फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र ३०, बुधवार
निर्देशक श्याम भट्टराई अलि-अलि दुब्लाएका पनि छन्, केहीले त उनलाई धेरै दुब्लाईस भन्न पनि छाडेका छैनन् । आजकाल, न त उनी राम्रोसंग खाना खान्छन् न त समयमानै सुत्छन् । झण्डै चार महिना भयो दैनिक उनी रातको १ बजे सुत्न थालेको । सायद श्रीमतीसंग छुट्टिनु परेको पिडाले होला उनीमा त्यस्तो नैराश्यता देखिएको ।
नायिका रञ्जना शर्मासंग चार बर्षअघि बिवाह बन्धनमा बाधिएका निर्देशक भट्टराई फेरी वियोगमा परेका छन् । सामान्य भनाभनमा एक बर्ष छुट्टिएर पुन मिलन भएको उनीहरूको जीवन फेरी एक्लो भएको छ । अनामनगरमा बस्दै आएका भट्टराईको कोठा पनि निकै सुनसान हुन्छ आजकाल ।
मिडिया सम्बन्धी तालिमको लागि सात समुद्रपारी अमेरिका गएकी नायिका शर्मा र निर्देशक भट्टराई एक अर्कालाई धेरै मिस पनि गर्छन अरे । 'जव खाना खान लाग्छु उनलाई म धेरै मिस गर्छु ।' भट्टराईले भने । यस अघि सानो विवादमा छुट्टिएका उनीहरू यो पटक भने सहमतिमा छुट्टिएका हुन, मात्र केही महिनाका लागि ।
निर्देशक श्यामले बताए अनुसार मिडिया सम्बन्धी एक तालिमका लागि रञ्जना अमेरिका गएकी हुन र दसै लगत्तै उनी र्फकदैछिन् । सिन्को समेत न भाच्ने श्याम बिहान बेलुकाको खान बनाउनु, घर सफा गर्नुले उनी आफु पनि ब्यवहारिक भएको बताउछन् । यध्पी कामको बोझ र कोठाको विचल्लीलाई थेग्न नसक्दना सोमबारबाट उनले एक जना सहयोगी आफन्त महिलालाई नियुक्ति समेत गरेका छन् ।
टेलिभिजनको पर्दामा गहना र जानकी जस्ता टेलिसिरियल अनि मर्यादा र मौसम चलचित्रमा आफ्नो निर्देशन कला देखाएका यि फुच्चे निर्देशक हाल तेस्रो चलचित्र च्यालेन्जको इडिटिङमा ब्यस्त छन् ।
|