'भोकै बसी जागाराम बत्तिमा तेल थपेर
धेरैगरें पूजा आजा तिम्रै नाउँ जपेर
आखिरमा बनायौ निरास
धत्तेरीका शिवजी रैछौ बदमास'
धेरैगरें पूजा आजा तिम्रै नाउँ जपेर
आखिरमा बनायौ निरास
धत्तेरीका शिवजी रैछौ बदमास'
तीजलाई लक्षित गरी तयार पारिएको गीतको प्रोमो रोकिंदा व्यापारमा धक्का पुग्ने उनको गुनासो छ। गीत रोकिनुको स्पष्ट कारण थाहा नभएको उनले उल्लेख गरिन्। नेपाल टेलिभिजनका कामु नायबमहाप्रबन्धक प्रकाशजंग कार्कीले धर्ममा चोट पुर्याउने खालको देखेर गीत रोकेको जानकारी दिए। 'महादेवलाई बदमास भन्ने अधिकार छ ती गायिकालाई?' उनले भने,'कुनैपनि धर्ममा आँच आउने खालका गीत नेपाल टेलिभिजनबाट प्रसारण हुँदैन।' उनले विसंगति बढाउने सामाग्री प्रसारण हुन नदिने बताए।
source: nagariknews.com












