
मिडियाको प्रकृति बहुआयामिक हुन्छ। र यसका आयम भित्र राम्रा, नराम्रा या पक्ष विपक्ष सबै अटाएका हुन्छन्। कुनै एउटा पक्षलाई मात्र उचाल्ने हो भने त्यसलाई प्रष्टरुपमा एकातर्फी हेराई या 'वन आई भ्यू' मान्न सकिन्छ। किसानको कथा भएपनि मिडियाप्रति तिखो तिर चलाउन सफल आमिर खानको सिनेमा पिपली लाइभ यथार्थपरक भएपनि बढाइचढाइबाट अछुतो छैन।
भारतीय टेलिभिजनका प्रस्तुति र त्यहाँका 'सेलिव्रेटी'लाई 'सेल' गर्ने प्रचलनलाईमात्र हेर्ने हो भने पिपली लाइभ सर्वोत्कृष्ट छ। मिडियाको नकारात्मक चित्रणमात्र गर्न भरसक प्रयास भएको सिनेमाले सत्यलाई केही बढाइचढाइ गरेको छ। अर्थात, यो ह्वाइट प्रोपागान्डा। यानी 'सत्यको बढाइचढाइ' बाट प्रेरित। न्युजरुमलाई सिनेमाले एककिसिमको 'फिल्मी गसिपको डस्टविन' झै देखाएको छ। न्युजरुमभित्र 'सेफअलि खानले स्कुले केटाकेटी हुँदा एउटी केटीलाई किस गरेको खबर' स्कुप र ब्रेकिङ बनाउन छलफल भएको देखाउँदा इन्डिया टिभी, आजतक र स्टारन्युजमा भारतीय क्रिकेटको समाचार हेर्न वाध्य दर्शक खुलेर हास्छन्। तर, सत्य त्यतिमात्र हो त? हामीलाई भारतीय क्रिकेट टिमले जित्दा या हार्दा कुनै पनि अवस्थामा भारतीय टेलिभिजन च्यानल हेर्न मन नलाग्न सक्छ। कारण छ त्यसको। भारतीय च्यानलको जित्दा 'शेर' हार्दा 'ढेर' भन्ने प्रवृति हामीलाई रुचिकर नहोला। तर हामीलाई मन नपरेका टेलिभिजन च्यानलले त्यहाँको सामाजिक, राजनीतिक या अन्य क्षेत्रमा सकारात्मक प्रभाव नै पारेका छैनन् भन्न मिल्दैन।
कलाकार नत्था : ओमकार दाश मानिकपुरी
वुधिया : रघुबीर यादव
मलायका सिनोइ : नन्दिता मल्लिक
राकेश : नवाजुद्धिन सिद्धिकी
धनिया : सालिनी वात्सा
अम्मा : फारुख जाफर
कुमार दीपक : विशाल ओ. शर्मा
कृषि मन्त्री : नसिरुद्धिन साह
वुधिया : रघुबीर यादव
मलायका सिनोइ : नन्दिता मल्लिक
राकेश : नवाजुद्धिन सिद्धिकी
धनिया : सालिनी वात्सा
अम्मा : फारुख जाफर
कुमार दीपक : विशाल ओ. शर्मा
कृषि मन्त्री : नसिरुद्धिन साह
पत्रकारिता या मिडिया उद्योग अन्य उद्योगभन्दा फरक होइनन्। फरक यसको उत्पादन मात्र हो। मिडियाले पनि आफ्ना उत्पादन बेच्ने हो अरु 'फ्याक्ट्रि मेड प्रोडक्ट'ले जस्तै। तर, मिडियाले आफ्ना उत्पादन बेचेर नाफा कमाउँदा समाजलाई केही न केही नाफा मिलिरहेको हुन्छ जुन अरु उद्योगले कम दिन्छन्। मिडियाको यो आयामलाई फिल्मले वास्ता गरेको छैन्। वास्ता नगर्नु नै यसको विशेषता बनेको छ। नत्र फिल्म उद्देश्यहीन हुने थियो। मिडियालाई गाली गर्नु छ भने उसको राम्रो पक्ष देखाउँदा 'मिसन' प्रभावित हुन्छ नै।
प्रोडक्सन: आमिर खान
पिपली लाइभमा चार प्रमुख कथा छन्, गरीब किसान, मिडिया चलाउने साहु, घीनलाग्दो राजनीतिका खेलाडी र ठूलो टेलिभिजन स्टेसनमा काम गर्ने रहर पालेको स्थानीय पत्रकारहरुको। सिनेमाले गरीवको कथा बेजोडले प्रस्तुत गरेको छ। बैंकको ऋण तिर्न रकम नभएपछि आत्महत्या गरेर ऋण तिर्न खोज्ने अशिक्षित भारतीय र त्यसकै आडमा राजनीति गर्ने नेताको चरित्र नङ्ग्याएको छ, सिनेमाले। खेलाँचीमा आत्महत्या गर्न र गराउन प्रेरित समाजको प्रवृत्ति र मृत्युपछि पाउन नसकेको रकम। र, लामो समयसम्म उचालिएको 'इस्यु'को 'फलोअप' गर्न छाड्ने मिडियाको संस्कार सिनेमामा उनिएका छन्। त्यही किसानमाथि राजनीति गर्ने नेता र भारतका विकासे गतिविधिमाथि पनि व्यङ्ग्य पर्याप्त छ, सिनेमामा। स्थानीय तहमा काम गर्ने पत्रकारमाथि ठूला मिडिया हाउसका पत्रकारले गर्ने शोषण पनि सिनेमाले उनेको छ। अझ यसले सतही सूचना र 'सेन्सेस्नल' बनाउने प्रवृत्तिलाई चोटिलो प्रहार गरेको छ।
निर्देशन : अनुषा रिजभी
समग्रमा सिनेमाले समातेको विषयवस्तु र प्रस्तुति उत्कृष्ट छ। मिडियाकर्मीका लागि सिनेमा हेर्नैपर्ने विषयमा बनेको छ। र जवरजस्ती समाचार बनिरहेका सेलिव्रेटीलाई सिनेमाले राहत दिएको छ। त्यसैले आमिर खानको घरमै पिपली लाइभ हेरेर फर्केका सलमान खानले भनेको हुनुपर्छ - 'फिल्म विशेषत तपाँईहरु (पत्रकार)ले हेर्नैपर्छ ।'
source: nagariknews.com