Your Ad Here
Showing posts with label nepali culture. Show all posts
Showing posts with label nepali culture. Show all posts

हलिउड स्टारले किने नेपाली सामान




श्याम भट्ट, काठमाडौं, असोज १४- हलिउड स्टार लियोनार्दो डिक्याप्रियो र विल स्मिथले नेपालमा बनेको टपरी रुचाए। अभिनेत्री निकोल किड्म्यानले नेपालमा बनेको पर्स रुचाइन्। काठमाडौंमा फ्याँकिएका प्लास्टिक जम्मा गरेर स्पाइरल फाउन्डेसनले बनाउने यस्ता टपरी, पर्स र अन्य थुप्रै सामग्री हलिउडका निर्देशक, अभिनेता, र निर्माताले पनि किन्दा रहेछन्।  फाउन्डेसनकी उपाध्यक्ष मेरिकिया सिम्सिकका पति जेम्स सिम्सिक हलिउडमा साउन्ड इन्जिनियर भएकाले नेपालको फोहोरबाट बनेका सामान त्यहाँका स्टारसम्म पुगेको हो। लस एन्जलसस्थित सिम्सिकको घरमै यस्तो सामग्री बेच्ने पसल खोलिएको छ। इटालीस्थित उनीहरूको घरमा पनि यस्तो सामान बेच्ने पसल खोलिएको छ।

नेपालमै संकलन गरिएका फोहोरबाट नेपालमै बनाइने यस्ता सामग्री बेच्ने पसल अब लस एन्जलस र इटालीमा मात्र छैनन्, काठमाडौंकै ठमेलमा पनि खुलेको छ। पसलको नाम छ-'रिसाइक्लिङ फर गुडनेस।'
फाउन्डेसनको स्पाइरल क्राफ्ट फर वुमन कार्यक्रमअन्तर्गत सहरका होटल र सिनेमाहलबाट जम्मा गरिएका प्लास्टिकबाट यस्ता सामान बनाइन्छन्। योबाहेक फाउन्डेसनले धादिङका विकट गाउँ तिप्लिङ, सेर्थुङ र लापाका स्थानीयबाट बनाइएका ह्यान्डीक्राफ्टका सामान पनि बेचिरहेको छ। फाउन्डेसनले यो काममा २ सय द्वन्द्वविस्थापित महिला परिवारलाई संलग्न गराएको छ। सामानको बिक्रीबाट आएको रकम फाउन्डेसनले स्वास्थ्य र शिक्षामा खर्च गर्दै आएको छ। नेपाल र भियतनामका गरिबसँग काम गर्दै आएको फाउन्डेसनकी सिम्सिकले बुधबार ठमेलमा पसल उद्घाटन गरिन्।
कला र इतिहासमा विद्यावारिधि गरेकी सिम्सिकले उद्घाटनमा भनिन्, 'इटली र अमेरिकामा त यस्ता सामान बेच्थ्यौं, नेपालमा बेच्न थालेका छौं। प्लास्टिक सामग्री बनाउने धादिङ तिप्लिङका कर्ल तामाङले विदेशबाट यस्ता सामग्रीको प्रसस्त अर्डर आउने गरे पनि अहिले घटेको बताए।
पसलमा बोराको सुतलीले बनेका झोला, पेन्सिलहोल्डर, फ्रेन्डसिप ब्यान्डसँगै प्लास्टिकले बनेका टपरी, झोलालगायतका सजावटका सामान राखिएका छन्। अहिले हजार जना भियतनामी र नेपाली फाउन्डेसनमा आवद्ध छन्।
फाउन्डेसनसँग काम गर्दै आएको हिमालयन हेल्थ केयरकी कार्यकारी अधिकृत सोनी केसी पराजुलीका अनुसार इलामको मेघबहादुर पराजुली सामुदायिक अस्पताल र धादिङको विकट गाउँका हेल्थपोस्ट सञ्चालनमा उसले सघाइरहेको छ।

