Your Ad Here

मिस यु फर्कियो





दिलीप रायमाझीले निर्माण गरिरहेको चलचित्र 'मिस यु'को छायांकन समूह मलेसियामा छायांकन सकेर स्वदेश फर्किएको छ । सुरेशदर्पण पोखरेलले निर्देशन गरिरहेको यो चलचित्रमा रायमाझीका अतिरिक्त नम्रता श्रेष्ठ तथा वरुण राणाले  अभिनय गरेका छन् । मिस यूमा चलचित्रका संगीतकार बाबु बोगटीले पनि एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।