
छिट्टै धेरै 'रेस्पोन्स' पाएपछि सोनमले ट्विटरमा लेखेकी छन्, 'फिल्मको प्रवर्द्धनमा यति राम्रो 'रेस्पोन्स' दिनुभएकोमा हृदयदेखि नै धन्यवाद।'
इमरानले पनि ट्विट गरेका छन, 'फिल्मबारे आएको रेस्पोन्सका लागि धन्यवाद भन्न चाहन्छु। तपाँईले यसलाई रुचाउनुभएकोमा म खुशी छु, फिल्म पनि मन पराउनुहुनेछ ।'
करन जोहरको व्यानर धर्मा प्रोडक्सन्सद्वारा निर्मित तथा मनिष मलहोत्राद्वारा निर्देशित यो फिल्म आउँदो शुक्रबार रिलिज हुँदैछ। फिल्ममा इमरानले जयको भूमिका निर्वाह गरेका छन् जसले लभ स्टोरीहरु मन पराउन्न र सोनम सिम्रनका रुपमा देखिनेछिन जसले प्रेमविनाको जीवन पातविनाको रुख मान्छिन्।