Your Ad Here

करिश्मा भन्छिन्- 'नयाँ नृत्य चाहियो'


काठमाडौं, वैशाख ५ (नागरिक) - हिरोइन करिस्मा मानन्धरले नेपाली फिल्मको नृत्य परिवर्तन गर्नु पर्ने बताएकी छिन्। राजधानीमा एक डान्स इन्ष्टिच्युट उद्घाटनको क्रममा उनले भनिन्, 'फिल्मका गीत एकैनासको भयो। यसमा कोरियोग्राफर सजग हुन आवश्यक छ।'

डान्सरबाट हिरो बनेका सुशील क्षेत्रीले नेपालमा मोर्डन नृत्य नफस्टाएको गुनासो गरे। 'मोर्डन डान्समा नयाँ नयाँ स्टेप आइसक्यो। हामी पुरानै पारामा अल्भि्कएका छौं,' उनले भने,;नृत्य निर्देशकमै ज्ञानको कमी भएकोले यसो भएको हो।' नयाँ शैलीका नृत्य सिक्न इच्छा व्यक्त गरे उनले।
डान्सरका रुपमा नौ बर्ष बिताएका अर्जुन गौतमको 'वेष्टर्न डान्स इन्ष्टिच्युट एन्ड फिटनेस क्लास' उद्घाटको क्रममा उनीहरुले नेपाली फिल्मको नृत्यबारे बोलेका हुन्। कार्यक्रममा इन्ष्टिच्युटका संचालक गौतमले विभिन्न नृत्य देखाएका थिए। आफ्नो इन्ष्टिच्युटमा हिपहप, साल्सा, रक एन्ड रोल, मोर्डन, कन्टेम्प्रोरी, जिम, वालरस, डिस्को, ज्याज, इन्डो ज्याज, व्यालेट र नेपाली नृत्यको प्रशिक्षण दिने उनले जानकारी दिए।
source: nagariknews.com