मेरो सिनेमा ८ असोज २०६७,

क्वेस्ट अध्यक्ष नकिम उद्दिनका अनुसार सुन्धारास्थित सिभिल मलमा सुरु हुन लागेको क्यूएफएक्स सेन्ट्रलमा इन्टरनेटबाटै क्रेडिट कार्डमार्फत पनि टिकट खरिद गर्न सकिनेछ । 'एकसातापछि संचालनमा आउन लागेको हलमा अहिले इन्टरनेटमार्फत सिट हेरेर बुकिङ गर्न सकिन्छ' नकिमले मेरो सिनेमासँग भने 'एक महिनापछि क्रेडिट कार्डमार्फत घरमै बसेर टिकट खरिद गर्ने सुविधा हुनेछ ।' नयाँ कम्पनीको घोषणासँगै जयनेपाल र कुमारी अगाडि अब क्यूएफएक्स जोडिनेछ ।
नयाँ हलका लागि सिनेमामा रुचि भएका १० जना एमबिए गरेका युवा समूहको टीम तयार गरिएको छ । अत्याधुनिक डिजिटल प्रोजेक्टर जडान गरिएको क्यूएफएक्स सेन्ट्रलमा सिनेमा हलकै लागि अमेरिकामा निर्मित सिट प्रयोग गरिएको छ । हलमा सदस्यता लाभका साथै गुणस्तरिय स्न्याक बारको सुविधा छ । अत्याधुनिक भएकाले हलमा सिनेमापारखीले केही बढि मूल्य तिर्नुपर्नेछ । सिनेमा हेराइलाई मनोरन्जकमात्र होइन अविष्मरणीय बनाउने गरि हल निर्माण गरिएको दाबी उनको छ ।