Your Ad Here

पुरुष यौनकर्मीको कथा रहेको फिल्म 'पलपलमा'


सेन्सर बोर्डले 'एडल्ट फिल्म'को सर्टिफिकेट दिएको फिल्म 'पलपलमा' शुक्रबार काठमाडौंका हलहरुमा रिलिज हुँदैछ। विश्वज्योति लगायत १६ वटा हलमा फिल्म चल्ने निश्चित भएको निर्देशक उकेश दाहालले जानकारी दिए। पुरुष यौनकर्मीको बिषयमा केन्द्रित बताइएको यो फिल्ममा रमित ढुंगाना, दिलिप रायमाझी, सुजाता सिटौला आदिले अभिनय गरेका छन्।

सेन्सरले 'वयस्कका लागि मात्र' भन्ने सर्टिफिकेट दिएपछि यो फिल्म १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न पाउने छैनन् । "चलचित्र विकास बोर्ड र सेन्सर बोर्डले यसको अनुगमन गर्नेछ" सेन्सर सदस्य सुचित्रा श्रेष्ठले भनिन् ।

रमित ढुंगाना र सुजाता सिटौलाका केही दृश्य पहिले नै चर्चामा आएका भए पनि सेन्सरले कुनै पनि दृश्य काटेको छैन ।
source: nagariknews.com