Your Ad Here
Showing posts with label bollywood. Show all posts
Showing posts with label bollywood. Show all posts

ऐश्वर्याको यौन विलाप निर्देशकको सेन्सरमा


मुम्बई, कात्तिक १३ (एजेन्सी)- प्रदर्शन तयारीमा रहेको गुजारिस फिल्मका निर्देशक सञ्जयलीला भन्सालीले मुख्य भूमिकामा रहेकी ऐश्वर्या रायको यौन विलाप दृश्य हटाएका छन्। बच्चन परिवारकी बुहारी रहेकी ऐश्वर्याको चरित्र बिग्रनसक्ने सम्भावनालाई ध्यानमा राख्दै निर्देशक भन्सालीले प्रदर्शनपूर्व नै फिल्मबाट यौन विलापका दृश्य हटाएका हुन्।

निर्देशकले प्रदर्शनपूर्व फिल्मका दृश्य थपघट गर्नसक्ने भन्दै भन्सालीले आफ्नो कार्यको औचित्य पुष्टि गर्ने कोसिस गरे।
गुजारिसमा ऐश्वर्याको जोडीको रुपमा ऋतिक रोशन छन्। धुम २ मा यही जोडीको 'टङकिस'लाई लिएर विवाद चलेपछि ऐश्वर्याका ससुरा अमिताभको अनुरोधमा सो दृश्य फिल्मबाट हटाइएको थियो। अहिले पनि बच्चन परिवारकै अनुरोधमा दृश्य हटाइएको हुनसक्ने बलिउड खबर लेख्ने इन्टरनेट साइटहरुले उल्लेख गरेका छन्।
form nagariknews online

रोबोटको क्लिन बोल्ड


मेरोसिनेमा १७ असोज २०६७,
रजनीकान्तको रोबोटले बलिउड स्टास्रलाई क्लिन बोल्ड गरिदिएको छ । जसले रोबोट हेरेको छ उसले खुलेर चलचित्रको प्रशंसा गरेको छ भने नहेरेकाले हेर्नका लागि अधैर्य गरिरहेका छन् ।

बलिउडका 'पर्फेक्टनिस्ट' आमिर खान पनि दक्षिणका सुपरस्टार रजनीकान्तको फिल्म रोबोट हेरेर चकित भएका छन् । आमिरले सोसल नेटवर्किङ साइट फेसबुकमा लेखेका छन् कि -म रोबोट हेर्न चाहन्छु किनभने रजनी सरले कमालको अभिनय गरेका छन् ।

ऐश्वर्या राय र रजनीकान्तको रोबोट तामिल भाषामा 'एन्धीरन'को नामबाट रिलिज भएको छ । यो शुक्रवार रिलिज भएको उक्त फिल्मले दक्षिणका दर्शकलाई पागल तुल्याइदिएको छ । रजनीकान्तका फ्यानहरु बिहान सबेरै पाँचबजे उठेर टिकट लिन सिनेमा घर धाउन थालेका छन् ।

१७५ करोडमा निर्माण भएको रोबोटलाई बलिउडमा अहिलेसम्मकै महंगो फिल्म मानिएको छ । अहिलेसम्म जुन कलाकारले यो फिल्म हेरेका छन् उनीहरुलाई रोबोटलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् । रितेश देशमुखले पनि रोबोटको प्रशंसा गर्दै ट्वीटरमा लेखेका छन् -रजनीकान्त सुपरस्टार हुन् । उनले सबैलाई लोभ्याइदिएका छन् । रजनीको फ्यानलाई रोबोट निकै मनपर्नेछ । जानुस फिल्म हेर्नुस । तर केही लामो छ भरपुर मनोरन्जन लिनुहुनेछ ।

तुषार कपुर भन्छन् कि फिल्म केही लामो छ तर भरपुर मज्जाको छ । यो उमेरमा पनि रजनीकान्त किनै योङ देखिएका छन् । उनी सुपरस्टार भएकोमा कुनै शंका छैन । समीरा रेड्डीले पनि रजनीकान्तको प्रशंसा गर्दै आफू रजनीको नम्बर वान फ्यान भएको बताएकी छिन् । बाक्स अफिसमा उनले यस्तो धमाल मच्चाएका देख्दा