यस्तो छ नाफाको लोगो





काठमाडौं, भदौ २४ (नागरिक)- नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को लोगो छनोट भएको छ। सुयोग्यराज काफ्लेद्वारा डिजाइन गरिएको लोगोको बुधबार प्रतिष्ठानका कुलपति किरण मानन्धरले सार्वजनिक गरेका हुन्। विज्ञापनपछि प्राप्त भएका ९७ वटा डिजाइनमध्ये निर्णायक समितिले काफ्लेको डिजाइनलाई सर्वोत्कृष्ट ठहराएको हो। केके कर्माचार्य, विजय थापा र अशोकमान सिंह सम्मिलित समितिले अरू पाँच लोगोलाई पनि उत्कृष्टका रूपमा छनोट गरेको छ।
उत्कृष्ट पाँच लोगो डिजाइन गर्नेमा सुन्दर बस्नेत, सागर मानन्धर, लालकाजी लामा, शिवा राणा र श्रुति साह रहेका छन्। सर्वोत्कृष्ट र उत्कृष्टहरूलाई चाँडै कार्यक्रम आयोजना गरी पुरस्कृत गरिने कुलपति मानन्धरले बताए।
लोगोको त्रिकोणात्मक आकारले सगरमाथा र स्थायीत्वलाई, नीलो रङले शान्ति, सुनौलो रङले नेपाली कलाको वैभव र सेतो लयात्मक रेखाले स्वच्छ नेपाली कलाको विकासको गतिलाई जनाउने प्रतिष्ठानका सदस्यसचिव केके कर्माचार्यले खुलाए।
source: nagariknews.com

युरोपमा प्रतिबन्धित जुली मैया काठमाडौंमा




बद्रीकुमार न्यौपाने, काठमाडौं, भदौ २१- यौनसम्बन्धी विषयवस्तु समेटेकैले प्रारम्भमा युरोपमै प्रतिबन्ध खेप्नु परेको नाटक यतिबेला काठमाडौंमा चलिरहेको छ। धन सम्पत्तिको उन्मादमा बिग्रिएकी एउटी छोरीको कथा 'जुली मैया'लाई मण्डला थिएटरले भदौको पहिलो सातादेखि वर्ल्ड ट्रेड सेन्टरमा देखाउन सुरु गरेको हो। 'यौन जानेदेखि आनन्द, नजाने दुःखको घर' भन्ने सन्देश बोकेको यो नाटककी मुख्य पात्र मिस जुलीमा जति यौन उन्माद र घमण्ड हुन्छ उत्तिकै मुर्खता पनि।अन्त्यमा त्यसैले उसको सर्वस्व हरण गरिदिन्छ।
             झन्डै सवा सय वर्षअघि स्वीडेनका नाटककार अगस्ट स्टिनबर्गले लेखेको नाटक 'मिस जुली'लाई निर्देशक राजन खतिवडाले नेपाली परिवेशमा रूपान्तर गरेका हुन्। नाटकका तीन पात्रमध्ये जुलीबाहेक जोम र क्रिस्टिनलाई क्रमशः जय र कृष्णमाया नाम दिइएको छ।त्यसैगरी राजनले पृष्ठ संगीतमा पनि नेपाली धुन र गीतको प्रयोग गरेका छन्। स्टेजको साजसज्जा हाम्रै सहरी परिवेशमा तयार पारिएको छ भने पात्रहरूले पनि काठमाडौं, भैरहवा र गोरखपुर जस्ता ठाउँको वर्णन गर्छन्। मूल नाटकमा गल्ती गर्ने मुख्य चरित्रले स्वीट्जरल्यान्ड भागेर जाने योजना बुन्छ भने यहाँ चाहिँ नैनीताल छ।
आफूले पालेका सुगा, कुकुर र नोकरलाई समान दर्जामा राख्ने जुली यी सबैलाई खेलौना भन्ठान्छे। जुत्ता पालिस गरिसकेपछि त्यसैमा चुम्बन पनि गरिदिनु पर्ने उसका नोकरलाई साथै नाच्ने र पिउने दायित्व त हुन्छ नै, साथमा यौन चाहना पनि पूरा गरिदिनु पर्ने। त्यसैले जुलीलाई फसाउँछ।
धन पाएपछि आफ्नो अनुभव र सिप प्रयोग गरी मालिककै हैसियतमा पुग्ने सपना देखेको नोकर अर्कैसँग बिहे गर्ने तयारीमा छ। त्यो युवती पनि यो सबै थाहा पाउँदापाउँदै सम्पत्तिकै लोभमा आँखा चिम्लिरहेकी हुन्छे।
'अति भएपछि खति हुन्छ' यही उक्तिलाई मनन गर्दै नोकरकी हुनेवाला श्रीमती झस्किँदा उता मालिक्नी गर्भवती भैसकेकी हुन्छे। अब नाटकले कोलाहलको रूप लिन्छ। यति भइसक्दा मालिक्नीले नोकरलाई माया गर्न थालिसकेकी हुन्छे।
'तिमीलाई म रिसोर्ट खोलेर त्यसको बिजनेस पार्टनर बनाउँछु,' नोकरले बिहे हुन लागेकी युवतीलाई दिएको यस्तो प्रलोभनले पनि काम गर्दैन र परिस्थिति झन् जटिल बन्न पुग्छ।
घटनाक्रम विकास हुँदै गएपछि सबै पात्र एकले अर्कालाई निकृष्ट आरोप प्रत्यारोप गर्न थाल्छन् र अन्त्यमा सबै पात्र ग्लानीमा पुगेर नाटक सकिन्छ।
मिस जुलीको भूमिकामा समुना केसी, नोकरमा नरेन्द्र बराल र नोकरको प्रेमिकामा सिर्जना सुब्बाले सशक्त अभिनय गरेका छन्।
'उतिबेला युरोपको परिवेशमा लेखिएको भए पनि अहिले यो हाम्रै समाजको कथा हो,' निर्देशक खतिवडाले हामीकहाँ नाटकको सान्दर्भिकताबारे प्रष्ट पारे, 'यहाँ समाजमा पनि यस्ता पात्रहरू बेलाबेलामा देखिन थालेका छन्।'
विश्वभर चर्चित यो नाटकको छनोटले दुई फरक समाजका समानता र दुरी पनि देखाउने उनको भनाइ छ। नाटक भदौ महिनाभर शुक्रबार, शनिबार र आइतबार चल्नेछ।
source: nagariknews.com

