Your Ad Here
Showing posts with label Worldcup. Show all posts
Showing posts with label Worldcup. Show all posts

जर्मनीसँग अर्जेन्टिनाको लज्जास्पद हार


केपटाउन- जर्मनीले आक्रामक फुटबल खेल्दै शनिबार अर्जेन्टिनालाई ४-० ले पराजित गरी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ। तीन पटकको विजेता जर्मनीले स्पेनसँग फाइनलमा प्रवेश पाउन प्रतिस्पर्धा गर्नेछ।
जर्मनीले प्रतियोगितामा ४ गोल गर्दै जितेको यो तेस्रो खेल हो। समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालाई ४-० ले पराजित गरेको जर्मनीले नकआउट चरणमा पनि इङ्ल्यान्डमाथि ४-१ को विजय पाएका थियो। 

ब्राजिलपछि प्रतियोगिताबाट बाहिरिने अर्जेन्टिना दोस्रो दक्षिण अमेरिकी महारथी हो। नेदरल्यान्डसले पनि 'हाइप्रोफाइल' खेलमा पाँच पटकको विजेता ब्राजिललाई अघिल्लो दिन २-१ ले पराजित गरेको थियो। जर्मनीको यस विजयपछि युरोपेली टोलीको युरोप महादेश बाहिर पहिलो उपाधि जित्ने सम्भावना पनि बढेको छ। दक्षिण अमेरिकी टोलीले आयोजना भएका सबै महादेशमा प्रतियोगिता जिते पनि युरोपको उपाधि उनीहरूको आफ्नै महादेशभित्र सीमित थियो। दुवै महादेशले ९/९ उपाधि जितेका छन्। युरोपको नेदरल्यान्डस र दक्षिण अमेरिकी टोली उरुग्वेले यस प्रतियोगिताको सेमिफाइनल सुरक्षित गरिसकेका छन्।

भेट्रान स्ट्राइकर मिरोस्लाभ क्लोजले दुई गोल गर्दै डिएगो म्याराडोनाको अर्जेन्टिनालाई लज्जित बनाएका थिए। विश्वकपमा यो उनको कुल १४औं गोल हो र सर्वाधिक गोल गर्नेमा उनी ब्राजिलका रोनाल्डोभन्दा एक गोलले पछाडि छन्। शुक्रबार आफ्नो ३२औं जन्मदिन मनाउने क्रममा रहेका क्लोजले २००२ र २००६ को विश्वकपमा ५/५ गोल गरेका थिए। २००२ को विश्वकपमा उनले सबै ५ गोल हेडबाट गरेका थिए। राष्ट्रिय टोलीका लागि १ सयौं खेल खेल्दै उनले आफ्नो गोल संख्या ५२ पुर्‍याएका छन्।

दक्षिण अफ्रिकी प्रतियोगितामा यो उनको चौथो गोल हो। सर्वाधिक गोल गर्नेमा उनी अर्जेन्टिनाका गोन्जालो हिगुइन, स्पेनका डेबिड भिआ, स्लोभाकियाका रोबर्ट भिटेक र आफ्नै देशका थोमस मुलरसँगै शीर्ष स्थानमा छन्। उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाउने बलियो सम्भावना रहेका मुलरले दोस्रो मिनेटमा हेड गोल गरी जर्मनीको खाता खोलेका थिए। तर हातले बल जानाजानी रोकेका कारण शनिबार पाएको पहेँलो कार्ड प्रतियोगितामा उनको दोस्रो थियो, जसका कारण उनले सेमिफाइनल खेल गुमाउने छन्।


दोस्रो मिनेटमै गोल गरी जर्मनीले स्वर्णिम सुरुवात गरेको थियो। बास्टिएन स्वेनसटाइगरको क्रसमा थोमस मुलरले हेडमा जर्मनीको खाता खोलेका थिए। आफ्नो १ सयौं अन्तर्राष्ट्रिय खेल खेलिरहेका मिरोस्लाभ क्लोजले ६८औं मिनेटमा दोस्रो गोल गरे। लुकास पोडोलस्कीको पासमा क्लोजले सामान्य ...ट्यापिङ' मा गोल गरेका थिए।