आफ्नै डिजाइनमा ऐश्वर्या


स्टाइल र फेसनका मामिलामा पूर्वविश्वसुन्दरी एवं बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई आफ्नो स्टाइल आइकन मान्नेहरू धेरै भेटिन्छन् । स्टाइलिस अभिनेत्री ऐश्वर्याले आफू अभिनीत तामिल भाषाको  चलचित्र  'इन्दिरन' अर्थात् रोबोटमा आफ्नो पहिरनको कन्सेप्ट र डिजाइनमा आफैंले काम गरेकी छिन् । दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनीकान्तको प्रेमिकाको चरित्र निर्वाह गरेकी ऐश्वर्याको यो  चलचित्र हालसम्मकै महागो भारतीय चलचित्र भएको बताइन्छ । स्रोतका अनुसार सेप्टेम्बर महिनामा प्रदर्शनमा आउने यो चलचित्र १ सय ९० करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको छ ।

अमिताभसँग लन्च खान ६ लाख भारु!


नयाँ दिल्ली, असोज १३ - बलिउड अभिनेता अमिताभ वच्चनसँग खाना खान पाउने हो भने कति खर्च गर्न सक्नुहुन्छ? अमिताभले आफूसँग खाना खानेको बोलकबोल अघि सारेका छन्। अनि उनीसँग खाना खान ६ लाख भारतीय रुपैयाँसम्म तिर्न तयार भएका छन्, उनका फ्यान। एउटा च्यारिटीको लागि अमिताबले वेबसाइट इबेमा बोलकबोल सुरु गरेका थिए। जसमा उनीसँग लन्चका लागि १ हजार १ रुपैयाँ तिर्न चाहनले प्रस्ताब सुरुमा परेको थियो। यो प्रस्ताव बढ्दै गएर ६ लाख रुपैयाँसम्म पुगेको हो।

त्यस्तै अक्षय कुमारसँग खाना खानको लागि ४ लाख ५२ हजार रुपैयाँ तिर्न तयार भएका छन्। अमिताभले बोलकबोलमा बढी रकम दिनेसँग खाना खाने छन् भने उनीहरुले सोधेको कुराको जवाफ पनि दिनेछन्। फोटो खिच्न तथा अटोग्राफ पनि लिन पाउनेछन्। - एजेन्सी

रणवीर कपुर रुमाल बेरिएर नाचे



मुम्बई, असोज ७ - रिलिजको मुखैमा पुगेको फिल्म अन्जाना अन्जानीको प्रवर्द्धन गर्न रियालिटी सो छोटे उस्ताद पुगेका हिरो रणवीर कपुर रुमाल बेरिएर नाच्न बाध्य भए। हिरोइन प्रियंका चोपडासँग फिल्मको प्रवर्द्धन गर्न पुगेका रणवीरलाई छोटो उस्तादका प्रतिस्पर्धीहरुले उनको फिल्म सावरियामा जस्तै 'टावेल डान्स' देखाउन भने। रणवीर लजाए तर नाच्न वाध्य भए।
रणवीरले नाचेलगत्तै प्रियंकाले आफ्नो ट्वीटर अपडेट गरिन् र यो नाचले झनै चर्चा पायो। कार्यक्रममा प्रियंकाले छोटो उस्तादहरुसँग नाचेकी थिइन्। यो रियालिटी सोमा रणवीरले सहभागीलाई टावेल डान्स त सिकाए तर उनीहरुले लय समात्न सकेनन्। टावेल डान्समै नाच्दा एक सहभागीको रुमाल झरेपनि उनी नाचिरहेका थिए। - एजेन्सी