आज मिस नेपाल




काठमाडौं, भदौ १६ (नागरिक)- विभिन्न जिल्लाका १८ युवतीबीच मिस नेपालको उपाधि जित्न बुधबार अन्तिम प्रतिस्पर्धा हुँदैछ। डाबर स्पेशल हिडन ट्रेजर मिस नेपाल प्रतियोगितालाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रतियोगितामा देशका विभिन्न जिल्लाहरूबाट सहभागिताका लागि ८० जनाले नाम दर्ता गराएका थिए। नाम दर्ता गराएका युवतीबाट ५० जना छानिएको थियो। त्यसपछि त्यो संख्यालाई २४ मा छाटिएको थियो र तालिमको दोस्रो हप्तामा १८ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि योग्य घोषणा गरिएको थियो।
सदिक्षा श्रेष्ठ, वर्षा श्रेष्ठ, विनीता थापा, इशा खड्गी, सुजाता स्वाँर, अनिता आचार्य, अजिता सिंह, चाँदनी देवाजु, संयुक्ता तिम्सिना, प्रिया रानी लामा, सुप्रिया केसी, सहाना बज्राचार्य, समृद्धि राई, प्रिना महर्जन, कुसुमाञ्जली केसी, रक्षा थापा, चान्दनी अन्सारी र अस्मिता घिमिरे बुधबार भिड्दैछन्।
सहभागीहरूलाई कमला श्रेष्ठले हेयर केयर, राजेश धाख्वाले ड्रेस कोड/डिजाइन, राजेश घिमिरेले शृंगार/हेयर स्टाइलको बारेमा जानकारी दिएका थिए। त्यस्तै गरी डा अलिल दासले स्किन केयर र राजभाइ सुवालले फोटोग्राफी/पोस्चर आदिको बारेमा तालिम दिएका थिए। यस वर्ष पहिलो पटक जेसिआईका वर्ल्ड प्रेसिडेन्ट रोलान्द क्युमेनले प्रतियागीहरूलाई लिडरसिप तालिम दिएका थिए।
यस वर्षको मिस नेपाल कार्यक्रमको मुख्य विषय वातावरण परिवर्तन रहेको छ। यस पटकको मिस नेपालको प्रायोजन डाबर स्पेशल हेयर आयलले गरेको छ।
मिस नेपाल बन्नेलाई ५० हजार नगद र चेरी कार प्रदान गरिनेछ। फस्ट रनरअपलाई ३५ हजार र महिन्द्रा रोडियो स्कुटर र सेकेन्ड रनरअपलाई २५ हजार प्रदान गरिनेछ। प्रतियोगितामा डाबर वाटिका मिस ब्युटिफुल हेयर, फेम मिस ब्युटिफुल कम्प्लेक्सन, ब्ले मिस फोटोजेनिक, अर्बिट मिस पर्सनालिटी, रियल मिस ट्यालेन्ट, सेफ्टी मिस वाल्क, हिडन ट्रेजर पब्लिक च्वाइस र गणपति मिस फ्रेन्डसिप जस्ता टाइटल समेत समावेश गरिएका छन् र प्रत्येक टाइटलमा १० हजार पुरस्कार राखिएको छ।

