गिरीश गिरी- पछिल्लो २० वर्ष उनले दर्शकको अगाडि अभिनय गरे। भन्छन्, 'खासै उपलब्धि भएन।' भर्खर क्यामेराको अगाडि के उभिएका थिए, अनुप बरालले वर्षकै सर्वोत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड हात पारे। नाटक निर्देशकबाट सिनेमाको हिरो हुनेबित्तिकै अचानक नाम, दाम, चर्चा र प्रशंसाको हुलमा हराएका अनुपसँग समय होला? 'म तिम्रो अफिसमै आइपुग्छु।' नभन्दै, अहिलेको चर्चित सिनेमा 'दासढुंगा' हेरेको केही बेरमै नागरिकको बैठक कक्षमा शुक्रबारै त्यसका नायकसँग साक्षात्कार हुँदै थियो। 'यता आएपछि सिनेमामै व्यस्त हुन थालियो,' नेपाली थिएटरका हस्ती अनुपले कालो कोटमा टाँसिएको धुलो टक्टक्याउँदै भने, 'दासढुंगापछि अहिले पाँचवटा फिल्ममा नायकको भूमिका गर्दैछु।'
महत्वपूर्ण भूमिकामा आएको जीवनकै पहिलो सिनेमा 'दासढुंगा'का लागि उनलाई मध्यभदौमा राज्यले सर्वोत्कृष्ट नायकको उपाधि दिएको थियो। दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)का उत्पादन अनुपको, त्यसयता 'एक दिन एक रात', 'ब्याच नम्बर सिक्सटिन', 'पल', 'सायद' र एक स्पेनी भाषाको चलचित्रका सुटिङ चल्दैछन्।
'सिनेमा अहिले पनि स्टारहरूकै चल्तीको विधा हो,' अनुप इमानदार हुन्छन्, 'तर, नयाँ पुस्ताले अब 'कन्टेन्ट' र 'क्यारेक्टर' समेत खोज्न थालेपछि कलाकारको पनि खोजी बढ्न थालेको छ।'
यता 'कलिउड कारखाना' पनि अब पहिलेजस्तो रहेन। मल्टिप्लेक्ससम्मका स्वाद बुझेका नयाँ पुस्ताका निर्देशकहरू धमाधम जन्मिरहेका छन्। र, त्यही निर्देशकका हुलमा 'स्टारडम'लाई चम्काउन नभई विषयवस्तु र चरित्र उकास्ने चाहना लिएका पनि देखिन थालेका छन्। यी तिनै युवा निर्देशक हुन् जसले एनएसडीकै उत्पादन ओम पुरी, नासिरुद्धिन शाह, अनुपम खेर, पंकज कपुरदेखि अहिले भर्खरकै 'पिप्ली (लाइभ)' का रघुवीर यादवसम्मको प्रवेशले बलिउडमा थपेको सम्पन्नतालाई आत्मसात गरेका छन्।
'नासिरुद्धिनहरूले मुम्बईमा सिनेमाको जुन धारलाई समातेका छन्,' अनुप भन्छन्, 'मेरो पनि बाटो त्यही हो।'
यो धार चुनौतपूर्ण भए पनि नाटकबाट 'ग्रुम' भएर आएकाले नै त्यसलाई सामना गर्न सक्ने उनको ठम्याइ छ।
'कलाकारले जत्तिको विविधता अरूले दिन सक्दैन,' उनले थपे, 'थिएटरबाट आएकाले नै यो विधाको उन्नत रूप सिनेमालाई पनि समृद्ध बनाउँदै लगेका छन्।'
त्यसै भएर अनुपले पायो भन्दैमा जस्तोसुकै सिनेमा खेल्ने गरेका छैनन्।
'पहिले स्त्रि्कप्ट हेर्छु र त्यसलाई व्याख्या गर्ने निर्देशकको कुरा ध्यानपूर्वक सुन्छु,' उनी भन्छन्, 'त्यसपछि बल्ल काम गर्ने वा नगर्ने टुंगो लाग्छ।' आफूलाई चित्त बुझिसकेपछि पैसाको कुरालाई उत्ति महत्व नदिने गरेको पनि उनले स्पष्ट पारे।
वृत्तचित्र भनेको सिनेमा बन्यो
नाटकको प्रशिक्षण लिनेहरूका निम्ति 'एक्टर्स स्टुडियो' चलाएर बसिरहेकै बेला महाराजगन्जमा एकदिन निर्देशक मनोज पण्डित पुगे। त्यतिबेला नेकपा (एमाले)का नेताको रहस्यमय मृत्युबारे डकुड्रामा बनाउने तयारीमा रहेका मनोजले 'न्यारेटर' को भूमिका गरिदिन अनुपलाई प्रस्ताव राखेका थिए।
'तर, सर्सर्ति कुरा सुनिसकेपछि यो गतिलै सिनेमा बन्न सक्ने ठम्याएँ र सुझाव दिएँ,' अनुप भन्छन्, 'सबैले मिलेर काम गर्दै गएपछि यस रूपमा विकास भयो।'
त्यही दासढुंगाले निर्णायक छनौटको उत्कृष्ठ सिनेमालगायत चार विधामा राष्ट्रिय पुरस्कार हात पारिसकेको छ।
दासढुंगाबाटै चलचित्र नायक बनेका अनुपले यो नयाँ बाटो कसरी समाते?
