Your Ad Here

टम क्रुजभन्दा शाहरुख लोकप्रिय

नयाँ दिल्ली, असार २९- भाषाको पहुँच र लगानीका आधारमा हलिउडलाई कसैले टक्कर दिन सक्दैन। तर, हालै सार्वजनिक भएको एउटा तथ्यले हलिउड अभिनेता टम क्रुजभन्दा शाहरुख लोकप्रिय रहेको देखाएको छ। केही समयअघिमात्रै दी इकोनोमिक टाइम्सले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतीय अभिनेता शाहरुख खानलाई विश्वका ३ अर्ब २० करोडले चिन्छन् जवकी संसारको सबैभन्दा ठूलो फिल्म उत्पादन हुने हलिवुडका स्टार टम क्रुजलाई २ अर्ब ७० करोडलेमात्र चिन्छन्।

यसको दोष एसियाको जनसंख्यालाई दिए हुन्छ। यो तथ्यांकलाई अन्य तथ्यहरुले पनि साथ दिन्छ। जस्तो कि टम क्रुजभन्दा भारतीय बलिउड स्टार शाहरुखको फिल्मको 'ओपनिङ' राम्रो हुने गरेको छ। तर यी दुबै कलाकारमा धेरै समानता देखिन्छन्। -एजेन्सी