Your Ad Here

पुराना प्रतिद्वन्द्वी इङ्ल्यान्ड र जर्मनी

ब्लोमफोन्टेन – 'थ्री लाइन नाम' ले परिचित इङल्यान्डसँग भेट्नुअघि जर्मनी फुटबल टोलीले एउटा नयाँ प्रयोग गर्‍यो, चिडियाखाना भ्रमण गरेर। विश्वकपको नकआउट चरणमा आइतबार इङ्ल्यान्ड र जर्मनी एकअर्कासँग भिड्दै छन्। इङ्ल्यान्डसँग भेट्नु दुई दिनअघि जर्मनी टोली अभ्यासस्थल नजिकको चिडियाखानामा भ्रमण गर्‍यो र खेलाडीहरू सिंहका बच्चासँग जिस्किए।
'म खुसी छु, सबै खेलाडी सकुशल फर्किएँ र कसैलाई पनि सिंहले खाएन,' ठट्टा गर्दै जर्मन प्रशिक्षक जोचिम लोउले भने। घुमफिरले खेलाडीलाई राम्रो गर्ने कप्तान फिलिप लाहामको विश्वास छ। 'एकैखाले दैनिक तालिकाबाट मुक्त हुन पनि घुमफिर जरुरी छ,' कप्तान लाहामले भने। उनले इङ्ल्यान्डसँग डराउनुपर्ने कारण नभएको समेत बताए।adidas Men's Spain Training Jersey

'हामीले सिंहलाई पनि हेर्‍यौं। ठूला सिंहलाई नछोएपछि उनीहरूका बच्चासँग खेल्यौं,' उनले भने, 'इङल्यान्डविरुद्ध हरेक अवस्थामा आक्रमक भएर उत्रने छौं।' इङ्ल्यान्ड पहिलो खेलमा अमेरिकासँग अप्रत्यासित रूपमा १–१ को बराबरीमा रोकिएपछि नकआउट चरणको सम्भावित भिडन्तलाई लिएर जर्मनीले इङ्लिस टोलीसँग वाकयुद्ध छेडिसकेको छ।
इङ्ल्यान्डको खेल पछाडि पर्दै गएको फाबियो कापेलो आएपछि झनै खस्किएको आरोप जर्मन महान् हस्ती फ्रान्ज बेकेनबाउरले लगाएका थिए। उनले अमेरिकासँगको प्रदर्शनपछि इङ्ल्यान्डविरुद्ध आफ्नो भनाइ राखेका थिए। अमेरिका पछाडि रहेर समूह चरणमा दोस्रो भएपछि उनी पुनः इङ्ल्यान्डमाथि खनिए, 'समूह उपविजेता भएर दोस्रो चरणमा पुग्नु इङ्ल्यान्डको मूर्खता हो।' दोस्रो भनाइका लागि बेकेनबाउरले माफीसमेत मागेका थिए। अमेरिकासँग नै रोकिएपछि जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोजले इङ्ल्यान्ड नकआउट चरणमा पेनाल्टीमा हारिहाल्छ भनेर यी दुई देशको फुटबल शत्रुतालाई बढाएका थिए।adidas Men's Argentina Home Jersey
यी दुई टोलीबीच थ्रुपै पटक विश्वकपमा भेट भैसकेको छ। जसमा सन् १९६६ को विश्वकप फाइनल पनि पर्दछ। त्यो फाइनलमा इङ्ल्यान्डले जर्मनीलाई हराएको थियो भने १९९० को सेमिफाइनल पेनाल्टी सुटआउटमा जर्मनीले जितेको थियो।
कप्तान लाहमले इतिहासबाट सचेत रहनुपर्ने भए पनि त्यसले आउँदो खेललाई खासै प्रभाव नपार्ने बताउँछन्। 'यो २०१० हो पहिलाका खेलले यसमा खासै प्रभाव पार्न सक्दैन,' उनको भनाइ थियो, 'दुवै टोली पुरानो अवस्थामा छैनन्।'
जर्मनीको तुलनामा इङ्ल्यान्डको प्रिक्वार्टर यात्रा केही कठिन रह्यो। समूह 'सी' बाट इङ्ल्यान्ड उपविजेता भएर छानिएको हो। जर्मनी भने समूह विजेता हुँदै नकआउट चरणमा आइपुगेको हो। जर्मन प्रशिक्षक लोउ भन्छन्, 'उनीहरु पूरै तयारीका साथ उत्रने छन्।'
'इङ्ल्यान्ड जहिले पनि इङल्यान्ड हो। जुझारुपन, मानसिक रूपमा बलियो र अनुभव त्यो टोलीका विशेषता हुन्, 'उनले भने, 'त्यो टोलीमा जोन टेरी, फ्रान्क लाम्पार्ड, स्टेफन जेरार्ड, वाइन रुनीजस्ता युरोपियन फुटबलकै उत्कृष्ट खेलाडी छन्।'
जर्मनीले समूह चरणका तीन खेलमा एक गोलमात्र खाएको छ। तर पनि जर्मनीको रक्षापंक्ति त्यति भरपर्दो मानिँदैन। सेन्ट्रल डिफेन्डर पेर मार्टेस्कर अन्यको तुलानामा कमजोर देखिन्छन्। प्रशिक्षक लोउ इङ्ल्यान्डविरुद्धको प्लेइङ–११ मा केन्द्रित छन्। 'हामीले घानाविरुद्ध राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिम समय कायम राख्न सकेनौं। त्यसमा हामीले सुधार गर्न सकेनौं भने इङ्ल्यान्डले सजिलै त्यो मौकाको फाइदा उठाउने छ,' उनले भने।
मिडफिल्डर बास्टियन स्वेन्सटाइगरको सट्टा कसलाई खेलाउने लोउले अझै निर्णय लिन सकेका छैनन्। घानासँगको खेलमा चोट बोकेका स्वेन्सटाइगरले चोटग्रस्त कप्तान माइकल बालाकको ठाउँ लिएका थिए। लोउका अनुसार स्वन्सटाइगरको सट्टा टोनी क्रुस खेल्ने छन्। डिफेन्डर जेरोमी बोटेङले पनि पिडौलाको चोटका कारण इङ्ल्यान्डसँगको खेल गुमाउने छन् तर एक खेलको निलम्बनपछि स्ट्राइकर क्लोज टोलीमा फर्कने छन्। तर अस्ट्रेलियाविरुद्ध गोल गरेका ब्राजिलमा जन्मिएका स्ट्राइर काकाउले चोटका कारण आफ्नो नाम फिर्ता लिइसकेका छन्।Mexico 09/11 Home TechFit Soccer Jersey
उता इङ्ल्यान्ड टोलीका चोटग्रस्त डिफेन्डर किङ अभ्यासमा फर्केका छन् भने अर्का डिफेन्डर जिमी कारेघारले एक खेलको प्रतिबन्ध पूरा गरिसकेका छन्। प्रशिक्षक कापेलोले रुनीको पार्टनरमा जेर्माइन डेफोलाई उतार्ने सम्भावना छ, जसले समूह चरणको अन्तिम खेलमा गोल गरेका थिए।
source: nagariknews.com