काजोलले छोरा जन्माइन्





मुम्बई, भदौ ३० (एजेन्सी) - बलिउड हिरोइन काजोलले छोरा जन्माएकी छिन्। हिरो अजय देवगान र कजोलको यो दोस्रो सन्तान हो। पारिवारिक स्रोतका अनुसार लिलावती अस्पतालमा छोरा जन्माएकी काजोल आमाछोराको अवस्था राम्रो छ। काजोल-अजय दम्पतीको छोरी नैशा ७ वर्षकी छिन्। मधुर भण्डारकरको निर्देशनमा बन्दै गरेको फिल्म दिल तो बच्चा है जी (जसमा अजयले अभिनय गरिरहेका छन्)ले ट्वीट गरेको छ, 'छोराको लागि अजय र काजोललाई बधाई। गणपति बाप्पा मोरिया...'
साहरुख खानले पनि लेखेका छन्, 'जीवनलाई पृथ्वीमा ल्याउनु भगवानको सबैभन्दा राम्रो उपहार हो। अल्लाहले काजोल र अजयलाई खुशी, स्वस्थ छोरा दिएका छन। वा मासह अल्लाह।'

प्रियन्का चोपडाले पनि उनीहरुलाई वधाई दिएकी छिन्। उनले ट्वीट गरेकी छिन्, 'बाधाई छ अजय र काजोल।'

अजय र काजोललाई सन् २०१० उपलव्धीजनक रहेको छ। सुरुमा आएको काजोलको फिल्म माइनेम इज खानले बक्स अफिसमा राम्रो कमाई गरेको थियो भने भर्खरै रिलिज भएको वी आर फेमिलीले पनि कमाइरहेको छ। अजयले यसै वर्ष व्लकवस्टर वन्स अपन अ टाइम इन मुम्बई जस्तो फिल्म दिइसकेका छन्।

वी आर फेमिली

बलिउडमा यो साता एउटा मात्र चलचित्र 'वी आर फेमिली' प्रदर्शन हुँदैछ । पारिवारिक तथा रोमान्टिक कथा समेटिएको यो चलचित्रमा अर्जुन रामपाल, काजोल, करिना कपूर, आँचल मुञ्जाल, नोमिनाथ गिन्बर्ग, दिया सोनेचा आदि  कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । अधिकांश दृश्य अस्ट्रेलियामा छायांकन गरिएको यो चलचित्रको निर्देश्ान सिद्धार्थ पी मल्होत्राले गरेका हुन् भने करण जौहर यसका निर्माता हुन् । शंकर अहसान लोयद्वारा संगीतबद्ध चलचित्रका  गीतहरू राहत फतेह अलि खान, श्रेया घोषाल, शंकर महादेवन, सोनु निगम आदिले गाएका छन् । यो चलचित्रको कथा विदेशी कथाकारको उपन्यास स्टेप मममा आधारित छ ।

चलचित्रको कथाअनुसार माया -काजोल) का लागि आफ्ना तीन सन्तान आलिया, अंकुल तथा अञ्जलीभन्दा ठूलो कुरा केही छैन । उनको सम्पूर्ण ध्यान छोरा-छोरी हुर्काउनमै केन्दि्रत छ । मायाले आफ्ना श्रीमान् अमन -अर्जुन रामपाल) सँग  सम्बन्धविच्छेद गरिसकेकी छिन् । सम्बन्धविच्छेद गरे पनि उनी अमन तथा उनका छोराछोरीको जीवन सहज ढंगले बितोस् भन्ने चाहन्छिन् । अमनले एक दिन आफ्नी प्रेमिका श्रेया -करिना कपुर) लाई मायासँग चिनजान गराउँछन् । श्रे याका लागि उनको करियर महत्त्वपूर्ण छ । परिवार तथा बालबालिकाप्रति उनी अनभिज्ञ छिन् । चलचित्रको कथाअघि बढ्दै जाँदा दुवै महिला एउटै घरमा बस्नुपर्ने बाध्यता आइपर्छ । दुवैबीच विकट परिस्थिति सिर्जना हुन्छ । यसक्रममा  मायाले केही कुराको त्यागसमेत गर्नुपर्ने हुन्छ, किनभने भने उनी 'वी आर फेमिली' भन्ने कुरा गर्वका साथ भन्न रुचाउँछिन् ।
source: ekantipur.com/saptahik

