ब्लोमफोन्टेन – थोमस मुलरले दोस्रो हाफमा दुई गोल गरेपछि जर्मनीले आइतबार इङ्ल्यान्डलाई ४–१ ले पराजित गरी विश्वकपको क्वार्टरफाइनल पुगेको छ। २० वर्षे मुलरले काउन्टर एट्याकमा ३ मिनेटभित्र दुई गोल गरेपछि सन् १९६६ पछि जर्मनीलाई विश्वकपमा हराउने इङ्ल्यान्डको सपना यसपटक पनि अधूरै रह्यो।
इङ्ल्यान्डले खेलमा फर्किने अवसर पाएको थियो, तर मिडफिल्डर फ्रान्क लाम्पार्डले गरेको प्रहार बिममा लागेर गोललाइन क्रस गरे पनि उरुग्वेका रेफ्री जर्ज लारिओन्डा र उनका सहायक रेफ्रीले त्यसमा कुनै सुनुवाइ गरेनन्।
लाम्पार्डको सो गोललाई मान्यता दिएको भए इङ्ल्यान्डले खेल २–२ को बराबरीमा ल्याउने थियो।
मिरोस्लाभ क्लोजले २०औं मिनेटमा इङ्ल्यान्डको कमजोर रक्षापंक्तिको फाइदा उठाई गोल गरेर जर्मनीलाई अग्रता दिलाएका थिए। सर्बियाविरुद्धको समूह चरणको खेलमा रातो कार्ड पाएर अघिल्लो खेल गुमाएका क्लोजको यो जर्मनीका लागि ५०औं गोल हो। उनले विश्वकपमा आफ्नो कुल गोलसंख्या १२ पुर्याएका छन् र सर्वाधिक गोल गर्ने ब्राजिलका रोनाल्डोभन्दा ३ ले मात्र पछाडि छन्। यस विश्वकपमा यो उनको दोस्रो गोल हो।
राष्ट्रिय टोलीबाट खेल्दा राम्रो प्रदर्शन गर्दै आएका लुकास पोडोलस्कीले ३२औं मिनेटमा दोस्रो गोल गरे। कप्तान स्टेभन जेरार्डको क्रसमा रक्षक म्याथ्यु अप्सनले ३७औं मिनेटमा गोल गरी इङ्ल्यान्डको आशा फर्काएका थिए। स्ट्राइकर मुलरले ६७ र ७०औं मिनेटमा गोल गरी जर्मनीको विजय निश्चित गरेका थिए।
सात पटक फाइनल खेलिसकेको जर्मनीले अर्जेन्टिनासँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
nagariknews.com