रक्षक एर्ने फ्रिइडरिचले ७४औं मिनेटमा तेस्रो गोल गरे। स्वेनसटाइगरले निकालेको पासमा उनले सो गोल गरेका थिए। ८९औं मिनेटमा क्लोजले चौथो गोल गर्दै अर्जेन्टिनालाई लज्जास्पद हार चखाएका थिए। प्रतियोगितामा यो उनको चौथो गोल हो।

जर्मनीले २००६ को विश्वकप पनि अर्जेन्टिनालाई क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमै पराजित गरेको थियो। ब्राजिलसँगै सबैभन्दा बढी ७ पटक फाइनल खेलिसकेको जर्मनीले १९९० मा पछिल्लो पटक उपाधि जितेको थियो। जर्मनीले उपाधि जित्नेक्रममा फाइनलमा अर्जेन्टिनालाई नै पराजित गरेको थियो। त्यसयता अर्जेन्टिना सेमिफाइनल पनि पुग्न सकेको छैन।

खेल सकिएपछि म्याराडोना र उनकी छोरी जियान्निना।

अर्जेन्टिनाका कोच म्याराडोनालाई खेलपछि अंगालो हाल्दै छोरी जियानिन्ना


स्पेनको समुद्री किनारमा जर्मनीको जितको खुसी मनाउँदै जर्मन फ्यान।

इङ्ल्यान्डको सपनामा जर्मनीको बज्रपात

ब्लोमफोन्टेन – थोमस मुलरले दोस्रो हाफमा दुई गोल गरेपछि जर्मनीले आइतबार इङ्ल्यान्डलाई ४–१ ले पराजित गरी विश्वकपको क्वार्टरफाइनल पुगेको छ। २० वर्षे मुलरले काउन्टर एट्याकमा ३ मिनेटभित्र दुई गोल गरेपछि सन् १९६६ पछि जर्मनीलाई विश्वकपमा हराउने इङ्ल्यान्डको सपना यसपटक पनि अधूरै रह्यो।
इङ्ल्यान्डले खेलमा फर्किने अवसर पाएको थियो, तर मिडफिल्डर फ्रान्क लाम्पार्डले गरेको प्रहार बिममा लागेर गोललाइन क्रस गरे पनि उरुग्वेका रेफ्री जर्ज लारिओन्डा र उनका सहायक रेफ्रीले त्यसमा कुनै सुनुवाइ गरेनन्।

लाम्पार्डको सो गोललाई मान्यता दिएको भए इङ्ल्यान्डले खेल २–२ को बराबरीमा ल्याउने थियो।
मिरोस्लाभ क्लोजले २०औं मिनेटमा इङ्ल्यान्डको कमजोर रक्षापंक्तिको फाइदा उठाई गोल गरेर जर्मनीलाई अग्रता दिलाएका थिए। सर्बियाविरुद्धको समूह चरणको खेलमा रातो कार्ड पाएर अघिल्लो खेल गुमाएका क्लोजको यो जर्मनीका लागि ५०औं गोल हो। उनले विश्वकपमा आफ्नो कुल गोलसंख्या १२ पुर्‍याएका छन् र सर्वाधिक गोल गर्ने ब्राजिलका रोनाल्डोभन्दा ३ ले मात्र पछाडि छन्। यस विश्वकपमा यो उनको दोस्रो गोल हो।

राष्ट्रिय टोलीबाट खेल्दा राम्रो प्रदर्शन गर्दै आएका लुकास पोडोलस्कीले ३२औं मिनेटमा दोस्रो गोल गरे। कप्तान स्टेभन जेरार्डको क्रसमा रक्षक म्याथ्यु अप्सनले ३७औं मिनेटमा गोल गरी इङ्ल्यान्डको आशा फर्काएका थिए। स्ट्राइकर मुलरले ६७ र ७०औं मिनेटमा गोल गरी जर्मनीको विजय निश्चित गरेका थिए।

सात पटक फाइनल खेलिसकेको जर्मनीले अर्जेन्टिनासँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
nagariknews.com

