बलिउडमा यो साता एउटा मात्र चलचित्र 'वी आर फेमिली' प्रदर्शन हुँदैछ । पारिवारिक तथा रोमान्टिक कथा समेटिएको यो चलचित्रमा अर्जुन रामपाल, काजोल, करिना कपूर, आँचल मुञ्जाल, नोमिनाथ गिन्बर्ग, दिया सोनेचा आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । अधिकांश दृश्य अस्ट्रेलियामा छायांकन गरिएको यो चलचित्रको निर्देश्ान सिद्धार्थ पी मल्होत्राले गरेका हुन् भने करण जौहर यसका निर्माता हुन् । शंकर अहसान लोयद्वारा संगीतबद्ध चलचित्रका गीतहरू राहत फतेह अलि खान, श्रेया घोषाल, शंकर महादेवन, सोनु निगम आदिले गाएका छन् । यो चलचित्रको कथा विदेशी कथाकारको उपन्यास स्टेप मममा आधारित छ ।
चलचित्रको कथाअनुसार माया -काजोल) का लागि आफ्ना तीन सन्तान आलिया, अंकुल तथा अञ्जलीभन्दा ठूलो कुरा केही छैन । उनको सम्पूर्ण ध्यान छोरा-छोरी हुर्काउनमै केन्दि्रत छ । मायाले आफ्ना श्रीमान् अमन -अर्जुन रामपाल) सँग सम्बन्धविच्छेद गरिसकेकी छिन् । सम्बन्धविच्छेद गरे पनि उनी अमन तथा उनका छोराछोरीको जीवन सहज ढंगले बितोस् भन्ने चाहन्छिन् । अमनले एक दिन आफ्नी प्रेमिका श्रेया -करिना कपुर) लाई मायासँग चिनजान गराउँछन् । श्रे याका लागि उनको करियर महत्त्वपूर्ण छ । परिवार तथा बालबालिकाप्रति उनी अनभिज्ञ छिन् । चलचित्रको कथाअघि बढ्दै जाँदा दुवै महिला एउटै घरमा बस्नुपर्ने बाध्यता आइपर्छ । दुवैबीच विकट परिस्थिति सिर्जना हुन्छ । यसक्रममा मायाले केही कुराको त्यागसमेत गर्नुपर्ने हुन्छ, किनभने भने उनी 'वी आर फेमिली' भन्ने कुरा गर्वका साथ भन्न रुचाउँछिन् ।

source: ekantipur.com/saptahik