'नाटककै पृष्ठभूमिको आधारमा साथीहरूले थुप्रै सिनेमाका निम्ति 'कास्टिङ डाइरेक्टर' को जिम्मेवारी दिएका थिए,' उनी भन्छन्, 'त्यो बेला प्रत्येक रोलका निम्ति सुहाउँदो कलाकार खोजी गर्दा पटक-पटक 'बरु मै गर्थें' भन्ने भावनाले छोप्थ्यो।'
दासढुंगालाई सिनेमाको रूपमा विकास गर्दा यसको प्रमुख पात्र 'किरण कुँवर'लाई तयार पार्दापार्दै आफैंभित्र त्यो चरित्र हुर्कन थालेको अनुप सुनाउँछन्।
'त्यसपछि मैले नै त्यो भूमिका गर्ने निधो गरियो,' उनले भने, 'र, मेरो फिल्मी नायकको यात्रा सुरु भयो।'
अब फेरि उनी थिएटरतर्फ आकर्षित होलान्? प्रश्न सुन्नेबित्तिकै अनुप झस्किए।
'म थिएटरकै मान्छे,' उनले भने, 'र, थिएटरमै रहनेछु।'
सिनेमामा अभिनय गर्दा नाम, दाम र चर्चा धेर कमाइने भए पनि थिएटरले जत्तिको आत्मसन्तुष्टि नपाइने उनले सुनाए।
'क्यामेराको सीमितताले यो माध्यमलाई संकुचित बनाएको छ,' उनी भन्छन्, 'प्रत्येक पटक स्टेजमा खुला अभिनय गर्ने कलाकारका निम्ति क्यामेराका 'फ्रेमिङ', र 'क्लोजअप' ले सन्तुष्टि दिँदैन।' उनका अनुसार एउटै नाटक भए पनि त्यसमा कलाकारले प्रत्येक प्रस्तुतिमा नयाँपन दिनसक्छ। सिनेमामा भने एकपटक अभिनय गरेपछि जिन्दगीभर त्यसैले बाँधेर राखिदिन्छ। त्यसैले सिनेमालाई सबैतिर 'प्लास्टिक आर्ट' भन्ने गरिएको उनी बताउँछन्। 'त्यसबाहेक थिएटरमा तत्कालै दर्शक प्रतिक्रिया पाइन्छ,' उनले थपे, 'त्यो रोमाञ्चकता र जादु सिनेमामा हुँदैन।'
सबैको केटाकेटी कालजस्तै अनुप पनि कक्षाबाट भागेर सिनेमा हेर्न गएका थिए, हिन्दी सिनेमाका थुप्रै पात्रको चर्चा गरेरै हुर्केका थिए र एकदिन नायक बनिछाड्ने सपना साँचेका थिए।
अब सपना पूरा भएको छ।
सिनेमाका हिरोको आजभोलि 'सिक्स प्याक्स' हुनुपर्छ भन्छन्, तयारी के-कस्तो छ?
उनी एकछिन हाँसे र भने, 'म जस्तो छु, त्यस्तै रहनेछु।'
कलाकारले कहिल्यै पनि स्टारले जस्तो एउटा निश्चित आकारमा ढालिएको पहिचान बनाउन नहुने उनको धारणा छ। तर, आवश्यक परे जस्तोसुकै रूप आफूमा विकास गर्न पनि उनी तयार छन्।
'मैले खेल्ने सिनेमामा कुनै नायक भुँडे छ भने भुँडी बढाउन पनि तयार रहनुपर्छ,' उनी भन्छन्, 'ठिक उसैगर निर्देशकले भन्नेबित्तिकै मरन्च्याँसे हुन पनि सक्नुपर्छ।'
यो चुनौती झेल्न जिउलाई कुनै निश्चित आकारमा ढालेर रमाउनेभन्दा पनि आफ्नो शरीरलाई चिन्ने र तोकिएको पात्रको शरीरलाई बुझ्ने गुण हुर्काउनु जरुरी भएको उनको ठहर छ।
कुन निर्देशकसँग काम गर्न इच्छुक छन् त उनी?
