंकका साथ समूह बी प्रथम भएर दोस्रो चरणमा प्रवेश गरेको छ भने दक्षिण कोरिया तीन खेलमा एकमा विजयी, एकमा बराबरी र एक पराजय गरी ४ अंकका साथ समूह दोस्रो भई दोस्रो चरणमा पुगेको हो। दोस्रो चरणको खेलमा अर्जेन्टिनाले मेक्सिकोसँग आगामी सोमबार खेल्नेछ भने दक्षिण कोरिया र उरुग्वेबीच शनिबार खेल हुँदैछ।
यसअघि मंगलबार राति भएको खेलमा फ्रान्सलाई २-१ ले पराजित गरे पनि त्यो आयोजक दक्षिण अफ्रिकालाई दोस्रो चरणमा पुर्‍याउन पर्याप्त हुन सकेन। अर्को खेलमा उरुग्वेले मेक्सिकोलाई १-० ले पराजित गरे पछि विश्वकप २०१० मा आयोजक राष्ट्र पहिलो चरणबाटै आउट भएको पहिलो रेकर्ड बस्न पुगेको छ।
समूह एमा प्रथम भएर उरुग्वे र दोस्रो भएर मेक्सिको दोस्रो चरणमा प्रवेश गरेको छ। यो समूहमा दक्षिण अफ्रिका र फ्रान्स बाहिरिएका छन्।