चुरोट खाएवापत अजय देवगानलाई २०० जरिवाना




मुम्बई, भदौ २० - गोलमाल ३ सार्वजनिक गर्ने तयारीमा रहेका बलिउडका अभिनेता अजय देवगानले सार्वजनिक स्थानमा चुरोट खाएवापत २ सय रुपैयाँ जरिवाना तिरेका छन्। गोलमाल ३ को सुटिङकै समयमा भारतको चर्चित वीच गोवामा उनले सार्वजनिक स्थानमा चुरोट खाएको उजुरी परेको थियो। आइनोक्स सिनेमा हल नजिकै उनले चुरोट खाएको आरोपसहित राष्ट्रिय धुमपान नियन्त्रण कार्यालयमा उजुरी परेको हो।उक्त कार्यालयले उनलाई सार्वजनिक स्थानमा चुरोट खाएवापत २ सय रुपैयाँ तिर्न निर्देशन दिएको थियो। गत वुधबार मात्रै अजयका सहयोगीले चुरोट खाएको मूल्य तिरे। सन् २००३ मा भारतले सार्वजनिक स्थानमा चुरोट खान निषेध गरेको छ।
त्यतिमात्र होइन धुमपान नियन्त्रणका लागि भारतीय फिल्ममा चुरोट खाएका दृष्य समेत राख्न प्रतिवन्ध लगाइएको छ। त्यसो त नेपालमा पनि सार्वजनिक स्थानमा चुरोट खान निषेध गरिएको छ। न कसैले चुरोट खान छाडेका छन् न कसैमाथि कारबाही नै भएको छ।
source:nagariknews.com

सलमानको जोडीमा सोनाक्षी



मुम्बई, भदौ १४ (एजेन्सी)- बलिउडमा अब अर्को स्टारपुत्रीको पालो आएको छ। उनी हुन्, सोनाक्षी सिन्हा। अभिनेता शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षी 'दबंग' फिल्ममा सलमान खानको जोडी भएर देखिँदैछिन्। भदौ २५ मा रिलिज हुने 'दबंग'मा सोनाक्षीलाई बिहारी युवतीको भूमिकामा हेर्न पाइनेछ। फिल्ममा विनोद खन्ना, डिम्पल कपडिया, अरबाज खान पनि छन्। 
सोनाक्षीले दुई वर्षअघि ल्याक्मे फेसन विकमा क्याटवाक गरेकी थिइन्। उनी बलिउडको दुनियाँमा बुवा शत्रुघ्नको कृपाले आएकी भने होइनन्। सलमान आफैले उनलाई अफर दिएका हुन्।

अभिनेत्री अमृता अरोराको बिहेअघिको मेहन्दी समारोहमा सोनाक्षीले 'मै आई हु युपी बिहार लुट्ने' गीतमा नृत्य गरेकी थिइन्। त्यही नृत्य हेरेर सलमानले फिल्मका निर्माता तथा आफ्ना भाइ अरबाजसँग बिहारी युवतीको भूमिका सोनाक्षीलाई दिँदा सुहाउने सुझाव दिएका थिए।
त्यति नै बेला सलमानले सोनाक्षीलाई शत्रुघ्नको 'खामोस' शब्द उच्चारण गर्न लगाए। सोनाक्षीले यति आकर्षक ढंगमा त्यो शब्द भनिन् कि अरबाजले तुरुन्तै सलमानको कुरा स्वीकार गरे।
सोनाक्षीले 'दबंग' रिलिज नहुँदै अरबाजको अर्को फिल्म, साजिद नाडियडवालाको 'किक' र साजिद वाजिदको नयाँ फिल्ममा काम पाइसकेकी छिन्।
source: nagariknews.com

२ अर्ब ९ करोड कमाइसकेको 'माइ नेम इज खान' अझै कमाउँदै



मुम्बई, भदौ १३ - गत फेब्रुअरीमा रिलिज भएको फिल्म माइ नेम इज खानले भारतमा १ सय १० करोड र विदेशमा ९९ करोड रुपैयाँ कमाएको छ। फिल्मको यो कमाई अझै थपिँदैछ। ४ युरोपेली भाषाहरु स्पेनिस, जर्मनी, रसियन र इटालियन भाषामा समेत रिलिज भएको यो सिनेमाको ४ सय २४ प्रिन्ट युरोपमा मात्र वितरण भएको थियो। यो संख्या हलिउडको युरोपमा रिलिज हुने कुनै पनि फिल्म भन्दा बढी भएको बताइन्छ।