उनले धेरै सोचेनन् र हामीले प्रशंसा गर्दै आएको नयाँ विचार राख्ने दुईचार नाम लिइहाले। 'तर उनीहरूमा पनि पूर्णता छैन,' उनले थपे, 'मूल कुरो फिल्मले मनोरञ्जन दिने मात्र नभई दर्शकमा कल्पनाशीलता बढाउने क्षमता देखाउन सक्नुपर्यो।'
अभिनयका लागि वरपरकै कुनै पात्र भएर खेल्नुपरे कसले प्राथमिकता पाउँछ?
सुन्नेलाई अचम्म लाग्ला, यसको जवाफमा उनले थुप्रै हत्याको अभियोगमा कारागार जीवन बिताउँदै गरेका चार्ल्स शोभराजको नाम लिए।
'ऊ जति गाढा छ त्यत्तिकै रंगीन पनि,' अनुप थप्छन्, 'त्यसैगरी जति जटिल छ त्यत्तिकै सरल पनि।'
एउटा कलाकारलाई थुप्रै आयाम भएको छवि उतार्नुजस्तो सन्तुष्टि एकैखाले चरित्रले कहिल्यै नदिने उनी बताउँछन्।
फरक सिनेमा फरक भूमिका
अनुपका आउने सिनेमामध्ये 'एक दिन एक रात' देवकुमार श्रेष्ठले निर्देशन गर्दैछन्। यो थि्रलर सस्पेन्स सिनेमा अन्धविश्वास र दैवीशक्तिमा आधारित टेलिभिजन कार्यक्रम चलाउनेका बारे हुनेछ। कुनै एक कार्यक्रमबारे टिभी व्यवस्थापनले प्रमाण मागेपछि त्यसैको खोजीमा हिँड्ने टोलीले भोगेको रोचक र अनौठा घटना सिनेमामा रहनेछन्।
'यसको सबैभन्दा रमाइलो पक्ष नै मेरो अनौठो चरित्र हुनेछ,' उनले भने, 'यो भूमिका हेरेर मजत्तिकै दर्शक पनि रमाउलान् भन्ने लाग्छ।'
त्यसैगरी 'पल' चाहिँ धनी बाउको बिग्रेको छोराका बारेमा छ। क्यासिनो जाने, केटीहरूसँग 'फ्लर्ट' गर्ने, 'ब्रान्डेड' लुगा लगाउने सोखिन छोरा। एकदमै नकारात्मक त्यो मान्छे एउटा घटनाले लाइनमा आउँछ। 'यसमा एउटै पात्रले दुई फरक चरित्र प्रस्तुत गर्छ,' उनले भने, 'त्यसैले यो रोल पनि च्यालेन्जिङ छ।'
अनुपका आउने सिनेमामध्ये भव्य रूपचाहिँ 'ब्याच नम्बर सिक्सटिन' मा देखिनेछ जसमा उनी इन्टरपोलले खोजी गरिरहेको अन्डरवर्ल्ड डन बनेका छन्। यस्तो डन जो नेपालमा आएपछि पनि लगातार लागुऔषध सेवन गर्छ र हेलिकप्टरमा घुम्छ।
'त्यो डरलाग्दो व्यक्तिलाई चेपमा पारेर सशस्त्रका दुई प्रहरीले पैसा असुल्छन्,' उनले सुनाए, 'पछि तिनै दुई प्रहरीबीचको द्वन्द्वमा सिनेमा प्रवेश गर्छ।'
सायद आफूलाई मनपरेको भूमिका भएर होला, सुनाउने बेला अनुप हौसिएका देखिन्थे। 'साह्रै खतरनाक त्यो डनले हाँस्दा पनि आवाज नभई सास मात्र निकाल्छ,' अनुपले भने।
त्यो कस्तो हाँसो हो?
अनुपले अनुहारमा एकाएक अट्टहास ल्याएर हाँस्न थाले। आवाज थिएन, सास मात्र। साँच्चै डरलाग्दो।
source:nagariknews.com