यस पटक प्रतियोगितामा चासो राख्नेहरूले एसएमएसवाट आफूलाई मन परेको प्रतियोगी छान्ने अवसर दिइएको छ।
source: nagariknews.com

कोमल ओलीको गीतमा प्रतिबन्ध

काठमाडौं, भदौ १४ (नागरिक) - गायिका कोमल वलीको नयाँ एल्बम 'बदमास'को यो गीत प्रसारणमा नेपाल टेलिभिजनले रोक लागाएको छ। १५ दिनदेखि बजिरहेको गीतको प्रोमो आइबार एक्कासी रोकिएको गायिका वलीले बताइन्। 'नेपाल टिभी हेर्दै थिएँ। मेरो प्रोमोको छोटो अंश बज्ने बित्तिकै टिभीको लोगो आयो। पछि थाहा पाएँ गीत प्रसारणमा रोक लगाइएको रहेछ,' उनले नागरिकसँग भनिन्।
  'भोकै बसी जागाराम बत्तिमा तेल थपेर
धेरैगरें पूजा आजा तिम्रै नाउँ जपेर
आखिरमा बनायौ निरास
धत्तेरीका शिवजी रैछौ बदमास'

तीजलाई लक्षित गरी तयार पारिएको गीतको प्रोमो रोकिंदा व्यापारमा धक्का पुग्ने उनको गुनासो छ। गीत रोकिनुको स्पष्ट कारण थाहा नभएको उनले उल्लेख गरिन्। नेपाल टेलिभिजनका कामु नायबमहाप्रबन्धक प्रकाशजंग कार्कीले धर्ममा चोट पुर्‍याउने खालको देखेर गीत रोकेको जानकारी दिए। 'महादेवलाई बदमास भन्ने अधिकार छ ती गायिकालाई?' उनले भने,'कुनैपनि धर्ममा आँच आउने खालका गीत नेपाल टेलिभिजनबाट प्रसारण हुँदैन।' उनले विसंगति बढाउने सामाग्री प्रसारण हुन नदिने बताए।
source: nagariknews.com

मिस नेपालको दौड सुरु

बीस वर्षीया साहाना बज्राचार्य अहिले खुसी छिन् । पाँच फिट छ इन्च अग्ली काठमाडौंकी यी सुन्दरी खुसी हुनुको एउटै कारण हो, मिस ने पाल-२०१० मा सहभागिता । स्नातक तेस्रो वर्षकी यी छात्रा मिस नेपालका अन्य २३ प्रतिस्पर्धीभन्दा बढी खुसी हुनुपर्ने एउटै मात्र कारण मिस नेपालमा  उनको यो दोस्रो पटकको सहभागिता हो । दुई वर्षअघि अर्थात् सन् २००८ को मिस नेपालमा उनले पहिलो पटक सहभागिता जनाएकी थिइन् । दुर्भाग्य,  निर्णायक प्रतियोगिताकै दिन गृह मन्त्रालयले आयोजक हिडन टे्रजरलाई एउटा पत्र पठाउँदै मिस नेपाल प्रतियोगितालाई सुरक्षा दिन नसक्ने जनायो । शान्ति -सुरक्षा कायम गर्ने सरकारी निकायबाटै सुरक्षा दिन नसकिने बेहोराको पत्र पाएपछि आयोजकले अन्तिम क्षणमा मिस नेपाल स्थगित भएको घोषणा  गरे ।