फक्स स्टार स्टुडियोको आधिकारिक वक्तव्य अनुसार अमेरिका, बेलायत, मध्यपूर्व र अष्ट्रेलियामा फिल्म सर्वाधिक सफल भएको छ। युरोपमा मात्र फिल्मले ५६ लाख डलर कमाएको छ। माइ नेम इज खान अहिले पनि जर्मनीका हलहरुमा प्रदर्शन भइरहेको छ। यो फिल्म सेप्टेम्बरमा रसियामा र नोभेम्बरमा इटालीमा रिलिज हुँदैछ। यी दुई देशमा १०० भन्दा बढी प्रिन्ट पठाइने बताइएको छ।

फक्स स्टार स्टुडियोले नयाँ बजारको सम्भावना देखाउन सकेको छ, फिल्मबाट। मध्यपूर्व, पाकिस्तान, श्रीलंका, इन्डोनेसिया, सिंगापुर, मलेसिया, इजिप्ट, लेवनन, जोर्डन, सिरिया, दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकमा बलिउडको सबैभन्दा कमाउने फिल्म बनेको छ, माइ नेम इज खान। प्योट्रोरिको, सिरिया, लेबनान, जोर्डन, इजिप्ट, ताइवान, इटाली, स्पेन र रसियाजस्ता मुलुकमा यो भारतको पहिलो रिलिज पनि बन्न सफल भएको छ। -एजेन्सी

धुम-३ मा आमिर खान भिलेन?



मुम्बई, भदौ ३ - थ्री इडियटलगत्तै सस्तो फिल्म पिपली लाइभबाट महँगो आम्दानी गर्न सफल हिरो आमिर खानलाई धुम ३ मा भिलेनमा खेल्न प्रस्ताव आएको छ। यसअघि बनेका धुमका दुई भागमा भिलेनकै भूमिका सबैभन्दा सशक्त थियो। धुममा जोन अव्राहम र धुम २ मा हृतिक रोशन। दुबै भिलेनकै रोलमा थिए। आदित्य चोपडाले आमिर खानलाई धुमको सिक्वेलमा प्रस्ताव गरेका हुन्।
फिल्म फना पछि आमिर र यसराज एउटै प्रोजेक्टमा देखिएका छैनन्। हुनसक्छ धुम ३ ले यी दुईलाई एउटै स्थानमा उभ्याउने छ। र आमिर धुम ३ मा खेले भने बक्स अफिसमा धुम ब्रान्डले सबैखाले रेकर्ड ब्रेक गर्न सक्छ।

धुम ३ मा प्रस्तव भएपनि आमिरले यसबारे खासै बोलेका छैनन्। उनले फिल्म खेल्ने र नखेल्दै कुनै पनि कुरा सार्वजनिक गरेका छैनन्। धुम ३ अझै पनि 'प्लानिङ' कै अवस्थामा छ। स्क्रिप्टमा काम नसकिएकाले कलाकार को लिने भन्ने अझे निधो नभइसकेको बताइएको छ।
source: nagariknews.com