पुराना प्रतिद्वन्द्वी इङ्ल्यान्ड र जर्मनी

ब्लोमफोन्टेन – 'थ्री लाइन नाम' ले परिचित इङल्यान्डसँग भेट्नुअघि जर्मनी फुटबल टोलीले एउटा नयाँ प्रयोग गर्‍यो, चिडियाखाना भ्रमण गरेर। विश्वकपको नकआउट चरणमा आइतबार इङ्ल्यान्ड र जर्मनी एकअर्कासँग भिड्दै छन्। इङ्ल्यान्डसँग भेट्नु दुई दिनअघि जर्मनी टोली अभ्यासस्थल नजिकको चिडियाखानामा भ्रमण गर्‍यो र खेलाडीहरू सिंहका बच्चासँग जिस्किए।
'म खुसी छु, सबै खेलाडी सकुशल फर्किएँ र कसैलाई पनि सिंहले खाएन,' ठट्टा गर्दै जर्मन प्रशिक्षक जोचिम लोउले भने। घुमफिरले खेलाडीलाई राम्रो गर्ने कप्तान फिलिप लाहामको विश्वास छ। 'एकैखाले दैनिक तालिकाबाट मुक्त हुन पनि घुमफिर जरुरी छ,' कप्तान लाहामले भने। उनले इङ्ल्यान्डसँग डराउनुपर्ने कारण नभएको समेत बताए।adidas Men's Spain Training Jersey

'हामीले सिंहलाई पनि हेर्‍यौं। ठूला सिंहलाई नछोएपछि उनीहरूका बच्चासँग खेल्यौं,' उनले भने, 'इङल्यान्डविरुद्ध हरेक अवस्थामा आक्रमक भएर उत्रने छौं।' इङ्ल्यान्ड पहिलो खेलमा अमेरिकासँग अप्रत्यासित रूपमा १–१ को बराबरीमा रोकिएपछि नकआउट चरणको सम्भावित भिडन्तलाई लिएर जर्मनीले इङ्लिस टोलीसँग वाकयुद्ध छेडिसकेको छ।
इङ्ल्यान्डको खेल पछाडि पर्दै गएको फाबियो कापेलो आएपछि झनै खस्किएको आरोप जर्मन महान् हस्ती फ्रान्ज बेकेनबाउरले लगाएका थिए। उनले अमेरिकासँगको प्रदर्शनपछि इङ्ल्यान्डविरुद्ध आफ्नो भनाइ राखेका थिए। अमेरिका पछाडि रहेर समूह चरणमा दोस्रो भएपछि उनी पुनः इङ्ल्यान्डमाथि खनिए, 'समूह उपविजेता भएर दोस्रो चरणमा पुग्नु इङ्ल्यान्डको मूर्खता हो।' दोस्रो भनाइका लागि बेकेनबाउरले माफीसमेत मागेका थिए। अमेरिकासँग नै रोकिएपछि जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोजले इङ्ल्यान्ड नकआउट चरणमा पेनाल्टीमा हारिहाल्छ भनेर यी दुई देशको फुटबल शत्रुतालाई बढाएका थिए।adidas Men's Argentina Home Jersey
यी दुई टोलीबीच थ्रुपै पटक विश्वकपमा भेट भैसकेको छ। जसमा सन् १९६६ को विश्वकप फाइनल पनि पर्दछ। त्यो फाइनलमा इङ्ल्यान्डले जर्मनीलाई हराएको थियो भने १९९० को सेमिफाइनल पेनाल्टी सुटआउटमा जर्मनीले जितेको थियो।
कप्तान लाहमले इतिहासबाट सचेत रहनुपर्ने भए पनि त्यसले आउँदो खेललाई खासै प्रभाव नपार्ने बताउँछन्। 'यो २०१० हो पहिलाका खेलले यसमा खासै प्रभाव पार्न सक्दैन,' उनको भनाइ थियो, 'दुवै टोली पुरानो अवस्थामा छैनन्।'
जर्मनीको तुलनामा इङ्ल्यान्डको प्रिक्वार्टर यात्रा केही कठिन रह्यो। समूह 'सी' बाट इङ्ल्यान्ड उपविजेता भएर छानिएको हो। जर्मनी भने समूह विजेता हुँदै नकआउट चरणमा आइपुगेको हो। जर्मन प्रशिक्षक लोउ भन्छन्, 'उनीहरु पूरै तयारीका साथ उत्रने छन्।'
'इङ्ल्यान्ड जहिले पनि इङल्यान्ड हो। जुझारुपन, मानसिक रूपमा बलियो र अनुभव त्यो टोलीका विशेषता हुन्, 'उनले भने, 'त्यो टोलीमा जोन टेरी, फ्रान्क लाम्पार्ड, स्टेफन जेरार्ड, वाइन रुनीजस्ता युरोपियन फुटबलकै उत्कृष्ट खेलाडी छन्।'
जर्मनीले समूह चरणका तीन खेलमा एक गोलमात्र खाएको छ। तर पनि जर्मनीको रक्षापंक्ति त्यति भरपर्दो मानिँदैन। सेन्ट्रल डिफेन्डर पेर मार्टेस्कर अन्यको तुलानामा कमजोर देखिन्छन्। प्रशिक्षक लोउ इङ्ल्यान्डविरुद्धको प्लेइङ–११ मा केन्द्रित छन्। 'हामीले घानाविरुद्ध राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिम समय कायम राख्न सकेनौं। त्यसमा हामीले सुधार गर्न सकेनौं भने इङ्ल्यान्डले सजिलै त्यो मौकाको फाइदा उठाउने छ,' उनले भने।
मिडफिल्डर बास्टियन स्वेन्सटाइगरको सट्टा कसलाई खेलाउने लोउले अझै निर्णय लिन सकेका छैनन्। घानासँगको खेलमा चोट बोकेका स्वेन्सटाइगरले चोटग्रस्त कप्तान माइकल बालाकको ठाउँ लिएका थिए। लोउका अनुसार स्वन्सटाइगरको सट्टा टोनी क्रुस खेल्ने छन्। डिफेन्डर जेरोमी बोटेङले पनि पिडौलाको चोटका कारण इङ्ल्यान्डसँगको खेल गुमाउने छन् तर एक खेलको निलम्बनपछि स्ट्राइकर क्लोज टोलीमा फर्कने छन्। तर अस्ट्रेलियाविरुद्ध गोल गरेका ब्राजिलमा जन्मिएका स्ट्राइर काकाउले चोटका कारण आफ्नो नाम फिर्ता लिइसकेका छन्।Mexico 09/11 Home TechFit Soccer Jersey
उता इङ्ल्यान्ड टोलीका चोटग्रस्त डिफेन्डर किङ अभ्यासमा फर्केका छन् भने अर्का डिफेन्डर जिमी कारेघारले एक खेलको प्रतिबन्ध पूरा गरिसकेका छन्। प्रशिक्षक कापेलोले रुनीको पार्टनरमा जेर्माइन डेफोलाई उतार्ने सम्भावना छ, जसले समूह चरणको अन्तिम खेलमा गोल गरेका थिए।
source: nagariknews.com