'दुई वर्षअघिको त्यो दुःखद् दिन मैले अहिलेसम्म बिर्सन सकेकी छैन, स्पष्टवक्ता साहाना भन्छिन्, 'अहिले पनि नयाँ प्रधानमन्त्रीको नियुक्ति हुन् बाँकी नै  छ । पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुभयो भने यसपटक पनि हामीमध्ये कसैको शिरमा मिस नेपालको मुकुट सजिने हो कि हैन, शंकै छ ।' संयोगको  कुरा के छ भने सन् २००८ मा मिस नेपाल स्थगित हुँदा पनि पुष्पकमल दाहाल नै नेपालका प्रधानमन्त्री थिए । 'यो दुई वर्षमा दाहालमा सुन्दरी प्रतियो गिताप्रति सकारात्मक सोच पलाएको हुनुपर्छ, पत्रकारिताकी छात्रासमेत रहेकी साहानाले थपिन्, 'यसपटक चाहिँ उहाँले कार्यक्रमलाई शान्तिपूर्ण रूपमा  सम्पन्न हुन दिनुहुनेछ भन्ने कुरामा हामी सबै विश्वस्त छौं ।'

साहाना जस्तै देशका विभिन्न भागको प्रतिनिधित्व गर्दै राजधानीमा भेला भएका २४ जना युवती यतिबेला सानेपास्थित इन्टरनेसनल क्लबमा दिनहुँ  पुग्छन् । अघिल्लो साता आयोजक हिडेन टे्रजरले गरेको अनौपचारिक अडिसनपछि छनौट भएका २४ सुन्दरी मिस नेपाल-२०१० का लागि प्रशिक्षणमा  जुटिसकेका छन् । कोरियोग्राफर रचना शर्मा गुरुङले ५ फिट ४ इन्चभन्दा अग्ला यी युवतीहरूलाई व्यक्तित्व विकास, क्याटवाक आदि विधामा प्रशिक्षण  दिइरहेका छिन् । यसबाट प्रतियोगीहरूको व्यक्तित्व विकास, आत्मविश्वास तथा सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने आशा आयोजकहरूले  लिएका छन् । यसबाहेक निणर्ायक चरणका लागि छनौट हुने २० सुन्दरीका लागि क्लोज क्याम्प पनि सञ्चालन गरिनेछ । नेपाल टेलिभिजनबाट प्रत्यक्ष  प्रसारण हुने प्रतियोगिताको अन्तिम दिन समाजका प्रतिष्ठित व्यक्तिहरू समावेश गरिएको छनौट समितिले विजेताको घोषणा गर्नेछ ।

यस वर्ष-२०१० को मिस नेपाल आगामी सेप्टेम्बर १ तारिख अर्थात् भदौ १६ गते कृष्ण जन्माष्टमीका दिन आयोजना हुने कुरा तय भएको छ । गत  सोमबार साँझ साप्ताहिक संवाददाता प्रशिक्षणस्थलमा पुग्दा ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल सबै सुन्दरीलाई फोटोग्राफीका बारेमा प्रशिक्षण  दिइरहेका थिए । क्यामेराको फेस गर्ने तरिकादेखि लिएर फोटोसेसनका क्रममा दिनुपर्ने पोजका बारेमा उनी केन्दि्रत भैरहेका थिए ।

आयोजक हिडेन टे्रजरका अध्यक्ष गोपाल कक्षपतिका अनुसार निणर्ायक प्रतियोगितामा जम्मा २० जना सुन्दरी सहभागी हुनेछन् । पहिलो चरणमा  छनौट  भएका २४ सुन्दरीमध्ये प्रशिक्षणको क्रममा औसतभन्दा कम क्षमता प्रस्तुत गर्ने ४ जना सुन्दरी निणर्ायक चरणसम्म पुग्ने छैनन् । मिस नेपालको झन्डै  डेढ दशक लामो इतिहासमा पहिलो पटक विजेताले कार पाउने भएका छन् । आयोजक संस्थाका अध्यक्ष कक्षपति भन्छन्, 'प्रतियोगिताको महत्त्वलाई  दर्शाउन हामीले मिस नेपालको उपाधि जित्ने सुन्दरीलाई यस वर्षदेखि कार उपहार दिने निर्णय गरेका छौं । फस्ट रनर्स अपले स्कुटर पाउनेछिन् ।' मिस  नेपालको उपाधि जित्ने सुन्दरीले पहिलो पटक 'चेरी' कार पाउनेछिन् ।