पिपली लाइभ : मिडियामाथि चोटिलो प्रहार



ऋषिकेश दाहाल - सैफअलि खानले स्कुलमा पढ्दा एउटी केटीलाई किस गरेका रहेछन्। समाचार कक्षमा यो खबर आइपुग्दा करिब २५ देखि ३० वर्ष लाग्यो होला। त्यसपछि २४ घन्टे समाचार दिन खटिएका धुरन्धर पत्रकारहरु जुटे 'ब्रेकिङ न्युज' बनाउन। यस्तो समाचार कक्षमा नत्थाले आत्महत्या गर्ने खबर कम रोचक हुने भएन।  त्यसपछि नत्था बन्यो 'सेलिव्रेटी' र उसले आची गरेको समेत खिचेर समाचार बनाउन तयार भए मिडिया। के हाम्रो मिडियाको अवस्था यही हो?
मिडियाको प्रकृति बहुआयामिक हुन्छ। र यसका आयम भित्र राम्रा, नराम्रा या पक्ष विपक्ष सबै अटाएका हुन्छन्। कुनै एउटा पक्षलाई मात्र उचाल्ने हो भने त्यसलाई प्रष्टरुपमा एकातर्फी हेराई या 'वन आई भ्यू' मान्न सकिन्छ। किसानको कथा भएपनि मिडियाप्रति तिखो तिर चलाउन सफल आमिर खानको सिनेमा पिपली लाइभ यथार्थपरक भएपनि बढाइचढाइबाट अछुतो छैन।
भारतीय टेलिभिजनका प्रस्तुति र त्यहाँका 'सेलिव्रेटी'लाई 'सेल' गर्ने प्रचलनलाईमात्र हेर्ने हो भने पिपली लाइभ सर्वोत्कृष्ट छ। मिडियाको नकारात्मक चित्रणमात्र गर्न भरसक प्रयास भएको सिनेमाले सत्यलाई केही बढाइचढाइ गरेको छ। अर्थात, यो ह्वाइट प्रोपागान्डा। यानी 'सत्यको बढाइचढाइ' बाट प्रेरित। न्युजरुमलाई सिनेमाले एककिसिमको 'फिल्मी गसिपको डस्टविन' झै देखाएको छ। न्युजरुमभित्र 'सेफअलि खानले स्कुले केटाकेटी हुँदा एउटी केटीलाई किस गरेको खबर' स्कुप र ब्रेकिङ बनाउन छलफल भएको देखाउँदा इन्डिया टिभी, आजतक र स्टारन्युजमा भारतीय क्रिकेटको समाचार हेर्न वाध्य दर्शक खुलेर हास्छन्। तर, सत्य त्यतिमात्र हो त? हामीलाई भारतीय क्रिकेट टिमले जित्दा या हार्दा कुनै पनि अवस्थामा भारतीय टेलिभिजन च्यानल हेर्न मन नलाग्न सक्छ। कारण छ त्यसको। भारतीय च्यानलको जित्दा 'शेर' हार्दा 'ढेर' भन्ने प्रवृति हामीलाई रुचिकर नहोला। तर हामीलाई मन नपरेका टेलिभिजन च्यानलले त्यहाँको सामाजिक, राजनीतिक या अन्य क्षेत्रमा सकारात्मक प्रभाव नै पारेका छैनन् भन्न मिल्दैन।
 
कलाकार नत्था : ओमकार दाश मानिकपुरी
वुधिया : रघुबीर यादव
मलायका सिनोइ : नन्दिता मल्लिक
राकेश : नवाजुद्धिन सिद्धिकी
धनिया : सालिनी वात्सा
अम्मा : फारुख जाफर
कुमार दीपक : विशाल ओ. शर्मा
कृषि मन्त्री : नसिरुद्धिन साह
 
पत्रकारिता या मिडिया उद्योग अन्य उद्योगभन्दा फरक होइनन्। फरक यसको उत्पादन मात्र हो। मिडियाले पनि आफ्ना उत्पादन बेच्ने हो अरु 'फ्याक्ट्रि मेड प्रोडक्ट'ले जस्तै। तर, मिडियाले आफ्ना उत्पादन बेचेर नाफा कमाउँदा समाजलाई केही न केही नाफा मिलिरहेको हुन्छ जुन अरु उद्योगले कम दिन्छन्। मिडियाको यो आयामलाई फिल्मले वास्ता गरेको छैन्। वास्ता नगर्नु नै यसको विशेषता बनेको छ। नत्र फिल्म उद्देश्यहीन हुने थियो। मिडियालाई गाली गर्नु छ भने उसको राम्रो पक्ष देखाउँदा 'मिसन' प्रभावित हुन्छ नै।
 
