पूर्वयुवराज्ञी हिमानी शाह पुनः सार्वजनिक कार्यक्रममा देखा परेकी छिन् । पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वयुवराज पारसले धार्मिक तथा अन्य कार्यक्रमहरूमा बढाएको सक्रियताको चर्चा चलिरहेकै बेला पूर्वयुवराज्ञीको उपस्थिति राजधानीमा आयो जित तीजसँग सम्बन्धित एक कार्यक्रममा देखिएको हो । पूर्वयुवराज्ञी हिमानी केही समययता यस्ता कार्यक्रमहरूमा देखिएकी थिइनन् । यद्यपि सामाजिक, धार्मिक एवं शैक्षिक गतिविधिहरूमा उनको उपस्थिति नौलो कुरा होइन । पूर्वयुवराजस ँगको सम्बन्धमा उत्पन्न खटपटको समाचारले पनि बेलाबेलामा चर्चामा आउने पूर्वयुवराज्ञी तथा पूर्वयुवराजको सम्बन्ध अहिले सामान्य रहेको निकटवर्ती स्रोतहरू बताउँछन् ।
हिमानी आफ्ना सन्तानहरूका साथ निर्मल निवास महाराजगन्जमा बस्दै आएका छन् । तीन महिनाअघि पारस र हिमानीको जोडी काठमाडौंबाट एकसाथ गोर्खा जिल्लातर्फ लागेपछि उनीहरूबीचको सम्बन्ध सुधि्रएको अनुमान गरिएको थियो । यद्यपि पूर्वयुवराज पारसलाई स्थानीय सैनिक ब्यारेकमै छोडेर हिमानी गोर्खा दरबार गएकी थिइन् । गोर्खा दरबारमा हिमानीले करिब ४ घण्टा बिताएकी थिइन् । पृथ्वीनारायण शाह बस्ने दरबारको माथिल्लो भागमा बसेर उनले निकै बेर त्यस क्षेत्रको अवलोकन गरेकी थिइन् । उनले पृथ्वीनारायण शाह जन्मदा सेकेको अगेनो, ठूलो भएपछि सुत्ने खाट एवं कुर्सीका बारेमा पनि चासो राखेकी थिइन् । त्यसबाहेक उनले दरबारभित्रको गुरु गोरखनाथको गुफा एवं काली मन्दिरमा परम्परागत विधिअनुसार पूजा गरेकी थिइन् । उनले त्यहाँ ती दुवै मन्दिरमा अवलम्बन गरिने पूजाविधिका सम्बन्धमा स्थानीय पूजारीसँग छलफल पनि गरेकी थिइन् । देश गणतन्त्रात्मक पद्धतिमा जानुअघिसम्म यो मन्दिर सवर् साधारणका लागि वर्जित थियो । लामो समय प्रतीक्षा गर्दा पनि हिमानी नफर्किएपछि पूर्वयुवराज पारस गोरखनाथ बाबाको मन्दिर गएर पूजा गरेका थिए । त्यसपछि पारस गोरखाकाली माताको दर्शन गरी गोर्खा बजार हुँदै पोखरा लागेका थिए । हिमानी भने साँझ काठमाडौं फर्किएकी थिइन् ।
पूर्वयुवराज पारस तथा हिमानीबीच सिंगापुरमा बस्ने विषयमा मतभेद रहेको बताइँदै आएको थियो । पूर्वयुवराज पारसले विदेशमा बस्नुभन्दा स्वदेशमै जीवनयापन गर्न सहज हुने अनुमान गर्दै पारसले सिंगापुरबाट नेपाल र्फकने निर्णय गरे पछि यो जोडीबीच सम्बन्ध सुधि्रएको बताइन्छ । राजतन्त्रको अन्त्यपछि पारस र हिमानीबीच सिंगापुर बस्ने कि नेपाल बस्ने भन्ने विषयमा मतान्तर भएको स्रोतको भनाइ छ । अहिले पूर्वयुवराजको विभिन्न सञ्चारमाध्यममा नेपालमै बस्ने प्रतिक्रिया दिनुका पछाडि हिमानीलाई खुसी तुल्याउनु पनि एक हो भन्ने दावी स्रोतको छ ।