नेपालमा चेरी गाडीको आयातकर्ता बामा मोटर्सले नयाँ मिस नेपाललाई चेरी क्यु ३ कार दिने भएको हो । मिस नेपालको आयोजक द हिडेन टे्रजर,  मुख्य प्रायोजक डाबर नेपाल तथा बामा मोटर्सबीच अघिल्लो साता यससम्बन्धी सम्झौता भएको थियो । आयोजकका अनुसार मिस नेपालमा फस्ट  रनर्स अपको उपाधि जित्ने सुन्दरीले महिन्द्राको स्कुटर पाउनेछिन् । सन् १९९४ देखि आयोजना हुँदै आएको मिस नेपाल प्रतियोगिता यसपटक पहिलो  पटक डाबर स्पेसल मिस नेपालको रूपमा सञ्चालन हुँदैछ । 

कक्षपतिका अनुसार मिस नेपालको उपाधि जित्ने सुन्दरीले आगामी अक्टोबर महिनामा चीनमा आयोजना हुने मिस वल्र्ड प्रतियोगितामा सहभागिता  जनाउनेछिन् । फस्ट रनर्सअपले नोभेम्बर महिनामा भियतनाममा हुने मिस अर्थमा सहभागिता जनाउनेछन् । यसपटकको मिस नेपालमा मिस पूर्वाञ्चल -२०१० फस्ट रनर्सअप पि्रया रानी लामा पनि सहभागी हुँदैछिन् । ५ फिट ४ इञ्च  अग्ली १९ वषर्ीया लामा धरानकै स्थानीय बासिन्दा हुन् । उनी  धरानमै माइक्रोबायोलोजीमा बीएस्सी अध्ययनरत छिन् ।

त्यसो त सन् २००९ मै कलेज एम्बेसडरको उपाधि जित्न सफल अजिता सिंह पनि यसपटकको मिस नेपालमा प्रतिस्पर्धी गर्दैछिन् । २१ वषर्ीया ५ फिट  साढ छ इन्च अग्ली सिंह बीबीए चौथो वर्षकी छात्रा हुन् । सिंह भन्छिन्, 'आफ्नो क्षमता प्रस्तुत गर्न, युवापुस्तालाई प्रोमोट गर्न तथा देशको नाम विश्व  समुदायसमक्ष पुर्‍याउन म मिस नेपालमा प्रतिस्पर्धा गर्दैछु ।' 

भारतको दिल्लीबाट स्नातक उत्तीर्ण गरेर भरखरै स्वदेश फर्किएकी पश्चिम नेपाल -महेन्द्रनगर) की सुजाता स्वाँर यसपटकको मिस नेपाल प्रतियोगिता  यसअघिका भन्दा बृहत् तथा प्रतिस्पर्धात्मक हुने बताउँछिन् । ५ फिट ४ इन्च अग्ली २२ वषर्ीया स्वाँर भन्छिन्, 'प्रायः सबै प्रतिस्पर्धी ५ फिट ४  इन्चभन्दा अग्ला छन्, सबै राम्रो पारिवारिक पृष्ठभूमिबाट आएका छन् र सबैभन्दा महत्त्वपूर्ण कुरा सबै जना स्नातक तह अध्ययनरत तथा अध्ययन पूरा  गरेका छन् ।' स्वाँरको भनाइमा सहमति जनाउँदै गोदाबरी, ललितपुरकी २२ वषर्ीया प्रतिस्पर्धी समृद्धि राईले थपिन्, 'यसपटक मिस नेपालको मुकुट  पहिरन सफल हुने सुन्दरीले कार पाउने भएकाले पनि चार्म बढेको हो ।' 'जे इच्छा छ त्यो पूरा गर्नुपर्छ भन्ने मेरो मान्यताका कारण आज म मिस ने पालमा प्रतिस्पर्धा गर्दैछु, समृद्धि भन्छिन्, 'ठूली भएपछि मिस नेपालमा भाग लिन्छु र जित्छु भन्ने मेरो सानै देखिको इच्छा हो ।'