प्रोडक्सन: आमिर खान
 
पिपली लाइभमा चार प्रमुख कथा छन्, गरीब किसान, मिडिया चलाउने साहु, घीनलाग्दो राजनीतिका खेलाडी र ठूलो टेलिभिजन स्टेसनमा काम गर्ने रहर पालेको स्थानीय पत्रकारहरुको। सिनेमाले गरीवको कथा बेजोडले प्रस्तुत गरेको छ। बैंकको ऋण तिर्न रकम नभएपछि आत्महत्या गरेर ऋण तिर्न खोज्ने अशिक्षित भारतीय र त्यसकै आडमा राजनीति गर्ने नेताको चरित्र नङ्ग्याएको छ, सिनेमाले। खेलाँचीमा आत्महत्या गर्न र गराउन प्रेरित समाजको प्रवृत्ति र मृत्युपछि पाउन नसकेको रकम। र, लामो समयसम्म उचालिएको 'इस्यु'को 'फलोअप' गर्न छाड्ने मिडियाको संस्कार सिनेमामा उनिएका छन्। त्यही किसानमाथि राजनीति गर्ने नेता र भारतका विकासे गतिविधिमाथि पनि व्यङ्ग्य पर्याप्त छ, सिनेमामा। स्थानीय तहमा काम गर्ने पत्रकारमाथि ठूला मिडिया हाउसका पत्रकारले गर्ने शोषण पनि सिनेमाले उनेको छ। अझ यसले सतही सूचना र 'सेन्सेस्नल' बनाउने प्रवृत्तिलाई चोटिलो प्रहार गरेको छ।
 
निर्देशन : अनुषा रिजभी
 
समग्रमा सिनेमाले समातेको विषयवस्तु र प्रस्तुति उत्कृष्ट छ। मिडियाकर्मीका लागि सिनेमा हेर्नैपर्ने विषयमा बनेको छ। र जवरजस्ती समाचार बनिरहेका सेलिव्रेटीलाई सिनेमाले राहत दिएको छ। त्यसैले आमिर खानको घरमै पिपली लाइभ हेरेर फर्केका सलमान खानले भनेको हुनुपर्छ - 'फिल्म विशेषत तपाँईहरु (पत्रकार)ले हेर्नैपर्छ ।'
source: nagariknews.com

पूरा हुँदै सोनमको हलिउड सपना



मुम्बई, साउन २७ - बलिउड छिरेको छोटो समयमै सोनम कपुरलाई हलिउडको बाटो खुल्ने भएको छ। ऐसाकी हिरोइन सोनम अब हलिउडको सिनेममा देखिनेछिन। जसको लागि उनको बाबु अनिल कपुर आफै लागिपरेका छन्। हलिउडको स्लमडग मिलेनियरमा काम गरिसकेका बाबु अनिल कपुर छोरीको 'हलिउड सपना' पूरा गराउँदैछन्।
केही समयअघिमात्रै हलिउडका हास्य अभिनेता विन स्टेलरसँगै उनले काम गर्ने हल्ला वलिउडमा फैलिएको थियो। हल्ला सत्य थियो। अब अनिल कपुर छोरीको लागि स्टेलरसँग कुरा गर्न लस एन्जलस गएका थिए। स्टेलरले अनिललाई फोन गरेर उनकी छोरीलाई स्टेलरको आगामी 'प्रोजेक्ट' '३० मिनट्स ओर लेस' मा राख्न चाहेको बताएका थिए।

तर, त्यतिखेर सोनम कपुर साहिद कपुरसँग फिल्म मौशममा व्यस्त थिइन भने अक्षय कुमारसँग थ्याङ्क्युमा। छोरीको व्यस्ततासँगै हलिउड प्रस्तावले बाबु अनिल खुशी नहुने कुरै भएन। भारतीय पत्रिका टाइम्स अफ इन्डियामा अन्तरवार्ता दिँदै अनिलले भनेका छन्, 'सोनमको ४ वटामात्रै सिनेमा आएका छन् तर त्यो भन्दा बढी भारतीय र हलिउडका सिनेमाको अफर आइसके।'