शिव पूजा-आराधनाको महत्त्वको दिन मानिने साउनको अन्तिम सोमबार पनि हिमानी पशुपतिमा पूजा-अर्चना गर्न पुगेकी थिइन् । त्यसबेला उनी हतारमै पूजा सकेर निर्मल निवास फर्किएकी थिइन् । त्यसयता उनलाई यही तीजको कायर् क्रममा देखिएको थियो । उनी आफ्नो चिरपरिचित मुस्कानका साथ नेपाली चुलो, लाजिम्पाटमा आयोजित तीज कार्यक्रममा सहभागी भइन् । उनले त्यहाँ आफ्ना निकटतमहरूसँग समाजसेवा गरेर समयलाई सार्थक रूपमा काट्नुबाहेक आफ्नो कुनै स्वार्थ नभएको बताएकी थिइन् । उनले कार्यक्रम अवधिभर बसेर तीज परीहरूलाई ताज पनि लगाइदिइन् ।
हिमानीको पियर्सिङः

अचेल फेसनमा आएको नाइटो खोपाइँ रिङ झुण्ड्याउने चलनबाट पूर्व युवराज्ञी हिमानी पनि अछुतो देखिइनन् । दोलखाको कार्यक्रममा उक्त पियर्सिङका साथ देखा परे पनि अधिकांश समय उनी त्यसलाई छोपिरहेकी थिइन् तर क्यामेरालाई त्यसको एक झलक चाहिएको थियो र आखिर क्लिक पनि भैहाल्यो ।
पूर्वयुवराज्ञीलाई माओवादीद्वारा अवरोधको प्रयास
राजेन्द्र मानन्धर
'यति सुन्दर ठाउँमा फेरि-फेरि आउने चाहना छ । बच्चाहरूसहित आउनेछु,' दोलखाको शीतल हावापानी, सुन्दर बस्ती एवं डाँडाकाँडाबाट प्रभावित पूर्वयुवराज्ञी हिमानी शाहले गत मंगलबारको सन्ध्याकालीन भेटवार्तामा भनिन् ।
राजधानीमा सांस्कृतिक राजाका विषयमा आरोप-प्रत्यारोप चलिरहेका बेला आएकी पूर्वयुवराज्ञी हिमानीले नितान्त सामाजिक भावनाबाट अभिप्रेरत भ्रमण भएकाले 'राजनीतिका सम्बन्धमा केही नभन्ने' बताइन् । मन्दिर पुग्ने क्रममा उकाली- ओराली हिँड्दै बालबालिका अनि अरू जनतालाई भेट्दा उनलाई यहाँका मानिस मिजासिला लागे । पूर्वयुवराज्ञी हिमानी भन्छिन्, 'वातावरण र मानिसहरू सार्है मिजासिला र सहयोगी पाएँ ।' तर अवरोध भयो नि त ? भन्ने पत्रकारको जिज्ञासामा पूर्वयुवराज्ञीले भनिन्, 'असल नियतले विकासको काम गर्दा अवरोध आउँछ भने अप्ठेरो मान्नु हुँदैन, विस्तारै निराकरण गर्दै असल काम गर्न भन्ने छाड्नु हुँदैन ।' एकीकृत नेकपा माओवादीले अवरोध गरेको विषयमा भने उनले अनभिज्ञता जनाइन् । नागार्जुन र फूलचोकी डाँडाहरूमा मनग्गे हिँडेकी हिमानीलाई यहाँका उकाली-ओराली सामान्यजस्तो लाग्यो । उनले मौका मिले लामो ट्रेकिङ गर्न आउने चाहना भएको बताउन पनि भ्याइन् ।
हिमानीले बाटामा भेटिएका नागरिकहरूले मागेका कुरा दिने आश्वासन पनि दिइन् । जोखिममा पुगेको तामाकोसी पुलमा जाली, विद्यालयलाई सहयोग एवं केही खानेपानी आयोजनामा सघाउने वचन हिमानीले दिइन् । सक्रिय राजतन्त्र भएका बेला त विकासमा अग्रसरता थिएन नि भन्ने जिज्ञासामा पहिले पनि कामहरू गरिएका तर अगाडि नआएको उनको भनाइ थियो ।
