Your Ad Here

धुम-३ मा आमिर खान भिलेन?



मुम्बई, भदौ ३ - थ्री इडियटलगत्तै सस्तो फिल्म पिपली लाइभबाट महँगो आम्दानी गर्न सफल हिरो आमिर खानलाई धुम ३ मा भिलेनमा खेल्न प्रस्ताव आएको छ। यसअघि बनेका धुमका दुई भागमा भिलेनकै भूमिका सबैभन्दा सशक्त थियो। धुममा जोन अव्राहम र धुम २ मा हृतिक रोशन। दुबै भिलेनकै रोलमा थिए। आदित्य चोपडाले आमिर खानलाई धुमको सिक्वेलमा प्रस्ताव गरेका हुन्।
फिल्म फना पछि आमिर र यसराज एउटै प्रोजेक्टमा देखिएका छैनन्। हुनसक्छ धुम ३ ले यी दुईलाई एउटै स्थानमा उभ्याउने छ। र आमिर धुम ३ मा खेले भने बक्स अफिसमा धुम ब्रान्डले सबैखाले रेकर्ड ब्रेक गर्न सक्छ।

धुम ३ मा प्रस्तव भएपनि आमिरले यसबारे खासै बोलेका छैनन्। उनले फिल्म खेल्ने र नखेल्दै कुनै पनि कुरा सार्वजनिक गरेका छैनन्। धुम ३ अझै पनि 'प्लानिङ' कै अवस्थामा छ। स्क्रिप्टमा काम नसकिएकाले कलाकार को लिने भन्ने अझे निधो नभइसकेको बताइएको छ।
source: nagariknews.com