अर्जेन्टिना र दक्षिण कोरिया दोस्रो चरणमा


 
बुधबार बिहान सकिएको खेलको परिणामसँगै अर्जेन्टिना र दक्षिण कोरिया विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ। अर्जेन्टिनाले ग्रीसलाई २-० ले पराजित गरेको थियो। अर्को खेलमा दक्षिण कोरिया र नाइजेरियाले २-२ गोलको बराबरी खेलेको थियो।
अर्जेन्टिनाले समूह चरणमा तीन वटै खेल जितेर नौ अंकका साथ समूह बी प्रथम भएर दोस्रो चरणमा प्रवेश गरेको छ भने दक्षिण कोरिया तीन खेलमा एकमा विजयी, एकमा बराबरी र एक पराजय गरी ४ अंकका साथ समूह दोस्रो भई दोस्रो चरणमा पुगेको हो। दोस्रो चरणको खेलमा अर्जेन्टिनाले मेक्सिकोसँग आगामी सोमबार खेल्नेछ भने दक्षिण कोरिया र उरुग्वेबीच शनिबार खेल हुँदैछ।
यसअघि मंगलबार राति भएको खेलमा फ्रान्सलाई २-१ ले पराजित गरे पनि त्यो आयोजक दक्षिण अफ्रिकालाई दोस्रो चरणमा पुर्‍याउन पर्याप्त हुन सकेन। अर्को खेलमा उरुग्वेले मेक्सिकोलाई १-० ले पराजित गरे पछि विश्वकप २०१० मा आयोजक राष्ट्र पहिलो चरणबाटै आउट भएको पहिलो रेकर्ड बस्न पुगेको छ।
समूह एमा प्रथम भएर उरुग्वे र दोस्रो भएर मेक्सिको दोस्रो चरणमा प्रवेश गरेको छ। यो समूहमा दक्षिण अफ्रिका र फ्रान्स बाहिरिएका छन्।