एकीकृत माओवादीको सडक अवरोध पन्छाउँदै पूर्वयुवराज्ञी हिमानी शाहले पूर्वनिर्धारित कार्यक्रमअनुसार दोलखा नाम्दुमा खानेपानीका सामग्री वितरण गरिन् । दोलखा सदरमुकाम चरिकोटबाट २४ किलोमिटर टाढा रहेको नाम्दु गाविसमा जान लागेकी पूर्वयुवराज्ञी हिमानीलाई मुढा र गाडी तेस्र्याएर फर्काउने प्रयास गरिएको थियो । राष्ट्रिय सरोकार मञ्चको आयोजनामा त्यहाँ जान लागेकी हिमानीलाई रोक्न भनेर तामाकोसीवारि सडकमा एउटा मुढा तेस्र्याइएको थियो । तामाकोसीपारि भने एउटा ट्रक सडकको बीचमा रोकेर राखिएको थियो । दुवै स्थानमा माओवादी उपस्थिति नभए पनि नेता विशालकै नेतृत्वमा अवरोध गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
कुनै प्रभाव नपर्ने गरी गरिएको फितलो अवरोधका बारेमा जिल्ला नेता खड्काले यो सांकेतिक विरोध मात्र भएको बताए । उनले भने, 'निरंकुश राजतन्त्रका अवशेषहरू नसलबलाउन् भनेर संकेत मात्र दिएको हो ।' माओवादीलाई सांस्कृतिक राजासम्बन्धी विवादले गाँजेका बेला खड्काले आफ्नै नेतृत्वमा भएको अवरोधलाई 'पार्टीको केन्द्रीय नीति' बताएका छन् ।
आइसकेको पाहुनालाई फर्काउनु हुदैन भन्दै तामाकोसी बजारवासीले नै ट्रक हटाएर कार्यक्रममा भाग लिन जान हिमानीको बाटो खोलेका थिए । नाम्दु पुगेपछि सडकछेउ बनाइएको साधारण मञ्चमा बसेर हिमानीले लिखित भाषण गरिन् । उनले नितान्त सामाजिक भावना बोकेर आएको तथा स्थानीय बासिन्दहरूको समस्यालाई मध्यनजर गर्दै खानेपानीमा सहयोग गरेको बताइन् । स्थानीय तथा केन्द्रबाट आएका वक्ताहरूले भने तत्कालीन राजपारिवारका सदस्यहरूलाई गरिने सम्बोधनअनुरूप नै भाषण गरेका थिए । हिमानीमार्फत प्राप्त १० हजार तथा ५ हजार लिटरको दुई थान पानीट्याङ्की एवं ३२ हजार मिटर पाइप उपलब्ध भैसकेको उपभोक्ता समितिका अध्यक्ष डिल्लीनाथ रिमालले जानकारी दिए ।
पानोरोमा होटलमा बसेकी हिमानीले मंगलबार बिहान १० बजे चरिघ्याङ गुम्बाको दर्शन गरिन् । त्यसपछि दोलखा बजारस्थित स्कुलका शिक्षक एवं बालबालिकाको स्वागत ग्रहण गर्दै त्रिपुरासुन्दरी मन्दिरभित्र पसिन् । त्यहाँ झन्डै ४५ मिने टको पूजापाठपछि उनले दोलखा बजारकै बालमन्दिर स्कुल पुगेर विद्यालयलाई नगद सहयोग गरिन् । त्यहाँ बालबालिकालाई खानेकुरा एवं खेलकुद सामग्रीसमेत वितरण गरिएको थियो । चरिकोटस्थित बालगृहमा खानेकुरा र खेलसामग्री दिँदै हिमानी नाम्दु पुगेर अपराह्न चरिकोट फर्किएकी थिइन् । उनी बुधबार काठमाडौं फर्किइन् । हिमानीका साथमा सेना एवं प्रहरीको सादा पोसाकमा सुरक्षाकर्मीका साथै केही पत्रकार पनि थिए । पूर्वराजपरिवार निकटहरूबाट घेरिएकी हिमानीको यो भ्रमणका क्रममा चरिकोट र दोलखा बजारमा भने माओवादी अवरोध भएन ।

source: ekantipur.com/saptahik