'डार्विन तिमी यहाँबाट गइहाल्,' चिनजान पछि बाँदर झोक्किन्छन, 'तिमीले स्वार्थी र कपटी मानिस जातिसँग हाम्रो बंशको नाम जोडेर घोर अपमान गरेका छौं।' प्रयोगशालाबाट डार्विन बाहिरिन्छन। विज्ञानको विकासले विभिन्न सपनालाई पनि साकार पार्न चाहने मानिस प्रशस्त भएको सन्देश नाटकले दिएको छ। नाटककी पात्र 'मिस् युनिभर्स' मान्यता पुरुष बन्न चाहन्छिन। उनको यो चाहना डाक्टरले पुरा गर्न सक्दैनन। यता बाँदर प्रयोगशालामा बन्दी जीवन नविताउने घोषणा गर्छन। आफ्नो परिश्रम खेर जाने देखेपछि डाक्टर रिसाउँछन।
नाटकको अन्तिममा बाँदरले मानिसको प्राण लिन्छ र उ आफु पनि बोल्न सक्दैन। बोल्न नसक्ने दर्शकलाई समेत लक्षित गरी मञ्चन गरिएको नाटकमा संकेतिक भाषा पनि प्रयोग गरेका थिए। यो वर्ष संकेतिक नाटक वर्ष भएको जानकारी गराउदै निर्देशक एवं लेखक यात्रीले प्रत्येक महिनाको अन्तिम साता यस्तै नाटक मञ्चन गर्ने बताए। नाटक ज्योतिपुञ्ज थिएटर र संस्कृतिक संस्थानको संयुक्त प्रयासमा मञ्चन गरिएको थियो।
Source: nagariknews.com