अनिलले छोरी सोनमका लागि अहिलेको अवस्था धेरै नै राम्रो भएको बताएका छन्। उनले समय, फिल्मको स्कृप्ट, रोल हेरेर मौसमको सुटिङपछिमात्रै छोरीलाई हलिउड यात्रा गर्न सल्लाह दिएका छन्। - एजेन्सी

हलमा लाग्नुअघि नै पिपली लाइभको लगानी उठ्यो



मुम्बई, साउन २६ -न कुनै ठूला कलाकार, न त ठूलो लगानी नै। आउँदो शुक्रबार रिलिज हुने बलिउडको पिप्ली लाइभले सिनेमाघरमा दर्शक छिर्नु अघि नै लगानी उठाइसकेको छ। आमिर खानले निर्माण गरेको यो फिल्म 'आमिर खान ब्रान्ड'का कारण चर्चामा छ भने लगानी उठिसकेपछि अब जति टिकेट काटिन्छ उति फिल्मको कमाई! बलिउड हङ्गामाले त उनको कमाइलाई त 'उपरवाला जव देता हे तो छप्पर फाडके' समेत भनेको छ। तर फिल्मको लगानी कति र कति रकम उठेको भन्ने समाचारमा खुलाइएको छैन।

पिपली लाइभको जोडतोडले प्रवर्द्धन गरिरहेका आमिरले यो सिनेमामा कुनै सिनेमामा नदेखिएका पात्रलाई 'हिरो' बनाएका छन्। स्याटेलाइट अधिकार बिक्री तथा ओभरसिज आम्दानी तथा म्युजिकको कमाइले यो फिल्म बनाउन लागेको खर्च उठेको छ। अबको आम्दानी भने उनको नाफामात्र रहनेछ। 
nagariknews.com
आज शुक्रबार सार्वजनिक हुने बलिउड चलचित्र 'वन्स अपअन अ टाइम इन मुम्बई' एक्सन तथा रोमान्टिक चलचित्र हो । एकता कपुरको बालाजी  पिक्चर्सले निर्माण गरेको यो चलचित्रमा अजय देवगण, इमरान हासमी, कंगना रानावत, प्राची देसाई, रणदीप हुद्दा, गौहर खान, अवतार गिल आदि  कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । मिलन लुथरियाद्वारा निर्देशित यो चलचित्रलाई प्रीतमले संगीतबद्ध गरेका हुन् भने यसका गीतहरू मिका  सिंह, केके, सुनिधि चौहान, मोहित चौहान, राहत फतेह अलि खान आदिले गाएका छन् । फरक शैलीको कथामा निर्माण भएको यो चलचित्रलाई एक  जना प्रहरी अधिकृतको आँखाबाट हेर्ने प्रयास गरिएको छ । चलचित्रमा सन् ७० को दशकको कथा समावेश छ, जतिबेला मुम्बईमा अन्डरवल्र्डको  परिभाषा परिवर्तन भैरहेको थियो । मुम्बईमा अन्डरवल्र्डको चहलपहल कसरी प्रारम्भ भयो ? के कारणले भारतमा यो अपराध प्रारम्भ भयो ? यही  कुरालाई चलचित्रको मुख्य विषय बनाइएको छ । चलचित्रको कथाअनुसार १९७० मा मुम्बईमा सुल्तान -अजय देवगण) को उदय हुन्छ । अन्डरवल्र्डको  संसारमा उनी तीव्र गतिमा अघि बढ्छन् । मुम्बईमा उनको साम्राज्य चल्न थाल्छ । शोएब -इमरान हासमी) कुनै बेला सुल्तानसँगै काम गर्थे, तर अहिले  शोएबले सुल्तानको प्रभुत्वलाई चुनौती दिन थालेका छन् । अजय देवगणको चरित्र मुम्बईका पहिलो डन हाजी मस्तानबाट प्रेरित भएको बताइन्छ ।  चलचित्रमा ४० वर्षअघिको मुम्बई देखाउन प्रशस्त मेहनत गरिएको छ । कलाकारको हाउभाउ तथा पहिरनमार्फत त्यस बेलाको समय झल्काउने प्रयास  यो चलचित्रमा भएको छ ।
ekantipur.com/saptahik