धोबीघाट, ललितपुरकी २२ वषर्ीया कुसुमाञ्जली केसी भने आफूलाई प्रमाणित गर्नका लागि मिस नेपालमा सहभागी भएकी हुन् । ५ फिट ४ इन्च अग्ली  बीएसडब्लूकी यी छात्रा अरूलाई बुझ्नुअघि आफूलाई बुझ्न अनिवार्य भएकाले त्यसैका लागि यो प्रतियोगितामा सहभागी भएको बताउँछिन् । कुले श्वरकी २० वषर्ीया चाँदनी ढेवाजु ५ फिट ६ इन्च अग्ली छिन् । स्नातक प्रथम वर्षकी यी छात्रा मिस नेपालको उपाधि जित्दै समाजलाई केही दिनका  लागि आफू यो प्रतिस्पर्धामा सहभागी भएको बताउँछिन् ।

१९ वषर्ीया पि्रना महर्जन तथा नख्खुकी सरिता महर्जन मिस नेपाल- २०१० का सबैभन्दा अग्ली प्रतिस्पर्धी हुन् । उनीहरू दुवै जना ५ फिट ८ इन्च  अग्ला छन् । पि्रना सिद्धार्थ वनस्थलीमा बीबीएस अध्ययनरत छिन् भने सरिता स्नातक तेस्रो वर्षकी छात्रा हुन् । 'यदि मैले मिस नेपालको उपाधि जितें  मिस वल्र्डमा समेत केही न केही उपाधि पक्कै जित्नेछु, पि्रनाका अनुसार उनको शारीरिक उचाइले उनलाई सफलतातर्फ डोहोर्‍याउन सक्छ । सरिता  भने आफ्नो शारीरिक उचाइका साथै बौद्धिक क्षमताका कारण पनि आफूलाई मिस नेपालको दाबेदार मान्छिन् ।

मैतीदेवीकी २० वषर्ीया अनिता आचार्य भने ५ फिट ५ इन्च अग्ली छिन् । अनिताले आफूमा भएको प्रतिभा प्रस्तुत गर्न मिस नेपालमा सहभागी भएको  बताइन् । प्रतियोगितामा कलंकीकी २४ वषर्ीया सुपि्रया केसी -उचाइ ५ फिट ५ इन्च), बालुवाटारकी २० वषर्ीया रक्षा थापा -५ फिट ६ इन्च), गो ल्फुटारकी २३ वषर्ीया जस्वानी राणा -५ फिट ५ इन्च), नर्सिङ अध्ययनरत कोटेश्वरकी २१ वषर्ीया बिनिता थापा -५ फिट ४ इन्च), धुम्बुराहीकी १९  वषर्ीया संयुक्ता तिमिल्सिना -५ फिट ६ इन्च), काठमाडौंकी १९ वषर्ीया सदीक्षा श्रेष्ठ -५ फिट ६ इन्च), काठमाडौंकै १९ वषर्ीया वषर्ा श्रेष्ठ -५ फिट ६  इन्च), सातदोबाटोकी १९ वषर्ीया अस्मिता घिमिरे -५ फिट ६ इन्च), भैंसेपाटीकी बीस वषर्ीया चाँदनी अन्सारी -५ फिट ५ इन्च), भक्तपुरकी २३ वषर्ीया  गंगा डाँगी -५ फिट ६ इन्च) तथा लाजिम्पाटकी २१ वषर्ीया बिन्दु केसी -५ फिट ६ इन्च) पनि मिस नेपाल-२०१० का प्रतिस्पर्धि हुन् ।

आयोजक गोपाल कक्षपति यसपटकको मिस नेपालका लागि कार्यक्रमस्थलको छनौट भने गर्न बाँकी नै रहेको बताउँछन् । 'काठमाडौंमा तीन-चार वटा  ठाउँ छन्, कक्षपति भन्छन्, 'कुनै पाँचतारे होटलमा पनि गर्न सकिन्छ ।'  यसपटक पनि डाबर नेपाल मुख्य प्रायोजकको रुपमा सहभागी छ । प्रतियो गितामा सुन्दरीहरुले धरानका चर्चित फेसन डिजाइनर उत्तम बनेपालीले डिजाइन गरेका आकर्षक गाउन लगाउनेछन् । उत्तम क्रिएसनका डिजाइनरहरू  यतिबेला प्रतिस्पर्धी सुन्दरीको शारीरिक नाप लिन व्यस्त छन् । पूर्व मिस नेपाल सुगरिका केसी तथा मिस्टर काठमाडौं २००९ रवीन्द्र महर्जनले प्रतिस्पधार् मा उद्घोषकको भूमिका निर्वाह गर्नेछन् ।