Your Ad Here
Showing posts with label teej songs. Show all posts
Showing posts with label teej songs. Show all posts

कोमल ओलीको गीतमा प्रतिबन्ध

काठमाडौं, भदौ १४ (नागरिक) - गायिका कोमल वलीको नयाँ एल्बम 'बदमास'को यो गीत प्रसारणमा नेपाल टेलिभिजनले रोक लागाएको छ। १५ दिनदेखि बजिरहेको गीतको प्रोमो आइबार एक्कासी रोकिएको गायिका वलीले बताइन्। 'नेपाल टिभी हेर्दै थिएँ। मेरो प्रोमोको छोटो अंश बज्ने बित्तिकै टिभीको लोगो आयो। पछि थाहा पाएँ गीत प्रसारणमा रोक लगाइएको रहेछ,' उनले नागरिकसँग भनिन्।
  'भोकै बसी जागाराम बत्तिमा तेल थपेर
धेरैगरें पूजा आजा तिम्रै नाउँ जपेर
आखिरमा बनायौ निरास
धत्तेरीका शिवजी रैछौ बदमास'

तीजलाई लक्षित गरी तयार पारिएको गीतको प्रोमो रोकिंदा व्यापारमा धक्का पुग्ने उनको गुनासो छ। गीत रोकिनुको स्पष्ट कारण थाहा नभएको उनले उल्लेख गरिन्। नेपाल टेलिभिजनका कामु नायबमहाप्रबन्धक प्रकाशजंग कार्कीले धर्ममा चोट पुर्‍याउने खालको देखेर गीत रोकेको जानकारी दिए। 'महादेवलाई बदमास भन्ने अधिकार छ ती गायिकालाई?' उनले भने,'कुनैपनि धर्ममा आँच आउने खालका गीत नेपाल टेलिभिजनबाट प्रसारण हुँदैन।' उनले विसंगति बढाउने सामाग्री प्रसारण हुन नदिने बताए।
source: nagariknews.com