Your Ad Here
'भ्रष्टाचारविरुद्ध एउटा अभियान' चलचित्र गंगाजलको प्रचारमा प्रयोग गरएिको यो नारानै चलचित्रको मूल विषय हो । निर्देशक प्रमोद भण्डारीले आफ्नो चलचित्रमा सरकारी मातहतमा हुने भ्रष्टाचार र त्यसबाट पीडित पक्ष एवं भ्रष्टाचारका कारण देशलाई परेको नराम्रो असरलाई देखाउन खोजेका छन् । देशभरकिा १८ वटा स्थानबाट एकसाथ सार्वजनिक हुन लागेको यो चलचित्रमा नायक सुशील क्षेत्री भ्रष्टाचारी बनेका छन् र उनलाई भ्रष्टाचार गर्न उक्साउने खलपात्रको भूमिकामा उमेश खड्का छन् । नायक विराज भट्ट भ्रष्टाचारीको जरै उखाल्ने अभियानका लागेका हुन्छन् । भ्रष्टहरूलाई सखाप पार्न नायकले मृत्युशय्यामा ग्रहण गरनिे गंगाजल सेवन गर्छन् । मर्ने र बाूच्ने ठेगान नभएको अवस्थामा भ्रष्टाचारीहरूको दलदलमा पसेर उनीहरूलाई सखाप पार्न नायक सफल हुन्छन् वा

हुँदैनन् ? भन्ने कुरा जान्न चलचित्र हेर्नै पर्ने हुन्छ । चलचित्र 'गंगाजल' मा महेश खड्काको संगीत, रामशरण उप्रेतीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । सुनील ढकालले निर्माण गरेको चलचित्र 'गंगाजल' मा रेखा थापा भ्रष्टाचारी सिध्याउने अभियानमा विराजकी सहयात्री भएकी छिन् ।
ekantipur.com/saptahik